Devdaha Khabar

Devdaha Khabar This is the official page of Devdaha Khabar owned by Devdaha Khabar (Pvt.
(1)

Ltd) Rupandehi.

लुम्बिनी प्रदेशका स्थानीय समाचारसहित देश तथा बिदेशका सम्पूर्ण समाचार प्रकाशित गरिने छ । सूचना तथा अन्य सम्पूर्ण जानकारीको लागि हाम्रो पेज लाईक गर्नुहोला ।

  : देवदहको भलुही चोकमा हाइवे क्रसमा तार तान्नु पर्ने भएकोले करिब 1.5 घण्टा भलुही तर्फको सम्पूर्ण लाइन बन्द भएको जानकारी...
13/06/2024

: देवदहको भलुही चोकमा हाइवे क्रसमा तार तान्नु पर्ने भएकोले करिब 1.5 घण्टा भलुही तर्फको सम्पूर्ण लाइन बन्द भएको जानकारी गराइन्छ ।

  : दाङमा धारिलो हतियार चक्कु प्रहारबाट गम्भीर घाइते भएका गोरखलाल खड्काको उपचारका क्रममा मृत्यु भएको छ ।मंगलबार राती करि...
13/06/2024

: दाङमा धारिलो हतियार चक्कु प्रहारबाट गम्भीर घाइते भएका गोरखलाल खड्काको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार राती करिब साढे १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ४ मजवा फुलेखाली चोकमा बसीरहेको अवस्थामा आपसी विवाद हुँदा चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्काको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।

मृतक खड्काको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारको लागी नर्सिङ होम नेपालगंज बाँके रिफर गरिएको भएतापनि त्यहाँ पनि उपचार सम्भव नभएपछि भारतको लखनउ स्थित क्रिसियन अस्पतालमा उपचारका क्रममा बुधबार बेलुका करिब सवा ६ बजेतिर मृत्यु भएको अस्पताललाई उद्धत गर्दै प्रहरीले जनाएको छ ।

  : पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको स्कारपियो दुर्घटना : ४ जनाको मृत्यु, १ घाइते । दुर्घटनामा परी घाइते उनीहरु...
12/06/2024

: पाल्पाको नुवाकोटदेखि बुटवल फर्किँदै गरेको स्कारपियो दुर्घटना : ४ जनाको मृत्यु, १ घाइते ।

दुर्घटनामा परी घाइते उनीहरुलाई उद्धार गरी उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् ।
नुवाकोट घुमेर फर्किँदै गरेको लु २ च ८५३१ नम्बरको स्कारपियो सडकदेखि करिब सय मिटर तल खसेको थियो ।

प्रश्नपत्रको गोपनियता भङग गर्ने  #पाल्पाका ज्ञवालीसहित शिक्षक पक्राउराष्ट्रिय परीक्षा बोर्डबाट मिति २०८१ बैशाख १४ गते दे...
12/06/2024

प्रश्नपत्रको गोपनियता भङग गर्ने #पाल्पाका ज्ञवालीसहित शिक्षक पक्राउ

राष्ट्रिय परीक्षा बोर्डबाट मिति २०८१ बैशाख १४ गते देखि २६ गते सम्म संचालन भएको कक्षा १२ को परीक्षाहरु संचालन भईरहेकै क्रममा काठमाडौं जिल्लाका केही परीक्षा केन्द्रहरूमा परीक्षार्थीहरू, विभिन्न विद्यालयका शिक्षकहरु समेतले मोबाईल फोनको माध्यमबाट परीक्षाको मर्यादा भङ्ग हुने, प्रश्नपत्रको गोपनियता भङ्ग हुने गरी परिक्षाको प्रश्नपत्रहरु सामाजिक संजालको माध्यमहरु WhatsApp, Messenger, Instagram, Viber लगाएतमा बिभिन्न Group हरु बनाई, उक्त Group हरुमा परिक्षा संचालन हुन अगावै प्रश्नपत्रहरु तथा उक्त प्रश्नपत्रको उत्तरहरु आदान प्रदान गर्ने/गराउने कार्यहरु गरी रहेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रश्नपत्रको गोपनियता भङग तथा परीक्षाको मर्यादा विपरितका उल्लेखित कार्यहरु गर्ने कार्यमा संलग्न रहेका निम्न व्यक्तिहरुलाई खोजतलास गर्ने क्रममा मिति २०८१।०२।२७ गते का.जि.का.म.न.पा. वडा नं. १२ टेकु चोक स्थितबाट पक्राउ गरी शिक्षा ऐन, २०२८ अन्तर्गतको कसूरमा सम्मानित काठमाडौं जिल्ला अदालतबाट दिन ५ को म्याद थप अनुमति लिई जिल्ला प्रहरी परिसर, काठमाडौबाट थप अनुसन्धान भई रहेको छ ।

