Corporateaawaj.com

Corporateaawaj.com Online portal corporateaawaj.com is popular among all the age.

It delivers latest national News including Corporate, Share market, Banking, Insurance, political and sports news.

30/09/2022

Former King Gyanendra Bir Bikram Shah Dev released a Dashain Subhakamana video saying, "प्यारा नेपाली दिदिबहिनी तथा दाजुभाई, समाजमा सत्य स्थापित गर्ने, सद्भा...

टिभिएसको भक्तपुरको आधिकारिक विक्रेता आर डि अटो ग्रुप, सल्लाघारी सोरुमले ग्राण्ड एक्सेन्ज मेला आज देखि ६ दिन आयोजना गर्दै...
18/09/2022

टिभिएसको भक्तपुरको आधिकारिक विक्रेता आर डि अटो ग्रुप, सल्लाघारी सोरुमले ग्राण्ड एक्सेन्ज मेला आज देखि ६ दिन आयोजना गर्दैछ । आज देखि सुरु हुने मेला असोज ७ सम्म चल्ने छ । मेला भक्तपुर घलाते स्थित यो यो व्याक्वेतमा सञ्चालन हुनेछ । मेलामा टिभिएस ब्रान्डका मोटरसाइकल तथा स्कुटरको ग्रान्ड एक्सेन् जगर्न सकिने सोरुमका संचालक दिपेश वेंजुले जानकारी दिनुभयो ।मेलामा जुनसुकै कम्पनीका बाइक तथा स्कुटर साट्न सकिने उनले बताए । जुनसुकै कम्पनीका पुराना बाइक तथा स्कुटरको भ्यालु एडिसन सात हजार थप गरिने छ । यस्तै, नयाँ बाइक तथा स्कुटर खरिद गर्दा न्यूनतम २० प्रतिशत डाउन पेमेन्ट गर्न सकिने संचालक आकाश श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, नयाँ बाइक तथा स्कुटर खरिदमा हेलमेट, बाइककभर, म्याट र ग्लोब बक्स फ्रिमा उपलब्ध गराउने संचालक श्रेष्ठले बताए । चाडपर्वलक्षित विभिन्न योजना समेत रहेको उनले बताए ।

टिभिएसको भक्तपुरको आधिकारिक विक्रेता आर डि अटो ग्रुप, सल्लाघारी सोरुमले ग्राण्ड एक्सेन्ज मेला आज देखि ६ दिन आयोज...

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उत्तर प्रदेशमा दोस्रोपटक मुख्यमन्त्री बन...
11/07/2022

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उत्तर प्रदेशमा दोस्रोपटक मुख्यमन्त्री बनेका योगी पशुपतिनाथ मन्दिरको दर्शन तथा राजनीतिक भेटघाटका लागि नेपाल भ्रमणमा आउन लागेको सम्बद्ध स्रोतले जानकारी दिएको छ । उत्तर प्रदेशको मुख्यमन्त्री बनेपछि मुख्यमन्त्री आदित्यनाथ नेपाल भ्रमणमा आएका छैनन् । उनी नेपाल सरकारको निम्तोमा नेपाल आउन लागेको बताइएको छ । उनी साउनको अन्तिम सातातिर काठमाडौं आउनेगरी तयारी भइरहेको छ ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उत्तर प्रदेशमा दोस्रोपटक मुख्य...

आज सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा दर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तर प्र...
11/07/2022

आज सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा दर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन्तर प्रदेश, यात्रुवाहक तथा मालवाहक गाडीको भाडा दर बढेको जनाएको हो । विभागका अनुसार यात्रुवाहक गाडीमा एक दशमलव ७९ प्रतिशतले भाडा बढेको छ । यस्तै पहाडी बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा दुई दशमलव ३४ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक गाडीमा २ दशमलव ६ प्रतिशतले भाडा दर समायोजन भएको छ । वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालित रूपमा भाडा दर परिवर्तन हुने उल्लेख छ ।

आज सोमबारदेखि लागू हुने गरी सार्वजनिक गाडीको भाडा दर बढेको छ । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अन....

