Routine Of Beldagi Banda

Routine Of Beldagi Banda Let’s know how we can help

23/07/2023

??

21/07/2023
20/07/2023

Be careful with this kind of person.

22/06/2023

मोटरसाइकल हराएको सूचना ।
झापाको दमक वडा न: ३ घरमा राखिएको स्थान बाट मोटरसाइकल हराएको हुनाले उक्त मोटरसाइकल देख्नु हुने महानुभाबले नजिकैको प्रहरी कार्यलय अथवा निम्न मोबाइल नम्बरमा खबर गरिदिनुहुन आग्रह गरिएको छ ।
नाम - अर्जुन .राई
सम्पर्क मो . न -9852651344

काठमाडौं । पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय क्याप जित्ने विश्व कीर्तिमानी खेलाडी बनेका छन् ।य...
21/06/2023

काठमाडौं । पोर्चुगिच कप्तान क्रिस्टियानो रोनाल्डो २ सय अन्तर्राष्ट्रिय क्याप जित्ने विश्व कीर्तिमानी खेलाडी बनेका छन् ।

युरो कप २०२४ को छनोटअन्तर्गत आइसल्यान्डविरुद्ध उनले यो कीर्तिमान बनाएका हुन् । साथै उनले समूह ‘जे’ अन्तर्गत भएको खेलमा निर्णायक गोलसमेत गरे ।

आइसल्यान्डको घरेलु मैदानमा भएको खेलको अन्तिम समयमा रोनाल्डोले गोल गरेका हुन् । ३८ वर्षीय रोनाल्डोले गोन्सालो इनासियोको हेडरमार्फत आएको बलमा गोल गर्दै डेडलक तोडे । उक्त गोल सुरुमा अफसाइड दाबी गरिए पनि पछि त्यसलाई भिडियो रेफ्रीले मान्यता दिएको थियो । साथै उनको कीर्तिमानी गोल संख्या १ सय २३ पुगेको छ ।

साउदी प्रो-लिग अल नासरमा व्यवसायिक फुटबल खेल्दै आएका रोनाल्डोले गत मार्चमा कुवेती फवार्ड अल मुतवाको १ सस ९६ अन्तर्राष्ट्रिय क्यापको कीर्तिमान भंग गरेका थिए । उनले खेलपछि यो अविश्वसनीय उपलब्धी भएको प्रतिक्रिया दिए । यस्तो कीर्तिमानी खेलमा निर्णायक गोल अझ विशेष रहेको उनको भनाइ छ ।

रोनाल्डो विगत २० वर्षदेखि पोर्चुगलको राष्ट्रिय टिमबाट खेल्दै आएका छन् । उनले राष्ट्रिय टिमबाट सन् २००३ मा डेब्यु गरेका थिए । स्पोर्टिङ लिस्बोन, म्यान्चेस्टर युनाइटेड, रियाल मड्रिड तथा युभेन्टसका पूर्व खेलाडी रोनाल्डो एसियाली लिगमा आएपनि उनी अहिलेसम्म राष्ट्रिय टिमका मुख्य खेलाडी हुन् । उनको युरो छनोटमा यो पाँचौँ गोल हो ।

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा राखिएको छ । अस्पताल स्रोतका ...
13/06/2023

राष्ट्रपति रामचन्द्र पौडेललाई हृदयघात भएको छ । पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र मा राखिएको छ । अस्पताल स्रोतका अनुसार पौडेलको मुटुको दाहिनेतर्फ एउटा नसा ७० प्रतिशत बन्द भएको पाइएको छ ।

भवानी तावा,पाँचथर । अन्तरास्ट्रिय जगतको इतिहास नियाल्ने हो भने कुनैपनि आविस्कार वा कला साधनाका व्यतित्वलाई राष्ट्रिय सम्...
11/06/2023

भवानी तावा,पाँचथर । अन्तरास्ट्रिय जगतको इतिहास नियाल्ने हो भने कुनैपनि आविस्कार वा कला साधनाका व्यतित्वलाई राष्ट्रिय सम्मानका साथ राष्ट्रिय हित र सम्मानको लागि प्रोत्साहनको गरेको पाइन्छ । तर हाम्रो मुलुक भने गरिव मुलुक भएर पनि त्यस्तो प्रतिभाहरुलाई कदर गरेर राष्ट्रिय उन्नतिमा संलग्न गराउनुको सट्टा त्यस्तो व्यक्तिसँग भएको प्रतिभाहरुलाई निर्मुल पार्ने चेष्टा गरेको पाइन्छ ।

