Iconic news express

Iconic news express Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Iconic news express, Media/News Company, Charikot, Dolakha.

17/04/2022

सिन्धुपाल्चोकको सुनकोशी नदिमा पौडी खेल्ने क्रममा डुबेर दोलखाका एक युवकको मृत्यु भएको छ ।

शैलुङ गाउँपालिका गाउँपालिका वडा नम्बर ७ का २२ वर्षिय रन्जन श्रेष्ठको पौडी खेल्ने क्रममा डुवेर मृत्यु भएको हो । आज दिउँसो सिन्धुपाचोकको चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ सुकुटे नजिकै रहेको बालुवा भन्ने स्थानबाट सुनकोशी नदिमा पौडी खेल्ने क्रममा श्रेष्ठ वेपत्ता भएका थिए । वेपत्ता भएका उनको शव फेला परेको सिन्धुपाल्चोकका प्रहरी प्रवक्ता प्रहरी प्रहरी नायब उपरिक्षक (डिएसपी) दक्षकुमार बस्नेतले जानकारी दिएका छन । उनका अनुसार मृतक श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको छ ।

16/04/2022

आफन्तबाटै हुन्छन् महिला तथा बालिका बलात्कार

भवानी कार्की
नेपालमा दिनानुदिन बलात्कारका घटना बढ्दै गईरहेको देखिन्छ । अचम्म लाग्दो कुरा त के छ भने मानिसहरु सभ्य, शिक्षित र नैतिकवान् भएरपनि समाजमा बलत्कार जस्तो जघन्य अपराध भइरहेको छ ।

अझ भन्नुपर्दा १८ बर्षमुनिका नाबालिकाहरु बढि बलात्कृत हुन्छन् । धेरै जसो बलात्कारका घटना त आफन्तबाट नै भएको प्रशस्त उदाहरणहरु देख्न सकिन्छ । पछिल्ला दिनहरूमा सार्वजनिक भएका घटनालाई केलाएर हेर्ने हो भने महिला तथा बालिकाहरु आफ्नै दाजुभाइ, बाबु, काका भनिने आफन्तहरूबाट बलात्कृत हुने गरेको पाईन्छ । त्यसो त बलात्कारका घटना सार्वजनिक भईरहँदा मानसिक स्वास्थ्य समस्यामा परेका बालिकाहरु पनि घरभित्रै वा नजिकका नातेदारबाट समस्यामा परेको प्रष्ट देखिन्छ । कानूनको कार्यान्वयन फितलो हुँदा कतिपय यस्ता घटनाहरु बाहिर आउँदैनन् पनि ।
पछिल्लो समय विभिन्न सञ्चार माध्यम एवं सामाजिक सञ्जालहरुमा आएका बलात्कारका घटनाले सोच्न बाध्य बनाउँछ कि महिलाहरूको लागि सुरक्षित ठाउँ कहाँ हो ? आफ्नै घर तथा नजिकका नातेदारहरूबाट समेत महिला तथा बालबालिका असुरक्षित हुनुको कारण के हो ?

भन्ने गरिन्छ कि बलात्कारीहरू अपराधी हुन् र तिनीहरूलाई कानुनबमोजिम कारबाही हुनुपर्छ । तर विडम्वना अपराधीलाई कानुनको कठघरामा ल्याउने संयन्त्र नै विचरा छ ।

सर्वप्रथम सामाजिक चेतना, फितलो कानुनी व्यवस्था, तथा सामाजिक सुरक्षाको कमजोरीले नै यस्ता घटना बढ्दै गईरहेको तथ्यहरु छन् । पछिल्लो समय सामाजिक सञ्जालको बढ्दो दुरुपयोग, र आपराधिक मनस्थितिका कारणले गर्दा बलात्कारका घट्ना बढ्दो क्रममा छ । हाम्रो नेपाली समाज पुरुष प्रधान छ । समाजमा पुरुषहरु महिलामाथि हिँसा गरिएन भने आफ्नो पुरुषत्व नै गुम्ने झै ठान्दछन् । पुरुषले जती नै ठुलो गल्ती किन नगरोस् दोष भने महिलाकै हुने गर्छ हाम्रो समाजमा । यसरी त कसरी न्यूनिकरण होला महिला हिँसा ? प्रश्न उठ्नु स्वाभाविक हो ।

