Routine Of Dhading Condition

Routine Of Dhading Condition Online News Portal From Dhading Nepal, Political News, Social, Economy, Science, Sports, Adventure, Advertise, Help Post, Fun Post, Business ROGB
(1)

Sad news : रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला सिद्घलेक गाँउपालिका पाँचका बाईस बर्ष...
15/06/2024

Sad news : रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङ जिल्ला सिद्घलेक गाँउपालिका पाँचका बाईस बर्षिय टेकबहादुर घले रहको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

गोसाईकुण्ड गाँउपालिका वडा नम्बर छ र कालिका गाँउपालिका एक गुम्बुचेत नजिक मैलुङ स्याफ्रुबेसी सडक योजना अन्तर्गतको ठाडे खोलामा स्काभेटरमा तेल हाल्ने क्रममा करेन्ट लागेर घलेको मृत्यु भएको हो । स्काभेटरका सह-चालक रहेका घले आज बिहान स्काभेटरमा तेल हाल्न लाग्दा स्काभेटरको बकेट त्रिशुली जलबिधुत आयोजनाकाे बिद्युत प्रसारण लाईनमा छुँदा उनलाई करेन्ट लागेको थियो ।

वेहोस अबस्थामा रहेका उनलाई प्रहरीको सहायताबाट उपचारकालागि त्रिशुली अस्पताल लगिएकोमा अस्पतालले मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक केशब भट्टराईले बताउनुभयो । ।
Sources : Radio rasuwa

15/06/2024

कठै मेरो देश: जे मा पनि राजनीति

आकाश बाट पानी नपरेपछी, मकैलाइ पानी हाल्दै मलेखु का भाइ 😁Photo by : aashika tamang
14/06/2024

आकाश बाट पानी नपरेपछी, मकैलाइ पानी हाल्दै मलेखु का भाइ 😁
Photo by : aashika tamang

Fun post : धादिङे हरु को अबस्था ..........
14/06/2024

Fun post : धादिङे हरु को अबस्था ..........

14/06/2024

आज बिहान : चितवनको फिस्लिङ बजार नजिक कारलाई जोगाउन खोज्दा बस त्रिशूली नदी किनारमा खसेको छ । बसमा ४५ जना र कारमा पाँचजना यात्रु सवार थिए । बस नेपालगन्ज देखि काठमाडौ जाँदै थियो । दुर्घटनामा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर छ , उपचार को क्रम मा कार चालक को मृत्यु भयको छन।
Sources : Narayani khabar

का सुते म : धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यपालिका बैठक भइरहेको बेला कार्यपालिका सदस्य मस्त निन्द्रामा
12/06/2024

का सुते म : धादिङ त्रिपुरासुन्दरी गाउँपालिकाको कार्यपालिका बैठक भइरहेको बेला कार्यपालिका सदस्य मस्त निन्द्रामा

सुत्न पनि दिदैन : धादिङ त्रिपुरासुन्दरी गाउँपालिका को पशु शाखा कार्यालयमा देखिएको दृश्य। आफ्नो कार्यकक्षमा नै निदाउन त भ...
12/06/2024

सुत्न पनि दिदैन : धादिङ त्रिपुरासुन्दरी गाउँपालिका को पशु शाखा कार्यालयमा देखिएको दृश्य। आफ्नो कार्यकक्षमा नै निदाउन त भएन नि !
वहाँ करिब १ महिना बिदा पनि बसेर आउनुभएको रहेछ।

Wow: खाजाको रुपमा गाउँघरकै अर्गानिक फलफूल, श्री धुषा आधारभूत विद्यालय बेनिघाट रोराङ -६ सामबास धादिङ ।
12/06/2024

Wow: खाजाको रुपमा गाउँघरकै अर्गानिक फलफूल, श्री धुषा आधारभूत विद्यालय बेनिघाट रोराङ -६ सामबास धादिङ ।

सिथि नख पर्व नेवार समुदायमा एक धार्मिक र पर्यावरण मैत्री उत्सव प्रदर्शन गर्दछ।  यस पर्वले समुदायलाई आफ्नो पैतृक देवतालाई...
12/06/2024

