Routine of Bhaktapur

Routine of Bhaktapur We have Genuine Content, Important Notices, Amusing Messages, Photographs Of Bhaktapur and so on.

अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमाकाठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएकोछ ।...
12/01/2023

अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा
काठमाडौँ । अब प्लास्टिकको झोलाको विकल्पमा बायोब्यागस बजारमा आउने भएकोछ । मकैको स्टार्चबाट पनि झोला बन्छ भन्दा धेरै मानिसहरू विश्वास गर्दैनन् । यो बायोडिग्रडेबल झोला जस्को नाम बायो ब्यागस् अर्थात जैविक झोला हो ।

बायोब्यागस प्रयोगपछि कम्पोष्ट मलसमेत बनाउन सकिन्छ। बायोब्यागस बाल्दा खरानीमा परिणत हुन्छ जसले यो ब्यागसलाइ वातावरणमैत्री बनाउन्छ ।वातावरणमा सजिलै व्यवस्थापन गर्न सकिने भएकाले यसको नाम नै जैविक झोला हो।प्लास्टिकको झोला प्रयोग गरेपछि न कम्पोष्ट मल बनाउन मिल्छ न त बाल्दा खरानी नै हुन्छ ।

प्लास्टिकको झोलाले वातावरणमा प्रदूषणमात्रै बढेको छ अहिले जताततै प्लास्टिक फोहरमात्रै देखिन्छ, जल, जमिन र जंगलमा प्लास्टिकजन्य फोहरको थुप्रो नै लागेको छ प्लास्टिकजन्य फोहर मानवको लागि मात्र नभई जीवजन्तु र वनस्पतिकै लागि अभिसाप बन्दै आएको छ । जबकी जैविक झोला वातावरणमैत्री छ ।

व्यवस्थापन गर्न जटिल प्लास्टिकको झोलाको विकल्पको रुपमा भक्तपुरको सूर्यविनायक नगरपालिका ९ नंखेलस्थित बायो ब्यागस नेपाल प्रा लिले जैविक झोलाको उत्पादन सुरु गरेका छन्। करिब एक करोड लगानीमा उक्त उद्योग सञ्चालनमा ल्याएको कम्पनीका सञ्चालक दीपेश वेजू बताउँछन् ।

मकैको स्टार्चबाट जैविक झोला बन्ने प्रविधि भित्र्याएका उद्योगी वेजूले जैविक झोलालाई बायो व्यागस नाम दिएका बताए । उद्योगमा एकदर्जन स्थानीय युवाहरुलाई रोजगारीसमेत दिएका र पोखरामा उत्पादन विक्री वितरण गर्न डिलरसमेत सञ्चालनमा ल्याइसकेको जानकारी दिए। अन्य सहरमा समेत डिलर खोल्ने तयारी तीव्र रुपमा भइरहेको उनले बताए। प्लास्टिक झोलाको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्ने बायो ब्यागस नेपाल प्रा लि नेपालमा पहिलो उद्योग हो’, सञ्चालक वेजूले दावी गर्दै भने ।

मकैको स्टार्चबाट बन्ने जैविक झोला प्रयोगपछि कम्पोष्ट मल बनाउन सकिन्छ । बान्दा पनि खरानी बन्छ,खरानी पनि मल नै हो ।उनले उद्योगबाट दैनिक जीवनमा प्रयोग हुने झोलासँगै औद्योगिक, सुपरमार्केट, होटल तथा रेस्टुराँ, किराना पसलमा प्रयोग हुने कभर, पाउच र रोल झोलाको उत्पादन धमाधम भइरहेको बताए। उनका अनुसार दैनिक जीवनमा प्रयोग हुने प्लास्टिकका झोलाजस्तै १ केजी, २ केजी, ५ केजी र १० केजी क्षमताका जैविक झोला उत्पादन भइरहेको बताए। मागअनुसार जुनसुकै तौल र साइजका झोला उत्पादन गर्छौ, सञ्चालक वेजूले भने, ।’

हरेक वर्ष लाखौं टन प्लास्टिकजन्य फोहर ल्यान्डफिल साइट र खोलानालामा फ्याकिन्छ । प्लाष्टिकलाई खाना सम्झेर खाँदा हरेक वर्ष हजारों चराचुरुङ्गी, कछुवा लगायतका जनावरहरू मर्छन्। प्लाष्टिकका झोला जनावरले पचाउन सक्दैन। त्यसैले यो पेटमै रहन्छ, जनावरको पेटमा पुगेको प्लास्टिकले खाना पचाउनबाट रोक्छ, जसबाट धेरै ढिलो गरी ती जनावरले पीडादायी मृत्युवण गर्नुपर्छ। प्लाष्टिकको झोला क्षय हुन एकहजार वर्षसम्म लाग्ने बताइन्छ ।

