Public Focus

Public Focus Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Public Focus, Media/News Company, janakpur, Janakpur.

जनकपुरधाम ,२७ चैत्र ।नया बजार चितवन,चित्रवन रंगशाला स्थित बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद व...
09/04/2024

जनकपुरधाम ,२७ चैत्र ।

नया बजार चितवन,चित्रवन रंगशाला स्थित बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु भएको प्रथम अन्तर प्रदेश राष्ट्रि्य खेलकुद प्रतियोगिता २०८० को २६ र २७ दुइ दिने खेलकुदबाट एथलेटिक्स खेल तर्फ १५०० मीटर पुरुष दौड‌ तर्फ प्रथम र ८०० मीटर पुरुष दौड‌ तर्फ दोश्रो स्थान मधेश प्रदेश सप्तरी राजविराज - १२ को अजित यादव हासिल गर्न सफल भएको छ ।

त्यस्तै १०० र २०० मीटर पुरुष दौड‌मा मधेश प्रदेश रौतहट जिल्लाको आदेश कुमार यादव प्रथम स्थान हासिल गर्न सफल भएको छ भने संगै एथलेटिक्स खेलको पुरुष तर्फ सर्वोउत्कृष्ट खेलाडीको उपाधि पनि ल्याउन सफल भएको छ ।

जनकपुरधाम ,२६ चैत्र ।नया बजार चित्रवन रङ्सला स्थित बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास पर...
08/04/2024

जनकपुरधाम ,२६ चैत्र ।

नया बजार चित्रवन रङ्सला स्थित बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा सुरु खेलकुद प्रथम अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिता २०८० को पहिलो दिनको एथलेटिक्स खेल तर्फ १५०० मीटर पुरुष दौड‌मा मधेश प्रदेश सप्तरी राजविराज - १२ का अजित यादवले प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

आज २०८०/१२/१९ गते  सोमबारका दिन जनकपुरको मुजेलिया स्थित रमण टावरमा "नेपालको राष्ट्रिय खेल भलिबल " नेपाल भलिबल संघ (एनभीए...
01/04/2024

आज २०८०/१२/१९ गते सोमबारका दिन जनकपुरको मुजेलिया स्थित रमण टावरमा "नेपालको राष्ट्रिय खेल भलिबल " नेपाल भलिबल संघ (एनभीए) द्वारा आयोजित र मधेश प्रदेश भलिबल संघको व्यवस्थापनमा नेपाल भलिबल संघको आठौं पुर्ण बैठक नेपाल भलिवल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द ज्युको अध्यक्षता तथा पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री , हाल मधेश प्रदेश भलिबल संघका प्रदेश अध्यक्ष ज्ञानेन्द्र कुमार यादव ज्यु लगायत संघका पदाधिकारीज्यूहरुको उपस्थितिमा नेपाल भलिबल संघका आठौं पुर्ण बैठक सफलता पुर्वक सम्पन्न भएको छ।

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा तीब्र गतिमा भई रहेको सुधारहरू एक्कासी सरकार पुनर्गठन पछि अवरुद्ध हुदा निवर्तमान स्वास्...
01/04/2024

मधेश प्रदेशको स्वास्थ्य क्षेत्रमा तीब्र गतिमा भई रहेको सुधारहरू एक्कासी सरकार पुनर्गठन पछि अवरुद्ध हुदा निवर्तमान स्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहले मुख्यमन्त्रीलाई बुझाए १२ बुँदे ध्यानाकर्षण पत्र।

31/03/2024

मधेश प्रदेश भलिबल संघको प्रथम साधारण सभा कर्यक्रममा मधेश प्रदेश भलिबल संघको अध्यक्ष तथा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको युवा, विद्यार्थी तथा खेलकुद विभागका प्रमुख एवम् पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव आफनो मन्तब्य राख्दै

28/03/2024

नेपाल भर "५ लाख ४ हजार ४१४ जना SEE - 2080 मा सहभागी सबै बिद्यार्थी लाई SEE को शुभकामना" ।

होली पर्वको अवसरमा सम्पुर्णमा शुभकामना!!
25/03/2024

होली पर्वको अवसरमा सम्पुर्णमा शुभकामना!!

