Anjuli - अञ्जुली

Anjuli - अञ्जुली "Anjuli post – Your Trusted Source for Real News!" ("अन्जुली पोस्ट – वास्तविक समाचारको विश्वासिलो स्रोत !") First Online Media From Devdaha

प्रसिद्ध गायक प्रशान्त तामाङको पार्थिव शरीर दार्जिलिङ लगिँदै:प्रसिद्ध गायक प्रशान्त तामाङको पार्थिव शरीर नयाँ दिल्लीबाट ...
12/01/2026

प्रसिद्ध गायक प्रशान्त तामाङको पार्थिव शरीर दार्जिलिङ लगिँदै:
प्रसिद्ध गायक प्रशान्त तामाङको पार्थिव शरीर नयाँ दिल्लीबाट विमानमार्फत पश्चिम बंगालको बागडोगरा विमानस्थल ल्याइएको छ। बागडोगरा आइपुगेपछि उहाँको पार्थिव शरीरलाई अन्तिम संस्कारका लागि गृहजिल्ला दार्जिलिङतर्फ लगिँदैछ। प्रशान्त तामाङको निधनको खबरले संगीत क्षेत्र मात्र होइन, उनका प्रशंसक र शुभेच्छुकहरूलाई समेत गहिरो शोकमा डुबाएको छ। उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्न बागडोगरा विमानस्थलमा आफन्त, कलाकार तथा समर्थकहरूको उपस्थिति रहेको छ। अन्तिम संस्कार दार्जिलिङमा परिवारको उपस्थितिमा सम्पन्न गरिने जनाइएको छ।😭😭

गायक प्रशान्त तामाङ र गीता आलेको भेट नागाल्याण्डको दिमापुर टुरका क्रममा भएको थियो। सो भेटबाट सुरु भएको मित्रता समयक्रममा...
11/01/2026

गायक प्रशान्त तामाङ र गीता आलेको भेट नागाल्याण्डको दिमापुर टुरका क्रममा भएको थियो। सो भेटबाट सुरु भएको मित्रता समयक्रममा प्रेम सम्बन्धमा परिणत भयो र पछि उनीहरूले विवाह गरे।

प्रशान्त र गीताकी एक छोरी छिन्। प्रशान्त यस संसारबाट बिदा भएपछि अब छोरीका लागि आमा पनि बुबा पनि गीता आले नै रहनेछिन्। पेशाले एयरहोस्टेस रहेकी गीताले आफ्नो व्यस्त पेशागत जीवनका बाबजुद पनि छोरीको भविष्यप्रति गहिरो जिम्मेवारी बोकेकी छन्।
एयरहोस्टेसको जिम्मेवारीका कारण छोरीको दैनिकी र रेखदेखको अधिकांश भार प्रशान्त तामाङले नै सम्हाल्दै आएका थिए। उनको असामयिक निधनले परिवार मात्र होइन, शुभेच्छुकहरूलाई पनि गहिरो पी'डा दिएको छ।😭😭

काठमाडौंमा सन्नी लियोनीको धमाका, स्टेजमै नेपालको प्रशंसाबलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी सन्नी लियोनी नेपाल आएकी छन्।...
11/01/2026

काठमाडौंमा सन्नी लियोनीको धमाका, स्टेजमै नेपालको प्रशंसा

बलिउड अभिनेत्री तथा टिभी पर्सनालिटी सन्नी लियोनी नेपाल आएकी छन्। एक क्यासिनोमा नृत्य प्रस्तुति दिन काठमाडौं आइपुगेकी लियोनी आइतबार बेलुका मुम्बई फर्किने तयारीमा छन्।

शनिबार राति आयोजित कार्यक्रममा सन्नी लियोनीले बलिउडका चर्चित आइटम ट्र्याकहरूमा आकर्षक नृत्य प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिइन्। नेपाली कोरससँगै उनले ‘मेरा पिया घर आया’ र ‘लैला मैं लैला’ जस्ता लोकप्रिय गीतमा नृत्य गरिन्।

नृत्य प्रस्तुति दिनुअघि सन्नीले नेपालको खुलेर प्रशंसा गरिन्। आफूले नेपाललाई अत्यन्त माया गर्ने बताउँदै उनले अहिलेसम्म घुमेका ठाउँहरूमध्ये नेपाल सबैभन्दा सुन्दर रहेको प्रतिक्रिया दिइन्। सन्नीले “म नेपाललाई माया गर्छु, यो मेरो जीवनमा घुमेको सबैभन्दा सुन्दर ठाउँ हो” भनेपछि हल तालीले गुञ्जिएको थियो।

