My autobiography.of श्री बसन्तराज अधिकारी

  • Home
  • Nepal
  • Ghorahi
  • My autobiography.of श्री बसन्तराज अधिकारी

My autobiography.of श्री बसन्तराज अधिकारी My Page is www.bulletbro.blogspot.com
Advocate Me Basantaraj Adhikari
Former Deputy Secretary, GoN

आमाले राखिदिएको मेरो नाम वसन्त ।वेदमा प्रथम अक्षरको ।समान छ मेरो नाम ।तसर्थ पुराणमा ज्ञान ।।वेदान्त उपनिषद्मा ।तत्वद्रष्...
23/03/2024

आमाले राखिदिएको
मेरो नाम वसन्त ।

वेदमा प्रथम अक्षरको ।
समान छ मेरो नाम ।
तसर्थ पुराणमा ज्ञान ।।
वेदान्त उपनिषद्मा ।
तत्वद्रष्टा महर्षि ।।
दर्शनमा प्रत्यक्ष प्रमाण ।
अपौरुषेय गुढज्ञान ।।
ॠतुहरुको राजा ।
ॠतुराज वसन्त ।
चराचर जगतमा व्याप्त ।
सनातन व्यष्टी र समष्टी ।।
श्रीमद्भागवत गीतामा ।
म नै त हुँ श्रीकृष्ण ।।१।।

म स्वामी श्रीमतीजीको ।
अभिभावक परिवारको ।।
सन्तान बाबुआमाको ।
इष्टको निकट आफन्त ।।
स्वजनको सह्रदयी मित्र ।
पुर्व कर्मचारी राज्यको ।।
पुर्व हाकिम सेवाग्राहीको ।
निवृत्त निजामती सेवाको ।।
यथार्थमा मेरो परिचय के हो ?? ।।२।।

बाबू स्व. बलदेव प्रसाद ।
मेरी आमा भावना ।।
पाँच भाइबहिनी मध्येको ।
जेष्ठ सुपुत्र बाबुआमाको ।।
श्रीमतीजी हुन् यशोदा ।
छोरा एक छोरी एक ।।
जन्मस्थल मजगैं दाङ ।
कर्मभूमि नेपाल देश ।।
हाल स्थायी बसोबास ।
घोराही १७ पनौरा ।।३।।

सामान्य नागरिक म ।
लौकिक पहिचान ।।
छैनन् केही विशिष्ट ।
सांसारिक पद नाम ।।
न सञ्चित छन् पुण्य ।
न क्यै छन् पाप ।।
स्वर्ग नर्क थाछैन ।
आखिर पृथ्वी वास ।।
एक्दिन सबैले मर्नुपर्छ ।
यहि महत्तम तत्व-ज्ञान ।।४।।

वस+अन्त वसन्त ।
सार्थक पहिचान ।।
जीउने स्वाभिमान ।
नामै त हो महान ।।
हिजोआज छ्द्मनाम ।
क्यै छैन स्वपहिचान ।।
अंग्रेजी रवाफ आडम्बरी ।
गर्दै हल्का देखासिखि ।।
समाज अस्तित्व बिहिन ।
संस्कृति प्रतिभा पलायन ।।
परसंस्कृति ग्रहण ।
उफ !अर्थन बर्थका ।।
राखी व्यर्थ नाम ।
कसरी होला स्वपहिचान ?? ।।५।।

मायामा वसन्त बाबू ।
आत्मीयतामा वसन्ते ।।
सम्मानमा वसन्तजी ।
हाम्री महान विदुषी ।।
अध्येता साहित्यानुरागी ।
आमाले राखिदिएको ।
मेरो नाम वसन्त ।।६।।

✍️ वसन्तराज अधिकारी
घोराही उपमहानगरपालिका दाङ ।

२०८१ सालको भित्तेपात्रो तिथि र मिति सहित हार्दिक धन्यवाद perfect printers 🇳🇵
17/03/2024