मधेशको मन्त्रीपरिषद् पुर्नगठनजनकपुरधाम, १० चैत । मधेशको मन्त्रीपरिषद् शनिबार पुर्नगठन गरेका छन् । पुर्नगठित मन्त्रीपरिषद...
23/03/2024

मधेशको मन्त्रीपरिषद् पुर्नगठन

जनकपुरधाम, १० चैत ।

मधेशको मन्त्रीपरिषद् शनिबार पुर्नगठन गरेका छन् । पुर्नगठित मन्त्रीपरिषदमा मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले गृह, सञ्चार तथा कानुन मन्त्रीको जिम्मेवारी राजकुमार लेखी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी शत्रुधन सिंह कोइरी, शिक्षा तथा संस्कृति मन्त्रीको जिम्मेवारी स्वतन्त्र निर्वाचित भई नेकपा एमालेमा प्रवेश गरेका प्रमोद जयसवाल र स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी केशव रायलाई दिएका छन् ।

मुख्यमन्त्री यादवले श्रम तथा यातायात मन्त्रालय आफूसँगै राखेका छन् । मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रीमा यसअघि चैत ५ गते नेकपा एमालेका सरोजकुमार यादव नियुक्त भएका थिए । शनिबार नियुक्त भएका मधेश प्रदेश सरकारका मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबिच पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसरी मनाइयो विश्व मुख स्वास्थ्य दिवसजनकपुरधाम ८, चैत्र।विश्व स्वास्थ्य दिवस २०८० को अवसरमा जनकपुरमा पनि विभिन्न कार्यक्र...
21/03/2024

यसरी मनाइयो विश्व मुख स्वास्थ्य दिवस

जनकपुरधाम ८, चैत्र।

विश्व स्वास्थ्य दिवस २०८० को अवसरमा जनकपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाइएको छ।" स्वस्थ मुख भनेको स्वस्थ शरीर हो " भन्ने नाराका साथ नेपाल डेन्टल एशोसिएसन धनुषा शाखाले हरेक वर्ष मनाउँदै आएको विश्व मुख स्वास्थ्य दिवस यस वर्ष पनि एशोसिएसन धनुषाद्वार विभिन्न स्थानमा मुख स्वास्थ्य सम्बन्धी निःशुल्क मुख स्वास्थ परीक्षण उद्देश्यका साथ व्यवस्था गरी कार्यक्रमहरु आयोजना गरेका थिए।

दिवसको अवसरमा एसोसिएसनले पहिलाे दिन चेत्र ६ गते जनकपुर स्थित जानकी बृद्ध आश्रममा निःशुल्क मौखिक स्वास्थ्य परीक्षण, दाँत माझ्ने र पेष्ट लगायत अन्य औषधिहरू वितरण गरिएको थियो। त्यसतै जनकपूर स्थित ओम शक्ति स्कुलमा एसोसिएसनले मुख तथा दाँत कसरी सफा राख्ने ? कस्ता आहारविहार गर्दा मुख र दाँत स्वस्थ्य र सफा रहन्छ? लगायतका बारेमा विद्यार्थीहरूलाई सचेतना दिएका थिए।

मार्च 20 विश्व मुख स्वास्थ्य दिवसको दिन एसोसिएसनलले जनकपुरको विभिन्न स्थानमा मुख स्वास्थ सम्बन्धी बृहत जनचेतनामुलक र्याली आयोजना गरि नेपाल डेन्टल एसोसिएसन धनुषाका अध्यक्ष डा. निमु यादव, उपाअध्यक्ष डा. अनिस साह,महासचिव डा. राम पदराथ यादव, कोषाध्यक्ष डा. अमृता पाण्डे ,सहसचिव जगदीप साह,सदस्यहरू डा. सुनिल महासेठ,डा.यशु गुप्ता,डा. मिशा महासेठ र डा. राजु साह लगायत धनुषा जिल्लाका सबै दन्त चिकित्सक तथा दन्त विशेषज्ञहरुको विशेष सहभागीमा कार्यक्रम भव्यताका साथ मनाएका थिए।

देशभरका मिटरब्याज पिडितहरुले अब गृह मन्त्रालयमा सिधै उजुरी गर्न पाउने ।
19/03/2024

देशभरका मिटरब्याज पिडितहरुले अब गृह मन्त्रालयमा सिधै उजुरी गर्न पाउने ।

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ टोल कटरैतस्थित रहेको श्री सरस्वति माध्यमिक बिधालय कटरैत एक अभिभावक विद्यालयकै खलनायक...
16/03/2024

जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ टोल कटरैतस्थित रहेको श्री सरस्वति माध्यमिक बिधालय कटरैत एक अभिभावक विद्यालयकै खलनायक शिक्षकबाट कुटिएको आरोप लगाईएको छ ।