सुनचाँदी ब्यवसायीहरुबीच यस क्षेत्रमा हुनै सवै खालका कारोबार र ब्यवसायिक गतिविधीहरुमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठ...
11/07/2022

सुनचाँदी ब्यवसायीहरुबीच यस क्षेत्रमा हुनै सवै खालका कारोबार र ब्यवसायिक गतिविधीहरुमा एकरुपमा ल्याउने निर्णय भएको छ । काठमाडौंमा शोमबार सम्पन्न नेपाल सुनचाँदी ब्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघबीच यस्तो सहमति भएको हो । दुईमहासंघबीच भएको सहमतिका क्रममा दुवै महासंघको काठमाडौं उपत्यकाका विभिन्न जिल्लाका प्रतिनिधीहरुको समेत सहभागिता रहेको थियो । यो निर्णय सँगै सुनको आपूर्ति तथा बिक्रिवितरण, मुल्यनिर्धारण प्रकृया, बिक्रिपछिको खरिद प्रकृया, ज्याला, जर्ति तथा टोलरेन्स लगायतका बिषयमा ब्यवसायिबीच एकरुपता आउने बिश्वास गरिएको छ ।...

सुनचाँदी ब्यवसायीहरुबीच यस क्षेत्रमा हुनै सवै खालका कारोबार र ब्यवसायिक गतिविधीहरुमा एकरुपमा ल्याउने निर्णय भ....

संगठनको कामकारबाही, हतियार तथा जनशक्तिसम्बन्धि संवेदनशील ‘लिक’ गरेको आरोपमा सशस्त्र प्रहरी बलका एक हवल्दार जेल चलान भभएक...
11/07/2022

संगठनको कामकारबाही, हतियार तथा जनशक्तिसम्बन्धि संवेदनशील ‘लिक’ गरेको आरोपमा सशस्त्र प्रहरी बलका एक हवल्दार जेल चलान भभएका छन् । सशस्त्र प्रहरी बल अदालतले सशस्त्र प्रहरी बल, नेपाल नं. २५ चण्डिका गण हेडक्वार्टर पर्वत दरबन्दी भई हाल सशस्त्र प्रहरी बल, नेपाल नं. ४४ गण हेडक्वार्टर दार्चुलामा काज कार्यरत कामु बरिष्ठ हवल्दार नरेश सिंह साहुलाई थुनामा पठाइएको हो। संगठनको गोप्य र संवेदनशील सूचना भाइबर लगायत सामाजिक संजाल मार्फत संचारमाध्यमलाइ उपलब्ध गराउने तथा संगठनका विरुद्ध वेनामी उजुरी समेत हालेको छानबिनमा खुलेको थियो ।...

संगठनको कामकारबाही, हतियार तथा जनशक्तिसम्बन्धि संवेदनशील ‘लिक’ गरेको आरोपमा सशस्त्र प्रहरी बलका एक हवल्दार जेल...

धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ । फोहोर फालेबापत सो प्राली...
11/07/2022

धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ । फोहोर फालेबापत सो प्रालीले महानगरलाई २५ हजार जरिवाना तिरेको हो । जरिवाना तिराएपछि महानगरका मेयर बालेन्द्र शाहले यस्ता कार्यहरू आगामी दिन नदोहोर्‍याउन आग्रह गरेका छन् । उनले यस्तो कामहरू भइरहेको खण्डमा सार्वजनिक रूपमा ध्यानाकर्षण गराउन पनि आग्रह गरेका छन् र कुनै पनि अवाञ्छित कार्यहरू कसैले नगर्न र गरेको पाइए त्यसप्रति चनाखो हुने पनि उनले आग्रह गरेका छन् ।

धोबिखोलामा फोहोर फाल्ने प्राक्टीकल वेष्ट सोलुसन प्रालीलाई काठमाडौं महानगरले जरिवाना तिराएको छ । फोहोर फालेबाप....

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार सरकारको नियमित भुक्तानी रोकिएको छ । उक्त नियमावली अनुसार ...
11/07/2022

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार सरकारको नियमित भुक्तानी रोकिएको छ । उक्त नियमावली अनुसार विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकमबाहेक सबै भुक्तानी दिनु पर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनु भन्दा सात दिन अगावै नै निकासा र खर्चको लेखा अध्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्छ । चालु आर्थिक वर्ष सकिन सोमबारसहित ६ दिन मात्र बाँकी छ ।...

