News Source

News Source Get all the news from whole nepal every minute . Stay update every minute from this page so Like ,Follow and Share this Page to make other update too.

06/02/2024
मकवानपुरमा ७ पालिकाकाे मतगणना सम्पन्न : कहाँ कसले जित्याे हेर्नुस् मकवानपुर – मकवानपुरमा ७ वटा गाँउपालिकाको मतगणना सकिएक...
18/05/2022

मकवानपुरमा ७ पालिकाकाे मतगणना सम्पन्न : कहाँ कसले जित्याे हेर्नुस् मकवानपुर – मकवानपुरमा ७ वटा गाँउपालिकाको मतगणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको नतिजा अनुसार पालिकामा गठबन्धन अगाडि रहेको छ ।

आज दिउँसोसम्म प्राप्त नतिजा अनुसार एमालेले २ वटा गाउँपालिका र एक उपाध्यक्ष जितेको छ । गठबन्धनतर्फबाट नेपाली कांग्रेसले ४ गाउँपालिका र माओवादीले १ नगरपालिकामा जित हासिल गरेको छ । नेपाली कांग्रेसले १ उपमेयर र माओवादीले ४ उपाध्यक्ष जित हासिल गरेको छ । एमालेले भीमफेदी गाउँपालिका अध्यक्ष तथा इन्द्र सरोवरमा अध्यक्ष र उपाध्यक्ष जितेको छ । इन्द्र सरोवरमा एमालेको उम्मेदवार अध्यक्षमा देवकृष्ण...

मकवानपुर – मकवानपुरमा ७ वटा गाँउपालिकाको मतगणना सकिएको छ । निर्वाचन कार्यालयले दिएको नतिजा अनुसार पालिकामा गठब.....

तुलसीपुरमा गठबन्धनका उम्मेदवार ५८ मतले अघि, उपमेयरमा एमालेको अग्रता दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाकाे मेयरमा गठबन्ध...
18/05/2022

तुलसीपुरमा गठबन्धनका उम्मेदवार ५८ मतले अघि, उपमेयरमा एमालेको अग्रता दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायम छ ।

वडा नम्बर १ को अन्तिम मत परिणामअनुसार गठबन्धनका साझा उम्मेदवार कांग्रेसका गेहेन्द्र गिरीले एक हजार एक सय ३३ मत प्राप्त गरेका छन् । एमालेका मेयर टीकाराम खड्काले एक हजार ७५ मत प्राप्त गर्नुभएकाे छ । गिरी खड्काभन्दा ५८ मतले अघि हुनुहुन्छ ।

त्यसैगरी उपमेयरमा भने एमालेका स्यानी चौधरीले एक हजार ५६ मत पाउनुभएकाे छ भने गठबन्धनका जोगबहादुर रानाले नाै सय २३ मत प्राप्त गर्नुभएकाे छ ।

तुलसीपुर उपमहानगरपालिका...

दाङ – दाङको तुलसीपुर उपमहानगरपालिकाकाे मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसको अग्रता कायम छ ।  वडा नम्बर १ को अन्त.....

चुनावमा धाँधली भएको भन्दै पोखराकाे मतगणना स्थलमा एमालेको नाराबाजी कास्की – पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा एमाल...
18/05/2022

चुनावमा धाँधली भएको भन्दै पोखराकाे मतगणना स्थलमा एमालेको नाराबाजी कास्की – पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेको छ । चुनावमा धाँधली भएको भन्दै मतगणना भइरहेको स्थल जिल्ला समन्वय समितिको परिसरमा एमालेले नाराबाजी गरेको हो ।

नाराबाजी बढ्दै गएपछि प्रहरीले बल प्रयोग गरेको छ । मतगणना जारी रहेको छ । पोखरा महानगरपालिका वडा नम्बर ७ को मत गणनामा विवाद भएपछि बाहिर निस्केर नाराबाजी गरेका हुन् । मत गणनामा गठबन्धन दलका प्रतिनिधि र एमालेका कार्यकता बिच भनाभन भएपछि बाहिर निस्केका थिए ।

कास्की – पोखरा महानगरपालिकाको मतगणना स्थलमा नेकपा एमालेले नाराबाजी गरेको छ । चुनावमा धाँधली भएको भन्दै मतगणना भ...

मोहनविक्रम सिंहकै पालिकामा जनमोर्चा हार्‍याे, माओवादीका महतारा विजयी प्युठान – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकै...
18/05/2022

मोहनविक्रम सिंहकै पालिकामा जनमोर्चा हार्‍याे, माओवादीका महतारा विजयी प्युठान – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकै पालिका प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाका उम्मेदवार पराजित भएका छन् ।

झिमरुकको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पीतबहादुर महतारा क्षेत्री पाँच हजार नाै सय २९ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी जनमोर्चाका टीकाबहादुर जीसीले पाँच हजार ६ सय ९६ मत ल्याउनुभयो ।

उपाध्यक्षमा भने नेपाली कांग्रेसका प्रमोद पोख्रेल ६ हजार चार सय १९ मत ल्याएर विजयी हुनुभयो । चार हजार पाँच सय ६२ मतसहित एमालेकी विष्णु जीएम पराजित हुनुभयो ।

झिमरुकमा ...

प्युठान – नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहकै पालिका प्युठानको झिमरुक गाउँपालिकामा राष्ट्रिय जनमोर्चाक...

बुढानीलकण्ठ नगरपालिकामा एमाले विजयी काठमाण्डौ – काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी र उपम...
18/05/2022

बुढानीलकण्ठ नगरपालिकामा एमाले विजयी काठमाण्डौ – काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी र उपमेयरमा एमालेकै अनिता लामा विजयी हुनुभएको छ । मेयर पदमा एमालेका उम्मेदवार अधिकारीले १४ हजार दुई सय ५० मत र उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका विनोद चालिसेले ११ हजार पाँच सय १२ मत प्राप्त गर्नुभएको छ ।

यस्तै उपमेयर पदमा एमालेका उम्मेदवार अनिता लामाले १४ हजार तीन सय १४ मत र उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका रमिला वाग्लेले ११ हजार नौ सय ७२ मत प्राप्त गर्नुभएको छ । १३ वटा वडा मध्ये १० वटामा एमाले, दुई वटामा कांग्रेस र एउटा...

काठमाण्डौ – काठमाण्डौको बुढानीलकण्ठ नगरपालिकाको मेयरमा एमालेका मिठाराम अधिकारी र उपमेयरमा एमालेकै अनिता लामा ....

