छोडि जाने मायाको याद मा

  • Home
  • Nepal
  • Gorkha
  • छोडि जाने मायाको याद मा

छोडि जाने मायाको याद मा ♥♥♥ मायाँ पिरती को संगालो मात्र हजुर ह

11/03/2022
10/03/2022
21/01/2022

भोलि कसैलाई आफूभन्दा अलि पढेको मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ ,
हेर त त्यस्तो अनपढले कस्तो पढेको जोडी पाएको ।

भोलि कसैलाई आफूभन्दा धेरै धन सम्पत्ति भएको मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ
त्यस्तो मा हुर्केको ले , यस्तो जोडी पायो ।

भोलि कसैलाई आफूभन्दा धेरै सुन्दर मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ
कस्तो नसुहाएको , जोडी , यो त्यति राम्रो /राम्री त्यो त्यति नराम्रो नराम्री ।

भोलि कसैलाई आफूभन्दा ठुलो उमेरको मान्छे मन पर्ला
अनि यो समाजले भन्ने छ ,
कति ठुलो , कति ठुली केटा / केटी मन पराको , अरु कोहि नपाउने नै जस्तो !

तपाईं जो जसलाई मन पराउनुस , प्रेम गर्नुस , बिवाह गर्नुस
यो समाजमा जस्तो सुकै भए पनि खोट निकाल्ने नै छ !

प्रेमको मापन के ले गर्नु हुन्छ ?
जसले जसरी मापन गर्छ त्यस्तै गरि तुलना गर्दै जान्छ ।

के सुन्दरले ठिक ठाकलाई ,
गरिबले धनीलाई ,
जेठोले कान्छोलाई,
पढेकाले अनपढलाई
माया गर्नै नपाउने , नजिक हुनै नपाउने ,
प्रेम गर्नै नपाउने , बिवाह बन्धनमा बाँधिनै नपाउने होर ? ❤️🌸

आफू जस्तो छ त्यस्तै हुनु पर्छ र
आफ्नो मान्छे ? आफूले प्रेम गरेको मान्छे ?

हामी कहिले अरुको रोजाइमा खोट लगाउन छोड्छौँ ?
कहिले अरुलाई आफ्नो खुसीमा रमाउन दिन छोड्छौँ ?

आखिर जीवन त उनीहरूको हो उनीहरुलाई
बाँच्न दिन चाहि सकिन्छ है 😌❤️

03/08/2021

खोप लगाएका र ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएकाहरु अगस्ट ५ देखि यूएई जान पाउने

साउन १९ गते२०७८ , मंगलबार

काठमाण्डौ – यूएईको ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएका नेपालसहित ६ देशका नागरिकहरू आउँदो २१ गतेदेखि यूएई प्रवेश गर्न पाउने भएका छन् ।

खोप लगाएका भ्यालिड रेसिडेन्सी भिसा भएका नेपाली नागरिकसहित ६ देशका नागरिकलाई प्रवेश अनुमति दिने निर्णय गरेको गल्फ न्युजले खबर लेखेको छ ।

यूएईको ‘जनरल सिभिल एभियसन अथोरिटी र नेशनल इमर्जेन्सी क्राइसीस् एण्ड डिसास्टर म्यानेजमेन्ट अथुरिटीले मंगलबार यस्तो निर्णय गरेको खबरमा उल्लेख छ ।

कोरोना सङ्क्रमण रोकथामका लागि यूएईले नेपालसहित, भारत पाकिस्तान, श्रीलङ्का लगायतका देशबाट आउने यात्रु माथि प्रतिबन्ध लगाएको थियो । अब अगस्ट ५ देखि नेपाल, भारत, श्रीलङ्का, पाकिस्तान, नाइजेरिया र युगान्डाबाट कोरोना विरुद्धको खोप लगाएका ‘भ्यालिड रेसिडेन्सी भिसा’ भएकाहरु यूएई प्रवेश गर्न पाउनेछन् ।

यूएईले मोर्डना, फाइजर बायोएनटेक, स्पुतनिक भी, अक्फोर्ड अस्ट्राजेनेका र सिनोफर्मा(भेरोसेल) खोपलाई मान्यता दिएको छ । नेपालबाट पनि भेरोसेल खोपको दुवै मात्रा लगाएको र भ्यालिड रेसिडेन्सी भिसा छ भने अब यूएई प्रवेश गर्न पाइनेछ ।

26/07/2021
26/06/2021

आजको तीतो वास्तविकता😀😃😂

06/06/2021

राजेन्द्र महतोले किन बहुल रास्ट्रबादको कुरा गरे भनेको त यस्तो कारण पो रहेछ:
भारत देश ,बिहार राज्य सितामणी जिल्लाको कोहरिवा गाउँका राजेन्द्र (सुडि) महतोको नालिबेलि;

- जन्म स्थान;कोहरिवा गाउँ,सितामणि जिल्ला,बिहार राज्य,भारत देश।

- दुरि ;नेपालको सिमानाबाट 15 किलोमिटर टाढा।

- बुवाको नाम ; खोवारी सुडि

- बिक्रम सम्बत 2020 सालमा व्यापार गर्न नेपाल आएका खोवारी सुडि सर्लाही जिल्लाको बयालबासामा धान चामलको व्यापार गरि बसेका।

- श्रीमतिको नाम; सयल कुमारी देबि ,उनको जन्म मरिया गाउँमा भएको हो ।जुन कोहरिवा गाउँको छिमेकी गाउँ हो।