यसै सन्दर्भमा जस्तो सुकै हात हतियार भएपनी एकपटक खोलेर हेरेपछी त्यस्तै हतियार बनाउन सक्ने व्यक्तित्व भएका पाँचथर जिल्ला अन्तर्गत साविक नवमी डाँडा वार्ड नम्बर ५ हाल फाल्गनन्द गाँउपालिका निवासी तिलक बहादुर आङ्देम्बे र श्रीमाया आङ्देम्बेको साहिला छोरा ४८ बर्षिय मान बहादुर आङ्देम्बेलाई उनको प्रतिभाबाट निरुत्साहित पार्न सजाय दिइएको तथ्य जनसमक्ष आएको छ ।

उत्त, प्रतिभाशाली व्यक्तित्व आङ्देम्बेलाई प्राविधिक शिक्षाको कुनै ज्ञान नभएर पनि सर्वप्रथम तत्कालिन राजा स्वर्गीय श्री ५ बिरेन्द्रको शुभजन्मत्सावको उपलक्ष्यमा २०३४ मा पंखा घुम्ने र गुड्ने हेलिकप्टर बनाएर झाँकी प्रर्दशन गरेको बताइन्छ । पछि २०३७ मा मोरङको बोक्रे शनिस्चरेमा झरेपछी ६ राउन्ड जाने पेस्तोल र अन्य हातहतियार खरखजाना ऐन अन्तर्गत पक्राउ परेको तथा २०४२ मा हतियार उत्पादन गर्ने समाग्रीहरु जफत गरि पदम सुन्दर लावतिको गृह मन्त्रीकालमा ७ बर्षको कारावास सजाय दिइएकोमा बिराटनगर जिल्ला प्रहरी कार्यालको ३ वटा बिग्रीएको रिवलबल र २ वटा पेस्तोल मर्मत गरेवापत ३ बर्षमै कारावासबाट रिहा हुन पाएका थिए ।

हरि बहादुर बिश्वकर्माको शारीरिक परिश्रम लिएर पित्रलको टोकरिमा बारुद भरी गोलि पनि आफै बनाउनु हुन्थ्यो । तर कुन साइजको गोलि बनाए भन्ने आफैलाई पत्ता हुदैन थियो । बर्तमान समयमा आएर निज प्रतिभाशाली प्रतिभालाई प्रयोगमा ल्याउनका निमित्त २०६८ असोज १८ गते माओवादीले अपहरण गरेपछी जिल्ला प्रशासन कार्यलय पाँचथरको तारिकमा बस्नु पर्दा आफ्नै प्रतिभालाई आफै स्विकार्दै मेरो कला कागलाइ बेल पाक्यो हर्ष न बिष्मात भएको छ भनेर गुनासो पोख्नु हुन्छ । विश्व प्रसिद्ध बैज्ञानिकहरुले आफ्नो मुलुकबाट प्रोत्साहन पाएकोले गर्दा नै आज बिश्वका शक्तिशाली मुलुकहरु बिज्ञानको चरम उन्नतिलाइ आफ्नो गौरवको प्रतीक सम्झेर हर्ष उल्लासका साथ बैज्ञानिक उन्नतिको होडबाजीमा बुर्कुशी मारी राखेको छन् ।

तर हाम्रो गरिब र निर्धन मुलुकमा भने शिक्षाले हिन भएर पनि कुनै न कुनै कोणबाट राष्ट्रलाई समृद्धि प्रदान गर्न सक्ने क्षमता भएका प्रतिभाहरुलाई सक्दो सम्म निरुत्साहित पारी राष्ट्रको सुरक्षाका लागि समेत परमुखापेक्षी बनाउने दिशा तर्फ मात्र जाग्रसर भएको देखिन्छ । वास्तबमा मुलुकको राज्य सत्ताले यस्तो प्रतिभाहरुलाई समयमा नै सुरक्षित कब्जा गरि उनिहरुको प्रतिभामा अझै नयाँ ज्ञान थपेर सहयोग गर्न सकेमा बिबिध क्षेत्रमा हाम्रो मुलुक पनि धेरै आत्मनिर्भरमा बन्न सक्थ्यो होला र प्राबिधिक सीप र ज्ञानले बढोत्तरी पाउन सक्थ्यो ।

* यो लेख २०५९ सालमा तयार पारिएको हो । मान बाहादुर आङ्दम्बे जिवित हुँदा उनको जीवनमा विभिन्न समस्या आँउने भएकोले यो प्रकाशन नगरि राखिएको थियो । हालै मान बहादुरको निधन भएकोले यो लेख प्रकाशनमा ल्याउँन योग्य सम्झेर प्रकाशनमा ल्याईएको छ ।*

साभार - kenjokhabar.com

08/06/2023

दु:खद खबर !!

