Kamal Bazar Dainik

Kamal Bazar Dainik Official page of Kamalbazar Dainik

13/06/2024

KBM TV www.kamalbazardainik.com Kamalbajar Media Pvt Ltd Kamalbazar MediaHikmat Nepali KBM TV Kamalbazar Update Achham Update Khabar

पछिल्ला ९ महिनामा मात्र विदेश पढ्न जाने विद्यार्थीहरुमार्फत नेपालबाट 95 अर्ब 85 करोड रुपैयाँ बाहिरिएको छ ।
13/06/2024

पछिल्ला ९ महिनामा मात्र विदेश पढ्न जाने विद्यार्थीहरुमार्फत नेपालबाट 95 अर्ब 85 करोड रुपैयाँ बाहिरिएको छ ।

शैक्षिक गुणस्तर तथा व्यवस्थापन सुधारका लागि  अन्तरक्रिया कार्यक्रम कमलबजारमा आज सम्पन्नशैक्षिक गुणस्तर तथा व्यवस्थापन सु...
12/06/2024

शैक्षिक गुणस्तर तथा व्यवस्थापन सुधारका लागि अन्तरक्रिया कार्यक्रम कमलबजारमा आज सम्पन्न

शैक्षिक गुणस्तर तथा व्यवस्थापन सुधारका लागि अन्तरक्रिया कार्यक्रम कमलबजार नगरपालिकामा आज सम्पन्न भएको छ । समग्र शैक्षिक गुणस्तर कायम गर्न उक्त अन्तरक्रिया कार्यक्रम गरिएको स्रोतले जनाएको हो । कमलबजार नगरपालिकाका ४५ वटा विद्यालयका प्रधानाध्यापकहरू लगायत अन्य शिक्षकहरू अन्तरक्रिया कार्यक्रममा सहभागी भएका थिए।

शिक्षाविद विद्यानाथ कोइराला, जनज्योति माविका प्रधानाध्यापक एवं पढ्दै कमाउँदै कार्यक्रमका प्रबन्धक सामाजिक अभियान्ता नारायण प्रसाद सिग्देल लगायतको टोलीले अन्तरक्रिया कार्यक्रमको प्रशिक्षण दिनुभएको थियो।

यस्तै नगर प्रमुख यज्ञ प्रसाद ढकाले कार्यक्रमको समापन गर्दै नगरपालिका भरिका विद्यालय हरूमा शिक्षालाई गुणस्तरीय बनाउनका लागि आफ्नो तर्फबाट निरन्तर पहल गर्ने बताउनुभएको छ। यस्तै उहाँले प्रधानाध्यापकहरूलाई आधारित शिक्षामा समेत जोड दिन र सोको गृहकार्य नगरपालिकाले गरिरहने बताउनुभएको छ।साथै उहाँले शिक्षकहरूलाई आफ्नो पेशामा क्रियाशील भएर शैक्षिक क्षेत्रमा ध्यान दिन समेत सुझाव दिनुभएको थियो। अन्तरक्रिया कार्यक्रममा सिकेका कुरालाई व्यवहारमा ल्याउन पनि उहाँले आग्रह गर्नुभयो।

यस्तै विशिष्ट अतिथिको आसनबाट बोल्दै कमलबजार नगरपालिकाका नगर उपप्रमुख शारदाकुमारी बिष्टले नगरका १० वटै वडाका विद्यालयहरूमा शैक्षिक सुधार गर्नका लागि नगरपालिकाले विशेष पहल गर्ने बताउदै दुई दिने अन्तरक्रिया कार्यक्रममा सिकेको कुरालाई व्यवहारमा उतार्न पनि आग्रह गर्नुभएको थियो।

यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका सामाजिक विकास समिति संयोजक एवं वडा नं ६ का वडाध्यक्ष लालबहादुर शाहीले गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि प्रत्येक विद्यालयका शिक्षकहरूले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभएको छ। यस्तै उहाँले वडा नम्बर ६ का प्रत्येक विद्यालयमा सिसी क्यामेरा जडान गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ।