विद्यालयमा सुरु भएको परीक्षाको लागि तिर्नुपर्ने शुल्क वापत कटरैत बस्ने स्थानीय अमर पटेललाई सोही विद्यालयका शिक्षक सुरेश यादवले कुटपिट गरेको आरोप लगाईएको छ | पटेलको भनाई अनुसार सुरेश यादब लाई बिगतमा बिधालयको आर्थिक कारोबार को कारन बिधालयबाट बिस्थापित गरेको थियो हाल वार्डमा माओबादीको वार्ड अध्यक्ष भएको कारन पुन नियुक्त गरियो| हाल सम्म एउटा पनि अभिभाबक सङ राम्रो व्यबाहर गरेको छैन

शुक्रबार दिउँसो परीक्षा शुल्क तिरेर सो वापतको रसिद मागेपछि विद्यालयका शिक्षक सुरेश यादवले पटेललाई थप्पडले हिर्काएको आरोप उनले लगाएका छन् ।

कक्षा २, कक्षा ४ र कक्षा ५ मा तीन छोराछोरी अध्ययनरत पटेलले जम्मा ५०० रुपैयाँ परीक्षा शुल्क तिर्दै सो वापतको रसिद (बिल) मागेका थिए । जवाफमा शिक्षक यादवले बिल दिदैनौँ भनेर जवाफ फर्काएपछि पटेलले बिल दिएपछि मात्र शुल्क दिने अडान लिँदा भनाभन भएको थियो । पटेलले आफ्नो रकम फिर्ता माग्दै बिल दिएपछि पुनः शुल्क तिर्ने बताएका थिए ।

सोही क्रममा आवेगमा आएका सोही गाउँका शिक्षक सुरेश यादवले विवाद बढाउँदै उनलाई थप्पडले हिर्काएको आरोप लगाएको हो । बिल नदिने अडान राख्दै यादवले हेडसर आएपछि मात्र बिल दिने बताएका थिए, तर पटेलले बिल नदिएसम्म रकम नदिने अडानपछि विवाद भएको बुझिएको छ ।

पटेलका अनुसार, विगत चार दिनदेखि बिल दिन भनेपनि बिल नदिँदा गोजीमा रकम हाल्ने भने शँका लागेर बिल माग्दा दुरव्यवहार गरेको बताए । उनले आफ्नो छोराछोरीलाई समेत पटक पटक यातना दिएको सुनाए ।

यस सन्दर्भमा शिक्षक सुरेश यादवले भने भनाभन भएपछि हात हालाहाल मात्र भएको स्वीकारे । उनले तत्कालै बिल उपलब्ध नभएको अवस्थामा उनले तत्कालै बिल दिनुपर्ने जिकिर गरेपछि हात हालाहाल भएको बताए । शिक्षक यादवका अनुसार, नयाँ हेड सर नियुक्ती भएपछि बिल समेत प्रिन्ट नहुँदा उनलाई सार्दै आएकोमा उनले स्कूलमा आएर विवाद गरेको सुनाए ।

भनाभन भएपछि अन्य शिक्षकहरु आएर झगडा छुटाएको बताउँदै रिसारिसमा हात हालाहाल भएको र आफू थप्पड नहानेको बताए ।

16/03/2024

मधेस प्रदेश सरकारका पुर्व गृह तथा कानुन मन्त्री जसपाका नेता ज्ञानेन्द्र कुमार यादव नेतृत्वको अधिकांश जसपाकै नेताहरु सम्मिलत समुहले शुक्रबार मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवलाई १६ बुँदे मांग सहित ज्ञापन पत्र बुझाउदै प्रदेश सरकारको काम कारवाही प्रभावकारी हुन नसक्दा संघियता धरापमा पर्ने अवस्थामा रहेको भन्दै सचेत गराएका छन् ।

जनकपुरधाम,मधेश प्रदेश सरकारको काम कारबाहीबाट जनता समाजवादी पार्टी (जसपा) का पूर्व मन्त्री तथा निकट वुद्धिजिवी नागरिक समा...
16/03/2024

जनकपुरधाम,

मधेश प्रदेश सरकारको काम कारबाहीबाट जनता समाजवादी पार्टी (जसपा) का पूर्व मन्त्री तथा निकट वुद्धिजिवी नागरिक समाज असन्तुष्ट भएका छन् । प्रदेश सरकारले जन अपेक्षा अनुरुप काम नगररेको उनीहरुले ठहर गरेका छन् ।

मधेश प्रदेशमा ६ वर्षदेखि निरन्तर जसपा नेतृत्वको सरकार छ । मधेश सरकार जनअपेक्षा अनुरुप काम नहुँदा यसले सम्पूर्ण आन्दोलन र मुद्दालाई नै ओझेलमा पार्न सक्ने खबरदारी गर्दै उनीहरुले १६ बुँदे माग अघि सारेका हुन् ।

