Samayako AAwaj

Samayako AAwaj aawaj समय संग सँगै समय को श्रब्य दृश्य स्क्रीन

28/07/2024

कान्तिलोकपथ सडक अवरुद्ध
काठमाण्डौ हेटौडा छोटो मार्ग कान्तिलोकपथ सडक अन्तर्गत भीमफेदी ८ महादेवटार मा हिजो परेको वर्षा को कारणले बाटो अवरुद्ध भएको छ ।बागमती पुल बाट १ किलोमिटर माथि स्थित सडक फास्टट्रयाक को बाटो बाट बगेको भेल बाढीले अवरुद्ध भएको हो ।उक्त सडक मर्मत निर्माण को क्रममा JCB पुरिन लागेको अबस्था भएको बकैया १२ का स्थानिय व्यवसायी भुवन घिमिरे ले बताएका छन् ।

12/07/2024

देश बाढि पहिरो दुर्घटनाले आक्रान्त छ ! सयौ मानिस बेपत्ता छ्न सयौको ज्यान गएको छ ! हाम्रा देशका नेता देशको संसद्मा प्रधानमन्त्री च्याखे थापी रहेका छन् । राज्य सरकार अनि लोकतन्त्र गणतन्त्र यसैको लागि थियो ?

05/07/2024

बहस शिक्षा नीति

03/06/2024

काठमाण्डौ हेटौडा छोटो मार्ग कान्ति लोकपथ मर्मत को कारण काल्चे खण्ड बन्द भएको मा आज देखि खुल्ला भएको छ ।

27/05/2024

समसामयिक विषयमा मह ले माफी मागे /
वरिष्ठ हास्य कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले अदालतमा विचाराधीन विषयमा दिएको अभिव्यक्ति प्रति माफी मागेका छन् । आफूहरूले दिएको अभिव्यक्ति भुलवश भएको भन्दै मह जोडीले माफी मागेका हुन् ।
उक्त अभिव्यक्तिको कारण सामाजिक सञ्जालमा गालीको वर्षा भएपछि उनीहरूले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै माफी मागेका हुन् । ‘हामी ब्रिक्स क्याफेमा बसेर अस्ट्रेलिया आउने विषयमा गम्भीर रूपमा छलफल गर्दै थियौँ । त्यही बेला त्योभन्दा गम्भीर विषयमा, अदालतमा विचाराधीन विषयमा थुप्रै पत्रकारहरू बसेर छलफल गर्नु भएको रहेछ,’ मदन कृष्ण श्रेष्ठले भने ‘एउटा मुडमा बसेको समय अपर्झट बोल्ने प्रस्ताव आयो । हामी पनि के बोल्ने भनेर अकमकियौँ ।’ त्यसरी अपर्झट बोल्दा हामीबाट त्रुटि हुन गएको महसुस भएको श्रेष्ठको भनाई छ ।
‘अदालतमा विचाराधीन विषयमा हामीले नबोलेको भए हुन्थ्यो’, हरिवंशले थपे, ‘हामीबाट त्रुटि भयो । त्यसका लागि हामीलाई यत्रो वर्ष आफ्नो सम्झेर माया गरिदिनुभयो ।’ यो पटक पनि सबै कुरा बिर्सिदिएर आफूहरूलाई माफ गर्दिन समेत हरिवंशले अनुरोध गरेका छन् ।

सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी दल  नेपाली कांग्रेस सडकमा  उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गम...
26/05/2024

सहकारी ठगीविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सडकमा उत्रेको छ । कांग्रेसले आइतबार काठमाडौँको प्रदर्शनी मार्गमा विरोध प्रदर्शनको आयोजना गरेको हो ।

यातायात मन्त्रीको ध्यानाकर्षण गर्न सडक बिभाग अगाडी काठमाण्डौ महानगरपालिका का मेयर बालेन ले फोहर उपहार पठाइदिएका छन् ।
25/05/2024