- बिक्रम सम्बत 2068 सालमा अख्तियारले गृहमन्त्रालयलाई राजेन्द्र सुडि महतोको नागरिकता छानबिन गर्न माग गरेको ।गृह मन्त्रालयले जिल्ला प्रशाशन कार्यालय सर्लाहिलाई उनको नागरिकताको कागजात र बिबरण माग गर्दा नागरिकता सम्बन्धी कुनै कागजात फेला नपरेको। स्मरण रहोस त्यो बेला राजेन्द्र सुडि बाणिज्य तथा आपुर्ती मन्त्री थिए र बहालवाला मन्त्रीलाई छनबिन गर्न नमिल्ने भनिएको थियो।

अब भन्नुहोस राजेन्द्र सुडि नेपालि नागरिक हुन कि भारतिय नागरिक हुन?

यदि माथी उल्लेखित बिबरण गलत हो भने राजेन्द्र सुडि महतोलाई आफ्नो र आफ्नो बाको नागरिकता देखाउन चुनौती भयो।
स्रोत; हेमराज थापा
त्रिभुवन बिस्वबिध्यालय काठमाडौं

18/01/2021

Madan Thapa vs Asha bc In Dubai

21/09/2020

sanu kc vs pratima aryal live dohori sanu kc live dohori pratima aryal new live dohori

07/07/2020

यूएईमा एउटै कम्पनीमा कार्यरत २,४७९ जना नेपालीको रोजगारी गुम्यो, ५ महिनादेखि अलपत्र

यूएईको ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ नेपाली श्रमिकको एकैपटक तत्काललाई रोजगारी गुमेको छ ।

कोरोनाको कारण काम बन्द हुँदा ट्रान्सगार्ड कम्पनीमा कार्यरत २४ सय ७९ जना नेपाली श्रमिक काम बिहीन भएका छन् । यो कम्पनीले यूएईका विभिन्न राज्यमा क्लिनर, सेक्युरिटी, हस्पिटालिटी लगायतका क्षेत्रमा आउटसोर्सिङ गरेर कामदार सप्लाई गर्दै आइरहेका थिए ।

तर अहिले विभिन्न साइटहरु बन्द हुँदा कम्पनीले कतिपयलाई लामो समयको बेतलबी बिदा दिएको छ भने कतिपयले राजीनामा दिएका छन् । कतिपय श्रमिक भने अब काम नगर्ने मनस्थितिमा पुगेका यूएईमा रहेको नेपाली दूतावासले जनाएको छ ।

यो कम्पनीसहित अन्य आधा दर्जन कम्पनीले आफ्ना श्रमिकलाई छुट्टै जहाज चार्टर्ड गरेर नेपाल पठाइदिने प्रस्ताव दूतावासमा राखेको दूतावासकी उपनियोग प्रमुख तथा प्रवक्ता रीता धितालले उज्यालोलाई जानकारी दिनुभयो ।

यी कम्पनीले दूतावासमा श्रमिकको नामसमेत पठाइसकेका छन् । श्रमिकलाई आफ्नै खर्चमा चार्टर्ड जहाजमार्फत पठाइदिन्छु भन्ने कम्पनीको प्रस्ताव दूतावासले परराष्ट्र मन्त्रालयलाई पठाएको छ । परराष्ट्रमार्फत स्वीकृतिका लागि विभिन्न सम्बन्धित निकायसँग समन्वय भइरहेको प्रवक्ता धितालले जानकारी दिनुभयो ।

यूएईमा धेरै नेपाली श्रमिक कार्यरत, राम्रो सेवासुविधा दिने छवि बनाएका ट्रान्सगार्ड कम्पनी, एसके इन्जिनियरिङ लगायत कम्पनीले अहिले धेरैलाई लामो समयको बेतलबी बिदा दिएका छन् ।

कोरोना महामारीको कारण काम प्रभावित भएपछि कम्पनीले कतिपयलाई पछि बोलाउने शर्तमा लामो समयको बेतलबी बिदा दिएर छुट्टिमा नेपाल पठाइदिन खोजेको हुन्,’ प्रवक्ता धितालले भन्नुभयो ।

कम्पनीको प्रस्ताव अनुसार श्रम काउन्सिलर निर्मला थापा र मोतिराम भूषालले कम्पनीसँग समन्वय गर्ने र सूची तयार गरिरहेको दूतावासले जनाएको छ ।

ट्रन्सगार्ड कम्पनीले यसअघि पनि बेतलबी बिदामा बसेका, भिसाको अवधि सकिएका लगायत करिब १ सय जना नेपाली श्रमिकलाई एअर अरेबियाको चार्टर्ड उडानमार्फत नेपाल पठाएको थियो ।

30/06/2020

काठमाडौं हि‌डेको यात्रुबस दुर्घटना, २ जनाको मृत्युु

सैनामैना नगरपालिका–८ कलौनीमा आज अपराह्न भएको सवारी दुर्घटनामा बाबुछोराको मृत्यु भएको छ । अपराह्न करीब २ बजे भएको दुर्घटनामा सैनामैना–१ वनकट्टाका ५० वर्षीय टेकबहादुर परियार र उहाँका ३० वर्षीय छोरा सन्तोषको मृत्यु भएको हो ।

Address

Arughat Bazar
Gorkha
34011

Telephone

+971544750823

Website

Alerts

Be the first to know and let us send you an email when छोडि जाने मायाको याद मा posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Category

Nearby media companies