गोरखा नगरपालिकाकाे मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी गाेरखा – गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उप...
18/05/2022

गोरखा नगरपालिकाकाे मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी गाेरखा – गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका कृष्ण राना मगर र उपमेयरमा कांग्रेसकी मसली माया थोकर विजयी हुनुभएको छ ।

रानाले आठ हजार नाै सय ६४ प्राप्त गर्नुभयो भने उहाँका प्रतिस्पर्धी कांग्रेसका राजनराज पन्तले सात हजार एक सय आठ मत प्राप्त गर्नुभयो । २०७४ सालको पालिका चुनावमा मेयरमा पदमा पन्त निर्वाचित हुँदा राना एक हजार पाँच सय ३४ मतले पराजित हुनुभएको थियो । पाँच वर्षपछि उनै रानाले पन्तलाई एक हजार आठ सय ५६ मत अन्तरले ह...

गाेरखा – गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन...

मतगणना छिटो सम्पन्न गर्न आयोगको निर्देशन, चुनावमा लापर्बाही गर्ने कर्मचारीको विवरण मागियो काठमाण्डाै – निर्वाचन आयोगले म...
18/05/2022

मतगणना छिटो सम्पन्न गर्न आयोगको निर्देशन, चुनावमा लापर्बाही गर्ने कर्मचारीको विवरण मागियो काठमाण्डाै – निर्वाचन आयोगले मतगणना कार्य प्रभावकारी र छिटो छरितो बनाउन सबै निकायसँग आग्रह गरेको छ । आयोगले आज बुधवार विज्ञप्ति निकालेर आधाभन्दा धेरै पालिकाको अन्तिम नतिजा आइसकेको र बाँकीको पनि धमाधम गणना भइरहेको भन्दै छिटो गणनामा सहयोग गर्न सबैसँग आग्रह गरेको हो ।

विद्यमान कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको पदावधि यही जेठ ५ गतेसम्म रहेको र त्यसपछि स्थानीय सरकार जनप्रतिनिधिविहीन हुने अवस्थालाई मध्यनजर गरेर ५ गतेभित्र नै मतगणना सम्पन्न गरेर निर्वाचित जनप्रतिनिधिलाई कार्यभार सम्हाल्ने अवस्था निर्माण ग...

काठमाण्डाै – निर्वाचन आयोगले मतगणना कार्य प्रभावकारी र छिटो छरितो बनाउन सबै निकायसँग आग्रह गरेको छ । आयोगले आज ब.....

ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी काठमाण्डाै – ललितपुरको वाग्मती गाउँपालिकाको ...
18/05/2022

ललितपुरको वाग्मती गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा माओवादी विजयी काठमाण्डाै – ललितपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर विजयी हुनुभएको छ ।

अध्यक्षमा कांग्रेसका उम्मेदवार लोप्चनले चार हजार नौ सय नौ मत र उहाँका निकटतम प्रतिस्पर्धी एमालेका नवराज सञ्जेलले चार हजार ५३ मत प्राप्त गर्नुभएको छ । यस्तै उपाध्यक्षमा माओवादीका उम्मेदवार भक्तबहादुर दर्लामी मगरले चार हजार ६ सय ९२ मत र उहाँका प्रतिस्पर्धी एमालेकी नमुना दोङले ३७ सय मत प्राप्त गर्नुभएको छ । सात वटा वडामध्ये पाँच वटामा काँग्रेस, एउटामा माओवादी केन्द्...

काठमाण्डाै – ललितपुरको वाग्मती गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका वीरबहादुर लोप्चन र उपाध्यक्षमा माओवा...

देउमाई नगरपालिकाको मेयर र उपमेरमा एमालेका उम्‍मेदवार निर्वाचित४ जेठ, इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखम...
18/05/2022

देउमाई नगरपालिकाको मेयर र उपमेरमा एमालेका उम्‍मेदवार निर्वाचित

४ जेठ, इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको छ ।

नगर प्रमुखमा सूर्य पोख्रेलले ८ हजार ६९५ मत र उपप्रमुखमा पविमाया राई ८ हजार ५६३ मतका साथ दोश्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

यसअघि २०७४ को स्थानीय निर्वाचनमासमेत दुवैजना विजयी भएका थिए ।

गठबन्धनको तर्फबाट नगर प्रमुखको उम्मेदवार बनेका कांग्रेसका होम दुलालले ७ हजार ६२२ मत र उपप्रमुख माओवादी केन्द्रका राम राईले ५ हजार ७६५ मत पाएका छन् ।

दुलाल र राई यसअघि २०७४मा नगर प्रमुखका लागि पोख्रेलसँग पराजित बनेका थिए ।

४ जेठ, इलाम । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको छ । नगर प्रमुखमा सूर्य पोख्रेलल.....

काठमाडौंका १० सर्वप्रिय रेस्टुरेन्ट : जसको व्यञ्जन र साजसज्जाले लोभ्याउँछकाठमाडौंमा कुन त्यस्तो रेस्टुरेन्ट छ, जसको साजस...
18/05/2022

काठमाडौंका १० सर्वप्रिय रेस्टुरेन्ट : जसको व्यञ्जन र साजसज्जाले लोभ्याउँछ

काठमाडौंमा कुन त्यस्तो रेस्टुरेन्ट छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ ?

आफ्नो स्वाद र सुविधा अनुसार यसको जवाफ आ–आफ्नै ढंगले दिन सक्छन् । किनभने काठमाडौं वास्तवमा रेस्टुरेन्ट नै रेस्टुरेन्टको शहर पनि हो । यहाँ खाना पारखीहरूका लागि अनेक स्वादका व्यञ्जन उपलब्ध छन्— थाईल्यान्डको ‘तोमयाम सुप’देखि जापानको ‘सुशी’ सम्म; भियतनामी ‘फ’देखि चीनको ‘पेकिङ डक’ सम्म । थरीथरीका परिकार चाख्न विश्वको फन्को लगाउनै पर्दैन, काठमाडौंमा यी सबै उपलब्ध छन् ।

यहाँ न कुनै व्यञ्जनको अभाव छ, न रेस्टुरेन्टको । तपाईं हरेक पाइला–पाइलामा रेस्टुरेन्ट फेला पार्नुहुनेछ । असंख्य रेस्टुरेन्ट छन् यहाँ, जसले कुनै न कुनै परिकार पस्किरहेका छन् । रेस्टुरेन्टहरूको यो भीडमा त्यस्ता केही रेस्टुरेन्ट÷क्याफे छन्, जो आफ्नो विशेष व्यञ्जन, उत्कृष्ट सेवा–सुविधा र आकर्षक साजसज्जाका लागि चिनिएका छन् । यहाँ त्यस्तै १० लोकप्रिय रेस्टुरेन्ट÷क्याफेको चर्चा गरिएको छ, जसले हरदम आगन्तुकलाई लोभ्याइरहन्छन् ।