नगर प्रमुख यज्ञप्रसाद ढकालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डाक्टर हरिप्रसाद लम्सल रहनुभएको थियो। यस्तै समापन कार्यक्रममा नगर उपप्रमुख शारदाकुमारी बिष्ट नगरका प्रवक्ता एवं वडा नम्बर ५ का वडा अध्यक्ष सत्यराज तिमिल्सैना वडा नम्बर ६ का वडा अध्यक्ष लालबहादुर शाही कार्यपालिका सदस्य गोविन्द सुनार नगरका ४५ वटा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरू सञ्चारकर्मी लगायत सहभागी भएको अन्तरक्रिया कार्यक्रमको सञ्चालन शिक्षा शाखा प्रमुख ऋषिकेश ढकाले गर्नुभएको थियो।

यसैबीच कमलबजार नगरपालिका वडा नम्बर २ मा रहेको शक्ति आधारभूत विद्यालयको भवन निर्माण तथा शैक्षिक गुणस्तर वृद्धिका लागि पहल गरिदिन सुदूरपश्चिम सरकारका मुख्य सचिव हरिप्रसाद लम्सालसँग नगरप्रमुख यज्ञप्रसाद ढकाल र उपप्रमुख शारदा कुमारी बिष्टले आग्रह गर्नुभएको छ ।
Sent

आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीच खेल हुने सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क रंगशाला । वर्षाको कारण नेपाल र श...
11/06/2024

आईसीसी टी२० विश्वकप २०२४ मा नेपाल र श्रीलंकाबीच खेल हुने सेन्ट्रल ब्रोवार्ड रिजनल पार्क रंगशाला । वर्षाको कारण नेपाल र श्रीलंकाबीचको खेल हुने सम्भावना निम्न छ ।

https://kamalbazardainik.com/15323/कमलबजार मिडिया प्रा लि कमलबजार राष्ट्रिय दैनिक पत्रिका , अछाम (कमलबजारमा आँखा शिविर )
07/06/2024

https://kamalbazardainik.com/15323/
कमलबजार मिडिया प्रा लि कमलबजार राष्ट्रिय दैनिक पत्रिका , अछाम (कमलबजारमा आँखा शिविर )

04/06/2024

संगीत र बाद्यबादन

04/06/2024

कमलबजार नगरपालिकाको अत्यन्त जरुरी सूचना

कमलबजार नगरपालिकामा माटाे परिक्षण शिविर सम्पन्न हिक्मत बहादुर नेपाली अछाम, जेठ २० ।माटोको उर्वरा शक्ति पहिचान गरि माटो अ...
03/06/2024

कमलबजार नगरपालिकामा माटाे परिक्षण शिविर सम्पन्न
हिक्मत बहादुर नेपाली
अछाम, जेठ २० ।
माटोको उर्वरा शक्ति पहिचान गरि माटो अनुकुल योग्य खेती गर्न सुझाव दिने उदेश्यले दुई दिने माटाे परिक्षण शिविर कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । कमलबजार नगरपालिका कृषि विकास शाखा कमलबजार अछामको आयोजना तथा सुदूरपश्चिम प्रदेश माटो परीक्षण प्रयोगशाला सन्दरपुर कञ्चनपुरको प्राविधिक सहयोगमा २ दिने माटो परीक्षण शिविर सम्पन्न भएको हो।
माटो परीक्षण शिविर हिजो जेठ १९ र आज २० गते गरि दुई दिन सञ्चालन भएको शिविरमा नगरपालिकाका संकलित १० वटा वडाका ११ समूह बाट २५० वटा माटोको नमुनाको परिक्षण गरिएको छ।
आर्थिक विकास समिति संयाेजक एवम् कमलबजार नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष प्रजा बहादुर बोगटीले माटो परीक्षण शिविरका वारेमा बोल्दै किसानको बाँच्ने मुख्य आधार कृषि भएकाले उत्पादन क्षमता बढाउन माटो परीक्षण शिविरले विशेष सहयोग पुग्ने बताउनुभएको थियो। उहाँले माटो परीक्षण शिविरबाट नगरका धेरैजना कृषकहरूलाई लाभ मिल्ने बताउँदै नगरका सम्पूर्ण कृषक अगुवाहरूले समयमै माटो परीक्षण गरेर उत्पादन क्षमता बढाउन आग्रह गर्नुभएको थियो।
यस्तै प्रमुख प्रशासकीय अधिकृत चक्र बहादुर बिष्टले माटो मानव जीवनसँग जोडिएको हुनाले यसलाई आमा सरह ठानेर बेलाबेलामा रेखदेख र उपचार गर्नुपर्ने बताउँदै माटोको उर्वरा शक्ति बढाएर कृषि उत्पादनमा वृद्धि ल्याउन सके किसानको आर्थिक उन्नति वृद्धि हुने बताउनुभयो । साथै बिष्टले शिविर सञ्चालनले कृषकहरूलाई विशेष लाभ मिल्ने बताउनुभएको थियो।
शिविरमा माटो तथा मल परीक्षण प्रयोगशालाका दल बहादुर खड्का, ,रमेश प्रसाद ओझा, हाेम प्रसाद न्यौपाने, प्रकाश भट्ट, कमलबजार नगरपालिका कृषि शाखा प्रमुख बालिका चौधरी, कृषि प्राविधिक सुनिल कुँवर लगायतको सहभागिता रहेको थियो।