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ अनुसार सरकारको नियमित भुक्तानी रोकिएको छ । उक्त नियमाव...

पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो। स्वास...
11/07/2022

पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८३४ जनाको पीसीआर परीक्षण गर्दा १२९ जना र ११८६ जनाको एन्टिजेन परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ। योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ७७० पुगेको छ। पछिल्लो २४ घण्टामा ३७ जना संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा थप १६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ३ हजार २० जनाको परीक्षणमा १६८ जनामा संक्रमण भएको हो....

ग्लोबल आईएमई बैंकको पहुँच ७७ वटै जिल्लामा पुगेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी सुरेन्द्रराज ...
11/07/2022

ग्लोबल आईएमई बैंकको पहुँच ७७ वटै जिल्लामा पुगेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी सुरेन्द्रराज रेग्मीका अनुसार लक्ष्य अनुसार नै बै‌कले ७७ वटै जिल्लामा सेवा विस्तार गरेको हो । बैंकको सेवा विस्तारबारे उनले भने, ‘’उदेश्य के लिनु उडी छुनु चन्द्र एक’ भने झैं हामीले लिएको लक्ष्य पूरा गरेका छौं ।’ ११ महिनामै बैंकले लिएको लक्ष्य पूरा भएको उनी बताउँछन् ।...

 ग्लोबल आईएमई बैंकको पहुँच ७७ वटै जिल्लामा पुगेको छ । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत एवं सूचना अधिकारी सुरे....

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । विदेशी होस् य...
11/07/2022

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । विदेशी होस् या स्वदेशी काठमाडौं उत्रेपछि एक पटक ठमेल नपुग्ने सायदै होलान् । पर्यटक लक्षित विभिन्न पेसा र व्यवसाय अङ्गालेर बसेका ठमेल क्षेत्रका पर्यटन व्यवसायीको साझा संस्था ठमेल पर्यटन विकास परिषद्को नेतृत्व निकै आकर्षण मानिन्छ । सोही संस्थाको आगामी अधिवेशनबाट नयाँ नेतृत्व हत्याउनका लागि व्यवसायीले दुई समूहमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्षसहितका पदाधिकारी सदस्यका लागि दुई समूहबीच चुनावी प्रतिस्पर्धा हुने भएको हो । यही असार ३२ गते हुने परिषद्को निर्वाचनमा अध्यक्ष पदका लागि पर्यटन व्यवसायी भविश्वर शर्माले उम्मेदवारी दिएका छन् भने अर्का व्यवसायी धुर्व अधिकारीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् ।...

सङ्घीय राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेल स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्यको रुपमा मानिन्छ । विद...

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ए५७ र ए७७ सार्वजनिक गर्ने भएको छ । लामो समयसम्म टिक्ने ब्याट्री, फ्ल्या...
11/07/2022

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ए५७ र ए७७ सार्वजनिक गर्ने भएको छ । लामो समयसम्म टिक्ने ब्याट्री, फ्ल्यास चार्जिङ र आकर्षण डिजाइनका साथ कम्पनीले यो फोन नेपाली प्रयोगकर्ता माझ उपलब्ध गराउने भएको हो । ओप्पो ‘ए’ सिरिज बजेट स्मार्टफोन हुन् । ‘ए’ सिरिज अन्तर्गत यसअघि आएका स्मार्टफोनमा उपलब्ध फिचरलाई परिमार्जित गर्दै यी दुई स्मार्टफोन सार्वजनिक गर्ने भएको हो । कम्पनीका अनुसार यी फोन प्रिमियम टुडी र फ्ल्यागशिप डिजाइनमा उपलब्ध हुनेछ ।...

चिनियाँ स्मार्टफोन ब्राण्ड ओप्पोले नेपाली बजारमा ए५७ र ए७७ सार्वजनिक गर्ने भएको छ । लामो समयसम्म टिक्ने ब्याट्र....