बावर्ची रेस्टुरेन्ट

स्थान : बबरमहल

विशेष व्यञ्जन : बिरयानी, कट्टी रोल

सम्पर्क नम्बर : ९८०३७५६८९३

शान्त वातावरण र मिठो खानाको लागि राम्रो रेस्टुरेन्टको खोजीमा हुनुहुन्छ भने बावर्ची रेस्टुरेन्ट तपाईंहरूको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ । विशेषगरी इन्डियन खानाको लागि लोकप्रिय यो रेस्टुरेन्टमा इटालियन र कन्टिनेन्टल खाना पनि पाइन्छ ।

माइतीघरबाट सिंहदरबार दक्षिण गेटतर्फ थोरै अघि बढेपछि बावर्ची रेस्टुरेन्ट भेटिन्छ । ऐतिहासिक राणा दरबारको भवनमा रहेको यो रेस्टुरेन्ट इन्डियन खानाको लागि एकदमै लोकप्रिय छ । सेलिब्रेटीहरूको पनि रोजाइमा पर्न सफल यो पारिवारिक रेस्टुरेन्ट हो । यो रेस्टुरेन्ट मिठो खाना र शान्त वातावरणको लागि विदेशी पर्यटकहरूमाझ पनि लोकप्रिय छ ।



मुल चोक रेस्टुरेन्ट

स्थान :– बबरमहल

विशेष व्यञ्जन :– स्लो कुक ल्याम स्यान्क

सम्पर्क नम्बर :– ०१–४२५९८०१

२०६७ मा स्थापना भएको मुल चोक रेस्टुरेन्ट कन्टिनेन्टल खानाको लागि लोकप्रिय हो । यहाँ पाइने खानाहरू प्रायः अस्ट्रेलियन स्वादका हुन्छन् । यहाँ पाइने अस्ट्रेलियन भेडा, ककटेल र वाइनहरू पनि अस्ट्रेलियाबाट नै आयात गरिन्छ ।

यहाँको एकदमै लोकप्रिय डिस ‘स्लो कुक ल्याम स्यान्क’ हो । जुन अस्ट्रेलियन भेडाको मासुबाट तयार हुन्छ । ठिक्क आगोमा ६ घण्टासम्म राम्ररी पकाएर त्यसपछि राम्ररी मैरिनेट गरेर सर्भ गरिन्छ जसले गर्दा यो डिसको नाम ‘स्लो कुक ल्याम स्यान्क’ राखिएको हो ।

यो एउटा पारिवारिक रेस्टुरेन्ट पनि हो । पहिला राणाहरूको घोडा राख्ने तबेलालाई नवीकरण गरेर ब्रिटिश डिजाइनमा रेस्टुरेन्ट बनाइएको छ । एकदमै शान्त वातावरण मन पराउने र कन्टिनेन्टल खाना पारखीहरूको लागि मुल चोक रेस्टुरेन्ट राम्रो विकल्प हुनसक्छ ।



द ओल्ड हाउस रेस्टुरेन्ट

स्थान : दरबारमार्ग

विशेष व्यञ्जन : ननभेज प्लाटर र भेज प्लाटर

सम्पर्क नम्बर : ०१–४२५०९३१

२०७० सालमा काठमाडौंको मुटु दरबारमार्गमा स्थापना भएको द ओल्ड हाउस फ्रेन्च र इटालियन परिकार पस्कने रेस्टुरेन्ट हो । यो रेस्टुरेन्टको स्थापना विशेषगरी विदेशी पाहुनाको लागि गरिएको थियो । यहाँ पाइने वाइन, ह्विस्की र रम सबै बाहिरबाट नै आयात गरिन्छ । तर पछिल्लो समय विशेषगरी कोरोनापछि यहाँ स्वदेशीहरूलाई पनि लक्षित गरेर केही परिकार समावेश गरिएको छ ।

नेपालमा पहिलो पटक रेस्टुरेन्टमा भर्टिकल गार्डेन सजावटको अवधारणा यही रेस्टुरेन्टले ल्याएको हो । यस रेस्टुरेन्टको सजावटको काम सबै फ्रेन्च इन्टेरियरहरूबाट भएको थियो । यहाँको सजावट र स्वादिलो खानाको कारण पनि यो रेस्टुरेन्ट एकदमै लोकप्रिय छ । ननभेज प्लाटर र भेज प्लाटर यहाँको एकदमै रुचाइएको डिस हो । शान्त वातावरण र भर्टिकल गार्डेनको सजावटले पनि धेरैको मन लोभ्याउँछ ।



उत्पला क्याफे

स्थान : बौद्ध

विशेष व्यञ्जन : मसरुम छोयला, मसरुम चिल्ली, चाट, चुकन्दर सुप

सम्पर्क नम्बर : ९८१०७००७६३

चार वर्षअघि स्थापना भएको उत्पला क्याफे शाकाहारीहरूको लागि उत्कृष्ट गन्तव्य हुनसक्छ । यो एउटा गुम्बाद्वारा सञ्चालित क्याफे हो । यहाँको विशेषता भनेको पारिवारिक वातावरण र शाकाहारी खाना हो । २०० भन्दा बढी क्षमता भएको यो क्याफे धूमपान र मद्यपान निषेधित क्षेत्र हो । यस क्याफेको अर्को मुख्य विशेषता भनेको मूल्य पनि हो । अन्य रेस्टुरेन्टहरूको तुलनामा यो क्याफेमा खानाको मूल्य कम छ । हरेक शुक्रबार र शनिबार यहाँ बोफेडको व्यवस्था गरिएको छ । ४५० रुपैयाँमा जति पनि खाना खान सक्छन् ।

उत्पलाले लकडाउनको कारण आफ्नो देश फर्कन नपाएका विदेशी नागरिकहरूलाई ६ महिना निःशुल्क खाना वितरण गरेको थियो । इन्डियन, इटालियन र नेपाली लगायत खानाको विविधता पाइने यो रेस्टुरेन्ट पछिल्लो समय शाकाहारीहरूको लागि एकदमै लोकप्रिय छ ।



रोजमेरी रेस्टुरेन्ट

स्थान : ठमेल

विशेष व्यञ्जन : चिकेन सुप्रिम, पोर्क स्टिक, काठमाडौं चिकेन,

सम्पर्क नम्बर : ०१–४२२६०६६

रोजमेरी रेस्टुरेन्टको स्थापना ११ वर्ष अगाडि भएको थियो । रोजमेरीको अर्को शाखा पोखरामा पनि छ । एसियन र युरोपियन दुवै परिकारको लागि लोकप्रिय यो रेस्टुरेन्टमा ६० प्रतिशत युरोपियन र ४० प्रतिशत एसियन खानाको फ्युजन पाइन्छ ।

