मधेसी मोर्चाको माग सम्बोधन गर्दै संबिधान कार्यान्वयन गर्नूपर्छः मन्त्री गिरी
दाङ,२२ भदौ
सिचाई मन्त्री दीपक गिरीले संबिधानको कार्यान्वयन लागि राष्ट्रिय सहमति अपरीहार्य भएको बताउनुभएको छ ।
ठुलो संघर्ष र बलिदानीबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्न संबिधान कार्यान्वयन हुनै पर्छ,त्यसका लागि पनि दलहरु एक ठाँउमा उभिनै पर्ने बताउनुभयो ।
नेपाल प्रेस युनियन दाङले आज बुधबार तुलसीपुरमा आयोजना गरेको स्वागत तथा बधाई कार्यक्रममा सम्बोधन गर्नुहुर्दै नेपाली काग्रेसका केन्द्रीय सदस्य समेत रहनुभएका नेकपा एमालले जिम्मेवार प्रतिपक्षको भूमिका खेल्दै संबिधान कार्यान्वयनमा साथ दिनुपर्छ भन्नुभयो ।
संबिधानका केही बुदाँलाई संशोधन गरेर भएपनि मधेसी मोर्चाको मागलाई सम्बोधन गर्नुपर्ने भएकाले पनि एमालले त्यसमा सहयोग गर्नु पर्ने जिकिर गर्नुभयो । उहाले आफ्नै तालले डम्फु बजाउदै जाने हो भने मूलुक अन्यौलता तर्फ धकील्ने भन्दै चिन्ता ब्यक्त गर्नुभयो ।
बाईट
राजनीतिक निकास र मुलुकमा शान्ति ल्याउन स्वर्गीय गिरीजा प्रसाद कोईरालले ठुलो बलीदानी गरेको स्मरण गराउनुभयो ।
आफ्ना कार्यकतालाई घाटी रेटेर हत्या गर्ने,गोली र बम पडकाएको आफ्नै आखाले देख्दा देख्दै पनि उहाले तत्कालीन नेकपा माओबादीलाई अन्तरीम संसदमा ८३ सीट सांसदको प्रतिनीधि गराई सम्मानजन प्रतिनीधित्व गराउनुभएको बताउनुभयो ।
उहाले राजनीतिक सहमतिकै आधारमा बृस्तीत शान्ति सम्झौताको जगमा टेकी मुलुकले द्धन्दबाट क्रमस निकास पाएको बताउनुहुर्दै मधेस र थारु समुदायको आन्दोलनका क्रममा भएका घटनालाई पनि राजनीतिक मुद्धाको रुपमा छलफल भई निकास निकाल्न सकिने बताउनुभयो ।
उहाले अर्को प्रसङमा नेपाली काग्रेस भीत्रको गुटगत राजनीतिकको अन्त्य गर्न पाटी सभापति शेरबहादुर देउवा र महामन्त्री डाक्टर शसाक कोईरालले महत्वपूर्ण भूमिका खेल्ने अबस्था आई पुगेको बताउनुभयो ।
बाईट
बिगतको भन्दा गुटको राजनीति भई रहेको बताएका गिरीले १३ औ महाधिबेसनको मिसन एकताको महाधिबसेनलाई सम्पुर्ण कार्यकता माझ पु¥याउन पर्ने जिकिर गर्नुभयो ।
मन्त्री गिरीले राष्ट्रिय पुजी १० अर्ब रुपैया खर्च हुनै नसकेको बताउनुहुर्दै त्यस मध्ये १ अर्ब दाङमा ल्याउन आफ्नो प्रयास हुने दाबी गर्नुभयो ।
उहाले त्यति रकम जिल्लामा ल्याउन सके बिकासले फडको मार्ने बताउनुभयो ।
युनियनका जिल्ला अध्यक्ष सुशील बस्नेतको अध्यक्षतामा भएको कार्यक्रम