ViewMan

ViewMan हामी तपाईंसँगै रहने छौ।

लुम्बिनी प्रदेशको हिमाली  जिल्ला लुगुम र तकसेरामा  छायांकन भएको चलचित्र घर ज्वाइ पहिलो तस्बिर सार्वजनिक
31/03/2024

लुम्बिनी प्रदेशको हिमाली जिल्ला लुगुम र तकसेरामा छायांकन भएको चलचित्र घर ज्वाइ पहिलो तस्बिर सार्वजनिक

27/03/2024

(कविता)..मलाइ मेरो देश बनेको हेर्न मन छ ढलेको होइन।
मलाइ मेरो देश बाचेको हेर्न मन छ‌ मारेको होइन।
Written & Performed : Prahar Gharti Magar

घोराही दाङमा खेलकुदको विकास, पानी पानी पनि दर्शकको गुइँचो ।घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगित...
03/03/2024

घोराही दाङमा खेलकुदको विकास, पानी पानी पनि दर्शकको गुइँचो ।

घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

दाङको घोराहीमा धुमधामका साथ  १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका उद्योग तथा याताय...
01/03/2024

दाङको घोराहीमा धुमधामका साथ १२ औँ अन्तराष्ट्रिय लोक सांस्कृतिक महोत्सव सुरु भएको छ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापा (रोज राना) ले शुक्रबार महोत्सवको उद्घाटन गर्नुभएको हो ।

25/02/2024

Twins Dance

घोराहीको जग्गाको बार्गेनिङ नमिलेपछि शिवराजको हत्या आरोपमा श्रीमान–श्रीमतीसहित चार जनालाई प्रहरीले सार्बजनिक गर्यो दाङ, प...
03/01/2024

घोराहीको जग्गाको बार्गेनिङ नमिलेपछि शिवराजको हत्या आरोपमा श्रीमान–श्रीमतीसहित चार जनालाई प्रहरीले सार्बजनिक गर्यो

दाङ, पुस १८। दाङको बंगलाचुलीस्थित कोइलाखानीको सुरूङभित्र मृत फेला परेका शिवराज केसीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले श्रीमान, श्रीमतीसहित चार जनालाई पक्राउ गरेर सार्बजनिक गरेको छ ।
गोली हानेर हत्या भएको अवस्थामा कोइलाखानीको सुरूङभित्र पुस १३ गते ४५ वर्षीय शिवराज केसीको शव फेला परेको थियो।
पक्राउ पर्नेमा बंगलाचुली गाउँपालिका-४ गदारीका ४३ वर्षीय शेरबहादुर कुँवर, उनकी ३५ वर्षीया श्रीमती दीपा कुँवर र दीपाका भाइ २९ वर्षीय तिलक पुन, भरूवा बन्दुक दिने मेघबहादुर कुवर मगर व्यक्ति रहेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए।

सुरूमा शिवराजसँग घोराहीको जग्गाको बार्गेनिङ भएको प्रहरीले अनुसन्धानमा भेटिएको एसपि केसिले बताए ।

थारु नृत्य।
01/01/2024

थारु नृत्य।

नवज्योति विद्या निकेतन स्कूलले आफ्नो १३ वार्षिकोत्सबको उद्घाटन कार्यक्रमको।क्यामेरा : भ्यूमान पुन मगर
01/01/2024

नवज्योति विद्या निकेतन स्कूलले आफ्नो १३ वार्षिकोत्सबको उद्घाटन कार्यक्रमको।
क्यामेरा : भ्यूमान पुन मगर

नवज्योति विद्या निकेतन स्कूलले आफ्नो १३ वार्षिकोत्सबमा शिक्षिक र  शिक्षिकालाई  सम्मान पत्र प्रदान गरिएको छ।क्यामेरा : भ्...
31/12/2023

नवज्योति विद्या निकेतन स्कूलले आफ्नो १३ वार्षिकोत्सबमा शिक्षिक र शिक्षिकालाई सम्मान पत्र प्रदान गरिएको छ।
क्यामेरा : भ्यूमान पुन मगर