रोजमेरी साधारण सजावट गरिएको पारिवारिक रेस्टुरेन्ट हो । यहाँ आउने ९० प्रतिशत मानिस सफा र मिठो खानाकै लागि आउने गर्छन् । सजावट भन्दा पनि खानाको गुणस्तर र स्वादमा बढी प्राथमिकता दिने यो रेस्टुरेन्ट पारिवारिक जमघटको लागि उत्कृष्ट गन्तव्य हुन सक्छ ।



अरोइ थाई रेस्टुरेन्ट

स्थान : सानो गौचरन

विशेष व्यञ्जन : प्याड थाई नुडल्स, रेड करी, चिकेन पप्स, पपया स्यालेड

सम्पर्क नम्बर : ०१–४५१५५४४

अथेन्टिक थाई खानाहरूको लागि लोकप्रिय गन्तव्य हो, अरोइ थाई रेस्टुरेन्ट । सस्तो मूल्यमा मिठो थाई खाना पाइने भएकोले थाई खाना मन पराउनेहरूको रोजाइमा यो रेस्टुरेन्ट पर्ने गर्छ ।

चार वर्षअघि थाई वाकको नाममा स्थापित यो रेस्टुरेन्टको नाम दुई वर्षअघि अरोइ थाई रहन गयो । तर, अहिले पनि धेरै मानिस थाई वाकको नामले नै चिनेर यहाँ जाने गर्छन् । यहाँ आउने ९० प्रतिशत मानिस यहाँको खानाको स्वादकै कारण जाने गर्छन् । घरको जस्तो माहोल भएकोले गर्दा परिवार र साथीभाइहरूको जमघटको लागि पनि अरोइ थाई धेरैको रोजाइमा पर्ने गर्छ ।



मिठो रेस्टुरेन्ट

स्थान : ठमेल

विशेष व्यञ्जन : पनिर टिक्का, लाफिङ बुद्ध बल, चिकेन टिक्का

सम्पर्क नम्बर : ९८४१२११९३३९

नेपाली, इन्डियन, मोरक्कन लगायत डिसहरूको स्वाद चाख्न पाइने ठमेलको मिठो रेस्टुरेन्ट पनि काठमाडौंको लोकप्रिय रेस्टुरेन्टमै पर्छ । यहाँको सिलिङहरूमा झुन्ड्याइएको डोकोभित्र बालिएको बत्तीले पनि यहाँको माहोललाई आकर्षक बनाएको छ । नेपाली प्राकृतिक सजावट भएको यो रेस्टुरेन्ट प्राकृतिक वस्तु मन पर्नेहरूको रोजाइमा पर्ने गर्छ ।

शाकाहारी खानाको लागि पनि यो रेस्टुरेन्ट धेरैको रोजाइमा पर्ने गर्छ । यसलाई विश्वको खानाको स्वाद लिन पाउने ठाउँ पनि भन्न सकिन्छ । किनकि यहाँ एसियन र युरोपियनमा बढी रुचाइएको प्रायः सबै डिसहरू पाइन्छ । यहाँ पार्किङको पनि राम्रो व्यवस्था छ ।

नेवाः लहना रेस्टुरेन्ट

स्थान : कीर्तिपुर

विशेष व्यञ्जन : नेवारी खाजा, समयबजि

सम्पर्क नम्बर : ९८४१३३०५३३

१६ वर्षअघि नेवाः लहना रेस्टुरेन्ट कीर्तिपुरलाई नेवारी खाजा हब बनाउने उद्देश्यले स्थापना भएको थियो । यो रेस्टुरेन्ट एउटा समाजले बनाएको हो । यहाँ ७७ परिवारका १०९ जना सदस्य यस रेस्टुरेन्टको सेयर होल्डर छन् । समाजलाई आर्थिक रूपमा कसरी समुन्नत बनाउने भन्ने सोचका साथ यो रेस्टुरेन्ट खोलिएको थियो ।

नेपालकै सबैभन्दा राम्रो टोलमा अवस्थित यो रेस्टुरेन्टमा कार्यरत भएको कारण टोलमा बेरोजगार कोही छैन । रेस्टुरेन्ट वरपरको वातावरण नेवारी संस्कृतिले गर्दा पनि यहाँको खानाको स्वादलाई झन् बढाउँछ ।

लहनाको अर्को विशेषता भनेको यहाँ राँगाको सम्पूर्ण अङ्गको परिकार खान पाइन्छ । राँगाको मासुको २९ परिकार, समयबजि र छ्याङ रक्सी यहाँको विशेष व्यञ्जन हो ।

हजारौं जना अट्न सक्ने यस रेस्टुरेन्टमा बाइक पार्किङको लागि राम्रो व्यवस्था छ । नेवारी भोज कस्तो हुन्छ भनेर जान्न इच्छुक व्यक्तिहरूको लागि यो रेस्टुरेन्ट राम्रो गन्तव्य हुन सक्छ ।



नेपाली चुल्हो

स्थान : लाजिम्पाट

विशेष व्यञ्जन : नेपाली र नेवारी खाना

सम्पर्क नम्बर : ०१–४४१८२०६

नेपाली चुल्होको स्थापना २०५८ सालमा दरबारमार्गमा भएको थियो । १० वर्ष सेवा प्रदान गरिसकेपछि २०६८ मा यो लाजिम्पाटमा स¥यो । यहाँको विशेषता भनेको नेपाली खाना नै हो । नेपाली र नेवारी परिकारलाई प्रवर्धन गर्ने हिसाबले यो रेस्टुरेन्टको स्थापना भएको हो ।

यहाँ हरेक दिन साँझ २ देखि ३ घण्टा सांस्कृतिक कार्यक्रम पनि हुन्छ । यो रेस्टुरेन्ट भएको भवन एउटा राणाकालीन ऐतिहासिक दरबार हो । पाँच रोपनी क्षेत्रफलमा फैलिएको रेस्टुरेन्टको वातावरण पनि एकदमै मनमोहक छ । घरमा बसेर खाना खाएको जस्तो अनुभूति हुने भएकोले पनि धेरै नेपाली र विदेशीको रोजाइमा पर्न सफल छ । धेरै क्षेत्रफल ओगटेको यो रेस्टुरेन्टमा पार्किङको राम्रो व्यवस्था छ ।



रोड हाउस क्याफे

स्थान : ठमेल

विशेष व्यञ्जन : पिज्जा र इटालियन खाना

सम्पर्क नम्बर : ०१–५३६७८८५

पिज्जा पारखीहरूको लागि रोड हाउस क्याफे एउटा राम्रो विकल्प हुन सक्छ । ३० वर्षअघिदेखि ग्राहकको सेवामा खट्दै आएको रोड हाउसले काठमाडौं र पोखरामा ८ वटा ब्रान्चहरू खोलिसकेको छ । यस रेस्टुरेन्टमा पिज्जाको साथै इटालियन र कन्टिनेन्टल खाना पनि पाइन्छ । यो रेस्टुरेन्ट साथीभाइसँग जमघटको लागि राम्रो गन्तव्य हुनसक्छ । इटालियन थिम अनुसार डेकोरेसन भएको यो रेस्टुरेन्टमा पार्किङको पनि राम्रो व्यवस्था छ ।

काठमाडौंमा कुन त्यस्तो रेस्टुरेन्ट छ, जसको साजसज्जा र परिकारले सधैं आगन्तुकलाई आकर्षित गरिरहन्छ ? आफ्नो स्वाद र .....