सिथि नख पर्व नेवार समुदायमा एक धार्मिक र पर्यावरण मैत्री उत्सव प्रदर्शन गर्दछ। यस पर्वले समुदायलाई आफ्नो पैतृक देवतालाई भेटी चढाउँदा उनीहरूको पारिवारिक देवताको सम्झना गराउँदछ। एकै समयमा, मानिसहरूले आगामी मनसुनको लागि शुभ निम्तो दिन इनार, झोला, पाटी र पौवा र तिनीहरूको परिधिको सफाईमा भाग लिन्छन्। पानीको स्रोतको सरसफाईले टाइफाइड, पेचिश र हैजा जस्ता पानीजन्य रोगहरू नियन्त्रण गर्न पनि मद्दत गर्छ। भगवान शिव र देवी पार्वतीका पुत्र कुमार कार्तिकेयको जन्मको सम्झनामा पनि यो दिन मनाइन्छ। उनी सिथि दया भनेर चिनिन्छन्। प्रोटिनयुक्त वो यस पर्वको मुख्य परिकार हो, जुन मनसुनमा कडा परिश्रमका लागि खाइन्छ । #शुभ #सिथिनाखा

11/06/2024

धादिङ साम्सद रामनाथ अधिकारी ज्यु : प्रतिनिधि सभाका बैठकमा पृथ्वी राजमार्ग अन्तर्गत नागढुङ्गा-नौबिसे-मलेखु सडक खण्डको अबस्थाको बारेमा सरकारको ध्यानाकर्षण गराएको छु ।

Importance of Tree:  : धादिङ गल्छि गाउँपालिका को कार्यलयमा रहेको अम्लेश्वर महादेव मन्दिर को रुखको छहारीमा आराम गर्दै मान...
10/06/2024

Importance of Tree: : धादिङ गल्छि गाउँपालिका को कार्यलयमा रहेको अम्लेश्वर महादेव मन्दिर को रुखको छहारीमा आराम गर्दै मान्छेहरु🌳

10/06/2024

यो कस्तो शून्य भयो ?
मुटुले पनि पोल्यो
आँखाले पनि पोल्यो
केवल आगोले पोलेन
यो धुँवाले पोलेन!

धादिङ जिल्ला गजुरी गा पा वडा न ५ घाटबेसिबाट हराइ रहेका २ जना बालकहरु मध्ये बर्ष १४ को युनिक सुबेदिको सब त्रिसुलि नदिमा भ...
09/06/2024

धादिङ जिल्ला गजुरी गा पा वडा न ५ घाटबेसिबाट हराइ रहेका २ जना बालकहरु मध्ये बर्ष १४ को युनिक सुबेदिको सब त्रिसुलि नदिमा भेटिएको छ । चप्पल तथा लुगा फुकालेकै ठाउमा सब भेटिएको हो । सशस्त्र प्रहरी बल नेपाल ,बिप्पत्त ब्याबस्थापन तालिम शिक्षालय , कुरिनटारको गोताखोर टोलिले सब निकालेको हो । अर्का हराइरहेका बालक रिदम रोइलाको खोजी कार्य भैराखेको छ ।

09/06/2024

सिम्ले थाक्रे धादिङ : थाक्रे, धादिङ नेपालको पूर्व प्रशासनिक विभाजन अनुसार, मध्यमाञ्चल विकास क्षेत्रको बागमती अञ्चल, धादिङ जिल्लामा अवस्थित एक गाविस थियो। एघारौँ राष्ट्रिय जनगणना २०६८ मा यहाँको जनसङ्ख्या ९८३८ रहेको थियो जसमध्ये ४७८१ पुरुष र ५०५७ महिला रहेका थिए भने यहाँ २१४१ घरधुरी रहेको थियो।
File video : भुवन महर्जन

08/06/2024

साथि Friends Forever ❤️
Clicked By : Black & White

भखरै धादिङ थाक्रे हुलाक डाडा २ को भिर मा मान्छे मरेको फेला परेको छ , बिस्तृत जानकारी आउन बाकि..............
08/06/2024

भखरै धादिङ थाक्रे हुलाक डाडा २ को भिर मा मान्छे मरेको फेला परेको छ , बिस्तृत जानकारी आउन बाकि..............