21/12/2023

रूकुम पूर्वीको हिमाली क्षेत्रमा रहेको लुकुम गाउँ स्थित चौरी लेक ।

  :-रुसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी...
20/12/2023

:-रुसी सेनामा कार्यरत थप एक नेपाली कुन्दन सिंह नागलको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयले बुधबार प्रेस विज्ञप्ति जारी गरी यसबारेमा जानकारी दिएको हो । यस्तै रुस-युक्रेन यु***द्धमा संलग्न ४ जना नेपाली बन्दी अवस्थामा रहेका छन्। युक्रेनमा बन्दी अवस्थामा बर्दियाको राजापुर गाउँपालिका १ का विवेक खत्री, काभ्रेको मण्डन देउपुर नगरपालिका ६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ नगरपालिका २ का विकास राई र रोल्पाको रुन्टीगढी गाउँपालिका ८ का प्रतिक पुन रहेका छन्। यसअघि नै रुसी सेनामा कार्यरत ६ जना नेपालीको मृत्यु भईसकेको छ ।

File Photo

06/12/2023

अवस्था यस्तै रह्यो भने... त्यो दिन नआउला भन्न सकिदैंन..

04/12/2023

युद्ध र शान्तिको संगम महत गाउँ।

03/12/2023

प्रकृतिको एक सुन्दर उपहार हो तकसेरा गाँउ ।

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पुर्बी रुकुम जिल्ला पुठा उत्तरगङ्गा गाउँपालिकाको रन्मा लेकमा अवस्थित  #सुनदह सेर...
14/09/2023

लुम्बिनी प्रदेशको एकमात्र हिमाली जिल्ला पुर्बी रुकुम जिल्ला पुठा उत्तरगङ्गा गाउँपालिकाको रन्मा लेकमा अवस्थित #सुनदह सेरोफेरोमा कैद गरिएका तस्बिरहरु ... पर्यटनको प्रचुर सम्भावना बोकेको भएपनी प्रचार प्रसारको अभावमा ओझेलमा परेको छ ।
फोटो: मिलन मगर

Jaman Sing Pun, has been fighting cancer for over five years now. Despite enduring countless treatments and medical proc...
28/08/2023

Jaman Sing Pun, has been fighting cancer for over five years now. Despite enduring countless treatments and medical procedures, his condition has taken a turn for the worse.

With the high cost of treatments and medications, he has depleted financial resources. Unfortunately, the current financial situation is a barrier to accessing the life-saving treatment he urgently requires.

The recommended treatment provides a glimmer of hope for his recovery and the possibility of saving his life.

Please find the bank account details below for your donations:

Account Holder: Birbahadur Pun
Account Number: 45670846
Sort Code: 04-00-75

27/08/2023

Dhorpatan

हार्दिक अपीलनेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आ...
26/08/2023