दमक नगरपालिकाका प्रमुख रामकुमार थापालाई विराटनगर लिएर गएका सवारी चालक प्रकाश भण्डारीको असामाहिक निधन भएको छ ।

थापा प्रदेश सरकारको एक कार्यक्रममा सहभागी हुन आज बिहान विराटनगर जानु भएको थियो ।

कार्यक्रम चलिरहेका बेला भण्डारीले आफूलाई छातीमा असहज भएको बताएपछि तत्कालै उपचारका लागि नोबल अस्पताल विराटनगर लगिएता पनि तत्कालै चिकित्सकहरुले भण्डारीलाई मृत घोषणा गरेका थिए ।

उनको ह्दयघातका कारण अचानक मृत्यु भएको आकलन गरिएको छ भने हाल पोस्ट्मार्ट्मका लागी कोशी अस्पताल लगिएको छ।

उनको शव लिनका लागि दमक नगरपालिका बाट
एक टोली त्यसतर्फ गइसकेको छ।

गीत रेकर्डिंङमा पुन: ब्यस्त हुदै समिक्षा ।सानै उमेरदेखी गायन क्षेत्रमा लागेर राम्रो सफलता प्राप्त गरेकी गायिका समिक्षा अ...
06/06/2023

गीत रेकर्डिंङमा पुन: ब्यस्त हुदै समिक्षा ।
सानै उमेरदेखी गायन क्षेत्रमा लागेर राम्रो सफलता प्राप्त गरेकी गायिका समिक्षा अधिकारी गित संगित क्षेत्रमा पुन ब्यस्त हुन थालेकी छिन्।
समिक्षाले हिजो एकैदिन ७ वटा गित रेकर्ड गरेको बताएकी छिन्।

गित संगित क्षेत्रमा तपाईलाई अझै सफलता मिलोस्, शुभकामना ! ❤️

बेलडागी ॥ वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मोती बिन्दुको शल्यक्रिया गराएका छन् । उनले सोमबार तिलगंगा अस्पतालमा दाह...
06/06/2023

बेलडागी ॥ वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले मोती बिन्दुको शल्यक्रिया गराएका छन् । उनले सोमबार तिलगंगा अस्पतालमा दाहिने आँखाको शल्यक्रिया गरेका हुन् । शल्यक्रिया सफल भएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । कलाकार श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मोती बिन्दुको शल्यक्रियामा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’ श्रेष्ठले आफ्नो शल्यक्रिया गर्ने डा.सन्दुक रुईत, डा.रीता गुरुङ, गोविन्द पौडेललगायत सम्पूर्ण टिमलाई धन्यवाद समेत दिएका छन् ।

काठमाडौँ — भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । बि...
18/05/2023

काठमाडौँ — भुटानी शरणार्थीका नेता तथा अधिकारकर्मी टेकनाथ रिजाल पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका छन् । बिहीबार अपरान्ह ५ बजे उनलाई प्रहरीले काठमाडौंबाट पक्राउ परेको हो । केशव दुलाल, सानु भण्डारी लगायतले दिएको बयानका आधारमा उनीमाथि प्रहरीले निगरानी बढाएको थियो । गिरोहसँग उनको पनि आर्थिक साँठगाँठ रहेको तथ्यहरु भेटिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
तेस्रो देश पुनर्स्थापनामा छुटेका करिब ६ हजार ५ सय शरणार्थीको व्यवस्थापनका लागि उनले नै सुरुमा नेपाली नेताहरुसँग पहल गरेका थिए । त्यसक्रममा उनले तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई गृह मन्त्रालयमै भेटेर ज्ञापन पत्र समेत बुझाएका थिए । शरणार्थी समस्या समाधानका लागि त्यतिबेलै हालका प्रधानमन्त्री पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई पनि भेटेर आग्रह गरेका थिए ।
उनले समेत गरेको व्यस्थापनको लबिङ पछि तत्कालिन गृहमन्त्री थापाले मन्त्रिस्तरीय निर्णयबाट कार्यदल गठन गरेका थिए । त्यही कार्यदललाई टेकेर गिरोहले दर्ता छुट भएका शरणार्थीलाई परिचयपत्र दिने आवरणमा नक्कली शरणार्थी बनाउने धन्दा चलाएको थियो । त्यसको पोल खुलेपछि अनुसन्धान सुरु गरेको प्रहरीले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित १५ जना पक्राउ गरिसकेको छ । नेता रिजालले बीचमा गिरोहले रकम उठाइरहेको सुँइको पाएपछि नेताहरुलाई भेटेर यसबारे ध्यानकर्षण गराएका थिए । तर उनी आफैं नै गिरोहसँगको आर्थिक लेनदेन संलग्न रहेको तथ्य भेटेपछि प्रहरीले पक्राउ गरेको हो ।
उनी भुटानबाट विस्थापित भइ नेपालमा शरण लिइरहेका शरणार्थीहरु मध्येका उच्च तहका व्यक्ति हुन् । उनले शरणार्थी अधिकारका क्षेत्रमा काम गर्दै आएका थिए ।
उनलाई नेपाल सरकारले मासिक १ लाख रुपैया तलब, ड्राइभरसहित गाडी सुविधा दिएको थियो । झापाको बिर्तामोडमा बस्दै आएका उनी बेलाबखत काठमाडौं आउने जाने गर्थे । काठमाडौंमा चावहिलमा उनको डेरा छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा बिहीबार नै हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परिसकेका छन् ।