बैंक तथा वित्तीय संस्थामा कर्जा ब्याजदर ‘प्रि–कोभिड’ को नजिक पुगेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तमा वाणिज्य बैंकहरुक...
11/07/2022

बैंक तथा वित्तीय संस्थामा कर्जा ब्याजदर ‘प्रि–कोभिड’ को नजिक पुगेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत व्याजदर ११.५४ प्रतिशत पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । चैत मसान्त २०७६ मा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत व्याजदर ११.७७ प्रतिशत रहेको थियो । वाणिज्य बैंकहरुको औसत आधार व्याजदर (बेस रेट) भने ‘प्रि–कोभिड’ को भन्दा माथि पुगेको छ । चैत २०७६ मा ९.३६ प्रतिशत रहेको वाणिज्य बैंकको बेस रेट ९.३९ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । असार मासान्त २०७८ मा भने वाणिज्य बैंकहरुको बेस रेट ६.८६ प्रतिशतमा झरेको थियो । …...

बैंक तथा वित्तीय संस्थामा कर्जा ब्याजदर ‘प्रि–कोभिड’ को नजिक पुगेको छ । चालु आर्थिक वर्षको जेठ मसान्तमा वाणिज्य ...

दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार शुक्रबार हृदयघात भएपछि उनलाई अ...
11/07/2022

दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार शुक्रबार हृदयघात भएपछि उनलाई अस्पतालमा भर्ना गरिएकाे हाे। उनलाई चेन्नइको काभेरी अस्पतालमा भर्ना गरिएको छ। उनको स्वास्थ्य स्थितिबारे डाक्टरले केही जानकारी दिएका छैनन्। अभिनेता विक्रमको प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत उनको स्वास्थ्य सुधारको कामना गरिरहेका छन्। उनी शुक्रबार साँझ ६ बजे फिल्म 'पोन्नियिन सेलवन पार्ट १' को टिजर सार्वजनिक कार्यक्रममा सहभागी हुने बताइएको थियो। फिल्ममा उनी मुख्य भूमिकामा छन्। एपिक ड्रामा फिल्ममा उनीसँगै बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनको पनि अभिनय रहेको छ। फिल्मको ले‍खन र निर्देशन द्वय मणिरत्नम स्वयम्ले गरे‍का हुन्।

दक्षिण भारतीय अभिनेता विक्रम अस्पतालमा भर्ना भएका छन्। भारतीय सञ्चार माध्यम आजतकका अनुसार शुक्रबार हृदयघात भए.....

गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार...
11/07/2022

गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक्षित उपहार उत्पादन गरेर बिक्री वितरण गर्ने भएका हुन् । लुम्बिनीका स्थानीयवासीलाई बुद्ध कला, साहित्य र संस्कृति झल्किने उपहारका सामग्री उत्पादनमा आर्थिक र प्राविधिक सहयोग प्रदेश सरकार र पर्यटन व्यवसायीले गरेपछि सो को तयारी गरिएको हो । यसरी उत्पादन हुने उपहार पर्यटकलाई बिक्री वितरण गरिने लुम्बिनी सांस्कृतिक नगरपालिकाले जनाएको छ...

गौतमबुद्धको जन्मस्थल लुम्बिनी आउने पर्यटकलाई अब स्थानीय उपहार प्रदान गरिने भएको छ । स्थानीय समुदायले पर्यटक लक.....

नबिल बैंकमा मर्ज भएको नेपाल बंगलादेश बैंकका शेयरधनीहरुलाई नबिल बैंकको पछिल्लो शेयर मूल्यका आधारमा चरम घाटा देखिएको छ । म...
11/07/2022