03/06/2024

कमलबजारमा माटो परिक्षण : कृषक लाभान्वित

https://kamalbazardainik.com/15294/
03/06/2024

https://kamalbazardainik.com/15294/

हिक्मत बहादुर नेपाली अछाम, जेठ १६ । अछामको ढकारीमा साहित्य उत्सव तथा कृषि मेला आयोजना गरिएको छ । कृषि र पर्यटन प्र.....

अछामको ढकारीमा साहित्य उत्सव तथा कृषि मेला सम्पन्नहिक्मत बहादुर नेपाली अछाम, जेठ १६ ।अछामको ढकारीमा साहित्य उत्सव तथा कृ...
03/06/2024

अछामको ढकारीमा साहित्य उत्सव तथा कृषि मेला सम्पन्न
हिक्मत बहादुर नेपाली
अछाम, जेठ १६ ।
अछामको ढकारीमा साहित्य उत्सव तथा कृषि मेला आयोजना गरिएको छ । कृषि र पर्यटन प्रवर्द्धनका साथै कला संस्कृति र साहित्य प्रवर्द्धनका लागि ढकारी गाँउपालिकाले मेला आयोजना गरेको हो ।
कला, संस्कृति, परम्परा, रितिरिवाज र साहित्यको मात्र होइन् रैथाने अन्न बालीको समेत उर्वर भूमिका रुपमा परिचित ढकारीले कृषि र पर्यटनको प्रचारप्रसारका लागि साहित्य उत्सव तथा कृषि मेला प्रदर्शनीको आयोजना गरेर देशभरका साहित्यकारहरुलाई समृद्धिका रचना वाचन गराएको छ ।
सधैं मायाप्रेम, देशप्रेम, राजनीति र समाजका विविध पक्षमा रचना गर्ने कवि, गजलकार र अन्य विधाका साहित्यकारहरुले दुर्गममा पुगेर कृषि र पर्यटनबारे रचना सुनाएका थिए ।
साहित्यकार डाक्टर नवराज लम्सालले रचना बाचनकै क्रममा यो उत्सवले कृषि, पर्यटनसँगै साहित्यका क्षेत्रमा ढकारीको परिचयलाई थप फराकिलो बनाउँदै मुलुककै सबैभन्दा ठूलो साहित्य कुम्भको रुपमा परिचित गराएको बताउनु भयो । उहाले देशका विभिन्न ठाँउका साहित्य अनुरागीहरुलाई एकै ठाउँमा भेला हुने अवसर दिएर यहाँको ‘भर्जिन’ पर्यटन, रैथाने कृषि र अन्य समृद्धिका विषयमा साहित्य मार्फत नयाँ ढंगले प्रचारको थालनी गरेको भन्दै यसले ढकारी जस्ता कैयौं दुर्गम क्षेत्रको सम्भावनाबारे राज्यको ध्यानकर्षण गराउने विश्वास व्यक्त गर्नु भयो ।
काफल बेच्ने केटी शीर्षकको कविताका हरफ सुनाउँदै नेपाली लेखक संघका महासचिव कवि सोझो गाउँलेले दुर्गमको उत्पादन र त्यसको महत्व बारे चर्चा गर्नु भएको थियोे । उहाको कविताका भावले बोले अनुसार दुर्गम अभाव र पीडाले जेलिएको मात्र होइन उत्पादनको पनि खानी हो ।