क) पक्राउ परेको व्यक्तिहरु:-
१. जिल्ला बागलुङ ग्वालीचौर ८ घर भई हाल ललितपुर उ.म.न.पा. १८ बस्ने बर्ष ३१ को केशव घिमिरे ।
२. जिल्ला पाल्पा रिडिकोट गा.पा. वडा नं. ३ घर भई हाल का.जि.का.म.न.पा.१६ बस्ने बर्ष २४ को विकास ज्ञवाली ।

  : दाङको तुलसीपुरमा राति १२ बजेतिर सामान्य विवाद हुँदा २४ बर्षीय गोरखलाल खड्कामाथि सोही ठाउँका २१ बर्षीय पवन केसीसहितका...
12/06/2024

: दाङको तुलसीपुरमा राति १२ बजेतिर सामान्य विवाद हुँदा २४ बर्षीय गोरखलाल खड्कामाथि सोही ठाउँका २१ बर्षीय पवन केसीसहितका ब्यक्तीले चक्कु प्रहार भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । चक्कु प्रहार हुँदा ढाडमा गहिरो चोट लागेका खड्काको नर्सिङहोम नेपालगञ्जमा उपचार भई रहेको छ ।

दाङ तुलसीपुरमा अत्याधिक गर्मीका कारण २०८१ जेष्ठ ३१ /३२ गते सम्मको लागि तुलसीपुर उप-महानगरपालिका का सम्पुर्ण सामुदायिक तथ...
12/06/2024

दाङ तुलसीपुरमा अत्याधिक गर्मीका कारण २०८१ जेष्ठ ३१ /३२ गते सम्मको लागि तुलसीपुर उप-महानगरपालिका का सम्पुर्ण सामुदायिक तथा संस्थागत विधालयहरु बन्द रहने भएका छन्।

 #दाङको तुलसीपुर– ११ स्थित अमर मावि उरहरीका विद्यार्थी एक्कासि बेहोस भएका छन्। कक्षा आठमा पढ्ने पाँचजना र कक्षा नाैमा पढ...
12/06/2024

#दाङको तुलसीपुर– ११ स्थित अमर मावि उरहरीका विद्यार्थी एक्कासि बेहोस भएका छन्। कक्षा आठमा पढ्ने पाँचजना र कक्षा नाैमा पढ्ने एकजना विद्यार्थी बेहोस भएका हुन्।

गर्मीकै कारण उनीहरूमा स्वास्थ्यमा समस्या आएको उरहरी स्वास्थ्य चौकीका प्रमुख चित्रबहादुर वलीले जानकारी दिए।

वलीले विद्यार्थी बेहोस भएपछि विद्यालयमै पुगेर स्वास्थ्य जाँच गरेका थिए। उनले भने, ‘सबै विद्यार्थीमा गर्मीकै कारण यस्तो समस्या देखिएको हाे। बुधबार दाङकाे तापक्रम ४०.२ डिग्री सेल्सियस छ।

तस्बिर : रोशन क्षेत्री, दाङ ।

12/06/2024

प्रदेशमा गयका सबै दाजुभाइहरुले सुन्नुपर्ने कुरा, कतै बाटो बिराउदै पो हुनुहुन्छ कि ?