मधेश सरकारका पूर्व आन्तिरिक मामिला तथा गृहमन्त्री ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा गएको समूहले मुख्यमन्त्री सरोजकुमार यादवलाई आज बिहान ज्ञापन पत्र बुझाउँदै प्रहरी समायोजन, प्रदेश लोकसेवा मार्फत कर्मचारी पदपूर्ति लगायतको माग अघि सारेका हो ।

प्रहरी प्रशासन समायोजन, एकल अधिकार सुची अन्तर्गत आवश्यक कानुन निर्माण, प्रदेश लोकसेवा मार्फत आवश्यक कर्मचारीको पदपूर्ति, सुशासनको प्रत्याभूति, प्रदेश सरकारको कामकाजको निरन्तर सामाजिक परिक्षण, गुणस्तरीय शिक्षा तथा मर्यादित परिक्षास्कूल स्तरीय शिक्षालाई नियमन गर्न ऐन मार्फत विद्यालय शिक्षा आयोग गठन गर्नेमा गरिएको ज्ञापन पत्रमा उल्लेख छ ।

यस्तै प्रदेश स्तरीय विश्वविद्यालय अनुदान र नियमन आयोग ऐन द्वारा स्थापित गर्ने र केन्द्रलाई स्वायत्त निकाय बनाउने, प्रदेश अनुसन्धान तथा तालीम र कृषि क्षेत्रलाई व्यवस्थित तथा किसानलाई मर्यादित जीवनको सुनिश्चितताको पनि उनीहरुको माग छ ।

खेलकुदलाई व्यवस्थित, रोजगारी प्रवर्धन हेतु दीर्घकालीन कदम, योजना आयोगको सचिवालयलाई पर्याप्त जनशक्ति र प्राविधिक क्षमता उपलब्ध गराउने, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा, सामाजिक सुरक्षाको दायरा विस्तार, एकीकृत प्राकृतिक श्रोत व्यवस्थापन र वरिष्ट प्रादेशिक नेताको संयोजकत्वमा पार्टी र सरकार बीच समन्वय गर्ने समिति गठन गर्नु १६ बुँदे माग ज्ञापनमा गरिएको छ ।

मागहरु अबिलम्ब पूरा नभए आन्दोलनको समेत उनीहरुले चेतावनदी दिएका छन् । ‘अन्यथा हामी बाध्य भएर जनता बीच जानु पर्ने र लोकतान्त्रिक मुल्य मान्यतामा रहेर आन्दोलन गर्नु पर्ने खबरदारी अनुरोध छ’ ज्ञापन पत्रमा उल्लेख छ ।

लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।
13/03/2024

लामो समयदेखि आन्दोलनरत् आरती साहको परिवार र सरकारबीच पाँच बुँदे सहमति भएको छ ।

स्वास्थ्य मन्त्रालय लिएर सरकारमा जाँदै उपेन्द्र यादवफाल्गुन २७,जनकपुरधाम। जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन...
10/03/2024

स्वास्थ्य मन्त्रालय लिएर सरकारमा जाँदै उपेन्द्र यादव

फाल्गुन २७,जनकपुरधाम।

जनता समाजवादी पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । पार्टीले अध्यक्ष उपेन्द्र यादव र नवलकिशोर साहलाई मन्त्री तथा राज्य मन्त्रीमा दीपक कार्कीलाई पठाउने निर्णय गरेको हो ।

अध्यक्ष यादवले उपप्रधान तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको शपथ लिनेछन् । साह वन तथा वातावरण मन्त्री बन्नेछन् भने कार्की स्वास्थ्य राज्यमन्त्री बन्ने भएका छन् ।

जसपा र एकीकृत समाजवादी पार्टी सरकारमा सहभागी भएसँगै बहुमत सुनिश्चित भएकोले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन ३० गते प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने तयारीमा जुटेका छन् ।

मिथिला माध्यमिकी परिक्रमा सुरु, मिथिला बिहारीबाट डोला निस्कियो।
10/03/2024

मिथिला माध्यमिकी परिक्रमा सुरु, मिथिला बिहारीबाट डोला निस्कियो।

10/03/2024

वृद्ध आमाहरुको व्यथा .......
जानकी वृद्धा आश्रम जनकपुरधाम

शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री यादवजनकपुरधाम ,२६ फागुन  । मुख्यमन्त्री सरोज कुमार ...
09/03/2024

शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय : मुख्यमन्त्री यादव

जनकपुरधाम ,२६ फागुन ।

मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेशको शान्ति सुव्यवस्थामा सशस्त्र प्रहरीको भूमिका प्रशंसनीय रहेको बताउनु भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनी बर्दिवासमा आयोजित २२ औं स्थापना दिवसको अवसरमा मुख्यमन्त्री यादवले शान्ति सुरक्षाको सबालमा सशस्त्र प्रहरीले खेल्दै आएको भूमिकाको प्रशंसा गर्नु भयो ।