नबिल बैंकमा मर्ज भएको नेपाल बंगलादेश बैंकका शेयरधनीहरुलाई नबिल बैंकको पछिल्लो शेयर मूल्यका आधारमा चरम घाटा देखिएको छ । मर्जर हुने हल्लाले नेपाल बंगलादेश बैंकको शेयर खरिद गर्नेहरुले कारोबारको सुरुवाति अवस्थामै घाटा बेहोर्ने भएका छन् । अहिले नविल बैंकको शेयर मूल्य ७९९ रुपैयाँ हाराहारी छ । गत शुक्रवारको क्लोजिङ प्राइज ८२६ रुपैयाँ थियो । बजार लगातार तल झरिरहेको हुँदा नविल बैंकको शेयर मूल्यमा पनि चरम गिरावट आएको छ । जवकी नेपाल बंगलादेश बैंकको कारोबार ३९९ रुपैयाँमा बन्द भएको थियो । बैंकको १८० दिनको औषत शेयर मूल्य हेर्ने हो भने ४०७ रुपैयाँ पर्न जान्छ भने १२० दिनको औषत मूल्य ४१४ रुपैयाँ छ । एक वर्षको अवधिमा बंगलादेश बैंकको शेयर मूल्य अधिकतम ५१५ रुपैयाँसम्म पुग्यो । …...

नबिल बैंकमा मर्ज भएको नेपाल बंगलादेश बैंकका शेयरधनीहरुलाई नबिल बैंकको पछिल्लो शेयर मूल्यका आधारमा चरम घाटा देख.....

काठमाडौं । आज नेप्से उच्च अंकले घटेको छ । सेयर बजार ७७.०१ अंकले घट्दा नेप्से परिसूचक १९१५.६१ अंकमा आएको छ । २ अर्ब ३२ कर...
11/07/2022

काठमाडौं । आज नेप्से उच्च अंकले घटेको छ । सेयर बजार ७७.०१ अंकले घट्दा नेप्से परिसूचक १९१५.६१ अंकमा आएको छ । २ अर्ब ३२ करोड ५६ लाख रुपैयाँ बराबरको आज सेयर कारोबार भएको छ । २ सय २७ वटा कम्पनीको आज ६३ लाख १३ हजार ६ सय ४१ कित्ता सेयर खरिदबिक्री भएको हो । २ सय २७ वटा कम्पनी मध्ये ६ वटा मात्रै कम्पनीको सेयर मूल्य सामान्य अंकले वृद्धि भएको छ । आज सानिमा बैंकको ऋणपत्र २ प्रतिशत सेयर मूल्य वृद्धि भएको हो ।हिमालयन डिस्टिलरीको सबैभन्दा धेरै सेयर कारोबार भएको छ । सो कम्पनीको आज ११ करोड ४ लाख बराबरको सेयर कारोबार भएको हो ।

काठमाडौं । आज नेप्से उच्च अंकले घटेको छ । सेयर बजार ७७.०१ अंकले घट्दा नेप्से परिसूचक १९१५.६१ अंकमा आएको छ । २ अर्ब ३.....

मुक्तिनाथ विकास बैंक लि.ले घोराही उप.म.न.पा. वडा नं. ५ धारापानी दाङस्थित पवित्र धार्मिक स्थल श्री पाण्डवेश्वर महादेव मन्...
11/07/2022

मुक्तिनाथ विकास बैंक लि.ले घोराही उप.म.न.पा. वडा नं. ५ धारापानी दाङस्थित पवित्र धार्मिक स्थल श्री पाण्डवेश्वर महादेव मन्दिरमा प्रतिक्षालय निर्माण गरेको छ । सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संध संस्थाहरुलाई सहयोग गर्दै आएको बैंकले उक्त मन्दिरमा भक्तजनहरुको लागि विश्राम गर्न प्रतिक्षालय निर्माण गरेको प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङले जानकारी दिए ।प्रतिक्षालय एक कार्यक्रमबीच बैंकले हस्तान्तरण गरेको छ । बैंकका घोराही शाखा प्रमुख विकास केसीले मन्दिरका व्यवस्थापन समितिका अध्यक्ष गणेश कुमार अधिकारी मन्दिर हस्तान्तरण गरे । उक्त अवसरमा समितिका अन्य पदाधिकारीहरुको पनि उपस्थिति थियो । सहयोगबाट मन्दिरमा पाल्ने भक्तजनहरुलाई विश्राम गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ । मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सेवा क्षेत्रका व्यक्तिहरुको हितमा काम हुने विश्वास लिएको छ ।

मुक्तिनाथ विकास बैंक लि.ले घोराही उप.म.न.पा. वडा नं. ५ धारापानी दाङस्थित पवित्र धार्मिक स्थल श्री पाण्डवेश्वर महाद.....

नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त सहित तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिक्लेस हाइड्रोपावर ...
11/07/2022

नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त सहित तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था, र अभियान लघुवित्त वित्तीय संस्थालाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले सिक्लेस हाइड्रोपावर लिमिटेडलाई असार २३ गते आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । सिक्लेसले आयोजना प्रभावित र सर्वसाधारणको लागि २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्नेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल रहेको छ ।...

नेपाल धितोपत्र बोर्डले दुई लघुवित्त सहित तीन कम्पनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको छ । बोर्डले सिक्लेस हाइ....

पछिल्ला महिनामा रेमिट्यान्समा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउनदे...
11/07/2022

पछिल्ला महिनामा रेमिट्यान्समा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को वित्तीय विवरणअनुसार सो अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा ३.८ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ ।अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड डलर पुगेको छ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको संख्या बढ्दा हाल रेमिट्यान्समा सुधार देखिएको हो । केही महिनाअघिसम्मको समीक्षा अवधिमा रेमिट्यान्सको वृद्धिदर ऋणात्मक थियो । रेमिट्यान्स घट्दा त्यसको असर विदेशी मुद्रा सञ्चितिमा परेकाे थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाा र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ । यस्तो स्वीकृति लिनेको संख्या यो ११ महिनाको अवधिमा ३ लाख १३ हजार ३६७ पुगेको छ ।

पछिल्ला महिनामा रेमिट्यान्समा सुधार देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महि.....

आइतबार सार्वजनिक बिदा हुने भएको छ।  गृहमन्त्रालयले ईदको अवसरमा बिदा दिन लागेको हो। मन्त्रालयले निर्णय भइसके पनि सार्वजनि...
07/07/2022

आइतबार सार्वजनिक बिदा हुने भएको छ। गृहमन्त्रालयले ईदको अवसरमा बिदा दिन लागेको हो। मन्त्रालयले निर्णय भइसके पनि सार्वजनिक भने गरेको छैन। 'बिदा दिने निर्णय भइसकेको छ। केही समयमा नै बिदा सार्वजनिक गर्ने छौं,' गृहमन्त्रालयका एक कर्मचारीले भने। मुस्लिम आयोगले गृहमन्त्रालयलाई ईदको अवसरमा आइतबार बिदा दिन सिफारिस गरेको थियो।

आइतबार सार्वजनिक बिदा हुने भएको छ। गृहमन्त्रालयले ईदको अवसरमा बिदा दिन लागेको हो। मन्त्रालयले निर्णय भइसके पनि ....

काठमाडौँ — बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ अंक घटेको छ । १६.६० अंक घटेसँगै नेप्से २०२७ अंकमा कायम भएको छ । कुल १ अ...
07/07/2022

काठमाडौँ — बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ अंक घटेको छ । १६.६० अंक घटेसँगै नेप्से २०२७ अंकमा कायम भएको छ । कुल १ अर्ब ८० करोड रुपैयाँको कारोबार भयो । सबैजसो उपसमूह घटेका छन् । बैंकिङ ८, विकास बैंक ४६, फाइनान्स ७, होटल तथा पर्यटन ३१, जलविद्युत् १५, जीवन बीमा ११५, उत्पादन ४३, माइक्रोफाइनान्स ३७, निर्जीवन बीमा ३३, अन्य २२ र ब्यापार उपसमूह २३ अंक घटे । आरबीबी म्युचुअल फण्ड १, माउन्टेन हाइड्रो र सिटिजन्स म्युचुअल फण्डको मूल्य ३ प्रतिशत बढ्यो । समिट लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशत घट्यो । लाइफ इन्स्योरेन्स कर्पोरेसन, अरुणकाबेली, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी र माथिल्लो तामाकोसी कारोबार रकमका आधारमा क्रमश: अगाडि रहे । बजारको पुँजीकरण २८ खर्ब ९१ अर्बमा झरेको छ ।

काठमाडौँ — बिहीबार सेयर बजारको परिसूचक नेप्से १६ अंक घटेको छ । १६.६० अंक घटेसँगै नेप्से २०२७ अंकमा कायम भएको छ । क....