फेसबुक प्रोफाईलमा आजकल Everyone & Highlight जस्ता Notifications हरुले दिक्क बनाएका छन भने, यस्ता Batch Mentions हरुलाई क...
12/06/2024

फेसबुक प्रोफाईलमा आजकल Everyone & Highlight जस्ता Notifications हरुले दिक्क बनाएका छन भने, यस्ता Batch Mentions हरुलाई कसरी off गर्ने भनेर जिज्ञासा छ भने:-

- आफ्नो Facebook Profile Setting मा जानुहोस।
- Notifications
- Tag
- Receive Notification for मा भएको Batch Mentions लाई Off गरिदिनुहोस।

त्यसपछी यस्ता खाले Notifications हरु आउन छोड्ने छन।

 #भैरहवा  #गर्मि_बिदा_थप वढ्दो गर्मीको कारणले जेष्ठ ३० गते सम्म कायम गरिएको विदामा PABSON सिद्धार्थनगर अनुसार जेष्ठ ३१ र...
12/06/2024

#भैरहवा #गर्मि_बिदा_थप वढ्दो गर्मीको कारणले जेष्ठ ३० गते सम्म कायम गरिएको विदामा PABSON सिद्धार्थनगर अनुसार जेष्ठ ३१ र ३२ गते थप २ दिन विदा बढाइएको विद्यालयका सम्पूर्ण कक्षाहरु असार २ गते आईतबारबाट यथावत सञ्चालन हुनेछन ।

  : हिजो साझ खैरनी बजारदेखि शितलनगरसम्म जादै गर्दा स्कुटरबाट Real Me मोबाइल बाटोमा खसेको हुँदा कोही कसैले फेला पार्नु भए...
12/06/2024

: हिजो साझ खैरनी बजारदेखि शितलनगरसम्म जादै गर्दा स्कुटरबाट Real Me मोबाइल बाटोमा खसेको हुँदा कोही कसैले फेला पार्नु भएको भए फिर्ता गरि सयोग गरिदिनु हुन अनुरोध छ । मोबाइलमा महत्त्वपूर्ण मोबाइल नम्बर र डकुमेन्ट रहेको छ ।
अनुरोधक - बिनु राना, देवदह । मोबाइल नम्बर : 9814465522, 9706996415

  : गय राति दाङको घाेराही बुद्घिग्यारेज नेर रहेकाे रूबी सप्लायर्समा भीषण आगलागी भएकाे छ, भने पसलमा भएका सम्पुर्ण सामानहर...
12/06/2024

: गय राति दाङको घाेराही बुद्घिग्यारेज नेर रहेकाे रूबी सप्लायर्समा भीषण आगलागी भएकाे छ, भने पसलमा भएका सम्पुर्ण सामानहरु जलेर नस्ट भएका छन ।

12/06/2024

: शितलनगर देखी पिपलडाडा सम्म हाइवे उत्तर तर्फ HT/ LT तार तान्ने कार्य भै रहेकोले सगरमाथा ट्रान्सफर्मर वाट सप्लाई हुने हाइवे उत्तर तर्फको लाईन दिउसो 1:00 बजे सम्म र पिपलडाडा हाइवे उत्तर तर्फको ट्रान्सफर्मर दिउसो 1:00 देखी साझ 6:00 बजे सम्म बन्द रहने जानकारी प्राप्त भएको छ ।

काभ्रेको पनौतीमा रहेको बेसरी फार्म स्टेमा आएका बिदेशी पर्यटक धान रोपाइमा व्यस्त । नेपालमा अब बर्षे धान रोपाइ सिजन सुरु भ...
12/06/2024

काभ्रेको पनौतीमा रहेको बेसरी फार्म स्टेमा आएका बिदेशी पर्यटक धान रोपाइमा व्यस्त । नेपालमा अब बर्षे धान रोपाइ सिजन सुरु भएको छ । आगन्तुक पर्यटक आजकाल नेपालमा यस्तै खेतिपातिमा भोलेन्टियर काम गर्दै रमाउने गरेका छन । तस्बिर : अनुप पाठक / काभ्रे

 #अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नम्बर २ रुब्दीमा लु ३ त ९२२५ नम्बरको ट्याक्टर घुमाउने क्रममा  लु १ ज १८९९...
12/06/2024

#अर्घाखाँची जिल्लाकाे सन्धिखर्क नगरपालिका वडा नम्बर २ रुब्दीमा लु ३ त ९२२५ नम्बरको ट्याक्टर घुमाउने क्रममा लु १ ज १८९९ नम्बरको जिपलाई ठक्कर दिदा एकजना सामान्य घाइते भई अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