08/06/2024

हाम्रो धादिङ, जहाँ प्रत्येक कुनाले सम्झना बोकेको छ, र हरेक गल्लीले कथा सुनाउँछ।
Video By :Gaurav Shrestha

धादिङका एक जना युवकको जापानमा मृत्यु भएको छ : सिद्धलेक गाउँपालिका २ नलाङ घर भइ हाल जापानको साइतामा प्रिफेक्चरमा बस्दै आए...
08/06/2024

धादिङका एक जना युवकको जापानमा मृत्यु भएको छ : सिद्धलेक गाउँपालिका २ नलाङ घर भइ हाल जापानको साइतामा प्रिफेक्चरमा बस्दै आएका २३ बर्षिय बाबु श्रेष्ठ (दिनेश) को मृत्यु भएको हो ।

अध्ययनका लागि जापान पुगेका श्रेष्ठको २०२४ जुन ६ मा (नेपाली समयअनुसार २४ गते बिहिबार)मृत्यु भएको धादिङ समाज जापानका महासचिव बिजय सडौलाले जानकारी दिनुभयो ।

प्राप्त जानकारी अनुसार श्रेष्ठ आफैँले मृत्युको बाटो रोजेको खुल्न आएको छ ।

१३ महिना अघि मात्र अध्ययनका लागि जापान पुगेका उनी प्रिफेक्चरमा रहेको न्यु एसिया इन्टरनेश्नल एकेडेमीको जापानी भाषा संकायमा अध्ययनरत थिए ।

धादिङ समाज जापानले श्रेष्ठको निधनप्रति दुःख व्यक्त गर्दै उनको दाहसंस्कारको लागि जापानवासी नेपालीबीच आर्थिक सहयोग गर्न अपिल गरेको छ ।

नेपालबाट घर परिवार र आफन्तजनहरुको सल्लाह अनुसार शवको दाहसंस्कार जापानमै गरिने तयारी भएसँगै परिवारको आर्थिक अवस्था कमजोर रहेकोले दाहसंस्कार गर्नको लागि खर्च अभाव भएको भन्दै समाजले जापानमा क्रियाशील सम्पूर्ण संघ–संस्था, समाज, संगठन एंव जापान बासी नेपालीहरुमा सहयोगको लागी अपिल गरेको छ ।

सहयोगको लागि धादिङ समाज जापानको बैंक खाता jp post bank, 10060–49949891 खातामा पैसा पठाउन सकिने पनि समाजले जानकारी दिएको छ।
Sources : Bagmati kalam

Thank you : Thank you to all those good thinkers and helpful hands ❤️
08/06/2024

Thank you : Thank you to all those good thinkers and helpful hands ❤️

दुर्घटना: धादिङको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नं ६ स्थित गोलाङ - आगिन्चोक सडक खण्डमा सवारी दुर्घटना भएको छ। गंगा जमु...
07/06/2024

दुर्घटना: धादिङको त्रिपुरासुन्दरी गाउँ पालिका वडा नं ६ स्थित गोलाङ - आगिन्चोक सडक खण्डमा सवारी दुर्घटना भएको छ। गंगा जमुना गाउँ पालिका लतापबाट धादिङ बेसी तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-०२७ च ५०१३ नम्बरको बोलेरो जिप ब्रेक फेल भएर दुर्घटना भएको हो। दुर्घटनामा परी ४ जना सामान्य घाइते भएको र घाइतेलाई उपचारको लागि धादिङ जिल्ला अस्पताल पठाएको जानकारी सल्यानटार इ .प्र.का का प्रमुख प्र.ना.नि. बिष्णु नेपालीले दिनुभएको छ।
Source: Asmi post.com

धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ मा रहेको कन्यादेवी आ.वि. का विद्यार्थीहरुको कपाल काट्नुहुँदै शिक्षिका राधिका व...
07/06/2024

धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर ४ मा रहेको कन्यादेवी आ.वि. का विद्यार्थीहरुको कपाल काट्नुहुँदै शिक्षिका राधिका विश्वकर्मा ।