शान्ति सुरक्षामा अहोरात्र खटने सशस्त्र प्रहरीहरुको न्युन्तम सेवा सुविधा समेत उपलब्ध नभई रहेको प्रति चिन्ता व्यक्त गर्दै मुख्यमन्त्री यादवले त्यस तर्फ अविलम्ब ध्यान दिन संघ सरकारलाई ध्यानाकर्षण समेत गराउनु भयो ।

उहाँले भन्नु भयो,' सशस्त्र प्रहरीहरुले न्यून्तम सेवा सुविधा समेत पाउन सकेको छैन । त्यसका लागी संघ सरकारलाई आग्रह गर्दछु ।'

शान्ति सुरक्षाका लागि आवश्यक स्रोत साधन प्रदेश सरकारले समेत उपलब्ध गराउने आश्वासन दिदै मुख्यमन्त्री यादवले भन्नु भयो 'प्रदेश सरकारले आफनो सामर्थ्यले भ्याए सम्म सहयोग गर्न तयार छ ।'

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्मस्ता बाहिनी बर्दिवासका बाहिनीपति डिआईजी दीपेन्द्र शाहको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सशस्त्र प्रहरीका एआइजी चन्द्र प्रसाद गौतम, मुख्यन्यायधिवक्ता विरेन्द्र ठाकुर, प्रदेश सभा सदस्य शारदा थापा सहित सुरक्षा निकायका प्रदेश स्थित प्रमुखहरु, समाज सेवी, उद्योगी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा वार्षिकोत्सवको अवसरमा आयोजित विभिन्न प्रतियोगिताका विजेताहरुलाई मेडल, ट्रफी, एवं उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई पुरस्कार प्रदान गरिएको थियो ।

06/03/2024

सपथग्रहण
👉एमाले रघुवीर महासेठ - उपप्रधान तथा भौतिक पूर्वाधार
पदम गिरी - स्वास्थ्य
दामोदार भण्डारी -
भगवती चौधरी -
राजेन्द्र राई -
ज्वालाकुमारी साह -
बलराम अधिकारी -
👉रास्वपा रवि लामिछाने - उपप्रधान तथा गृह
सुमना श्रेष्ठ - शिक्षा
डिपी अर्याल - श्रम
विराजभक्त - खेलकुद
👉नारायणकाजी - उपप्रधान तथा परराष्ट्र
वर्षमान पुन - अर्थ
हितमान तमांग - पर्यटन
रेखा शर्मा - संचार
शक्ति बस्नेत - उर्जा
👉जसपा - २
👉नेकपा(एस) - २

समयमा विद्यालय नपुग्ने शिक्षक र विद्यार्थी फिर्ता पठाइए जनकपुरधाम१३, फाल्गुन ।जनकपुरधाम- समयमा विद्यालय नआउने धनुषाको मु...
25/02/2024

समयमा विद्यालय नपुग्ने शिक्षक र विद्यार्थी फिर्ता पठाइए

जनकपुरधाम१३, फाल्गुन ।

जनकपुरधाम- समयमा विद्यालय नआउने धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका शिक्षक र विद्यार्थीहरूलाई फिर्ता पठाइएका छन्।

अध्यक्ष जयकुमार यादवको निर्देशनमा गाउँपालिकाको शिक्षा समिति र नगर प्रहरीले आइतबार समयमा विद्यालय नआउने शिक्षक र विद्यार्थीहरूलाई फिर्ता पठाएको हो।

शिक्षा समितिले गाउँपालिकाको श्री बैद्यदेवनारायण उच्च मावि कोल्हुवामा आइतबार अनुगमन गरेको थियो। अनुगमनका क्रममा समयमा विद्यालय नपुगेको पाइएपछि शिक्षक र विद्यार्थीलाई फिर्ता पठाइएका हुन्।

शिक्षक र विद्यार्थीलाई समयमा विद्यालय पुग्न पटक–पटक अध्यक्ष यादवले आग्रह गरे पनि अटेरी गरेको पाइएपछि बाध्य भएर यो कदम चाल्नुपरेको अध्यक्ष यादवले बताए।

गाउँपालिकाको शैक्षिक अवस्थाको सुधारको लागि आफू निरन्तर प्रयासरत रहेको बताउँदै उनले सबैले समयको पालना गर्नुपर्ने जिकिर गरे।