यातायात मन्त्रीको ध्यानाकर्षण गर्न सडक बिभाग अगाडी काठमाण्डौ महानगरपालिका का मेयर बालेन ले फोहर उपहार पठाइदिएका छन् ।

कान्तिलोकपथ सडक ४ दिन भित्र सञ्चालन हुने चापागाउँ जेठ ११ काठमाण्डौ हेटौडा छोटो मार्ग कान्तिराजपथ अबको ४ दिनभित्र सञ्चालन...
24/05/2024

कान्तिलोकपथ सडक ४ दिन भित्र सञ्चालन हुने

चापागाउँ जेठ ११ काठमाण्डौ हेटौडा छोटो मार्ग कान्तिराजपथ अबको ४ दिनभित्र सञ्चालन हुने भएको छ ।आज सडक खण्ड को काल्चे क्षेत्र मा बागमती गाउँपालिका ललितपुर का अध्यक्ष वीर बहादुर लामा र वडा न २ का वडा अध्यक्ष राम बहादुर ब्लोन तामाङ ले मर्मत स्थान को स्थलगत अवलोकन गरी अबको ४ दिन भित्र बन्द बाटो सञ्चालन हुने समयकाे आवाज लाई बताउनु भयो ।उहाँले छेउ र भित्ता को कार्य छिटो टुङ्ग्याउन भनेको र त्यसै अनुसार काम भइरहेको बताउनु भयो ।
आजै मात्र नेकपा एमाले बागमती गाउँपालिका ललितपुर को टोली ले कान्तिलोकपथ निर्माण आयोजना को आयोजना प्रमुख सुमन योगेश लाई यात्रु र सवारी साधन ले पाइरहेको समस्या को बारेमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।आयोजना प्रमुख बाट अबको ३/४ दिन भित्र अबरुद्द काल्चे खण्ड खुलाउने प्रतिबद्धता व्यक्त गर्नु भएको छ ।गत चैत्र देखि मर्मतसम्भार को क्रममा वैशाख २१ गते देखि सडक भासिएकाले यो सडक पूर्ण रूपमा बन्द भएको थियो ।ललितपुर को सातदोबाटो ,ललितपुर को बागमती गाउँपालिका ,मकवानपुर भीमफेदी गाउँपालिका को एक वडा ,वकैया गाउँपालिका ठीङगन ,सिमात ,मकवानपुर गढी हुँदै हेटौडा पुग्न सकिने यो बाटो बन्द को कारण ले धेरै यात्रु र सवारी साधन ले सास्ती व्यहोर्नु परीरहेको छ ।

उपत्यकाबासीको पानीको समस्या समाधान गर्न परियोजनाको प्रारूप प्रस्ताव ।ललितपुर जेठ १०   प्रधानमन्त्री प्रचण्डले अघिल्लो मह...
23/05/2024