आजको २१ औँ शताब्दीको समाजमा एक अबोध बालिकामाथि बलात्कार हुनु पीडकलाई कानुनको दायरामा ल्याउन नसक्नु एकदमै लज्जास्पद विषय बनेको छ । यसरी अपराधमा संलग्नहरुलाई कानुनले ठम्याउन नसक्दा र कानुनी बमोजिम सजाय हुन नसक्दा अपराधीहरुलाई थप प्रोत्साहन मिलिरहेको भान हुन्छ ।

16/04/2022

दोलखा । नेपाल खेलकुद महासंघ (नेकोस) दोलखाको अध्यक्षमा फुटबल खेलाडी विनोद मोक्तान निर्वाचित भएका छन् । सोमबार सदरमुकाम चरिकोटमा सम्पन्न दोश्रो जिल्ला अधिवेशनले मोक्तानको अध्यक्षतामा ४८ सदस्यीय कमिटी निर्विरोध निर्वाचित गरेको हो
अधिवेशनको उद्घाटन गर्दै महासंघका स्थायी कमिटी सदस्य तथा स्कुल विभाग प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि प्रभात विक्रम कटवालले खेल क्षेत्रको दिगो विकासका लागि महासंघले ‘एक वडा एक खेल मैदान’ तथा ‘एक पालिका एक रंगशाला’को निति लिएको जानकारी दिए ।

अधिवेशनमा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पुर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले केन्द्रीय सदस्य सरस्वती बस्नेत, एमाले बागमती प्रदेश कमिटी सदस्य लक्ष्यण गुभाजु, एमाले दोलखा अध्यक्ष नर बहादुर श्रेष्ठ, महासंघका स्थायी कमिटी सदस्य एवं प्रवक्ता उमेश केसी, स्थायी कमिटी सदस्य विदुर शर्मा, युवा संघ नेपालका नेता महाराज गुरुङ, सचिवालय सदस्य तिर्थबहादुर खड्का, केन्द्रीय सदस्य हरिवंश कडरीया, केन्द्रीय सदस्य रीनन पोखरेल, बागमती प्रदेश अध्यक्ष सीताराम कार्की, एमाले दोलखाका सदस्य नेत्र मोक्तान, नेकोस दोलखाका निवर्तमान अध्यक्ष अर्जुन थापा लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
नवनिर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथि कटवालले पद तथा गोपनीयताको सपथ गराए ।

नवनिर्वाचित कमिटी :

अध्यक्ष :- बिनोद तामाङ
उपाध्यक्ष :- नोर्बु तमाङ/साबीत्रा उप्रेती (महिला)
सचिव :- दामोदर जोशी
सह–सचिव :- हरिबश बुढाथोकी /रमेश रेग्मी
कोषाध्यक्ष :- पवन खड्का

सदस्यहरुमा राजन तमाङ, सुमन बुढाथोकी, सागर तमाङ, पासाङ शेर्पा, लाक्पा दोर्जे शेर्पा, सोम ब. तमाङ, बम ब. बि.क, अशोक तमाङ, सुक्र तमाङ, राजकुमार धिसिङ, महेश खाती, आकास बाबू मुग्गती, दिनेश चौलागाईं, राजेश मोत्तान, चेत ब. श्रेष्ठ, रामशरण थापामगर, दिपक गोले, दिपेश खड्का, शुशिला थामी, हिरालाल तमाङ, रजित थापा, जगत जिरेल, सुरेश खड्का, मनिसा धिसिङ, लोकछिरी शेर्पा, जित ब. तमाङ, अशोक तमाङ, रमिला श्रेष्ठ, सन्दीप नेपाली, कविन कटुवाल, गायती दियाली, चन्द्र कृष्ण खड्का, लिलावती थामी, गंगा शिवाकोटी, किरण पाण्डे, विदुर बुढाथोकी, नारायण चौलागाईं, नवराज मोक्तान, राजकुमार धमला, दिनेश रोकाय कृष्ण ब. श्रेष्ठ लगायत रहेका छन्

16/04/2022

Address

Charikot
Dolakha
45500

Telephone

+9779861117118

Website

Alerts

Be the first to know and let us send you an email when Iconic news express posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Iconic news express:

Share



You may also like