सन्नी लियोनीको यो चौंथो नेपाल भ्रमण हो। यसअघि उनी झापास्थित क्यासिनोमा आएकी थिइन्। त्यसअघि उनी एक नेपाली चलचित्रको प्रिमियर तथा ब्रान्ड प्रवर्धनका लागि पनि नेपाल आएकी थिइन्।

अघिल्लोपटक नेपाल भ्रमणका क्रममा उनले यहाँको प्राकृतिक सौन्दर्यको प्रशंसा गर्दै परिवारसहित पुनः नेपाल घुम्न आउने इच्छा व्यक्त गरेकी थिइन्।

सिमलतालबाट बेपत्ता भएको बस पहिलो पटक रोशन भुजेलले पत्ता लगाएका थिए ।करिब डेढ वर्षअघि सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत...
11/01/2026

सिमलतालबाट बेपत्ता भएको बस पहिलो पटक रोशन भुजेलले पत्ता लगाएका थिए ।

करिब डेढ वर्षअघि सिमलतालबाट त्रिशूली नदीमा खसेर बेपत्ता भएको बस सबैभन्दा पहिले रोशन भुजेलले पत्ता लगाएका छन्। पेशाले जलारी रहेका भुजेलले दुई दिनअघि जाल हान्ने क्रममा आफ्नो जाल अड्किएपछि उक्त स्थानमा खोजतलास थालेका थिए।
सोही क्रममा उनले नदीको गहिराइमा बसको अवशेष फेला पारेका हुन्। भारतबाट अत्याधुनिक उपकरणसहित आएको प्राविधिक टोलीले समेत पत्ता लगाउन नसकेको बस एक स्थानीय जलारीको प्रयासबाट फेला पर्नु उल्लेखनीय मानिएको छ।💔😥

गायक तथा अभिनेता प्रशान्त तामाङ फुर्सद होस् वा व्यस्तता, समय मिलाएर उनी प्रायः दिल्लीमै बस्ने गर्थे। यसको मुख्य कारण थिय...
11/01/2026

गायक तथा अभिनेता प्रशान्त तामाङ फुर्सद होस् वा व्यस्तता, समय मिलाएर उनी प्रायः दिल्लीमै बस्ने गर्थे। यसको मुख्य कारण थियो, तीन वर्षीया छोरीको हेरचाह। श्रीमती एयरहोस्टेस भएकाले छोरीको रेखदेख गर्ने जिम्मेवारी अधिकांश समय प्रशान्तकै काँधमा थियो। फुर्सदको अधिकांश समय उनी छोरीसँग खेल्दै बिताउँथे। कलाकार तथा निर्माता राजेश घतानीका अनुसार, छोरीप्रतिको उनको माया यति ग'हिरो थियो कि पछिल्लो समय आएका अनगिन्ती कार्यक्रम र प्रस्तुतीका प्रस्तावहरू समेत अस्वीकार गरेका थिए।

‘छोरीप्रति यति धेरै लगाव हुनुको पनि कारण छ,’ घतानीले भने, ‘उनी छोरीमा आमाको प्रतिविम्ब देख्छु भन्थे।’कोरोना महा'मारीका बेला आमासँगको वियो'ग उनको जीवनकै सबैभन्दा ठूलो पी'डा बनेको थियो।
त्यसबेला प्रशान्त दिल्लीमै थिए। कोरोना महामा'रीका कारण आवतजावत ठप्प हुँदा उनी दार्जीलिङ पुग्न सकेनन्। उता उनकी आमा कोरोनाकै कारण निधन भइन्, तर परिवारका एकमात्र छोरा भएर पनि उनले आमालाई अन्तिम अवस्थामा भेट्न पाएनन्। ‘परिवारप्रति गहि'रो माया राख्ने र करियरप्रति पनि उत्तिकै सचेत व्यक्ति थिए,’ घतानी भन्छन्, ‘तर, उनको जीवन धेरै लामो रहेनछ।’ दिल्लीमा छोरीसँगै बसिरहेका प्रशान्त तामाङको कार्डियाक अरेस्टका कारण ४२ वर्षको उमेरमा निधन भएको हो।😭😭