उपत्यकाबासीको पानीको समस्या समाधान गर्न परियोजनाको प्रारूप प्रस्ताव ।

ललितपुर जेठ १० प्रधानमन्त्री प्रचण्डले अघिल्लो महिना मात्रै सरकारले तेस्रो लगानी सम्मेलनमा ठोट्ने खोलाको पानी प्रयोग गरी उपत्यकाबासीको पानीको समस्या समाधान गर्न विदेशी लगानीकर्ताका लागि परियोजनाको प्रारूप प्रस्ताव गरिएको जानकारी दिए ।
कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए ।प्रधानमन्त्री प्रचडले कोन्ज्योसोम गाउँपालिकाद्वारा आज आयोजित त्रिमूर्ति प्रतिमा समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सरकारको नीति तथा कार्यक्रम र बजेटबाट कृषि क्षेत्रले पर्याप्त लाभ लिनसक्ने बताए । उनले नीति तथा कार्यक्रममा उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनालाई उच्च प्राथमिकता दिएर नीतिगत व्यवस्था गरिएको स्पष्ट पारे ।
कोन्ज्योसोम गाउँपालिकाका केही वडाहरूलाई नयाँ शहरको रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले त्यसका निम्ति आगामी दिनमा सम्भाव्यता अध्ययन हुँदै जाने बताए ।
उनले यस क्षेत्रका लेले–चन्दनपुर, नल्लु–चौघरे–उन्युचौर–मानिखेल–गोटिखेल र बिर्खेधारा–दलचोकी–शङ्खु–इकुडोल गरी ३ वटा सडक दक्षिण ललितपुरको ‘लाइफ लाइन’का रूपमा विकास हुने क्रममा रहेको र यसले ललितपुरको दक्षिणी क्षेत्रको विकासमा गुणात्मक फड्को हान्ने विश्वास व्यक्त गरे ।
काठमाडौँ उपत्यकाबाट नजिकको दूरीमा प्राकृतिक मनोरम दृश्यावलोकन गर्न सकिने स्थान कोञ्जोसोम भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले ग्रामीण अर्थतन्त्र र पर्यटन प्रवर्द्धन गरेर आयआर्जन गर्न सकिने बताए ।
उनले यस क्षेत्रमा पर्यटकहरूको बसाइ लम्बाएर विदेशी मुद्रा आर्जनका निम्तिसमेत राजधानी नजिकका यस्ता पर्यटकीय गन्तव्यहरूको विशिष्ट भूमिका रहने विश्वास व्यक्त गरे ।
यो क्षेत्र कृषि, तरकारी खेती, पशुपालन, दूध र मासु उत्पादनका दृष्टिले अत्यन्त सम्भावनायुक्त क्षेत्र भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले कृषिको आधुनिकीकरण, यान्त्रिकीकरण, विविधिकरण र बजारीकरणका माध्यमबाट यस क्षेत्रका जनताले पर्याप्त लाभ लिन सक्ने बताए ।

अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार /काठमाडौँ ।  अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।सन्...
22/05/2024

अमेरिकाले लामिछानेलाई भिसा दिन अस्वीकार /
काठमाडौँ । अमेरिकाले क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन अस्वीकार गरेको छ।
सन्दीपले अमेरिकाले आफुलाई भिसा दिन अस्वीकार गरेको जानकारी दिएका छन् । उनलाई यस अघि २०१९ मा पनि भिसा दिन अस्वीकार गरेको थियो । सन्दीप आइसीसी टी-२० विश्वकपका लागि नेपाली टिममा सामेल हुन अमेरिका जाने तयारीमा रहेका थिए ।
पाटन उच्च अदालतले सफाई दिएपछि क्यानले उनलाई टिममा सामेल गर्ने प्रक्रिया शुरु गरेको थियो ।

22/05/2024

Shout out to my newest followers! Excited to have you onboard! Devraj Lamichhane, Suraj Koirala, Sundar Kunwar, निरन्जय लामा, Una Ghimire Thanks All friend

21/05/2024

कान्तिपुर पब्लिकेसन्स का अध्यक्ष कैलाश सिरोहिया पब्लिकेसन्स को केन्दीय कार्यालय को कार्यकक्ष थापाथली बाट गिरफ्तार।

21/05/2024

अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्न कान्तिपुर कार्यालयमा प्रहरी | LIVE को सम्पूर्ण कार्यक्रम Youtube...

21/05/2024

कान्तिपुर पब्लिकेसन्स का अध्यक्ष कैलाश सिरोहिया लाई प्रकाउ गर्न प्रहरी पब्लिकेसन्स को केन्दीय कार्यालय को कार्यकक्ष थापाथली पुगेको छ ।वरिष्ठ अधिवक्ता शम्भु थापा को सल्लाह दिन सँगै जाने भन्ने कागजात सहित प्रकाउ गर्न माग ।कान्तिपुर ले प्रकाउ गर्दा को अवस्था मा live गरिरहेको छ ।त्यहाँ प्रत्रकार महासंघ को अध्यक्ष विपुल पोखरेल,वरिष्ठ पत्रकार युवराज घिमिरे लगायत उपस्थित हुनुहुन्छ ।