24/02/2024

समाजवादी विद्यार्थी युनियन नेपालको धनुषा जिल्ला पुनर्गठन कार्यक्रममा जनता समाजवादी पार्टी नेपाल मधेश प्रदेश समितिको युवा, विद्यार्थी तथा खेलकुद विभाग का प्रमुख एवम् पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादव आफनो मन्तब्य राख्दै

19/02/2024
समाजवादी मुस्लिम संघ धनुषाको अध्यक्षमा राईन चयन  जनकपुरधाम ६, फागुन।जनता समाजवादी पार्टी नेपालको भात्री संगठन समाजवादी म...
18/02/2024

समाजवादी मुस्लिम संघ धनुषाको अध्यक्षमा राईन चयन

जनकपुरधाम ६, फागुन।

जनता समाजवादी पार्टी नेपालको भात्री संगठन समाजवादी मुस्लिम संघ धनुषा जिल्ला अध्यक्षमा मो. कलिम राईन सर्व सहमतिले चयन भएको छ।
सबैला नगरपालिकाको जनता समाजवादी पार्टी नेपालको नगर पार्टी कार्यलयमा आयोजना गरेका भेलाबाट राईनलाई सर्व सहमतले चयन गरेको हो।
कार्यक्रममा उपस्थित मध्य सबै भन्दा जेष्ठ मो. अकमल राईनको अध्यक्षता र जसपाबाट निर्वाचीत धनुषा क्षेत्र न १ को संघीय सांसद दिपक कार्कीको प्रमुख अतिथित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा जसपा केन्द्रिय सल्लाहकार बिमल प्रसाद साह, प्रदेश संघीय परिषद सदस्य साजिद हुसेन, जसपा सबैला नगरपालिका अध्यक्ष बैजनाथ यादव, जसपा गनेशमान चारनाथ नगरपारलिका अध्यक्ष राम एकबाल शर्मा, लगाईत पार्टीका विभिन्न तहतपका नेताहरु सहभागीता कार्यक्रम सम्पन्न भएका छ्न।

समाजवदी मुस्लिम संघ धनुषाको जिल्ला कार्यसमितिमा उपाध्यक्ष, अजिम अनसारी, सचिव आमिन राईन, स.सचीव मो.कमरुदिन, कोषाध्यक्ष मो. जुवेर आलम, लगाईत २१ सदस्य समिति चयन भएका छ्न। साथै समाजवादी मुस्लिम संघ धनुषाको १८ नगरपालिका, गाउँपालिकामा छिटै नगर देखि वाडा सम्म समिति निर्माण गर्ने नवनियुक्त अध्यक्ष राईनले प्रतिबद्धता व्यक्त गरेका थिए।

जनकपुरधाम, ६ फागुनमधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।उनलाई नेकपा एमाल...
18/02/2024

जनकपुरधाम, ६ फागुन

मधेशका मुख्यमन्त्री सरोजकुमार यादवले तेस्रो पटक प्रदेश सभाबाट विश्वासको मत पाएका छन् ।उनलाई नेकपा एमाले र जनमत बाहेकका दल र स्वतन्त्र सांसदले विश्वासको मत दिएका छन् ।
आइतबार प्रदेश सभामा उपस्थित १०४ मध्ये उनले पक्षमा ६९ मत पाएका छन् । विपक्षमा ३५ मत परेको छ । गत माघ ९ गते जनमतका दुई मन्त्रीले सरकार छाड्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिएका हुन् ।
मधेश प्रदेश सभामा १०७ सांसदमा एमालेका सबैभन्दा धेरै २४ जना छन् ।यसैगरी कांग्रेसका २२, जनता समाजवादी पार्टीका १९ जनमतका १३ माओवादी केद्रका ९ लोसपाका ९ र एकीकृत समाजवादीका ७ सांसद छन् । नागरिक उन्मुक्ति पार्टी,राप्रपाका एक/एक र एक स्वतन्त्र सांसद छन् ।

जनकपुरधाम, ५ फागुन ।शनिबार समाजवादी युवा संघ केन्द्रीय समितिद्वारा जनकपुरधामको रमणटावरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद...
17/02/2024

जनकपुरधाम, ५ फागुन ।

शनिबार समाजवादी युवा संघ केन्द्रीय समितिद्वारा जनकपुरधामको रमणटावरमा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन जसपा नेपालका राष्ट्रिय अध्यक्ष एवं पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले गरेका छ।शनिबारबाट सुरु भएको सो कार्यक्रम फाल्गुन ७ गतेसम्म चल्ने छ ।
३ दिवसीय कार्यक्रममा जसपा अध्यक्ष यादव मुख्यप्रशिक्षक छन् । उनले समाजवाद, संघीयता, मधेश, मधेश आन्दोलन, विश्व राजनीति, राज्यसञ्चालनका विधिप्रक्रिया, विश्वक्रान्ति लगायत विषयमा प्रशिक्षण दिनेछन् ।
सो कार्यक्रममा जनता समाजवादी पार्टी(जसपा) नेपालका भातृसंगठन समाजवादी युवा संघका सातै प्रदेशका पदाधिकारीको सहभागिता छ ।