12/06/2024

बुटवलमा बढ्यो बाँदर आतंक, पसलले लाई सास्ती ।
भिडियो- रामकृष्ण शर्मा, बुटवल ।

12/06/2024

दाङबाट काठमाडौं जाने बस सैनामैनामा दुर्घटना, ४३ घाइते ।

 #रुपन्देहीमा रोकि राखेको ट्रकमा बस  #ठोकिँयो, ४३ जना घाइते ।दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११ः...
12/06/2024

#रुपन्देहीमा रोकि राखेको ट्रकमा बस #ठोकिँयो, ४३ जना घाइते ।

दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११ः५० बजे #रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक र यात्रुसहित #४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले बताउनुभयो ।

घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा बुधबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन् । अन्य २४ जनाको उपचार जारी छ ।

11/06/2024

रुँदै गरेको भिडियो एकाएक भाइरल भएपछि एलिना भन्छिन्, गीत राम्रो लागेर भिडियो बनाएको हो । वैशाखमा विवाह गरेकी एलिना श्रीमानसँगै अहिले अष्ट्रेलियामा छिन् ।

Nepali Talent: Electric bike made by 20 year boy Rojin Thapa Magar from Rupandehi. Total investment in this bike was nea...
11/06/2024

Nepali Talent:
Electric bike made by 20 year boy Rojin Thapa Magar from Rupandehi. Total investment in this bike was nearly 70 thousand and he made it by collecting waste materials himself at his home. It runs upto 60km in one charge and its high speed is 45-50km/hr. Bike can be lock and unlock through remote.

Pic. THE_SG-INNOVATION
(SOHAN GHIMIRE).

 #तिलोत्तमा मा नगरप्रमुख रनिङ्गशिल्ड वडास्तरिय पुरुष फुटबल प्रतियोगिता संचालन हुने ।
11/06/2024

#तिलोत्तमा मा नगरप्रमुख रनिङ्गशिल्ड वडास्तरिय पुरुष फुटबल प्रतियोगिता संचालन हुने ।

काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ ज...
11/06/2024

काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई जबरजस्ती करणीको मुद्दामा दोषी ठहर गर्दै ७ वर्ष कैद र ३ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गा भुसालको इजलासले गिरीलाई पूर्वश्रीमतीको सहमतिविना शारीरिक सम्पर्क राखेको ठहर गर्दै आज यो सजाय सुनाएको हो ।

जिन्दगी भरी कसरी बाँचेको छ भनेर कसैले सोधेन ।  मरेपछि कसरी मर्यो भनेर दुनियाँले सोधे 😢उ मर्दा पनि भारी बोकेरै मरेको थियो...
11/06/2024

जिन्दगी भरी कसरी बाँचेको छ भनेर कसैले सोधेन ।
मरेपछि कसरी मर्यो भनेर दुनियाँले सोधे 😢
उ मर्दा पनि भारी बोकेरै मरेको थियो😢😥💔💔
आवाजविहीन प्राणीको कथा 😥💔

 #बुटवलमा धेरै गर्मी भएको ले घरमा बसेर पढ्न नसके पछि एक युवक तिनाउ खोलामा गएर पानीमा बसेर पढेदै ।🤣
11/06/2024

#बुटवलमा धेरै गर्मी भएको ले घरमा बसेर पढ्न नसके पछि एक युवक तिनाउ खोलामा गएर पानीमा बसेर पढेदै ।🤣

हार्दिक श्रद्धान्जली यिनै हुन् हिंजो साँझ अर्घाखाँची काे छत्रदेवमा टिप्पर दुर्घटना हुँदा ज्यान गुमाउँने सन्धिखर्क नगरपाल...
11/06/2024

हार्दिक श्रद्धान्जली

यिनै हुन् हिंजो साँझ अर्घाखाँची काे छत्रदेवमा टिप्पर दुर्घटना हुँदा ज्यान गुमाउँने सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीका २६ वर्षीय रामलाल पुरी: निजको घरमा श्रीमती सहित डेड बर्षकी ना -वालिका छोरी रहेकी छिन।