दुखद खबर -इन्डियन आइडल विजेता गायक अभिनेता प्रशान्त तामाङको निधन गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।चलचित्रक...
11/01/2026

दुखद खबर -इन्डियन आइडल विजेता गायक अभिनेता प्रशान्त तामाङको निधन

गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनल गायका थुप्रै नेपाली गीत चर्चित छन् ।

भारतको उत्तरप्रदेशस्थित हापुरमा एक महिला सब–इन्स्पेक्टरले आफ्नै श्रीमान् र ससुराली पक्षविरुद्ध दाइजो उत्पीडनको मुद्दा दर...
11/01/2026

भारतको उत्तरप्रदेशस्थित हापुरमा एक महिला सब–इन्स्पेक्टरले आफ्नै श्रीमान् र ससुराली पक्षविरुद्ध दाइजो उत्पीडनको मुद्दा दर्ता गरेपछि यो विषय भारतभर चर्चामा आएको छ।

हापुरको गणेशपुरा मोहल्लाकी तथा बरेली जनपदमा कार्यरत सब–इन्स्पेक्टर पायल रानीले सन् २०२५ नोभेम्बर १३ मा हापुरका प्रहरी उपरीक्षक (एसपी) समक्ष उजुरी दिएकी थिइन्। उनको विवाह सन् २०२२ डिसेम्बर २ मा पिलखुवा कोतवाली क्षेत्रको पुठा हुसैनपुर गाउँका गुलशनसँग भएको थियो।
पायल रानीले विवाहका बेला माइती पक्षबाट पर्याप्त दाइजो दिइए पनि ससुराली पक्ष सन्तुष्ट नभएको आरोप लगाएकी छन्। उजुरीमा उनले ससुराली पक्षले १० लाख भारतीय रुपैयाँ नगद र एउटा कार माग गरेको उल्लेख गरेकी छन्। माग पूरा नभएपछि आफूलाई मानसिक तथा शारीरिक रूपमा यातना दिइएको, साथै तेजाब फ्याँकेर ज्यान मार्ने धम्कीसमेत दिएको उनको आरोप छ।
हापुर एसपीको निर्देशनपछि सदर कोतवाली प्रहरीले उजुरीका आधारमा पति गुलशनसहित ६ जना ससुराली सदस्यविरुद्ध दाइजो उत्पीडन, कुटपिट, धम्की तथा सम्बन्धित धारामा मुद्दा दर्ता गरेको छ।
तर आरोपित गुलशनले भने यी सबै आरोप झुटा भएको दाबी गरेका छन्। उनले आफू र पायल रानी सन् २०१६ देखि प्रेम सम्बन्धमा रहेको र सँगै पढ्ने गरेको बताएका छन्। उनका अनुसार दुवैले सन् २०२१ मा कोर्ट म्यारिज गरेका थिए र त्यसपछि परिवारलाई समझदारीमा ल्याएर सन् २०२२ मा दाइजोबिना नै हिन्दु रीतिरिवाजअनुसार विवाह सम्पन्न भएको हो।
गुलशनले आफूले नै पत्नीलाई पढाएर सब–इन्स्पेक्टर बनाएको दाबी गर्दै अहिले श्रीमतीले आफू र परिवारलाई झुटा मुद्दामा फसाउन खोजेको आरोप लगाएका छन्।

टिकटक गिफ्ट विवाद उग्र बन्दै: भ्युज र डलरका लागि झगडा ?टिकटकमा गिफ्ट मागेर चर्चामा आएका लोकेस पल ठकुरी र हेटौंडाकी रोशना...
11/01/2026

टिकटक गिफ्ट विवाद उग्र बन्दै: भ्युज र डलरका लागि झगडा ?
टिकटकमा गिफ्ट मागेर चर्चामा आएका लोकेस पल ठकुरी र हेटौंडाकी रोशना लामिछानेबीचको विवाद उग्र बनेको छ। लाइभमै गाली–गलौज, आरोप–प्रत्यारोप र थुकाथुकसम्म पुगेको यो झगडा सामाजिक सञ्जालमा भ्युज बढाउने होडको नमूना बनेको छ। गिफ्टको विषयमा सुरु भएको विवाद माफी–माग्दामाग्दै पनि नटुंगिनु, परिवारलाई तानेर आरोप लगाउनु र भिडन्तलाई निरन्तर कन्टेन्ट बनाउनुले सामाजिक सञ्जालको विकृत रूप उजागर गरेको छ। भ्युज र डलरका लागि मर्यादा भुल्ने यस्तो प्रवृत्तिले न व्यक्ति सुध्रिन्छन्, न समाज।😆😭