उत्सवमा मदन पुरस्कार विजेता विवेक ओझासहित साहित्यकारहरु तपेन्द्र घोडासैनी, खेम बतास, महेन्द्र अतल, महेश दोस्टाज, गीता स्मृति कठायत, कुस्मा भट्ट, कमलराज केसी, मिनबहादुर थापा, मनोज विवस, जिवन सरोबर, भरत अधिकारी जलन, झनक अधिकारी बारुद र भुपेन अथक लगायत काठमाडौं देखि बझाङसम्मका साहित्यकारले कृषि र पर्यटनको प्रोत्साहनका लागि रचना वाचन गरेका थिए ।
साहित्य उत्सव तथा कृषि मेला प्रदर्शनी मुल आयोजक समितिका सदस्य नवीन चिरागका अनुसार गाउँपालिकाले कृषिलाई प्रोत्साहन गर्ने उद्देश्यले यो उत्सव आयोजना गरिएको हो । जहाँ सबैले सहजै बुझ्न सकुन भनेर कविता, गजल र साहित्यका अन्य विधा मार्फत यसको प्रचार गर्नुका साथै स्थानीय भेषभुषा, कला सँस्कृति र भाषा संरक्षणका लागि देउडा, रत्यौली, हुड्केउली, भुँव, पञ्चेवाजा पनि प्रदर्शन गरिएको छ ।
स्थानीय उत्पादन प्रदर्शनका लागि कार्यक्रम स्थल पुगेका किसानहरु कविता र गजल मार्फत कृषिका कुरा सुनेर दंग देखिएपछि मुल आयोजक समिति संयोजक तथा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउदले उत्सवको अन्त्यमा खुसी व्यक्त गर्दै यसले किसानमा उत्साह बढाएको बताउनु भयो ।
उहाले रैथाने अन्नबाली संरक्षणका लागि भाषण गरेर केहि नहुने भन्दै अब किसानले बुझ्ने गरी यस्तै सिर्जनसिलता मार्फत उनीहरुमा जोस, जाँगर र उत्साह ल्याएर स्थानीय सरकारले कृषिलाई समृद्धिको मुल ढोकाको रुपमा प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाउनु भयो ।
उत्सवमा सहभागि जिल्ला समन्वय समितिका प्रमुख ललित बहादुर कुँवर, मंगलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहरा, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने लगायतका जिल्लाका जनप्रतिनिधिले पनि यो उत्सवले राजनीतिज्ञहरुलाई समेत उत्तरदायी बनाएको बताउनु भयो । उत्सवमा बसाइँसराइले गाउँहरु रित्तनुको कारण, त्यसको असर र बसाइँसाराई रोक्न गर्नुपर्ने उपायबारे स्थानीय जनप्रतिनिधिहरुसँग बहस पनि गरिएको थियो ।

एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षाका लागि यस वर्षदेखि असार तेस्रो साता नै आवेदन लिने तालिका छ। प्रव...
02/06/2024

एमबीबीएस, बीडीएस, नर्सिङसहित स्नातक तहको प्रवेश परीक्षाका लागि यस वर्षदेखि असार तेस्रो साता नै आवेदन लिने तालिका छ। प्रवेश परीक्षा भदौमा हुनेछ भने पढाई मंसिरदेखि सञ्चालन गरिनेछ । यसबाट कक्षा १२ को नतिजा कुरिरहेका विद्यार्थीसमेत प्रवेश परीक्षामा सहभागी हुन पाउनेछन् ।