जुन सबै जीवित प्राणीहरूको लागि हानिकारक साबित हुँदै आएको छ यसको व्यवस्थापनको लागि मानव जातिले चर्का मूल्य चुकाउँदै आउनु परेको छ तैपनि समस्या समाधान हुनुको सट्टा झन् विकराल बन्दै आएको छ। प्लास्टिक बाल्दा वायु प्रदूषण अत्यधिक बढ्छ। यो सइन वर्षों लाग्छ ।
व्यवसायी वेजूले जैविक झोला उत्पादन गर्ने उद्योग स्थापना गर्नुअघि धेरै अध्ययनसमेत गरेका बताए। उनले प्लास्टिकजन्य झोला र अन्य उत्पादनले मानव जीवन र पर्यावरणमा पर्ने असर तथा प्रभावबारे समेत खाजेबिन गरेको बताउँछन्।

प्लास्टिकजन्य उत्पादनबाट फाइदाभन्दा बेफाइदा धेरै देखेपछि यसको विकल्पको रुपमा जैविक झोला उत्पादन गर्नतिर आफू लागेको वेजूको भनाइ छ। मानव जातिले प्रत्येक वर्ष ६ ट्रिलियन प्लास्टिक झोला प्रयोग गर्छ र लगभग ८० प्रतिशत प्लास्टिक पुनः प्रयोग गर्न सकिंदैन। जुन सीधै ल्यान्डफिल वा समुद्रमा फालिन्छ, उनले भने, प्लास्टिक र प्लास्टिकजन्य फोहोरको प्रभावबारे कल्पना गर्नुहोस् न कति कहाली लाग्दो छ।

त्यसैले हामीले विकल्पहरू अघि बढाउन अति आवश्यक भइसक्यो।’ उनले यस किसिमको उद्योग र उत्पादनतर्फ सरकारको समेत ध्यान जानुपर्नेमा धारणा राखे। सरकारले नसके निजी क्षेत्रलाई सहयोग र अनुदान दिन उद्योगी व्यवसायी वेजूले माग गरे । उनका अनुसार प्लास्टिकले मानव जीवनलाई धेरै तरिकामा सजिलो बनाइरहेको छ र यो मानिसको दैनिक जीवनको एक आवश्यक अंश भइसक्यो तर नसड्ने र बाल्न नहुने प्लास्टिकको विकल्पको रुपमा कम्पोस्टेबल एवं बायोडिग्रेडेबल जैविक झोलाको उत्पादन तथा प्रयोग गर्न ढिलो भइसकेको वैजूको तर्क छ।

जैविक झोलालाई कम्पोष्टमा परिणत गरी माटोलाई उर्बर बनाउन सकिन्छ, यी उत्पादनमा कृत्रिम रसायनहरूको प्रयोग हुँदैन। यो जीव जनावरले सजिलै पचाउन समेत सक्छ’, उनले थपे, ‘यसले मानवको स्वास्थ्यसँगै जीवजन्तु तथा विरुवालाई कुनै हानी नोक्सानी गर्दैन। उल्टै पर्यावरण र समुद्र सफा राख्न मद्दत गर्छ। बोटविरुवाको लागि कम्पोष्ट मलको रुपमा खाद्य तत्व आपूर्ति गर्छ।’ उनका अनुसार बायो व्यागम् सामान्य प्लास्टिकका झोला भन्दा डेढ गुणा महंगो छ। तर यसले वातावरण संरक्षण र कृषि उत्पादन बढाउन गर्ने योगदानसामु यो मूल्य केही पनि होइन, वेजूले भने ।

07/12/2022
भक्तपुर जिल्ला बाट  जित हासिल गरेर प्रतिनिधि जानु हुने  सघ तथा प्रदेश उमेदवार  हरु लाइ  बधाई सहित सफल कार्यकाल को शुभकाम...
24/11/2022

भक्तपुर जिल्ला बाट जित हासिल गरेर प्रतिनिधि जानु हुने सघ तथा प्रदेश उमेदवार हरु लाइ बधाई सहित सफल कार्यकाल को शुभकामना

भक्तपुर-२ मा ५५७९० गन्दा  दुर्लभ थापा, काङ्ग्रेस २०८५२                                     महेश बस्नेत,एमाले २०१०९
23/11/2022

भक्तपुर-२ मा ५५७९० गन्दा
दुर्लभ थापा, काङ्ग्रेस २०८५२
महेश बस्नेत,एमाले २०१०९

22/11/2022

Saudi Arabia wins the match against Argentina by 2-1 goal score in ongoing FIFA World Cup 2022.

