19/11/2023
दुर्गा प्रसाईं एक व्यापारी हुन् । उनले झापामा अस्पताल खोले । अस्पतालमा उपचारको लागि करोडौंका मेसिनहरु ल्याए । अब मेडिकल कलेज खोल्छु भनेर सरकारसंग अनुमति मागे । तर कैले मापदण्ड पुगेको छैन, कैले गोबिन्द केसीसंगको सम्झौता बिपरित अनुमति दिन मिल्दैन भनेर सरकारले अनुमति दिनै मानेन । त्यही मेडिकल कलेजको अनुमति पाउनको लागि उनी कहिले माओबादी बने । कहिले एमाले बने ।
कलेज संचालन भएको भए आज उनी कलेज चलाएर बस्थे तर कलेज चलाउने अनुमति पाउन नसकेपछि बैंकको ऋण बढ्दै गयाे, ब्याँजसमेत तिर्न सकेनन् । सबैबाट आस मरे पछि अन्ततः उनी राजावादी भएका हुन् । खासमा अहिलेकाे दुर्गा प्रसाईँ याे 'Corrupt system' ले जन्माएको हाे ।
आज डाक्टर पढ्नकै लागि सयौं विद्यार्थी बर्सेनि बिदेश गैरहेका छन् । अरबौ रुपैयाँ पढाईको नाममा बिदेश गैरहेको छ । तर नेपालमा मेडिकल कलेज खोल्न यी प्रसाईले अनुमति पाउदैनन् । त्यही अनुमति पाउन लागि आजसम्म लडिरहेका छन् । कहिले सम्म लडिरहन्छन् थाहा छैन ।
- टुइटरबाट