भ्रष्टाचारविरुद्ध कारबाहीमा बालेन : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरका कर्मचारीले पैसा मागेमा वा...
16/05/2023

भ्रष्टाचारविरुद्ध कारबाहीमा बालेन : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौं महानगरका कर्मचारीले पैसा मागेमा वा भ्रष्टाचारमा संलग्न भएमा जनताले अडियो/भिडियो प्रमाण ९८६३५९२०११ मा पठाउन सक्ने र पठाउनेको परिचय गोप्य राखिने घोषणा गरेका छन् ।

महत्वपुर्ण सुचना ।
07/05/2023

महत्वपुर्ण सुचना ।

सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवाहरू स्थगन सम्बन्धी सूचना
11/04/2023

सवारी चालक अनुमतिपत्र सम्बन्धी सेवाहरू स्थगन सम्बन्धी सूचना

22/03/2023

~Thank you for watching our video ~Keep more support our channel Special thanks to for giving this move trailer official ©️. Mu...

19/01/2023
Kylian Mbappé and his idol Cristiano Ronaldo! ❤️⚽️
19/01/2023

Kylian Mbappé and his idol Cristiano Ronaldo! ❤️⚽️

19/01/2023

Dr. Sanduk Ruit speaks to press after winning prestigious ISA award worth $1 Million saying, "यस्तो खालको एउटा ग्लोबल अवार्ड, जो चाहिँ सर्भिस टु ह्युमानिटी दिइन्छ। नेपालीलाई संसारको मानचित्रमा नेपालले पनि यस्तो गर्दो रहेछ भन्ने कुरा राख्यो। अर्को कुरा आफुले पनि चाहेको, खोजेको तिलगंगामा काम गर्ने सहपाठीहरु र सबैभन्दा ठूलो कुरो नेपाललाई नेपालीहरुको आत्मसम्मान, प्रतिष्ठा जुन अहिले अन्तर्राष्ट्रिय स्तरमा गिर्दो अवस्थामा छ त्यसलाई पक्का पनि ठूलो लिफ्ट दिएको छ जस्तो लाग्छ मलाई। मैले काम गर्न थालेको ३५ वर्षको यो क्षणमा मेरो आफ्नो जिन्दगीको तपस्या भन्नुपर्यो र मलाई के लाग्छ भने नेपालीहरुले विदेशीले गर्ने भन्दा २-३ गुणा बढी मेहनत गर्नु पर्छ भन्ने कुरा पक्का हो त्यसैले मैले पहिला पनि पाउथें होला यस्तो तर नेपाली भएको हुनाले समय लाग्यो।"

Pic.

04/01/2023

This video cover dance version only. Cover Dancer’s •Ridima Rai With twin girl•Sona Rai • Sony Rai ****************************************************Ori...

19/12/2022

Rat vari karayeu aakhir naam samet liyenan hamro desh ko 🥹

समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । पोर्चुगल हारका बाबजुद समूह व...
02/12/2022

समूह चरणको अन्तिम खेलमा पोर्चुगललाई पराजित गर्दै दक्षिण कोरिया नकआउट चरणमा प्रवेश गरेको छ । पोर्चुगल हारका बाबजुद समूह विजेता बन्दा उरुग्वे जितेर पनि बाहिरियो ।

पोर्चुगलले ३ खेलमा ६ अंक जोड्दै समूह विजेता बन्यो । कोरिया र उरुग्वे ३ खेलमा ४-४ अंकसाथ दोस्रो र तेस्रो स्थानमा रहे । दुवैको गोलअन्तर शून्य भएपनि बढी गोल गरेको आधारमा कोरिया अघि बढेको हो । कोरियाले ४ गोल गर्दा उरुग्वेले २ गोल गरेको थियो । घाना ३ अंक जोड्दै चौथो भएर चरणबाट बाहिरियो ।

Address

Damak 3 Jhapa
Jhapa District
57217

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Beldagi Banda posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Beldagi Banda:

Share