Sikkim prime time/सिक्किम प्राईम टाईम

  • Home
  • India
  • Ravangla
  • Sikkim prime time/सिक्किम प्राईम टाईम

Sikkim prime time/सिक्किम प्राईम टाईम “Don’t use social media to impress people; use it to impact people.” — DAVE WILLIS

18/04/2024
06/04/2024
04/04/2024

MISSING PERSON LAKPA CHEKI SHERPA W/O DAWCHO SHERPA R/O TINKITAM NAMCHI DISTRICT SIKKIM SINCE 02.04.2024 HAS BEEN TRACED OUT ON 05.04.2024 AT GEYZING HENCE SEARCH MAY BE DISCONTINUED.FOR INFORMATION PLEASE

25/03/2024

Sikkim Waves 24/03/2024

दुखद खबर 🙏🙏🙏

सिक्किम राज्यको नाम्ची जिल्ला अन्तर्गत पर्ने तिमी नामफिङ निर्वाचन क्षेत्रको बेन नाम्रिक ग्राम पञ्चायत एकाइको पेकु वार्ड निवासी फुर्वा नामगेल शेर्पा अब हामीमा आज रहेनन् अरुको दुःखलाई देख्न नसक्ने अरुको दुःखमा रुने अनि अरु खुसी हुँदा आफू पनि खुसी हुने एक अविवाहित लगभग ५० को छेउछाउका युवा फुर्वा नामगेल शेर्पाको देहान्तको खबर सुन्दा सबैजना स्तब्ध बने । संसारको नियम विधिको विधान एक न एक दिन भुगतनै पर्छ। तर यस्तो अवस्थामा कुन चाहिँ परिवारले सहन गर्न सक्ला ।
उनले आफ्नो भाइ बुहारी अनि भाइ कि दुई छोरीहरूलाई छोडेर आज परलोकको यात्रा सिधार्नुभयो। यहाँको आत्माले चिर शान्ति प्राप्त गरोस् साथै शोक सन्तप्त परिवार इष्टमित्र आफन्त छरछिमेक सबै सबैमा परेको यो अघात सहन गर्ने शक्ति प्रदान गरुन् भगवानले । पञ्चतत्त्वले बनिएको शरीरधारी प्राणी अन्तमा पञ्चतत्वमा नै मिल्न पर्दछ। यो हामी सबैलाई थाहा छ तर पनि यो अवस्थामा सबै सत्य कुरालाई भुलेर हामी व्याकुल हुन्छौ अनि भगवान कति निर्दयी भनेर गाली गर्छौं सत्य कुरालाई भुल्छौं तर सत्य यही नै हो। हामीले एकदिन यस धर्तीलाई छोड्नुपर्छ। अनि पञ्चतत्वबाट आएको शरीर पञ्चतत्वमा नै गएर मिल्न पर्दछ ,आज उनको शरीर पञ्चतत्वमा बिलिन हुन पुग्यो। उहाँलाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण उहाँका शोकाकुल परिवारलाई पनि हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं । यिनको आत्माले चिर शान्ति प्राप्त गरी बैकुण्ठमा बास गरोस्। फेरि यो धर्तीमा जन्म मरणको चक्रमा फस्न नपरोस्।

19/03/2024

Please follow my new page Sikkim Waves

10/03/2024

Good morning to all.