गङ्गाबहादुरकी श्रीमतीले भावुक हुँदै भनिन् - मेरो श्रीमान् विदेश जानुअघि पूर्ण रूपमा स्वस्थ हुनुहुन्थ्यो । “हामी दुबै जना...
10/01/2026

गङ्गाबहादुरकी श्रीमतीले भावुक हुँदै भनिन् - मेरो श्रीमान् विदेश जानुअघि पूर्ण रूपमा स्वस्थ हुनुहुन्थ्यो । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो ।

श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि'न्तामा परेको थियो।
चार महिनापछि दर्नाल भारतको दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका हुन्। बेवारिसे अवस्थामा भेटिँदा उनी ग'म्भीर बिरामी अवस्थामा थिए भने उनको खुट्टाको एक औँलासमेत का'टिएको अवस्था रहेको जनाइएको छ। अहिले उनी काम गर्न नसक्ने अवस्थामा छन्। परिवारका अनुसार छोराहरूको भविष्य सुरक्षित गर्ने सपना बोकेर विदेश गएका गङ्गाबहादुरको अवस्था यस्तो भएपछि परिवार गहिरो पीडामा परेको छ। 😭😭

बलिउड अभिनेत्री सन्नी लियोनी प्राइभेट प्रस्तुति दिन शनिबार काठमाडौं आइपुगेबलिउड अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आ...
10/01/2026

बलिउड अभिनेत्री सन्नी लियोनी प्राइभेट प्रस्तुति दिन शनिबार काठमाडौं आइपुगे

बलिउड अभिनेत्री सन्नी लियोनी शनिबार काठमाडौं आइपुगेकी छन्।उनी होटल बाराहीले सञ्चालनमा ल्याएको बादशाह क्यासिनोमा प्रस्तुति दिन नेपाल आएकी हुन्।यो सन्नीको चौथो नेपाल भ्रमण हो।उनले चढेको इन्डिगो एयरलाइन्सको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अपरान्ह १:३० बजे अवतरण भएको थियो।विमानस्थलमा मिडियासँग संक्षिप्त कुरा गर्दै लियोनीले नेपालका प्राकृतिक दृश्यहरूले मोहित बनाएको बताइन्।साथै, उनले परिवारसहित घुम्न आउने योजना रहेको प्रतिक्रिया दिइन्।उनी कार्यक्रममा प्राइभेट प्रस्तुति दिने भएकी छन्।उद्घाटन कार्यक्रममा बलिउड अभिनेता सञ्जय दत्तले बिहिबार नै सहभागिता जनाइसकेका थिए।

कार्यक्रमले ठमेलस्थित क्यासिनोमा अन्तर्राष्ट्रिय स्तरको आकर्षण थप्ने अपेक्षा गरिएको छ।नेपालमा बलिउड कलाकारको उपस्थितिले मनोरञ्जन उद्योगमा उत्साह थपेको छ।



दुःखी-गरिबका लागि लड्ने पत्रकार भोजराज थापा आफैँ सिकिस्त बिरामी, सिभिल अस्पतालमा उपचाररतचर्चित पत्रकार भोजराज थापा गम्भी...
10/01/2026

दुःखी-गरिबका लागि लड्ने पत्रकार भोजराज थापा आफैँ सिकिस्त बिरामी, सिभिल अस्पतालमा उपचाररत

चर्चित पत्रकार भोजराज थापा गम्भीर रूपमा बिरामी परेपछि उपचारका लागि सिभिल अस्पताल भर्ना भएका छन् ।
सयौँ बिरामीहरूको उपचारका लागि दिनरात दौडधुप गर्दै सहयोग जुटाउने, दुःखीहरूको देवता जस्तै मानिने भोजराज थापा आज स्वयं स्वास्थ्य समस्यासँग संघर्ष गरिरहेका छन्।
उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सबैले सकारात्मक ऊर्जा र प्रार्थना गरौँ 👏🏻



काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा ।म विगत केही हप्तादेखि पछिल्लो राजनीतिम...
09/01/2026

काठमाडौँ– २ र ९ लाई प्राथमिकतामा राख्दै आशिकाले गरिन् स्वतन्त्र उम्मेदवारी घोषणा ।

म विगत केही हप्तादेखि पछिल्लो राजनीतिमा सक्रिय रूपमा प्रवेश गर्ने वा नगर्ने विषयमा गम्भीर छलफल र आत्ममन्थनमा थिएँ। यस क्रममा सम्बन्धित सम्पूर्ण सरोकारवालासँग प्रत्यक्ष संवाद गरेँ, सामाजिक सञ्जालमार्फत मत सर्वेक्षण सञ्चालन गरें, र विशेष गरी Gen-Z का भाइबहिनीहरूसँग उनीहरूको अपेक्षा, चिन्ता, मुद्दा र चाहनाबारे खुला छलफल भयो।
यी छलफलहरूबाट केही सकारात्मक सुझावहरू प्राप्त भए भने धेरै आलोचनात्मक तथा नकारात्मक दृष्टिकोणहरू पनि आए। म ती सबै सुझाव, व्यवहार र विचारलाई समान रूपले सम्मान गर्दछु। यिनै अनुभव र जनभावनालाई मनन गर्दै, दलगत राजनीतिभन्दा माथि उठेर स्वतन्त्र धारमा अघि बढ्नु नै वर्तमान सन्दर्भमा मेरो जिम्मेवार निर्णय ठानेको छु।यसै सन्दर्भमा, म कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने निर्णयका साथ आगामी हुने संसद निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत्र नं. २ र ९ लाई प्राथमिकतामा राख्दै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दछु। विशेष गरी Gen-Z का भाइबहिनीहरूले उठाइरहेका आवाज, मुद्दा र परिवर्तनको चाहना अब संसदभित्र मात्र होइन, सडकदेखि सदनसम्म सशक्त रूपमा प्रतिनिधित्व हुनुपर्छ भन्ने भावनालाई सम्मान गर्दै यो निर्णयमा पुगेको हुँ।

यो उम्मेदवारी व्यक्तिगत महत्वाकांक्षाभन्दा पनि नयाँ पुस्ताको आवाज, जवाफदेही राजनीति, पारदर्शिता र व्यावहारिक समाधानको प्रतिबद्धताबाट प्रेरित छ। म विश्वास दिलाउन चाहन्छु कि युवाहरूको सपना, उनीहरूको भविष्य र देशको समग्र हितका लागि दृढ, स्वतन्त्र र निर्भीक रूपमा अघि बढ्नेछु।
सबैको सुझाव, समर्थन र आलोचनालाई स्वीकार गर्दै, स्वच्छ र सचेत राजनीतितर्फको यो यात्रामा साथ र सहकार्यको अपेक्षा गर्दछु।
"हाम्री दिदीले हाम्रो आवाज बोल्नुहुन्छ" भन्ने तपाईंहरूको विश्वासलाई म कहिल्यै टुट्न दिने छैन।
​मेरो अठोट:
• ​युवा पुस्ताको भावनाको कदर
• ​सडकदेखि सदनसम्म जनसरोकारका मुद्दा
• ​भ्रष्टाचार विरुद्धको निरन्तर लडाइँ
​भगवान श्री पशुपतिनाथको कृपा र तपाईंहरूको साथ नै मेरो शक्ति हो। हाम्रो यो साझा यात्रा अब सुरु भयो।
​जय नेपाल! 🇳🇵

住所

Minato, Tokyo

電話番号

+9779848305195

ウェブサイト

アラート

Anjuli - अञ्जुलीがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Anjuli - अञ्जुलीにメッセージを送信:

共有する

Anjuli Media Network Pvt.Ltd

Anjuli Online TV is Nepali language based news portal.It is run by Anjuli Medianp Pvt. Ltd which is situated in Nepal of Rupendehi District.The Main Coverage areas of us are politics, entertainment, social, economy, sports, science and technology.The main target of us is to promote digital journalism and inform online viewer about the developded incident in rapidely manner.Now we are in learning phase so we need your innovative ideas.We always welcome your creative comments and suggestions.For queries, comments and suggestions follow us in following address :- Anjuli Medianp (Pvt. Ltd.) Devdaha Rupendehi Nepal.