मोहन्याल गाउँपालिका वडा न. ६ सोल्टा मा हिजो आएको भिषण हावाहुरीले  दर्जनौं घरहरुको छानो उडाए सङै स्थानीयहरुको जनजीवन प्रभ...
02/06/2024

मोहन्याल गाउँपालिका वडा न. ६ सोल्टा मा हिजो आएको भिषण हावाहुरीले दर्जनौं घरहरुको छानो उडाए सङै स्थानीयहरुको जनजीवन प्रभावित भएको छ ।

30/05/2024

हिक्मत बहादुर नेपाली कमलबजार, जेठ १६ । कमलबजार नगरपालिका वडा नं ०३ बयालामा बालविवाह बहुविवाह लैंगिक हिंसा जस्ता .....

ढकारी साहित्य उत्सव तथा कृषि मेलाका केहि तस्वीर, क्यामेरामा खिचिएका अधिंकांश तस्वीर अपलोड तथा सेन्ड भैरहेका छैनन जस कारण...
30/05/2024

ढकारी साहित्य उत्सव तथा कृषि मेलाका केहि तस्वीर, क्यामेरामा खिचिएका अधिंकांश तस्वीर अपलोड तथा सेन्ड भैरहेका छैनन जस कारणले साथीहरुलाई पठाउन नसकेकोमा क्षमाप्रार्थी छु

गण्डकीकाे मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त
29/05/2024

गण्डकीकाे मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त

28/05/2024

सुदूरपश्चिम प्रदेशलाई "धार्मिक पर्यटन र आर्थिक हव"का रुपमा अगाडि बढाइनेछ।

28/05/2024

नेपालको जनकपुरलाई Wedding Hub बनाइनेछ र लुम्बिनीलाई Birthing Hub बनाइनेछ ।

28/05/2024

गाँजा खेतीलाई प्रोत्साहन गरिनेछ ।

28/05/2024

10800 MW क्षमताको "कर्णाली-चिसापानी" जलविद्युत आयाेजनाकाे विस्तृत इन्जिनियरिङ कार्य सुरु गरिनेछ।

28/05/2024

कृषिमा ५७ अर्ब २९ करोड
उर्जामा ५० अर्ब ७४ करोड ।

सरकारले आर्थिक वर्ष २०८१/०८२का लागि ल्याएको बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।बजेट भाषण केही बेरमा ।
28/05/2024

सरकारले आर्थिक वर्ष २०८१/०८२का लागि ल्याएको बजेट मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ।
बजेट भाषण केही बेरमा ।

28/05/2024

ढकारी साहित्य उत्सव तथा कृषि मेला २०८१ Live

28/05/2024

आगामी आर्थिक वर्षका लागि आज बजेट सार्वजनिक गरिँदै

गणतन्त्र दिवसको हार्दिक शुभकामना
28/05/2024

गणतन्त्र दिवसको हार्दिक शुभकामना

https://kamalbazardainik.com/15268/
28/05/2024

https://kamalbazardainik.com/15268/

हिक्मत बहादुर नेपाली अछाम, जेठ १५ । कमलबजार नगरपालिकाको आर्थिक तथा प्रशासनिक जिम्मेवारी पालिका मातहतमा कार्यरत ....

27/05/2024

साहित्य उत्सव र कृषि मेलामा के हुदैछ ढकारीमा

जानकारी का लागी
27/05/2024

जानकारी का लागी

सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कलकत्ता नाइट राइडर्सले IPL 2024 को उपाधि जितेको छ ।
26/05/2024

सनराइजर्स हैदराबादलाई ८ विकेटले हराउँदै कलकत्ता नाइट राइडर्सले IPL 2024 को उपाधि जितेको छ ।

26/05/2024

कालेकाँडा ईलाका प्रहरी कार्यालयमा पुग्दा जे देखियो

Address

Achham
10002

Alerts

Be the first to know and let us send you an email when Kamal Bazar Dainik posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kamal Bazar Dainik:

Videos

Share


Other Media/News Companies in Achham

Show All