हार्दिक अपील
नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसाँस्कृतिक विशेषतायुक्त संघीय लोकतान्त्रिक मुलुक हो । विविधतासहितको एकतामा आधारित हाम्रो धर्म, संस्कृति र परम्परा एकअर्काको आस्था, भावना र परम्पराप्रति सहिष्णुतासहित सामाजिक सद्भाव र राष्ट्रिय एकता एवं स्वाधीनताको पक्षमा अनुबन्धित हुँदै आएको छ । विश्वमा नेपाल यस्तो मुलुक हो, जसले विविधताबीचको एकतालाई शब्दमा मात्र नभएर आस्था, विचार र कर्ममा समेत आत्मसात गर्दै अगाडि बढिरहेको छ ।
नेपालको संविधानले प्रत्येक व्यक्तिलाई प्रचलित सामाजिक एवं सांस्कृतिक परम्पराको मर्यादा राखी परापूर्वदेखि चलिआएको आफ्नो धर्मको अवलम्बन, अभ्यास र संरक्षण गर्ने हक सुनिश्चित गरेको छ । कसैले कसैको धर्म र भावनाप्रति नकरात्मकता, द्वैष बढाउने तथा एक–अर्काको धर्ममा खलल पार्ने गरी कुनै काम, व्यवहार गर्न कानुनतः निषेध गरिएको छ । यसका साथै हामी जुनसुकै जाति, भाषा, धर्म र सम्प्रदायका मानिसहरू भए पनि सामाजिक सम्बन्ध र सहकार्यबिना हाम्रो व्यक्तिगत जीवन र सामाजिक प्रणालीले पूर्णता प्राप्त गर्न सक्दैन । तसर्थ, हाम्रो एकता, सद्भाव र सहकार्य भावनात्मक सम्बन्धका साथै सामाजिक प्रगति र विकासका निम्ति अपरिहार्यसमेत रहिआएको छ ।
केही दिनयता सांस्कृतिक नगरी धरानमा भइरहेका गतिविधि र त्यसले हाम्रो सद्भाव एवं एकतामा पार्नसक्ने नकारात्मक प्रभावबारे नेपाल सरकार गम्भीर छ । हरेक समस्या, बिमति र चुनौतीहरूलाई संवाद, सहमति, र सहकार्यको बलमा नै समाधान दिन सकिन्छ भन्ने तथ्य हरेक चुनौतीपूर्ण परिस्थितिमा हामीले प्रदर्शित गर्दै आएको एकता र सहकार्यले प्रमाणित गरिसकेको छ । तसर्थ, धरानमा विद्यमान विभाजित मनोविज्ञान र क्रियाकलापलाई पनि संवादको माध्यमबाट समाधान गर्न सकिनेतर्फ गम्भीर ध्यानाकर्षण गराउँदै त्यस दिशामा आवश्यक पहलका निम्ति स्थानीय राजनीतिक दल, सामाजिक संघसंस्थाहरू, बौद्धिक समुदाय र आदरणीय जनसमुदायमा म हार्दिक अपील गर्दछु ।
धार्मिक तथा समुदायगत एकता, सहकार्य र सामाजिक सद्भावका माध्यमबाट नै राष्ट्र निर्माणको ऐतिहासिक कार्यभार पूरा गर्न सकिन्छ । एकले अर्काको विचार, आस्था र भावनाको सम्मान गरेर मात्र साँचो अर्थमा राष्ट्रिय एकता हासिल गर्न सकिन्छ । त्यसका लागि संवाद र सहकार्यका माध्यमबाट समस्याको समाधान गर्न र सम्भावित समस्याहरूबाट समाज र नागरिकलाई सुरक्षित राख्न नेपाल सरकारले आवश्यक स

बागलुङ जिल्लाको ताराखोला गाँपालिका–१ मा अवस्थित  मनमोहक गाइघाट झरना ।  तस्बिरः : खेमराज गौतम/रासस
26/08/2023

बागलुङ जिल्लाको ताराखोला गाँपालिका–१ मा अवस्थित मनमोहक गाइघाट झरना । तस्बिरः : खेमराज गौतम/रासस

  Dang Ghorahiदाङको घोराही बाजार देखि करिब ३/४किलो मीटर उत्तरतर्फ रहेको पहाडी क्षेत्रले छाेएकाे मसिना गाँउ। यहाँ विभिन्न...
26/08/2023

Dang Ghorahi
दाङको घोराही बाजार देखि करिब ३/४किलो मीटर उत्तरतर्फ रहेको पहाडी क्षेत्रले छाेएकाे मसिना गाँउ। यहाँ विभिन्न किसिमका जातजातिका मानिसहरु बसोबास‌ गरिरहेका छन् जस्तै मगर, क्षेत्री, बाह्मण दलित, चौधरी, थारु आदि समुदायका बस्दै आइरहेका छन् धेरै जसो यहाँ मगर र बाह्मण जातिको उद्गम स्थल हो । यहाँका मानिसहरू धेरै जसो कृषिमा निर्भर छन् । यहाँ विभिन्न किसिमका कृषि उत्पादन हुन्छ जस्तै टमाटर ,धान, मकै, कोदो,गहुँ आलु, प्याज , केराउ हुन्छ भने यो गाउँमा उत्पादन गरिएको विभिन्न ठाउँमा जान्छ।
यो गाउँमा गुम्ने ठाउँहरू पनि छन् जस्तै मसिनोकाे छहरा, काठको पुल, नागेश्वर महादेव पार्वती मन्दिर आदि छन्।
फोटो: Hemanta Rai