सिन्धुपाल्चोक : एमाले खुम्चिंदा कांग्रेस र माओवादीले ‘जनमत’ बढाए४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा एमाले खुम्च...
18/05/2022

सिन्धुपाल्चोक : एमाले खुम्चिंदा कांग्रेस र माओवादीले ‘जनमत’ बढाए

४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा एमाले खुम्चिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय तहमा जित बढाएका छन् ।

सिन्धुपाल्चोकको १२ वटा स्थानीय तहमध्ये ९ वटा पालिका/नगरको अन्तिम मत परिणाम सार्वजनिक हुँदा कांग्रेस पाँच पालिका प्रमुख जितेर पहिलो दल, तीन पालिका प्रमुख जितेर माओवादी केन्द्र दोस्रो र एक पालिका प्रमुख जितेर एमाले तेस्रो दलका रुपमा रहेको छ । बाँकी ३ वटा पालिकाको परिणाम आउँदा पनि अहिलेसम्मको दलीय समिकरण नफेरिने स्थानीय नेताहरु बताउँछन् । परिणामले एमालेले आफुलाई ०७४ सालको तुलनामा खुम्च्याएको, कांग्रेस र माओवादी केन्द्रले जनमत बढाएको देखाउँछ ।

एमालेले गुमायो ६ पालिका प्रमुख

२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले सिन्धुपाल्चोकको १२ स्थानीय तहमध्ये ७ पालिका प्रमुख जितेको थियो । एमालेले बाह्रविसे र मेलम्ची नगरपालिका र जुगल, बलेफी, पाँच पोखरी थाङपाल, त्रिपुरासुन्दरी र लिसंखुपाखर गाउँपालिको प्रमुख जितेर पहिलो स्थान हासिल गरेको थियो ।

०७९ को चुनावको परिणाम आउँदै गर्दा एमाले यी सात मध्ये ६ पालिका प्रमुख गुमाउन पुगेको छ । पाँच पोखरी थाङपाल गाउँपालिका प्रमुखमा भने एमालेका उम्मेदवार जारी मतगणनामा अगाडि छन् । यो पटक एमालेले इन्द्रावती गाउँपालिका प्रमुख जितेको छ । ०७४ सालमा यो पालिका प्रमुख कांग्रेसले जितेको थियो । यो पटक एमालेले जितेको हो ।

इन्द्रवती गाउँपालिकामा ०७४ मा अध्यक्षमा पराजित एमालेका झम्क नेपाल यसपटक विजयी भएका हुन् । सिन्धुपाल्चोक एमालेका पूर्वअध्यक्ष समेत रहेका नेपाल कांग्रेसका उम्मेदवार विकास लामालाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् ।

नेपालले ६५१३ मत ल्याएर विजयी हुँदा उनका प्रत्यासी कांग्रेसका लामाले ६४७० मत ल्याए । उपाध्यक्षमा एमालेकै शोभाना तामाङले ६५१३ मत ल्याउँदा प्रत्यासी कांग्रेसकी दया मिश्रले ६४७० मत ल्याएकी छन् ।

पाँच पोखरी थाङपाल गाउँपालिकाका प्रमुख जितेको खण्डमा एमाले दुई पालिका प्रमुखमा खुम्चनेछ ।

कांग्रेस र माओवादीलाई दोब्बर प्रतिफल

एमाले खुम्चिँदा कांग्रेस र माओवादी केन्द्रले दोब्बरले प्रतिफल पाएका छन् ।

२०७४ मा कांग्रेसले तीन पालिका प्रमुख -हेलम्बु गाउँपालिका, इन्द्रावती गाउँपालिका र सुनकोशी गाउँपालिका) जितेको थियो । तीनमध्ये हेलम्बु गाउँपालिका प्रमुख कांग्रेसले जितिसकेको छ । सुनकोशी गाउँपालिकामा कांग्रेसका उम्मेदवार अगाडि छन् ।

हेलम्बु गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका निवर्तमान अध्यक्ष निमा ग्याल्जेन शेर्पा नै दोहोरिएका हुन् । निवर्तमान अध्यक्ष शेर्पा ५३८६ मत ल्याएर विजयी हुदाँ अध्यक्षका प्रत्यासी एमालेका उम्मेदवार दावा लामाले ४६०३ मत ल्याए ।

कांग्रेसकै अप्सरा लामिछाने उपाध्यक्षमा ५२१४ मत ल्याएर विजयी भईन । उपाध्यक्षका प्रत्यासी एमालेबाट गंगा अर्याल ४ हजार ६ सय ७१ मत ल्याइन् ।

०७४ मा जितेको एउटा पालिका गुमाएको कांग्रेसले अहिले थप पालिकाहरुमा जीत हात पारेको छ । कांग्रेसले मेलम्ची र बाह्रविसे नगरपालिका जितिसकेको छ ।

मेलम्ची नगरपालिकाको प्रमुखमा ११ हजार १६५ मत पाएका एमालेका बालकृष्ण देउजालाई पराजित गरेका कांग्रेसका आइतमान तामाङले ११ हजार २५८ मत पाए । उपमेयरमा भने एमालेका उमा प्रधान बिजयी भएकी छन् । प्रधानले १० हजार १६४ मत ल्याउँदा उनका निकतम प्रतिस्पर्धी राप्रपाका कुमारी तामाङले ८३५६ मत ल्याए ।

बाह्रबिसे नगरपालिकामा निवर्तमान मेयर एमालेका नेता निमफुञ्जो शेर्पालाई पराजित गर्दै कांग्रेसका उम्मेदवार बालकृष्ण बस्नेत विजयी भए । ०७४ मा एमालेका उम्मेदवार शेर्पासँग पराजित बालकृष्णले यस उनै शेर्पालाई पराजित गरेका हुन् । शेर्पाले ५४३३ मत ल्याँउदा बालकृष्ण बस्नेतले ७७२८ मत ल्याएर विजयी भए ।