महिला हराएको सूचना :  धादिङ जिल्लाको थाक्रे गाउँपालिका  वडा नं. ३ मल्डुङ निबासी रामकुमार परियारको  श्रीमती अन्दाजी २० वर...
07/06/2024

महिला हराएको सूचना : धादिङ जिल्लाको थाक्रे गाउँपालिका वडा नं. ३ मल्डुङ निबासी रामकुमार परियारको श्रीमती अन्दाजी २० वर्षको बिनिता खत्री मिति २०८१ साल जेष्ठ २१ गते बिहान देखि आफ्नै घरबाट बेपत्ता भएकी र उनको खोजि गर्दा नभेट्टिएकिले खोजि कार्यमा सहयोग गरिदिनु हुन अनुरोध गर्दछु। यदि तपाइँहरुले उनलाई देखेमा नजिकको प्रहरी कार्यालय वा 9744374188 मा सम्पर्क गरिदिनु हुन अनुरोध गर्दछु।

मानिस हराएको सूचना : एही मिती 2081 साल जेठ २४ गते नारायण प्रसाद  खनालनाम गरेको बेलकोटगढ़ी-७, खाल्टे, नुवाकोट बस्ने अन्दा...
07/06/2024

मानिस हराएको सूचना : एही मिती 2081 साल जेठ २४ गते नारायण प्रसाद खनालनाम गरेको बेलकोटगढ़ी-७, खाल्टे, नुवाकोट बस्ने अन्दाजी ६०-६५ बर्ष उमेर को बेलकोटगढ़ी-७, रातमाटे, नुवाकोटबाट हराउनु भएकोले हजुरहरु कसैले पनि देख्नु वा भेट्नु भयो भने तल दिएको सम्पर्क नम्बरमा अथवा नजिकको प्रहरी चौकीमा खबर गरिदिनु होला!!

सम्पर्क नम्बर:
अर्जुन खनाल :9851091248
बिष्णु खनाल :9851212332

06/06/2024

धादिङ सल्यानटार : बम्बई जानु भएको श्रीमान अहिले सम्पर्क वि हीन हुँदा खोजीमा उहाँ दिदी।

हाम्रो धादिङ जिल्लाको नेपाली काङ्ग्रेस बाट बिजयी माननिय Ram Nath Adhikari ज्यु सामुदायिक बिधालयको शिक्षक शिक्षिका लाई रा...
06/06/2024

हाम्रो धादिङ जिल्लाको नेपाली काङ्ग्रेस बाट बिजयी माननिय Ram Nath Adhikari ज्यु सामुदायिक बिधालयको शिक्षक शिक्षिका लाई राजनीति गर्न प्रोत्साहित गर्दै। सबै राजनीति दल ले बिध्यालयलाई आफ्नो राजनीति गर्ने स्थान बनएका कारण देश भरिको सामुदायिक बिध्यालय मा पढाइ कमजोर भएको हो ।
Sumana Shrestha Secretariat - सुमना श्रेष्ठ सचिवालय को ध्यानाकर्षण होश

धादिङ सिद्धलेकका एक सहित दुइजना मृत फेला काठमाडौमा: प्रहरीका अनुसार प्रदेश ३-०२-००७ प ३८१२ नम्वरको पल्सर मोटरसाइकलसहित ध...
06/06/2024

धादिङ सिद्धलेकका एक सहित दुइजना मृत फेला काठमाडौमा: प्रहरीका अनुसार प्रदेश ३-०२-००७ प ३८१२ नम्वरको पल्सर मोटरसाइकलसहित धादिङ सिद्धलेक गाउँपालिका ५ घर भई हाल जिल्ला भक्तपुर बस्दै आएका वर्ष ४२ का रामचन्द्र खनाल र चाँगुनारायण नगरपालिका ५ भक्तपुरकी वर्ष ३२ की सबिना राईको शव फेला परेको प्रहरीले जनाएको छ ।

केराबारी स्थित भिरमा शव देखेपछि स्थानियले प्रहरीलाई जानकारी गराएका थिए । जानकारी पाए लगत्तै इलाका प्रहरी कार्यालय फर्पिङबाट प्रहरी टोलि खटिएको थियो । सडक बाटोबाट करिब २०० मिटर तल भिर पहरामा अड्किएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त किर्तिपुरले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे ६ को आठ किलोमा पोखरा बाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नंवरको यात्रु वसले...
06/06/2024