सवारी दुर्घटनामा रौतहटमा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले महिलालाई ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यसप...
24/08/2023

सवारी दुर्घटनामा रौतहटमा एक महिलाको मृत्यु भएपछि मृतकका आफन्त र स्थानीयले महिलालाई ठक्कर दिने ट्रकमा आगो लगाएका छन्। यसपछि पूर्व–पश्चिम राजमार्गमा यातायात अवरुद्ध भएको छ।

जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं–१ स्थित वाग्मतीको पूर्व–पश्चिम राजमार्गमा बिहीबार ट्रकको ठक्करबाट एक महिलाको मृत्यु भएको हो। घटनापछि मृतकका आफन्त र स्थानीयले ट्रकमा आगो लगाएका हुन्।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ६ ख १५०० नम्बरको ट्रकले पूर्वबाट पश्चिमतर्फ जाँदै गरेकी पैदलयात्री चन्द्रपुर–१ बस्ने ५५ वर्षीया होममाया मगरलाई ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएका छन्।

घटनापछि आक्रोशित स्थानीय बासिन्दाले ट्रकमा आगजनी गरेर विरोध गरेका छन्। अहिले सो क्षेत्र तनावग्रस्त छ।

ट्रकमा लागेको आगो नियन्त्रणमा लिन घटनास्थलमा पुगेको चन्द्रपुर नगरपालिकाको वारुणयन्त्रमा पनि स्थानीयले ढुंगा प्रहार गरेर क्षति पुर्‍याएका छन्।

घटनास्थलमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी एकनारायण कोइरालाको नेतृत्वमा प्रहरी टोली पुगेको छ।

ट्रकमा लागेको आगो नियन्त्रणमा लिन पुगेको ना १ झ ६८८ नम्बरको वारुणयन्त्रमा समेत तोडफोड भएको प्रहरीले जनाएको छ। अहिले राजमार्ग यातायात अवरुद्ध भएको छ। डीएसपी कोइरालाका अनुसार आक्रोशित स्थानीयलाई सम्झाएर बाटो खुलाउने पहल भइरहेको बताए

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ३००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको हो। जि...
24/08/2023

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेश प्रदेश ३००१ ख ७९९४ नम्बरको बस राति २ बजेतिर चुरियामाई अगाडि दुर्घटना भएको हो। जितपुर सिमरा उपमहानगरपालिका–२२​ चुरियामाई नजिक भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।

बसमा सवार २६ जनामध्ये तीन जनाको घटनास्थलमा तथा तीन जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए। मृत्यु हुनेको सनाखत हुन सकेको छैन ।

23/08/2023

दाङमा भ्रुण हत्याको असर : छोरीको संख्या घट्दै, छोराको बढ्दै

छवि पुरी
६ भदौ, दाङ- पछिल्लो समय महिला र पुरुषलाई शिक्षा, स्वास्थ्य, सेवा र सुविधाका हिसाबले समान अवसर प्रदान गरिए पनि पितृसत्तात्मक सोँचका कारण छोराको चाहनाले छोरीको संख्या कम हुँदै गएको पाईएको छ ।राष्ट्रिय जनगणना, २०७८ अनुसार समाजमा अझै पनि वंश धान्न छोरा नै चाहिन्छ भन्ने मनोविज्ञानले जरा गाडेका कारण गर्भ रहेको बेलामा लिंग पहिचान गरी छोरी रहेको भए भ्रुण हत्या गर्ने र पछि छोरा जन्माउने प्रवृत्ति बढेको तथ्यांकले देखाएको छ । जन्मिएका शिशुमध्ये छोराको संख्या धेरै हुँदै जानुका पछाडि लिंग पहिचान नै प्रमुख कारक मानिएको छ ।