२०८१ सालको भित्तेपात्रो तिथि र मिति सहित हार्दिक धन्यवाद perfect printers 🇳🇵

07/02/2024

खर्दार एकाउन्टेन्टबाट सेवा गरि लोक सेवा आयोगको योग्यता, क्षमता, प्रतिस्पर्धाको सिंढी उक्लदै करिब साढे तीनदशक सेवा अवधी पूरा गरि उपसचिव (प्रशासन) सेवा निवृत्त भैयो । यसमै गौरव र गरिमा छ । ✍️ धन्यवाद 🇳🇵

जीन्दगी खहरे खोला झै बग्ने उँधै उँधै सलल ।जन्मेको यश संसारमा फ़ेरि रुँदै रुँदै हरपल ।।📝 वसन्तराज अधिकारीस्वनिवास : घोराही...
27/01/2024

जीन्दगी खहरे खोला झै बग्ने उँधै उँधै सलल ।
जन्मेको यश संसारमा फ़ेरि रुँदै रुँदै हरपल ।।

📝 वसन्तराज अधिकारी
स्वनिवास : घोराही १७ दाङ नेपाल
आइतबार, भदौ २४, २०८० शुभम् ।

कृपया ! पूरा कविता पढ्न यो ब्लग लिङ्क खोलेर पढ्नु हवस् । 🙏 धन्यवाद

५६३. जीन्दगी खहरे खोला बग्ने उँधै उँधै सलल । on September 10, 2023 Get link Facebook Twitter Pinterest Email Other Apps जीन्दगी खहरे खोला बग्ने उँधै उँधै सलल ।    ....

५. पैसा ? पैसा ?? पैसा ???मानिस मानिसलाई किन्छ, अनि बेच्छ ।विवसताको बजारमा क्रय-विक्रय हुन्छ ।।मानवताको हाट लाग्छ, भाडा ...
04/01/2024

५. पैसा ? पैसा ?? पैसा ???

मानिस मानिसलाई किन्छ, अनि बेच्छ ।
विवसताको बजारमा क्रय-विक्रय हुन्छ ।।
मानवताको हाट लाग्छ, भाडा चल्छ ।
त्यसैले धनमा मतान्धहुनेहरु कराउँछन् ।।

पैसा ! पैसा !! पैसा !!!

योग्यता प्राप्त योग्य मानवहरु जीउन
संघर्ष गरिरहेछन् ।
बेरोजगारीको कोलाहल, मच्चिरहेछ ।
मलिनतामा झोक्रीएका छन्
मानवताको उपहास देखेर ।।
केवल धन लोलुपहरु मन्त्र झै जप गर्छन् ।।।

पैसा ! पैसा !! पैसा !!!

व्यक्तिगत त के राष्ट्रिय सम्पत्ति नै उडिरहेछ ।
वियर, भोड्का र थ्रीएक्समा
पप्लु र डब्लुमा ।।
अनि चिल्लाउँछन् स्वप्नमा ।।

पैसा ! पैसा !! पैसा !!!

रचना मिति : २०४३ कार्तिक
रचना स्थान : तिराम, सिमलचौर, प्युठान
प्रकाशित मिति : २०४३/०७/०५ बुधबार
प्रकाशित : जय नेपाल, निष्पक्ष साप्ताहिक, दाङ ।

With K P Sharma Oli – I just got recognized as one of their top fans! 🎉
21/11/2023

With K P Sharma Oli – I just got recognized as one of their top fans! 🎉

मेरो आमा र छोरीसँग छोरी श्रीमती विपना अधिकारी फुयाल अफिस जाने तयारीमा ❤️🌹🙏🕉️🇳🇵
15/08/2023

मेरो आमा र छोरीसँग छोरी श्रीमती विपना अधिकारी फुयाल अफिस जाने तयारीमा ❤️🌹🙏🕉️🇳🇵

आ.ब. २०८०-०८१ को राजस्व तथा आय व्ययको विवरण "बजेट" को पुर्ण पाठ गुगल ड्राइभमा ❤️📝✍️सन्दर्भ स्रोत सामग्री : www.mof.gov.n...
29/05/2023