‘भ्यालेन्टाइन डे’को नाममा बलात्कारः बलात्कृत बालिका अस्पताल भर्नाजनकपुरधाम ४, फागुन, सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मन...
16/02/2024

‘भ्यालेन्टाइन डे’को नाममा बलात्कारः बलात्कृत बालिका अस्पताल भर्ना
जनकपुरधाम ४, फागुन,

सिरहाको लहानमा ‘भ्यालेन्टाइन डे’ मनाउन कोठामा बोलाएर एक किशोरले बालिका बलात्कार गरेको घटना सार्वजनिक भएको छ ।
लहान नगरपालिका २ स्थित अरुण यादवको कोठा भाडामा लिएर बस्दै आएका १८ वर्षीय निकेश यादवले १५ वर्षीया बालिका बलात्कार गरेका हुन् । बलात्कृत बालिकाको अवस्था गम्भीर छ । बलात्कार आरोपी किशोरलाई लहान प्रहरीले पक्राउ गरेको छ ।
सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेका अनुसार बुधवार दिउँसो करिब २ बजे अरुणले कोठामै बालिकालाई बलात्कार गरेको थियो । पीडित परिवारले राति १२ बजेमा घटनाबारे जानकारी गरायो । लगत्तै प्रहरीले आरोपी अरुणलाई नियन्त्रणमा लिएको छ ।
बलात्कृत बालिका अत्यधिक रक्तश्राव भएर बेहोस् भएकी थिइन् । उनलाई आफन्तले बुधवार साँझ उपचारका लागि प्रादेशिक अस्पताल लहान लगेको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि विराटनगरस्थित नोबेल हस्पिटल लगिएको छ ।
बलात्कृत बालिका पनि सुखिपुरकै छिन् । लहानमै अध्ययनरत बालिका पनि कोठा भाडामा लिएर बस्दै आएकी थिइन् । अरुणले ‘भ्यालेन्टाइन डे’ मनाउन आफ्नो कोठामा बोलाएर बलात्कार गरेको बुझिएको छ ।
प्रहरी प्रवक्ता पाण्डेले बलात्कृत बालिकाको अवस्था अहिले सामान्य रहेको कुरा उनकै आफन्तले बताएको जानकारी दिए । उनले भने, ‘अरुणले बालिकालाई ललाइफकाई कोठामा लगेको थाहा पाएको छु । थप अनुसन्धान भइरहेको छ ।’

श्रीपंचमी अर्थात् सरस्वती पूजाको पावन अवसरमा        हार्दिक मंगलमय शुभकामना ।  #सरस्वती  #सरस्वतीपूजा
14/02/2024

श्रीपंचमी अर्थात् सरस्वती पूजाको पावन अवसरमा
हार्दिक मंगलमय शुभकामना ।

#सरस्वती #सरस्वतीपूजा

जनकपुरधाम ,१ फागुन।आज दशरथ रङ्गशाला काठमाडौं स्थित नेपाल एथलेटिक्स संघद्वारा सञ्चालित १०० मिटर यु–२० ओपन एथलेटिक्स छनोट ...
13/02/2024

जनकपुरधाम ,१ फागुन।

आज दशरथ रङ्गशाला काठमाडौं स्थित नेपाल एथलेटिक्स संघद्वारा सञ्चालित १०० मिटर यु–२० ओपन एथलेटिक्स छनोट खेलमा रौतहट जिल्ला कटहरिया नगरपालिका वडा नं .१ का आदेश यादवले खेलमा स्वर्ण पदक जितेका छन् ।

जनकपुरधाम, २९ माघ ।जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अध्यक्षमा बालकिशोर प्रसाद यादव चयन भएका छन् । निजामती...
12/02/2024

जनकपुरधाम, २९ माघ ।

जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश अध्यक्षमा बालकिशोर प्रसाद यादव चयन भएका छन् । निजामती सेवामा २५ वर्ष काम गरेका यादव रौतहटको दुर्गाभगवती गाउँपालिका निवासी हुन् ।

पार्टीको नयाँ विधानअनुसार गत पुस मसान्तभित्र पार्टीको प्रदेश समिति पुनर्गठन भइसक्नुर्पे पार्टी केन्द्रीय परिपत्रका आधारमा निर्धारित अवधिभित्र सो काम नसकिएपछि पार्टीको केन्द्रीय कार्यालयले गठन गरेको प्रदेश तदर्थ समितिको नामावली सोमबार सार्वजनिक भएको छ ।