समग्र जनसंख्याको आकारमा पुरुषभन्दा महिलाको संख्या धेरै देखिएपनि जन्मिने बच्चाको उमेर समुहमा छोराको संख्या धेरै हुँदै गएको छ । गर्भमा नै लिंग पहिचान गर्ने र छोरी भए गर्भपतन गराउने तथा छोरालाई जन्मिन दिने गर्नाले यसको असर राष्ट्रिय जनगणनामा पनि देखिएको छ ।

राष्ट्रिय जनगणनामा लिंग पहिचान गरेर गरिने गर्भपतनको प्रभाव परेको देखिन्छ । जनगणनामा नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । समाजमा छोराप्रतिको बढ्दो चाहना र महिलालाई गरिने विभेदपूर्ण व्यवहारका कारणले छोरो जन्माउने गरेको पाईएको छ ।

देशभरमै यसको असर परिरहेको बेलामा दाङमा पनि छोरीको तुलनामा छोराको जन्मिने दर उच्च हुँदै गएको छ । जिल्लामा कुल ६ लाख ७४ हजार ९ सय ९३ जनसंख्या रहेकोमा जन्मेदेखि ४ वर्षको उमेर समुहको कुल संख्या ५३ हजार ३ सय ३६ रहेको छ । जसमा ४ दशमलव २ प्रतिशत अर्थात २८ हजार १ सय ३७ जना छोरा र ३ दशमलव ७ प्रतिशत अर्थात २५ हजार १ सय ९९ छोरी जन्मिएका छन् ।

जिल्लाको दश वटै पालिकाको तथ्यांक हेर्दा सबैपालिकामा जन्मेदेखि ४ वर्षसम्मका बालबालिकामा छोरीभन्दा छोराको संख्या धेरै छ । २ लाख ५ सय ३० कुल जनसंख्या रहेको घोराही उपमहानगरपालिकामा १५ हजार ५ सय ८१ जन्मेदेखि ४ वर्षसम्मका बालबालिका छन् । जसमा ४ दशमलव १ प्रतिशत अर्थात ८ हजार २ सय ४१ छोरा र ३ दशमलव ७ प्रतिशत अर्थात ७ हजार ३ सय ४० छोरी जन्मिएका छन् ।

तुलसीपुर उपमहानगरपालिकाको कुल जनसंख्या १ लाख ७९ हजार ७ सय ५५ रहेकोमा जन्मेदेखि ४ वर्षसम्मका १३ हजार ९ सय १२ बालबालिका रहेका छन् । जसमा ४ दशमलव २ प्रतिशत अर्थात ७ हजार ४ सय ६३ छोरा र ३ दशमलव ६ प्रतिशत अर्थात ६ हजार ४ सय ४९ छोरी जन्मिएका छन् ।

लमही नगरपालिकामा ५९ हजार ५० कुल जनसंख्या रहेकोमा जन्मेदेखि ४ वर्षसम्मका ४ हजार २ सय ९१ जना बालबालिका रहेका छन् । जसमा ३ दशमलव ८ प्रतिशत अर्थात २ हजार २ सय १५ छोरा र ३ दशलमव ५ प्रतिशत अर्थात २ हजार ७६ जना छोरी जन्मिएका छन् ।

राप्ती गाउँपालिकामा ५२ हजार १ सय २३ कुल जनसंख्या रहेकोमा जन्मेदेखि ४ वर्ष उमेर समुहका ३ हजार ९ सय २६ जना बालबालिका रहेका छन् । जसमा ४ प्रतिशत अर्थात २ हजार ८३ जना छोरा र ३ दशमलव ८ प्रतिशत अर्थात १ हजार ७ सय ५५ जना छोरीको जन्म भएको छ ।