इलाम नगरपालिका ७, कुलधारास्थित मेची राजमार्गमा बानियाँ टेडर्सनजिक कुदिरहेको गाडी घरभित्र पसेर दुर्घटना भएको छ । धोबिधारा...
11/06/2024

इलाम नगरपालिका ७, कुलधारास्थित मेची राजमार्गमा बानियाँ टेडर्सनजिक कुदिरहेको गाडी घरभित्र पसेर दुर्घटना भएको छ । धोबिधाराबाट झापातर्फ गइरहेको गाडी राजमार्गको तल्लोपट्टिको घरमा पसेको हो । दुर्घटनामा एक बालक घाइते छन् । थप विवरण आउन बाँकी ।

हैट कस्ताे अचम्मै 🙋😍झापा भद्रपुर नगरपालिका ४ बैधारे बाजेकोमा सुङ्गुरको माउले हात्तीको बच्चा जस्तै पाठा जन्माएको छ।🙏 #देव...
11/06/2024

हैट कस्ताे अचम्मै 🙋😍

झापा भद्रपुर नगरपालिका ४ बैधारे बाजेकोमा सुङ्गुरको माउले हात्तीको बच्चा जस्तै पाठा जन्माएको छ।🙏 #देवदहखबर

अचम्मको खबर   __________________त्रिवेणी गाउँपालिका वडा नं ३ राणागाउँ  रोल्पामा एउटा बाख्राले ८ वटा  #खुट्टा भएको पाठा ज...
11/06/2024

अचम्मको खबर
__________________
त्रिवेणी गाउँपालिका वडा नं ३ राणागाउँ रोल्पामा एउटा बाख्राले ८ वटा #खुट्टा भएको पाठा जन्माएको छ । सो पाठा हाल जीवित नभएको जानकारीमा आएको छ । #देवदहखबर ゚viral

मानिस हराएको सूचना    #पाल्पा जिल्ला रम्बा गाउँपालिका-२, फोक्सिङकोट निवासी संजय विश्वकर्माको श्रीमती वर्ष २२ कि सपना विश...
11/06/2024

मानिस हराएको सूचना
#पाल्पा जिल्ला रम्बा गाउँपालिका-२, फोक्सिङकोट निवासी संजय विश्वकर्माको श्रीमती वर्ष २२ कि सपना विश्वकर्मा २०८१ जेठ १६ गतेका दिन तीन वर्षको छोरालाई घरमै छोडेर तानसेन आँखा उपचारमा आएको र निज हालसम्म पनि घरमा नफर्केको हुँदा भेटाउनु हुने महानुभावले नजिकको प्रहरी कार्यालय वा परिवारको मोबाइल नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ ।
सम्पर्क नम्बर : ९८१० ८० ३०६०, ९८ ६७८७३०४३

  यहीँ जेठ २७ गते आईतबारको दिन ईन्डीयाबाट  #बुटवल आउदै गरेको बस नम्बर (7446) मा दिउँसो करिब 4:00 देखि 4:30 को बिचमा  #ड्...
11/06/2024


यहीँ जेठ २७ गते आईतबारको दिन ईन्डीयाबाट #बुटवल आउदै गरेको बस नम्बर (7446) मा दिउँसो करिब 4:00 देखि 4:30 को बिचमा #ड्राइभरटोल देखि बुटवल चौराहा सम्म जाने क्रममा यो सुटकेस हराएको हुँदा, यदि कसैले फेला पार्नु भएको भए र सम्भव भएसम्म बुटवल चौराहामा रहेको (मनकामना ट्राभल)मा पुर्याईदिनुहुन अथवा 9867281622 मा सम्पर्क गरिदिनु हुन विनम्र अनुरोध छ ।
सुटकेसमा नयाँ कपडा लगायत अन्य सामान रहेको छ ।

Address

Kerwani
Butwal
075

Alerts

Be the first to know and let us send you an email when Devdaha Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Devdaha Khabar:

Videos

Share

First Online Media In Devdaha

Devdaha Khabar is Nepali language based news portal. It is run by Anjuli Medianp Pvt. Ltd which is situated in Nepal of Rupendehi District. The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and technology. Email - [email protected]

Nearby media companies