उपमेयर पदमा एमालेबाटै उम्मेदवारी दिएकी निवर्तमान उपप्रमुख शुशीला पाख्रीन पराजित भइन् । पाखि्रनले ५ हजार ९ सय ९० मत ल्याँउदा कांग्रेसकी उपप्रमुख मञ्जु तामाङले ६ हजार ९ सय ७७ मत ल्याएर बिजयी हासिल गरिन् ।

भोटेकोशी गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिका प्रमुख कांग्रेसले जितेको छ ।

भोटेकोसी गाँउपालिकामा कांग्रेसका पासाङ नुर्पु शेर्पाले अध्यक्ष पदमा २६०५ मत ल्याए भने उनका प्रत्यासी एमालेका अध्यक्ष अमृत खड्काले २०४८ मत पाए ।

उपाध्यक्ष पदमा कांग्रेसका दिछेन शेर्पाेले २७१२ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उपाध्यक्ष उम्मेदवार सुन्तलिमाया लामा श्रेष्ठले २ हजार ५ सय ५३ मत ल्याइन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकामा कांग्रेले अध्यक्ष र उपाध्यक्ष जितेको छ ।

गाउँपालिकामा कांग्रेस उम्मेदवार भक्तध्वज बोहरा अध्यक्षमा निर्वाचित भएका हुन् । उनी ४२२९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका मेघनाथ पौडेलले ३२६७ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसकै गीता नेपाल निर्वाचित भएकी छन् । उनले ४१५६ मत ल्याउदा एमालेकी सविता श्रेष्ठले ३८८९ मत ल्याइन् ।

यसरी कांग्रेसले पाँच पालिका प्रमुखमा जीत हासिल गरिसकेको छ । सुनकोशी गाउँपालिकाको मत गणनामा पनि कांग्रेसका उम्मेदवार अगाडि छन् । यो पालिका प्रमुख जितेको खण्डमा कांग्रेसले ६ पालिका प्रमुखसहित सबैभन्दा ठूलो दल हुनेछ ।

सभामुखको क्षेत्रमा माओवादी बलियो

सभामुख अग्निप्रसाद सापकोटाको निर्वाचन क्षेत्रमा माओवादी केन्द्र बलियो देखिएको छ । ०७४ मा माओवादीले चौतारा साँगाचोकगढी नगरपालिका र भोटेकोशी गाउँपालिका प्रमुख जितेको थियो । दुईमध्ये भोटेकोशी गाउँपालिका प्रमुख माओवादीले गुमाएको छ, कांग्रेसले जितेको छ । चौतारा साँगाचोकगढी नगरपालिका प्रमुख भने जितिसकेको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको मेयरमा माओवादी केन्द्रका कृष्णप्रसाद सापकोटा र उपमेयर पदमा नेकपा एकीकृत समाजवादीका सीता थापा विजयी भएका छन् । माओवादी केन्ऽका कृष्णप्रसाद सापकोटा (देशबन्धु) ११ हजार ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी एमालेका इन्द्र नेपालले ६७११ मत ल्याए । देशबन्धु सभामुख अग्नीप्रसाद सापकोटाका भाइ हुन् ।

उपमेयरमा नेकपा एकीकृत समाजवादीकी सीता थापाले ९ हजार ७ सय २६ मत ल्याएर विजयी हुदा उनका प्रत्यासी नेकपा एमालेकी बालकुमारी सापकोटा ६ हजार ५ सय ११ मत ल्याइन् । चौतारामा माओवादी र समाजवादीबीच चुनावी तालमेल भएको थियो ।

यो पटक माओवादीले जुगल गाउँपालिका, बलेफी गाउँपालिका प्रमुख जितेको छ ।

जुगल गाउँपालिको अध्यक्षमा माओवादी केन्द्रका रेशम स्याङबो र नेपाली काङग्रेसका उपाध्यक्ष पदमा हिमाल कुमार श्रेष्ठ विजयी भएका छन् । माओवादी केन्द्रका रेशम स्याङबो ५५७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रत्यासी एमालेका जयबहादुर लामाले ४४१५ मत ल्याए ।

उपाध्यक्ष नेपाली कांग्रेसका हिमाल कुमार श्रेष्ठले ४७६८ मत ल्याएर विजयी हुदा उनका प्रत्यासी नेकपा एमालेका सुनिता थापाले ३७०७ मत ल्याइन् ।

जुगल गाउँपालिकामा माओवादी केन्द्र र नेपाली काङग्रेसबीच चुनावी तालमेल भएको थियो ।

बलेफी गाउँपालिकामा अध्यक्षमा माओवादीका उम्मेदवार गंगाबहादुर तामाङ विजयी भए । उपाध्यक्षमा कांग्रेसकी सरु लामा तामाङ विजयी भएकी छन् ।

गठबन्धनका अध्यक्षका उम्मेदवार तामाङले ४ हजार ६ सय ६६ मत ल्याएर विजयी भए भने कांग्रेसबाट अध्यक्ष पदका उम्मेदवार सुवास तिमल्सिनाले ४ हजार १०५ मत ल्याए । एमालेबाट अध्यक्ष पदमा उम्मेदवार नारायणकाजी श्रेष्ठले ३३८ मत ल्याए ।

एमालेबाट उपाध्यक्ष उम्मेदवार सपना थापाले ३ हजार ६३३ मत ल्याउँदा कांग्रेसका उपाध्यक्ष पदका उम्मेदवार सरु लामा तामाङ भने ४ हजार ३९४ मत ल्याएर विजयी भइन् ।

हालसम्म तीन पालिका प्रमुख जितिसकेको माओवादी केन्द्रका उम्मेदवारहरु लिसंखुपाखर पालिका प्रमुखमा पनि अगाडि छन् ।

लिसंखुपाखर प्रमुख जितेको खण्डमा माओवादीले ४ पालिका प्रमुख जित्नेछ । माओवादी नेता माधव सापकोटाका अनुसार माओवादीले अहिले जितेको र अगाडि रहेको पालिकाहरु सभामुख अग्नि प्रसाद सापकोटाको निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ ।

यो पनि पढ्नुहोस

सिन्धुपाल्चोकमा अग्नि र मोहनबीच प्रतिष्ठाको लडाइँ

४ जेठ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा नेकपा एमाले खुम्चिँदा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले स्थानीय...