जिल्लाको गढवा गाउँपालिकाको कुल जनसंख्या ४५ हजार ८ सय ९८ रहेकोमा ३ हजार ६ सय ७५ बालबालिका जन्मिएका छन् । जसमा ४ दशमलव २ प्रतिशत अर्थात १ हजार ९ सय २० जना छोरा र ३ दशमलव ८ प्रतिशत अर्थात १ हजार ७ सय ५५ छोरीको जन्म भएको छ । बबई गाउँपालिकामा कुल जनसंख्या ३० हजार ९ सय ६८ रहेको छ । जहाँ जन्मेदेखि ४ वर्षसम्मका २ हजार ८ सय ५८ जना बालबालिका रहेका छन् । बबईमा ४ दशमलव ८ प्रतिशत अर्थात १ हजार ४ सय ९० जना छोरा र ४ दशमलव ४ प्रतिशत अर्थात १ हजार ३ सय ६८ छोरीको जन्म भएको छ ।

जिल्लाको राजपुर गाउँपालिकामा २८ हजार ३ सय ४६ कुल जनसंख्या रहेको छ । जहाँ जन्मेदेखि ४ वर्षसम्मका कुल बालबालिकाको संख्या २ हजार ५ सय ५ जना रहेको छ । जसमा ४ दशमलव ६ प्रतिशत अर्थात १ हजार ३ सय ११ जना छोरा र ४ दशमलव २ प्रतिशत अर्थात १ हजार १ सय ९४ जना छोरीको जन्म भएको छ ।

शान्तिनगर गाउँपालिकाको कुल जनसंख्या २७ हजार ६ सय ४१ जना रहेको तथ्यांकमा उल्लेख छ । जहाँ जन्मेदेखि ४ वर्ष उमेर समुहका २ हजार २ सय ८१ जना बालबालिका रहेका छन् । सो पालिकामा पनि ४ दशमलव ३ प्रतिशत अर्थात १ हजार १ सय ९१ जना छोरा र ३ दशमलव ९ प्रतिशत अर्थात १ हजार ९० जना छोरीको जन्म भएको छ ।

दंगीशरण गाउँपालिकाको कुल जनसंख्या २३ हजार ६ सय ६८ जना रहेको छ । जहाँ जन्मेदेखि ४ वर्षसम्मका १ हजार ८ सय ५ जना बालबालिका रहेका छन् । यसमा ३ दशमलव ९ प्रतिशत अर्थात ९ सय ३२ जना छोरा र ३ दशलमव ७ प्रतिशत अर्थात ८ सय ७३ जना छोरीको जन्म भएको छ ।
जिल्लाको सबैभन्दा कम जनसंख्या रहेको बंगलाचुली गाउँपालिकामा कुल २२ हजार ३ सय ७३ जना रहेका छन् । जहाँ जन्मेदेखि ४ वर्षसम्मका २ हजार ४ सय ७७ जना बालबालिका रहेका छन् । यसमा ५ दशमलव ७ प्रतिशत अर्थात १ हजार २ सय ७९ जना छोरा र ५ दशमलव ४ प्रतिशत अर्थात १ हजार १ सय ९८ जना छोरी जन्मिएका छन् ।

जिल्लाको कुल जनसंख्याका आकार अनुसार छोराभन्दा छोरीको जन्मदर कमजोर बन्दै गएको छ । यसो हुनुमा लिंग पहिचान गर्ने र छोरा जन्माउने संस्कृतिको विकास भईरहेको बुझिएको छ । विश्वमा एक सय बालिका जन्मदा एक सय छ बालक जन्मिनुलाई स्वाभाविक रूपमा लिइन्छ । तर, राष्ट्रिय तथ्यांक अनुसार एक सय बालिका जन्मिदा सरदर एक सय १४ बालकको जन्म हुने गरेको छ । बालकको जन्म धेरै हुनुले अझै पनि छोराप्रतिको चाहना अत्यधिक रहेको देखिन्छ । राष्ट्रिय जनगणना, २०७८ अनुसार जन्मदा महिलाभन्दा पुरुषको संख्या धेरै भए पनि १९ वर्ष उमेरपछि भने पुरुषभन्दा महिलाको जनसंख्या बढी रहेको पाइएको छ ।