05/03/2024

सम्पूर्ण मेरा अति प्रिय अनि पूजनीय आदरणीय सिक्किम प्राइम टाइमका दर्शक महानुभावहरू हुनुहुन्छ जसले मलाई धेरै माया गर्नुभएर यहाँसम्म पुर्याउन सहयोग गर्नुभयो म सबै सबैलाई मेरो आन्तरिक हृदयबाट धन्यवाद दिन चाहन्छु भने हजुरहरूको माया सुझाउ अनि सहयोग भने मलाई सदैव जरुरत पर्दछ किनकि किनकि मैले मेरो अन्य सबै व्यवसायहरूलाई त्याग गरी हजुरहरूकै सेवा गर्न अनि सामाजिक कुराहरूलाई उजागर गर्न समाजमा घटित घटनाहरू जो यथार्थ छन् यस्ता घटनाहरूलाई उजागर गर्न मैले यसै सामाजिक सञ्जाललाई अपनाएर अहिलेसम्म हजुरहरू सबै सबैको साथ र सपोर्टले यहाँसम्म आउन सफल बनेको छु। पहिला सुरुमा काम गर्दा निकै कठिन हुने गर्दथ्यो । धेरै कुराहरूमा अर्चनाहरू पनि आउने गर्थ्यो। यसैकारणले सिक्किम प्राइम टाइम नामक पेजलाई मैले धेरै पल्ट गुमाउँदै पटकपटक यसैलाई मैले चलाइरहँदा कतिवटा कुराहरूमा असुविधा असुविधा भएको कारणले मैले अहिले हजुरहरु धेरै जनालाई थाहा छ कि अर्को पेजलाई मैले चलाइरहेको छु जसको नाम सिक्किम वेब्स रहेको छ भने मैले हजुरहरुलाई जानकारी गराउँदै अनि अझ धेरै हजुरहरूकोबाट साथ र सहयोग पाउनको निम्ति मुनि मैले लिङ्कलाई राखेको छु एकपल्ट हजुरहरू सबै सबैले यो लिङ्कलाई क्लिक गरेर फलो गरेर अनि अझ धेरै मलाई माया अनि सपोर्ट गरिदिनु हुन्छ भन्ने पूर्ण आशाको साथमा यो विनम्रताको साथ हजुरहरुलाई यहाँबाट म अपिल गरिरहेको छु हजुरहरूको साथ र सपोर्टले मलाई धेरै सहयोग मिल्नेछ भने मैले पनि हजुरहरुलाई मेरो आफ्नो पक्षबाट गर्नुपर्ने सहयोग र साथ दिइरहने पनि हजुरहरुलाई बाचा गर्दै फेरि पनि एकपल्ट हजुरहरुलाई म नम्र निवेदन गर्दछु कि यो मुनि दिएको लिङ्कलाई क्लिक गरेर सबै सबैले एकपल्ट फलो गरिदिनुहोला धन्यवाद।

https://www.facebook.com/profile.php?id=100083161150913&mibextid=ZbWKwL

We always Provide Daily News of Sikkim Region,Local Updates based on the Fact, Authentic, Reliable S

  14 February 2024  नाम्ची जिल्ला अन्तर्गत मल्ली बजारको खेल मैदानमा राज्यस्तरीय सोनाम लोछार महोत्सव २०२४ भव्यताका साथ पा...
14/02/2024



14 February 2024

नाम्ची जिल्ला अन्तर्गत मल्ली बजारको खेल मैदानमा राज्यस्तरीय सोनाम लोछार महोत्सव २०२४ भव्यताका साथ पालना भयो ।

सिक्किमका मुख्यमन्त्री श्री प्रेम सिंह तामाङ साथै वहाँका धर्म पत्नी श्रीमती सारदा तामाङको साथमा आज मल्लीमा राज्य स्तरीय तामाङ लोछार समितिद्वारा आयोजित राज्य स्तरीय सोनम लोछार उत्सव, 2024 मा सहभागी भए।

समारोहमा श्री अरुण उप्रेती अध्यक्ष, सिक्किम विधान सभा (एसएलए), श्री सांगे लेप्चा (एसएलए), डेपुटी स्पीकर (एसएलए) माननीय मन्त्री बि एस पन्थ, डा इन्द्र हाङ लिम्बू सांसद, एचसीएमका सल्लाहकार श्री एस डी ढकाल, एचसीएमका राजनीतिक सचिव श्री जैकब खालिङको उपस्थिति पनि थियो। , HCM का प्रेस सचिव श्री विकास बस्नेत, सुश्री फर्वान्ती तामाङ क्षेत्र विधायक मल्ली निर्वाचन क्षेत्र, क्याबिनेट मन्त्री, विधायक, सल्लाहकार, अध्यक्ष, लाइन विभागहरुका HoDs लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु र आम जनताको उपस्थिति थियो।

भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्रीले तिब्बती नयाँ वर्षको सुरुवात भएको सोनाम लोछारको अवसरमा हार्दिक शुभकामना व्यक्त गरेका छन् । उनले छुटेका प्रत्येक समुदायलाई मान्यता दिन राज्य सरकारहरूको समर्पणमा जोड दिए। उनले राज्यमा कुनै पनि समुदायका प्रत्येक व्यक्तिलाई कुनै पनि धर्म मान्ने स्वतन्त्रता रहेको जानकारी दिँदै ‘सुनावलो सिक्किम’ निर्माण गर्न जनतालाई आपसमा शान्ति र सद्भाव समाहित गर्न आग्रह गरे।

उनले सिक्किमका विभिन्न क्षेत्रहरूमा विभिन्न समुदायहरूलाई समर्पित सामुदायिक केन्द्रहरू निर्माण भइरहेको जानकारी दिए, जसले ती समुदायहरूलाई उनीहरूको सांस्कृतिक र विकासात्मक गतिविधिहरू सञ्चालन गर्न सहज बनाउनेछ।