पार्टीको प्रदेश इन्चार्ज मृगेन्द्रकुमार सिँह यादवद्वारा हस्ताक्षरित नामावलीसहितको प्रदेश समिति गठन सम्बन्धी पत्रमा भने प्रदेश कार्यसमितिकै सिफारिसमा तदर्थ समिति गठन गरिएको जनाइएको छ।

यसैगरी तदर्थ समितिसँगै पार्टीको प्रदेश तहमा सल्लाहकार समिति, प्रदेश अनुशासन आयोग र प्रदेश लेखापरीक्षण आयोग गठन गरिएको छ ।

नेपालमा करीब अढाई लाख मगहीभाषी रहेको दावीमैलेपनि जनगणनामा मगहीमै टिक लगाए ः पूर्व मन्त्री यादव  माघ २७ जनकपुरधाम,राष्ट्र...
10/02/2024

नेपालमा करीब अढाई लाख मगहीभाषी रहेको दावी
मैलेपनि जनगणनामा मगहीमै टिक लगाए ः पूर्व मन्त्री यादव

माघ २७ जनकपुरधाम,
राष्ट्रिय जनगणना अनुसार नेपालमा दुई लाख ३० हजार मगही भाषाभाषी रहेको बताइएको छ ।
उपेन्द्र दासद्वारा मगही भाषामा लिखित ‘मगही इजोत’ गजल संग्रहको विमोचन कार्यक्रममा मगही फाउण्डेशनका संयोजक भुवनेश्वर महतोले २०७८ सालमा भएको जनगणना अनुसार दुई लाख ३० हजार व्यक्तिले आफुनो भाषा मगही रहेको जनगणनामा लेखाएको बताएका छन् । उहाँले हामीहरु बोल्दै आएको भाषा मगही हो, तर केही समुदायहरुले यसलाई पनि मैथिली बुझ्दै आएको दुःखद र चिन्ताको विषय रहेको बताएका छन् ।
अन्य भाषा जस्तै मगही भाषालाई सरकारले प्राथमिकतामा नराखेमा आफूहरु संघर्षको बाटो रोज्ने चेतावनी समेत दिएका छन् । उहाँले मगही भाषा र संस्कृतिलाई उजागर गर्न हामीहरु सरकारसँग बजेट माँग्छौ, दिएन भने संघर्षमा उत्रिन्छौं संयोजक महतोले भने । कतिपय व्यक्तिहरु आफ्नो भाषा के हो बुझि रहेको थिएन । तर अधिकांश व्यक्तिहरु अब हाम्रो भाषा भनेको महगी रहेको बुझ्न थालेको उहाँले जिकिर गरे ।
राष्ट्रिय दलित तत्मा समाज नेपालका अध्यक्ष रामअशिष दासको अध्यक्षतामा भएको विमोचन कार्यक्रमका प्रमुख अतिथि पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले राष्ट्रिय जनगणनामा आफू पनि भाषा रोज्दा मगही नै रोजेको बताएका छन् । उहाँले हाम्रो भाषा मगही हो भन्न संकोच गर्नु हुँदैन । मैथिली भाषाभन्दा निकै फरक मगही रहेकोले यस अभिमान लागेको अभियानीहरु खुलेर यसको संरक्षण सम्बद्र्धनमा जुटन सबैमा आग्रह समेत गरेका छन् ।
पूर्वमन्त्री यादवले भीमराव अम्बेडकरले शिक्षित बनौं, संगठित होऔं र संघर्ष गरौं दिएको यी मन्त्रले मात्र हाम्रो भाषा र संस्कृतिलाई जोगाउन सकिने जिकिर समेत गरेका छन् ।
कार्यक्रममा मिडिया काउन्सिलका कार्यवाहक अध्यक्ष कैलास दास, चलचित्र विकास प्रबद्र्धन बोर्डका सदस्य पुष्पा यादव। मगही अभियानी भरत महतो, विनोद महतो, रघुनाथ दास, परमेश्वर कापड सहितका व्यक्तिहरुले पुस्तकमाथि चर्चा गरेका छन् ।
एकसय ७ पुष्टका मगही इजोत पुस्तकमा एकसय ४ वटा गजलहरु समावेश गरिएको छ ।

Address

Janakpur
Janakpur
45600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 17:00
Saturday 10:00 - 17:00

Telephone

+9779817808275

Website

Alerts

Be the first to know and let us send you an email when Public Focus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies



You may also like