सुरक्षित मातृत्व तथा प्रजनन अधिकार ऐन २०७५ र मुलुकी ९अपराध संहिता० २०७४ ले लिंग पहिचान गरी गर्भपतनलाई निषेध गरिएको छ । ऐनको दफा १७ मा लिंग पहिचान गरी गर्भपतन गर्न नहुने उल्लेख गरिएको छ । कसैले पनि गर्भमा रहेको भ्रुणको लिंग पहिचान हुने कुनै कार्य गर्न वा गराउन हुँदैन, गर्भवती महिलालाई गर्भको लिंग पहिचान गर्न डर, वा त्रास देखाईवा करकाप गरी वा धम्की दिई वा ललाईफकाई वा प्रलोभनमा पारी वा अनुचित प्रभाव, झुक्क्याई वा जोरजुलुम गरी दबाब दिन वा बाध्य पार्न हुँदैन भनी उल्लेख गरिएको छ ।

लिंग पहिचान गरी गर्भपतन गराउनलाई मुलुकी ९अपराध संहिता० २०७४ को १८८ अनुसार कारबाही गर्ने उल्लेख छ । दफाको उपदफा १ मा कसैले गर्भपतन गर्न वा गर्भपतन गराउने नियतले वा गर्भपतन हुनसक्छ भन्ने जानीजानी वा विश्वासमा गर्नुपर्ने कुनै काम गरी गर्भपतन गराउनु हुँदैन, उपदफा २ मा कसैले गर्भवती महिलालाई करकाप गरी वा धम्की दिई वा ललाईफकाई वा प्रलोभनमा पारी गर्भपतन गराउन नहुने उल्लेख गरिएको छ । तर, कानून विपरित गर्भमा रहेको बच्चाको लिंग पहिचान गर्ने र छोरी भए भ्रुण हत्या गर्ने क्रम बढेर गएको छ ।

जलजला,समुन्द्री सतह देखि करिब ३१४५ मि. को उचाईमा रहेको जलजला जहाँ हरिया डाडा हरुको बिचमा ढकमक्क फुलेका रङ्गिन बुकि फुल, ...
23/08/2023

जलजला,
समुन्द्री सतह देखि करिब ३१४५ मि. को उचाईमा रहेको जलजला जहाँ हरिया डाडा हरुको बिचमा ढकमक्क फुलेका रङ्गिन बुकि फुल, सलल बगिरहेको चिसो पानीका खोल्सा र सुस्केरा मार्दै उडि आउने हावाको झोक्काले कहिले बादल उडाएर खुला निला गगन देखाउने त कहिले गमक्क परेको झै ढपक्कै कुहिरोले ढाकिदिने, अनि यि सर्लक्क परेका हातैले चाजेर मिलाए जस्तो अग्ला अग्ला रुख हरुले सजिएको जलजला सङ्गको भेट, साच्चै ईश्वरको अद्भुत कलाकारिताले भरपुर जलजला सङ्ग फेरि भेट्ने वाचा साथ बिदा भइयो।

धादिङ बस दुर्घटनाः ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारीधादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही ...
23/08/2023

धादिङ बस दुर्घटनाः ८ जनाको मृत्यु, १७ घाइतेको उद्धार, खोजी कार्य जारी

धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहरामा केही बेरअघि भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । काठमाडौबाट पोखरा हुँदै म्याग्दीको बेनितर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको बस अनियन्त्रित भइ सडकबाट त्रिशूली नदीमा खसेको थियो । उद्धारमा खटिएका स्थानीयवासीका अनुसार मृत्यु हुनेमा एक बालिका र एक महिला छन् ।

Good morning from Rukum East ,Mahat Village
23/08/2023

Good morning from Rukum East ,Mahat Village

22/08/2023

Exploring Rukum
Natural Beauty❤️

Address

Dang District

Telephone

+9779744244668

Website

Alerts

Be the first to know and let us send you an email when ViewMan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to ViewMan:

Videos

Share