9 February 2024 को अधिसूचित गरिएको सबै अस्थायी कर्मचारीलाई ४ वर्षे नियमित गर्ने नीतिबारे जानकारी दिँदै मुख्यमन्त्रीले २० हजार रिक्त दरबन्दी सृजना गरी 25 February 2024 अगावै मन्त्रिपरिषद्मा पारित गरिने जानकारी दिनुभयो र चार वर्ष पूरा गरेका अस्थायी कर्मचारीलाई नियमित गर्ने आश्वासन दिनुभयो । सेवाले चाँडो भन्दा चाँडो ज्ञापन प्राप्त गर्नेछ।

इलाकाका विधायक सुश्री फर्वान्ती तामाङले कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित हुनु भएकोमा मुख्यमन्त्रीलाई हार्दिक धन्यवाद ज्ञापन गरिन् । उनले मेल्लीका जनताप्रति राज्य सरकारले गरेको अटल सहयोगको प्रशंसा गर्दै मेल्ली निर्वाचन क्षेत्रका अहिलेसम्म भएका विकास निर्माणका योजना र उपलब्धिहरू प्रकाश पारिन् ।

कार्यक्रमको महत्व औँल्याउँदै डा अञ्जना तामाङले तामाङ समुदायको पुर्ख्यौली इतिहासबारे जानकारी दिँदै आफ्नो संस्कृति र परम्पराको संरक्षण र संवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । उनले युवा पुस्तालाई आफ्नो विशेष समुदायको उत्थानमा योगदान दिन पनि आग्रह गरे।

मुख्यमन्त्री महोदयाका धर्म पत्नी सारदा तामाङलाई आयोजक समितिले सम्मान गरेको थियो । यसका साथै मुख्यमन्त्रीले राज्यमा विभिन्न क्षेत्रमा सेवा प्रदान गर्ने प्रतिबद्धताका लागि सिंगलाल लामा, पदमाश्री सानु लामा, कुमार योञ्जन, श्री तेजबहादुर तामाङलाई पनि सम्मान गर्नुभयो ।

सुरुमा, अन्य धेरै व्यक्तिहरूलाई उनीहरूको विशिष्ट विषयहरूमा उल्लेखनीय योगदानको लागि प्रशंसा पत्रले सम्मानित गरियो, जस्तै:
सुश्री फुर्वा तामाङ
सुश्री जेतसेन डोना लामा
निम दोर्जी तामाङ
श्री पूरन तामाङ
सुश्री निमा डोमा तामाङ
श्रीमती स्नेहा तामाङ
श्री नसीब तामाङ
डा रोशन तामाङ
डा जिग्मी दोर्जी तामाङ
सञ्जय मोक्तान जी
साजन तामाङ

मुख्यमन्त्रीले पश्चिम बङ्गालबाट उत्सवमा विशिष्ट अतिथिको रुपमा सहभागी भएका निरज जिम्बा तामाङ र विशाल लामालाई पनि धन्यवाद दिएका थिए । सो अवसरमा २२ वटा संघसंस्थाले आ–आफ्नो समुदायको परम्परागत पहिरन ग्रहण गरेका थिए । त्यसैगरी मुख्यमन्त्रीको स्वेच्छाचारी अनुदानबाट तिलकप्रसाद शर्मा, सुश्री पवित्र थापा र रवितार मेरिगोल्ड क्लबलाई अनुदानको चेक हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा आदिप तामाङ र निमा ल्होको क्यालेन्डर विमोचन कार्यक्रममा फु सिंगी वाइबाको आधिकारिक पुस्तक विमोचन गरिएको थियो ।

Reporter - D B Chettri

Namchi, 14th February.In Gangtok District Singtam, a coordination meeting was held in the hall of Bharatiya Janata Party...
14/02/2024

Namchi, 14th February.
In Gangtok District Singtam, a coordination meeting was held in the hall of Bharatiya Janata Party under the chairmanship of Honorable MLC Mr. Sanjiv Chaurasia, in charge of Beneficiary Contact Campaign program.
On this occasion, State President Mr. DR Thapa, General Minister Bharat Dulal, General Minister Mr. Arjun Rai, State Executives, District Presidents, District General Ministers, Mandal Chiefs, Extension Officers, Mahila Morcha Presidents, various Morcha Presidents and youths were specially present.
During the meeting, more than 113 youths joined the Bharatiya Janata Party, including the talented youth leader Mr. Lalit Prokhral. A workshop on beneficiary contact campaign was also conducted in the meeting.