पोखरा महानगरपालिका-७ को मत गणना स्थगित४ जेठ, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ । नेकपा एमाल...
18/05/2022

पोखरा महानगरपालिका-७ को मत गणना स्थगित

४ जेठ, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ । नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भन्दा बढी प्रतिनिधि राखेको भन्दै अवरोध सिर्जना गरेको थियो ।

सोही विषयमा विवाद चर्किंदै जाँदा एमालेले मतगणना स्थल बाहिर नाराबाजी गरेको थियो ।

विवादपछि नेकपा एमालेले आफ्ना प्रतिनिधि सबैलाई बाहिर राखेको छ । अहिले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक चलिरहेको छ ।

४ जेठ, पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ७ को मतगणना स्थगित भएको छ । नेकपा एमालेले सत्तारुढ गठबन्धनले तोकिएको भ...

पोखराको मतगणना स्थलमा एमाले नेताबाट अनलाइनखबरकर्मीमाथि दुर्व्यवहार४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थलमा समाच...
18/05/2022

पोखराको मतगणना स्थलमा एमाले नेताबाट अनलाइनखबरकर्मीमाथि दुर्व्यवहार

४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थलमा समाचार संकलनका लागि गएका पत्रकारमाथि नेकपा एमालेका नेताले दुर्व्यवहार गरेका छन् । मत गणनाका क्रममा विवाद भएपछि नाराबाजी गर्दै गरेका नेतासँग प्रतिक्रिया लिने क्रममा एमाले नेता दामोदर बैरागीले अपशब्द प्रयोग गर्दै पत्रकारलाई धम्की दिएका हुन् ।

नेता बैरागीले अनलाइनखबरकर्मी अमृत सुवेदी र एपीवान टेलिभिजनका पोखरा ब्युरो प्रमुख सागरराज तिमिल्सिनामाथि धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । ‘विवाद भएर नाराबाजी भइरहेको ठाउँमा हामी पुगेका थियौं । त्यतिबेला नेकपा एमालेले मत गणना रोक्न नाराबाजी गरिरहेको थियो,’ एपीवान टीभीका तिमिल्सिनाले भने, ‘त्यहीबेला कुटपिट गर्न उनले कार्यकर्तालाई आदेश दिएका हुन् ।’ अनलाइनखबरकर्मी अमृत सुवेदीले पनि आफूलाई मतगणना स्थलबाट बाहिर निकालिदिने धम्की दिएको बताए ।

रिपोर्टिङमा रहेका पत्रकारमाथि गरिएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले खेद प्रकट गरेको छ । महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले कुनै पनि बहानामा पत्रकारमाथि दुर्व्यवहार सह्य नहुने बताइन् ।

‘यो वा त्यो बहानामा पत्रकारमाथि दुर्व्यवहार गर्न पाइँदैन । अझ त्यसमाथि रिपोर्टिङमा खटिएको पत्रकारमाथि दुर्व्यवहार भएको छ,’ अध्यक्ष भण्डारीले भनिन्, ‘लोकतन्त्रमा प्रेसमाथिको यो प्रहार सह्य हुँदैन ।’

४ जेठ, पोखरा । पोखरा महानगरपालिकाको मतगणना स्थलमा समाचार संकलनका लागि गएका पत्रकारमाथि नेकपा एमालेका नेताले दुर....

बाबुराम भट्टराईले भने : भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ४ जेठ, काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद् अ...
18/05/2022

बाबुराम भट्टराईले भने : भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्छ

४ जेठ, काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनुपर्ने आवश्यकता भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सम्बन्धमा माथिको छलफलमा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।

उनले नेपालले भारतसँग सुघौली सन्धिपछि मुलुक परनिर्भतामा गएकाले विगतमा भारतसँग भएका व्यापार सन्धिहरु पुनरावलोकन हुनु पर्ने आवश्यकता देखिएको बताए ।

पूर्वप्रधानमन्त्री भट्टराईले भारत र नेपालबीचको असमान व्यापार सम्बन्ध तत्काल सच्याउनु पर्ने भएको बताए । उनले नेपालमा सुधौली सन्धिभन्दा पहिले नेपालबाट भारतमा ५ गुणा बढी निर्यात गर्ने भए पनि त्यसपश्चात नेपालले उल्टो ५ गुणा बढी आयात गर्न लागेको बताए ।

अहिले भारतबाट नेपालले निर्यात भन्दा १५ गुणा बढी आयात गर्न गरेको दाबी गरे । भट्टराईले भारतसँगको असमान व्यापार सम्बन्ध सच्याउनु सरकारले नयाँ सम्झौता गरेर अगाडि बढ्नु पर्ने बताए ।

सरकारले भारतसँग नयाँ सम्झौता गर्दा विशेष सुविधा मागेर सच्याउनु पर्ने भन्दै उनले असमान व्यापार सम्बन्ध नसचिए नेपाल सबै परनिर्भर भइरहनु पर्ने बताए । भौगोलिक हिसाबले चीनबाट सामान आयात र निर्यात गर्दा वस्तुको मूल्य बढ्ने भन्दै उहाँले भारतबाटै सामान आयात निर्यात गर्नुपर्ने बताए ।

अर्थनीति बनाउँदा आफ्नै देशको हितलाई नै केन्द्रमा राखेर राष्ट्रहितका विषयमा छलफल गर्नुपर्ने उल्लेख गरे । पूर्वप्रधानमन्त्री भट्टराईले निजी सम्पत्तिको अभिलेखीकरणका लागि सरकारले सम्पत्तिको स्वघोषणा कार्यक्रम ल्याउनुपर्ने बताए ।

उनले व्यक्तिगत सम्पत्तिमा एकपटक कर मिनाहा गर्नेगरी सम्पत्तिको स्वघोषणा कार्यक्रम सरकारसँग माग गरे । भूमिमा निजी स्वामित्वको अन्त्य गर्नुपर्ने भट्टराईले बताए । भोगाधिकार व्यक्ति रहे पनि भूमिमाथि राज्य वा समुदायको स्वामित्व स्थापना गर्नुपर्ने भट्टराईले जोड दिए ।

उनले भने, ‘भारतसँगको सुधौली सन्धिदेखि यता बाह्यपर निर्भताकै पाटो हो । अङग्रजहरुको पालामा भारतमा आद्योगिक वस्तु बनेर नेपाल आउन थाले त्यो बेला देखि नेपालको अर्थतन्त्र विदेशबाट आयात गर्न परनिर्भर अर्थतन्त्रमा रुपान्तरण भयों ।’

पूर्वप्रधानमन्त्री भट्टराईले गतिहीनता र वैदेशिक परनिर्भरता नै नेपाली अर्थतन्त्र पछाडि पर्नुको मुख्य कारण रहेको बताए । उनले आगामी वर्षको बजेटमा सरकारले उत्पादनमा आधारित अर्थतन्त्र निर्माणमा बल पुग्नेगरी बजेट ल्याउनु पर्ने बताए ।

भट्टराईले नेपाल अझै गरिविको रेखामुनि रहेको बताए । उनले पछिल्लो समय नेपालको अर्थतन्त्रलाई श्रींलकसँग तुलना गर्न नमिल्ने बताए । श्रींलका विगत कुनै समय दक्षिण एसियाकै सबै भन्दा राम्रो अर्थतन्त्र भएको मुलुकमा पर्ने बताए ।

हाम्रो अर्थतन्त्र पुँजीवादमा नै निर्माण गर्न नसकेको अवस्थामा समाजवादमा तत्काल पुग्न नकिने भट्टराईको भनाइ छ । त्यस्तै, पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले अब स्थानीय तहमा ७० प्रतिशत बजेट पठाउनु पर्ने बताए ।

४ जेठ, काठमाडौं। जनता समाजवादी पार्टी संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले भारतसँग...

