पत्रकारिता समाजको ऐना हो । तर, अहिलेको परिवेशलाई नजिकबाट नियाल्ने हो भने पत्रकारिता क्षेत्र ब्यापारिक क्षेत्रका रुपमा परिवर्तन भएको आभास हुन थालेको छ । समाचारका नाममा दिगभ्रमित बनाउने शिर्षक सहितको समाचारहरु प्रकाशन भई रहेका छन् । जसका कारण आम जनमानसमा समाचारको वास्तविकता भन्दा पनि भ्रमित बनाउने कुराहरु छिटो आम समुदायमा परिरहेको छ ।
डिजिटल माध्यमबाट पाठकहरुलाई स्वतन्त्र र सन्तुलित समाचार, विचार र
लेखहरु पस्कनका लागि हामी आएका छौं । अर्थात् हामी ‘खबरको सहि ठेगाना’को नारा लिएर उज्यालो पत्र डटकमको माध्यमवाट डिजिटल पत्रकारिता क्षेत्रमा होमिएका छौं । हामी अर्थात् उज्यालो पत्र डटकम मार्फत् समाजलाई जस्ताको तस्तै देखाउनेछौंँ पाठकहरुलाई । यो हाम्रो वाचा हो । हामी ढिलो नै सही तर सत्य खबर पाठकहरुलाई दिनेछौं । पत्रकारितामा गल्ति अक्षम्य छ । हामी अवसरको सदुपयोग गर्नेछौं ।
अन्त्यमा,
हामी यो यात्रामा निस्किएका छौं तपाईंहरुको सहयात्री बनेर । हामीलाई यो यात्रामा सफल हुन पाठकहरुको सहयोग अनिवार्य रहेको छ । हामी सदैब सुझावको प्रतीक्षामा छौं । धन्यवाद ।