काठमाडौँ — काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको 'सफ्...
07/07/2022

काठमाडौँ — काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली बसको 'सफ्ट लन्च' गरेको हो । हाल साझासँग ३ वटा बिजुली बस छन् ।यी बस २ वटा रुटमा चल्नेछन् । एउटा बस लगनखेल–जावालाखेल–त्रिपुरेश्वर–लैनचौर–बाँसबारी हुँदै बुढानिलकण्ठसम्म चल्ने छ । अर्का दुई वटा बस माछापोखरी–बालाजु–सोह्रखुट्टे– पुरानो बसपार्क–माइतिघर, तिनकुने हुँदै एयरपोर्टसम्म चल्ने साझाले जनाएको छ । यी विद्युतीय बस अपांगमैत्री छन् ।...

काठमाडौँ — काठमाडौं उपत्यकामा साझा यातायातका बिजुली बस गुड्न थालेका छन् । आज एक कार्यक्रमकाबीच साझाले ३ बिजुली ब...

एनआईसी एशिया बैंकले पछिल्लो पटक निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एनआईसी एश...
07/07/2022

एनआईसी एशिया बैंकले पछिल्लो पटक निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ ल्याएको छ । यो नयाँ योजना अझै लोकप्रिय हुने विश्वास बैंकले लिएको छ । बैंकले ल्याएको यो नयाँ योजना व्यक्तिगत, संस्थागत एवं रेमिन्टेस पठाउने ग्राहकलाई लक्षित गरिएको छ । छोटो अवधिसम्म लागू हुने यो योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरेअनुसार डबल देखि १० गुणासम्म निक्षेप रकम फिर्ता पाउनेछन् । निक्षेपकर्ताहरूले आफूले निक्षेप गरेको रकमको ८० प्रतिशत बराबर रकम कर्जासमेत लिन सक्नेछन् । यो नयाँ योजना अन्य बैंकको तुलनामा निक्षेपकर्तालाई अत्यधिक फाइदा रहेको एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) रोशन कुमार न्यौपाने बताए । यसले आम जनमानसको बैंकिङ्ग आवश्यकता, चाहना तथा अपेक्षा पूरा गर्ने विश्वास बैंकले लिएको न्यौपानेको भनाई छ ।...

एनआईसी एशिया बैंकले पछिल्लो पटक निक्षेप रकमको १० गुणासम्म रकम फिर्ता हुने सर्वाधिक उच्च ब्याजदर सहितको नवीनतम ‘....

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अनावश्यक र विलासीताका वस्तुहरुको आयातमा गरिएको कडाइलाई थप नि...
07/07/2022

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अनावश्यक र विलासीताका वस्तुहरुको आयातमा गरिएको कडाइलाई थप निरन्तरता दिँदै निर्यात प्रवद्र्धन गर्न उत्पादन मुलक क्षेत्रमा लगानी विस्तार गर्नु पर्नेमा जोड दिएको छ । त्यस्तै, अति आवश्यक कृषिजन्य कच्चा पदार्थ बाहेक अन्य कृषिजन्य वस्तु तथा सामाग्रीको आयातमा रोक लगाउन पनि सुझाव दिएको छ । अनुत्पादक वा कम उत्पादक क्षेत्रमा प्रवाह हुने ऋणभन्दा उत्पादनजन्य उद्योगहरूमा प्रवाह हुने ऋणको ब्याजदरमा ४ प्रतिशत कम गरी उपलब्ध गराउने सिविफिनको सुझाव छ । अर्थतन्त्रले थेग्न नसक्ने गरी बढेको व्यापार घाटा र समस्याग्रस्त बन्दै गएका उद्योग व्यवसायहरुको पुनरुत्थानका लागि विशेष व्यवस्था गर्न सुझाव दिएको छ ।...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)ले अनावश्यक र विलासीताका वस्तुहरुको आयातमा गरिएको कडाइ....

Address

Bhaktapur

Alerts

Be the first to know and let us send you an email when Corporateaawaj.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Corporateaawaj.com:

Videos

Share


Other News & Media Websites in Bhaktapur

Show All