21/05/2024

कान्तिपुर पब्लिकेसन्स का कैलाश सिरोहिया बिरुद्द प्रकाउ पुर्जी जारी ।वरिष्ठ अधिवक्ता शम्भु थापा सल्लाह दिन सँगै जाने भन्ने कागजात सहित प्रकाउ गर्न अधिवक्ता को माग ।

पुस्तान्तरण व्यवसाय ।
20/05/2024

पुस्तान्तरण व्यवसाय ।

तेस्रो पुस्तामा हस्तान्तरण भएको ‘जीतबहादुरको हलुवाइ पसल’ले पुरानो पुस्ताको सम्झनालाई ताजै राख्दा, आधुनिकीकरण.....

मानव को सहन सक्ती ::::::
20/05/2024

मानव को सहन सक्ती ::::::

जीवनमा समय, धन, मेहनत, मनोवैज्ञानिक, शारीरिक, लक्ष्य प्रतिको सपना आदीको लगानीको ठुलो महत्व रहेको हुन्छ । यि कुराको लगानी...
19/05/2024

जीवनमा समय, धन, मेहनत, मनोवैज्ञानिक, शारीरिक, लक्ष्य प्रतिको सपना आदीको लगानीको ठुलो महत्व रहेको हुन्छ । यि कुराको लगानी सही दिशामा भएमा जीवनमा सफलता चुम्न सकिन्छ, होइन भने जीवन भड्किँदैमा खेर जान सक्छ, र पश्चापको भुमरीमा घुम्न पुग्दछ । अहिले को अवस्थामा युवा वर्ग विदेश मा अनि वृद् जति नेपाल मा यही अवस्था रहिरहने हो भने आर्थिक क्षेत्र झन् कमजोर हुँदै जान्छ । #आध्यात्मिक #जन्म कुण्डली #ग्रह दशा #ज्योतिषीय कुरा
ज्योतिष दिवाकर पन्त कमलादी काठमाण्डौ

18/05/2024

#सहकारी प्रकरण मा सरकार र प्रतिपक्ष को कुरा मिल्यो ।संसदीय छानविन समिति बनाइने सहमति ।कार्यादेश बारे भोलि ६ गते बिहान छलफल हुने

फेरि पनि दुर्घटना बकैयाँ १२ ठीगन र भीमफेदी गाउँ पालिका ८ गंगटे को सिमाना कालो पैरों  मा हेटौडा बाट काठमाण्डौ आउँदै गरेको...
18/05/2024

फेरि पनि दुर्घटना
बकैयाँ १२ ठीगन र भीमफेदी गाउँ पालिका ८ गंगटे को सिमाना कालो पैरों मा हेटौडा बाट काठमाण्डौ आउँदै गरेको मोटर साइकल दुर्घटना ।सवार १ जना भिर मा अड्किएको अवस्थामा रहेको स्थानिय भुवन घिमिरे ले जानकारी दिएका छन्

18/05/2024

फेरि पनि दुर्घटना।
चापागाउँ जेठ ५
हेटौडा बाट काठमाण्डौ आउँदै गरेको मोटरसाइकल भीमफेदी गाउँपालिका वडा नं ८ कालो पैरों मा दुर्घटना मा परेको छ ।बकैया गाउँ पालिका १२ र भीमफेदी गाउँपालिका सिमाना नजिकै भएको दुर्घटना मा २ जना घाइते भएका छन्।घाइतेको उद्धार हुँदै र प्रहरी हरुले अनुसन्धान गर्दै रहेको वकैया १२ का स्थानीय व्यवसायी भुवन घिमिरे ले समयको आवाज लाई जानकारी दिएका छन् ।उनका अनुसार मोटर साइकल मा सवार १ जना भिर मा अड्किएको अवस्थामा भेटिएको छ ।
आज बिहान मात्रै उक्त स्थान नजिकै कार मा सवार २जनाको मृत्यु भएको थियो ।
फोटो,भिडियो सौजन्य भुवन घिमिरे