पृथ्वीराजमार्ग अन्तर्गत धादिङको थाँक्रे ६ को आठ किलोमा पोखरा बाट काठमाण्डौतर्फ आउँदै गरेको ग १ ख ९८६८ नंवरको यात्रु वसले ठक्कर दिदा एकजनाको मृत्यू भएको हो।

सडक छेउमा तान्दैगरेको इन्टरनेटको तार बसमा अल्झीदा तार सँगै तार तान्दै गरेका धरान उपमहानगरपालीका १७ घर भएका अन्दाजी २२÷ २३ वर्षका सुदेश सुनुवारलाई बसले ठक्कर दिएको प्रतक्षदर्शिले बताए ।

बससले ठक्कर दिएको सुनुवारको घटनास्थलमा नै मृत्यू हो । स्थनीयले अहिले राजमार्ग अवरोध गरेका छन् ।

04/06/2024

नाग ढुङा मुग्लिन सडक बिस्तार गर्ने क्रममा अहिले पृथ्वी राजमार्ग धादिङ गल्छि मा दिनुहु जाम हुने गरेको छ । त्यस माथी धादिङ यातायात,हाइस तथा साना गाडीहरू ओभर ट्याक गर्नु नै जाम हुने प्रमुख कारण पनि एक हो। संबंधित निकायको चाडो भन्दा चाडो ध्यानआकर्षण होस । लापरबाही तरिकाले गाडी चलाउने चालक र जथाभावी ओभरटेक गर्ने चालक माथी कार्बाही होस ।
Video couresty : सन्तोश लामिछाने

उहाँ आमा हुनुहुन्छ धादिङ् जिल्ला ज्वालामुखी वडा ३ कै सबै भन्दा जेठो हजुरआमा : उहाँ अहिले १०४ बर्ष हुनु भयो , हामिले सोध्...
04/06/2024

उहाँ आमा हुनुहुन्छ धादिङ् जिल्ला ज्वालामुखी वडा ३ कै सबै भन्दा जेठो हजुरआमा : उहाँ अहिले १०४ बर्ष हुनु भयो , हामिले सोध्येउ आमा सन्चै हुनुहुन्छ , सन्चै छु बाबू बाचेको छु अहिले सम्म भनेर हास्नु भयो
हामी : आमा एक्लै बस्नु हुन्छ कि अरु पनि छ?
आमा : एक्लै बस्छु बाबू छोरा हरु छन, कोहि कता छन त कोहि कता
हामी : आफै पकाउनु हुन्छ, आफै खानु हुन्छ?
आमा : अ बाबू आफुले पकायर नखाय कस्ले पकाइदिन्छ
• अहिले सम्म नि उहाँ आमा वृद्ध भत्ता लिन लौरो टेकेर आफै लिन जानू हुन्छ र त्यो आयको भत्ता के गर्नु हुन्छ, दाउरा चिर्न सक्दैन दाउरा चिर्ने लाई दिनु पर्यो कहिले काहीँ मासु खान मन लाग्छ खानु पर्यो, यता उता गरेर सकिन्छ आयको पैशा, हामिले सोध्यो आमा यति लामो जीवन बाच्न के गर्नु पर्छ , आमा भन्नू हुन्छ मकै, कोदो खानुपर्छ 😂🤗

ज्वालामूखी-३ मैधी की ज्येष्ठ नागरिक- इन्द्र कुमारी आले यो उमेरमा पनि स्वास्थ जीवन निर्वाह गर्दै हुनुहुन्छ । वडा/पालिकालेले जेठो नागरिक भनि उहाँलाई सम्मान गर्न आवश्यक देखिन्छ ।

04/06/2024

आद्मघाट धादिङ् : Beautyful Adamghaat dhading bajar | Gajuri Rural Municipality
File : भुवन महर्जन

Address

Dhading
17100

Website

Alerts

Be the first to know and let us send you an email when Routine Of Dhading Condition posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine Of Dhading Condition:

Videos

Share



You may also like