आ.ब. २०८०-०८१ को राजस्व तथा आय व्ययको विवरण "बजेट" को पुर्ण पाठ गुगल ड्राइभमा ❤️📝✍️
सन्दर्भ स्रोत सामग्री : www.mof.gov.np
https://drive.google.com/file/d/1JULK52jT5ESXvsLLbm0tIGeLoQcKKyVK/view?usp=drivesdk

Access Google Drive with a Google account (for personal use) or Google Workspace account (for business use).

plz. Open link to read all my poem समयरुपि ऎनामा हेर सबैका छर्लङ्ग छन्  मुहारहरु ।।https://bulletbro.blogspot.com/2023/0...
25/04/2023

plz. Open link to read all my poem समयरुपि ऎनामा हेर सबैका छर्लङ्ग छन् मुहारहरु ।।https://bulletbro.blogspot.com/2023/04/blog-post_25.html

✍️ वसन्तराज अधिकारी
घोराही १७ पनौंरा, दाङ
मंगलबार, बैशाख १२, २०८० शुभम् ।

४२२. समयरुपि ऎनामा हेर सबैका छर्लङ्ग छन् मुहारहरु ।। on April 25, 2023 Get link Facebook Twitter Pinterest Email Other Apps समयरुपि ऎनामा हेर सबैका छर्लङ्ग छ....

समसामयिक सान्दर्भिक मेरी आमा मेरो एउटा पुरानो रचना पुनः साझा गरे ल ✍️❤️🚾🙏🕉️
20/04/2023

समसामयिक सान्दर्भिक मेरी आमा मेरो एउटा पुरानो रचना पुनः साझा गरे ल ✍️❤️🚾🙏🕉️

२०८. मेरी आमा ❤️❤️ on May 10, 2021 Get link Facebook Twitter Pinterest Email Other Apps  मेरी आमा ❤️❤️                                                                                                  ...

२५९. आमाको माया मुटुदेखि पटुकिसम्म ।plz. Open this my blog to read उज्यालो कायाकैरनवाट  नेपाली उखान संकलन  https://bulle...
20/04/2023

२५९. आमाको माया मुटुदेखि पटुकिसम्म ।

plz. Open this my blog to read उज्यालो कायाकैरनवाट नेपाली उखान संकलन https://bulletbro.blogspot.com/2023/04/blog-post_20.html

मातातीर्थ औंसी, बैशाख कृष्ण औंसी २०८०
बिहीबार, बैशाख ७, २०८० शुभम् ।
स्रोत : एफएम मध्यपश्चिम रेडियो, दाङ ।

५२०. नेपाली उखान संकलन on April 20, 2023 Get link Facebook Twitter Pinterest Email Other Apps उज्यालो कायाकैरनवाट नेपाली उखान टुक्का संकलन        आमासँग म आज म.....

श्रीहनुमानचालीसा ❤️🙏🕉️
07/04/2023

श्रीहनुमानचालीसा ❤️🙏🕉️

५१३. श्रीहनुमानचालीसा on April 06, 2023 Get link Facebook Twitter Pinterest Email Other Apps श्रीहनुमानचालीसा       ✍️ एकादश रुद्रावतार महाबली श्रीराम भक्त .....

संघीय निजामती सेवा ऎनको बिधेयक मस्यौदा अब गुगल ड्राईभमा 📝
04/04/2023

संघीय निजामती सेवा ऎनको बिधेयक मस्यौदा अब गुगल ड्राईभमा 📝

Address

Rajapur, Bardiya
Ghorahi
DPO,DANG

Telephone

+9779868983418

Website

Alerts

Be the first to know and let us send you an email when My autobiography.of श्री बसन्तराज अधिकारी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to My autobiography.of श्री बसन्तराज अधिकारी:

Videos

Share