18/05/2024

चापागाउँ जेठ ५ ----कान्तिलोकपथ पथ हुँदै हेटौंडातर्फ गइरहेको कार मकवानपुर बकैया १२ सडकखण्डको चौतारा भन्ने ठाउँमा आज बिहान दुर्घटना भएको छ ।
बकैया गाउँपालिका-१२ वडा कार्यालय ठिंगन नजिकै चौताराबाट आज बिहान ७:३० बजे ग३च ९४७५ नम्बरको कार दुर्घटना भएको स्थानिय शिक्षक दीपक घिमिरेले जानकारी दिएका छन् ।
उहाँका अनुसार कार मा सवार ३ जना मध्ये कारमा सवार ड्राइभर मात्र बोल्न सक्ने अवस्थामा रहेका छन् ।उक्त कारमा भीमफेदी गाउँपालिका गंगटे का ६५ बर्षीय स्थानिय लाक्खाबा साहिँला भन्ने को मृत्यू भएको छ ।उनी घर बाट ३ कि मी मा रहेको ठिंगन मा खुवा पुर्याउन जाँदै थिए ।उनको २ की.मी मा रहेको चौतारा भन्ने ठाउँमा ज्यान गएको हो । #तस्बिर Rupen Ghale

क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्र...
15/05/2024

क्रिकेटर सन्दीप लामिछानेले बलात्कारको मुद्दामा सफाई पाएका छन् ।
उच्च अदालत, पाटनका न्यायाधीश सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाई दिएको प्रवक्ता विमल पराजुलीले जानकारी दिए ।

लोक गायक राजु नजिकै आएर एक जना वृद्धले सोधे, ‘बाबु परियार भनेको कुन जात हो?’ राजुले भनिदिए, ‘ब्राह्मणभन्दा पनि माथि जात ...
13/05/2024

लोक गायक राजु नजिकै आएर एक जना वृद्धले सोधे, ‘बाबु परियार भनेको कुन जात हो?’
राजुले भनिदिए, ‘ब्राह्मणभन्दा पनि माथि जात हो।’
बाजे एक छिन अलमल्ल परे। अनि प्रश्न गरे, ‘कसरी?’
राजुले भिडमा भएका ब्राह्मणलाई देखाउँदै भने, ‘उहाँले शिरमा लगाएको टोपी कसले सिलाएको?’
‘दमाई’ ले , बाजेले जवाफ दिए।
राजुले फेरि तिनै ब्राह्मणलाई देखाउँदै भने, ‘त्यो टोपी उहाँको शिरभन्दा पनि माथि छ। त्यसैले मेरो जात ब्राह्मणको भन्दा माथिल्लो।’
त्यसपछि बाजे बोलेनन्।

08/05/2024

सांसदहरूले निजामती सेवा ऐनको नाम फेर्न ६ वटा नाम प्रस्ताव गरेका छन् ।
१ सार्वजनिक सेवा ऐन
२ नागरिक प्रशासन सेवा ऐन
३ राष्ट्रसेवक कर्मचारी सेवा ऐन
४ देश र जनताको सेवा गर्ने कर्मचारी सेवा ऐन ५संघीय नागरिक सेवा ऐन
६ संघीय सार्वजनिक सेवा ऐन
प्रस्तावित नाम मा तपाईं लाई कुन मन पर्यो ?

08/05/2024

आज आमा को तस्बिर सामाजिक सञ्जाल मा राख्ने कति जन ले सधैं आमा लाई मायाँ गर्लान् ?

08/05/2024

住所

Kyoto-shi, Kyoto

ウェブサイト

アラート

Samayako AAwajがニュースとプロモを投稿した時に最初に知って当社にメールを送信する最初の人になりましょう。あなたのメールアドレスはその他の目的には使用されず、いつでもサブスクリプションを解除することができます。

事業に問い合わせをする

Samayako AAwajにメッセージを送信:

ビデオ

共有する


その他 Kyoto-shi メディア会社

すべて表示