जसपाले टिकट नदिंदा जनमतमा लागे, जसपालाई हराएर मेयर चुनिए४ जेठ, सप्तरी । स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझीले डा. सीके ...
18/05/2022

जसपाले टिकट नदिंदा जनमतमा लागे, जसपालाई हराएर मेयर चुनिए

४ जेठ, सप्तरी । स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझीले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पहिलो जित दिलाएका छन् । डा. राउतकै गृह जिल्ला सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाको मेयरमा माझी निर्वाचित भएका हुन् ।

२०७४ सालको निर्वाचनमा पनि माझी मेयरको उम्मेदवार भएका थिए । त्यस बेला संघीय समाजवादी फोरम नेपालबाट उम्मेदवार भएका माझी तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) का शैलेश साहसँग १३०० भन्दा बढी मतअन्तरले पराजित भएका थिए ।

राजपा र तत्कालीन संघीय समाजवादी फोरम नेपाल मिलेर जसपा बन्दा शैलेश जसपामै रहिरहे । एक समयमा दुवै जना उम्मेदवार भएका माझी र साह एउटै पार्टीमा रहँदा जसपाले साहलाई टिकट दियो । जबकि माझी पनि दावेदार थिए । तर पार्टीले टिकट नदिएपछि जनमत गएका उनी जसपा उम्मेदवारलाई हराएर मेयर चुनिएका छन् ।

माझीसँग पराजित हुने शैलेश प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहका छोरा हुन् । पार्टी पंक्तिले शक्तिको आडमा मन्त्रीकै छोरालाई टिकट दिएपछि उनी विरक्तिएर पार्टी परिवर्तन गरेको उनी निकट बताउँछन् । ‘पार्टीका लागि ठूलो योगदान दिने माझीलाई नेताहरुले टिकट दिनै चाहेनन्’ उनी निकट एक नेता भन्छन्, ‘आफ्नो जित्ने अवस्था रहेको भन्दाभन्दै पनि प्रदेश मन्त्रीकै छोरालाई टिकट दिए । अनि उहाँ जनमतबाट टिकट लिएर जित्नुभयो ।’

को हुन् माझी ?

माझी हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहका बासिन्दा हुन् । उनको पारिवारिक पृष्ठभूमि राजनीतिक होइन् । उनका परिवार जमिन्दार हुन् । सुरुमा निर्माण व्यवसायी रहेका उनी पछि राजनीतिमा लागे । तत्कालीन मधेशी जनअधिकार फोरमबाट सक्रिय राजनीति सुरु गरेका उनी संघीय समाजवादी फोरम हुँदै जसपा बन्दासम्म यहीं पार्टीमा थिए ।

२०६३ साल, २०६४ साल र २०७२ सालमा भएको मधेश आन्दोलनको उनले भारदहमा नेतृत्व गरेका थिए ।

४ जेठ, सप्तरी । स्थानीय तह निर्वाचनमा वीरेन्द्र माझीले डा. सीके राउत नेतृत्वको जनमत पार्टीलाई पहिलो जित दिलाएका छ....

सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी४ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका...
18/05/2022

सोलुदूधकुण्ड नगरपालिकाको मेयर र उपमेयरमा कांग्रेस उम्मेदवार विजयी

४ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा निर्वाचित भएका छन् ।

शेर्पाले ४ हजार ८६८ मत प्राप्त गरे भने उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पाले ४ हजार २९० मत पाए । नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवार ङिमा तेण्डुप शेर्पाले १ हजार १८७ मत प्राप्त गरे ।

यस्तै उपमेयरमा कांग्रेसकै गान्धीमाया तामाङ निर्वाचित भएकी छिन् । उनले ४ हजार ३८५ मत प्राप्त गरेकी छन् । उनको निकटतम प्रतिद्वन्दी एमालेकी मोहनकुमारी कार्कीले ४ हजार २७३ मत पाइन् । माओवादी केन्द्रकी शारदामाया तामाङले १ हजार ८९ मत प्राप्त गरिन् ।

नांगेल जाङबु शेर्पा दोस्रो कार्यकालको लागि मेयरमा निर्वाचित भएका हुन् ।

सोलुदूधकुण्ड नगरपालिकाको मत परिणामसँगै सोलुखुम्बुका सबै पालिकाको मत गणना सकिएको छ । जिल्लाका ८ स्थानीय तहमध्ये ५ वटा पालिकामा कांग्रेसले प्रमुख र उपप्रमुख दवै पद जितेको छ । यस्तै पालिकामा एमाले जितेको छ भने एउटामा माओवादी केन्द्रले जितेको छ । सोलुदूधकुण्ड जिल्लाको एक मात्र नगरपालिका हो ।

४ जेठ, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नांगेल जाङबु शेर्पा निर्वा....

प्यूठानको झिम्रुकको अध्यक्षमा माओवादीका महतरा क्षेत्री निर्वाचित४ जेठ, प्यूठान । प्यूठानको झिम्रुक गाउँपालिकाको अध्यक्षम...
18/05/2022

प्यूठानको झिम्रुकको अध्यक्षमा माओवादीका महतरा क्षेत्री निर्वाचित

४ जेठ, प्यूठान । प्यूठानको झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री निर्वाचित भएका छन् ।

माओवादी-नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका क्षेत्री ५ हजार ९२९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्दी राष्ट्रिय जनमोर्चाका टिकाबहादुर जिसीले ५ हजार ६९६ मत ल्याए ।

उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल विजयी भएका छन् । उनले ६ हजार ४१९ मत प्राप्त गर्दा नेकपा एमालेका विष्‍णु घर्ति मगरले ४ हजार ५६२ मत ल्याएर दोस्रो भइन् ।

झिम्रुक नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहको गृह पालिका हो ।

४ जेठ, प्यूठान । प्यूठानको झिम्रुक गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका पितबहादुर महतरा क्षेत्री निर...

Address

Biratnagar
56613

Website

Alerts

Be the first to know and let us send you an email when News Source posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to News Source:

Videos

Share