Updates
22/11/2022

Updates

22/11/2022

Bhaktapur ko Changunarayan area ma 2 ota group bichma gang fight huda 61 Yrs Old male ko death vayeko cha vane Police le 10 janalai arrest gareko cha.

22/11/2022

भक्तपुर क्षेत्र नं २ (प्रतिनिधि सभा)

दुर्लभ थापा 🌳 (काँग्रेस) १२०५३
महेश बस्नेत ☀ (एमाले) १०७६२
प्रदेश ख
एमाले ५५५९
काँग्रेस ४९९६

21/11/2022

भक्तपुर क्षेत्र नं २ (प्रतिनिधि सभा) तर्फ अहिलेसम्मको ताजा अपडेट:

दुर्लभ थापा (रुख)-६२०२
महेश बस्नेत (सूर्य)-५५१०
साजन विश्वकर्मा (घण्टी)-१११६
अनुराधा थापामगर (मादल)-१०८७
मोहन केसी (हलो)-६९३

21/11/2022

१५००० गन्दा भक्तपुर २
दुर्लभ थापा : ६१८४
महेश बस्नेत : ५५०९

21/11/2022

भक्तपुर २ ख( मध्यपुर)
मादल - ११०३ ( रमेश वैद्य)
कलम- ७३६ ( राजेन्द्र मान श्रेष्ठ )
सुर्य - ६४० ( चन्दन कृश्न श्रेष्ठ )

21/11/2022

भक्तपुर क्षेत्र नं. १ प्रदेश(क) को दिउँसो १:३० बजेसम्मको मतपरिणाम:
रुख : १६४२
सूर्य :७९८
हलो :४४१
मादल :२८४
लौरो : ५३
जेब्रा :१२

21/11/2022

भक्तपुर क्षेत्र नं २ को अहिले १२ बजेसम्मको ताजा अवस्था:
🌳 दुर्लभ थापा (नेपाली काँग्रेस): ४११२
☀ महेश बस्नेत (एमाले): ३६८०
(मत अन्तर: ४३२)

21/11/2022

भक्तपुर क्षेत्र नं १ प्रदेश क अपडेट
चाँगु मावि मतदान स्थल
मत गणना संख्या : १३११
सूर्य : १६०
रूख : ८४४
मादल : ४८
हलाे : १८७
लाैराे : २३
बदर : २५

21/11/2022

भक्तपुर क्षेत्र नं २ (प्रतिनिधि सभा)

कटुञ्जे -५ घ, मध्यपुर-१, युनिक लोकन्थली क, मध्यपुर -३, आदर्श आजाद ग, आदर्श जनप्रेमी क, सिरुटार, सोमलिङ्गेश्वर-१, क को मत गणना हुँदै:

अहिलेसम्मको ताजा मत परिणाम:
नेपाली काँग्रेस: २२२८
एमाले: १६३०
घण्टि: ४२४
मादल: २५०
हलो: २३२

(बदर मतसंख्या: ९३)

Press Release regarding New International Flight Routes to Various Cities of India from Pokhara International Airport.  ...
21/11/2022

Press Release regarding New International Flight Routes to Various Cities of India from Pokhara International Airport.

19/11/2022

अनलाईन जुवा खेलिरहेको अवस्थामा ४४ पक्राउ: Nepal ra UAE bichma vayeko ODI series ma online live betting (जुवा) kheleko awasthama Police le 44 janalai arrest gareko cha.

18/11/2022

मर्जरका कारण रोकिएको इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार फुकुवा
मंगलबारबाट सेयर कारोबार हुने ।।

18/11/2022

मौन अबधि सुरु भैसकेको छ।
अब कसैको प्रचारप्रसार गर्न पाईदैन।
गरिब बस्ती बस्ती मा पैसा बाड्न छिर्लान याद गरौ
खबरदार, गरिबहरुको भाबनामाथी खेलभाड नगरियोस।

ह्वाट्सएपमा अब व्यवसाय पनि खोज्न सकिने
18/11/2022

ह्वाट्सएपमा अब व्यवसाय पनि खोज्न सकिने

Qatar welcomes first World Cup teams ahead of Sunday's opener
18/11/2022

Qatar welcomes first World Cup teams ahead of Sunday's opener

अब Khalti Digital Wallet बाट WorldCup को sabai matches ko TV Package Rs.500 +VAT मा Subscribe गर्न सकिनेछ। People can go...
17/11/2022

अब Khalti Digital Wallet बाट WorldCup को sabai matches ko TV Package Rs.500 +VAT मा Subscribe गर्न सकिनेछ। People can go to Khalti app and search "Worldcup" to buy.

Address

Suryabinayak
Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Routine of Bhaktapur posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Routine of Bhaktapur:

Share

Nearby media companies


Other News & Media Websites in Bhaktapur

Show All