14/02/2024

State level Sonam Lochhar Celebration 2024

At Melli Bazar

14/02/2024

Prime time /प्राईम टाईम 14/02/2024
राज्य स्तरिय तामाङ लोसार २०२४ सिधा प्रसारण मल्ली बजारबाट

13/02/2024
New Indian Army Bharti-2024(Sikkim)⚔️Under AGNIPATH Scheme.
13/02/2024

New Indian Army Bharti-2024(Sikkim)⚔️
Under AGNIPATH Scheme.

New Indian Army Bharti-2024(Sikkim)⚔️
Under AGNIPATH Scheme.

10/02/2024

Bhalaydunga news latest news


CC TV footage of the tanker hitting people at Mela in Ranipool on Saturday evening
A tanker damaged several vehicles at the taxi stand in Ranipul Bazar and damaged several bike scooties and more than 11 people got injured, more details awaited.

नाम्ची जिल्ला अन्तर्गत तिमी नामफिङ निर्वाचन क्षेत्रको गान्जुङ वार्डमा पर्ने सुन्दर अनि रमणीय ठाउँ रुकुमटार भनेर सबैको पर...
10/02/2024

नाम्ची जिल्ला अन्तर्गत तिमी नामफिङ निर्वाचन क्षेत्रको गान्जुङ वार्डमा पर्ने सुन्दर अनि रमणीय ठाउँ रुकुमटार भनेर सबैको परिचित ठाउँमा गत २८ जनवरी २०२४ देखि रुकुम ग्यान्जोङ इको टुरिजम एवं ग्याल्पो लोसर उत्सव भव्य रूपमा आयोजना भइरहेको थियो भने आज ९ फरवरी २०२४ को दिन भव्य अनि सभ्य रुपमा समापन भयो।
उक्त उत्सवमा मुख्य अतिथिको रूपमा सिक्किम सरकारका मुख्य मन्त्रीकि धर्मपत्नी कृष्ण कुमरी राईको उपस्थित हुने निधो थियो तर कारणवस उपस्थित हुन नसक्दा बद्लामा सिक्किम सरकारका माननीय मन्त्री संजित खरेलले उपस्थिति जनाएर आजको कार्यक्रमलाई सफलीभूत बनाउनुभयो ।
मन्त्रीले आफ्नो छोटो सम्भाषणमा गान्जुङ अर्थात् तिमी नामफिङ निर्वाचन क्षेत्र उहाँको आफ्नो छिमेकी क्षेत्र परेको हुँदा दुवै निर्वाचन क्षेत्रका विधायक मिलेर उक्त रुकुम गान्जोङ इको टुरिजमलाई बढोत्तरी गर्नमा आफ्नो अनि सरकारको पक्षबाट पूरा सहयोग गर्ने वचन व्यक्त गर्दै आयोजक समितिको माङ्गहरूलाई आउँदो चुनावको लगत्तै पछि दुवै निर्वाचन क्षेत्रका विधायक मिली उक्त मागहरूको पूरा गर्ने वचन दिए।
यसरी मुख्य अतिथिको आसनबाट आश्वासन स्वरूप वचन दिएबापत आयोजक समितिको पक्षबाट पनि हार्दिक धन्यवाद एवं आभार प्रकट गरे।
ग्याङजुङका शेर्पा समुदायले आयोजना गरेको उक्त उत्सवमा आफ्नो पारम्परिक ढंगले सम्पूर्ण मुख्य अतिथि लगायत अतिथि गणहरूलाई ससम्मानका साथ सत्कार गर्दै उत्सवमा सहयोग गर्ने व्यक्तित्वहरूलाई स्मृति चिन्न पनि प्रदान गरेका थिए भने स्मृति चिन्ह ग्रहण गर्नेहरु मध्ये
श्री फुर्वा छिरिंग भोटिया
श्री प्रल्लाद गुरुङ
श्री टाँसी छिरिङ भुटिया
श्री अक्षय अग्रवाल
श्री भाइजी शेर्पा
श्री प्रकाश तिवारी गुरुङ
श्री डीबी गुरुङ
डक्टर कमला परियार अनि
श्री कर्मभुटिया डी इ थिये भने अन्य आयोजक समितिका सम्पूर्ण सदस्य सदस्यगणलाई मुख्य अतिथिको बाहुलीबाट आयोजक समितिले तयार पारेको स्मृति चिन्ह पनि प्रदान गरे।
यसरी नै जम्मा ४६ वटा स्टलहरू सजाइएको थियो भने मुख्य अतिथिको पक्षबाट सबै ४६ वटा स्टलका सदस्यहरुलाई पनि सहयोग राशि प्रदान गरेका थिये ।
कार्यक्रममा विभिन्न ठाउँहरूबाट सेल्फ हेल्प ग्रुपबाट आआफ्नो भेषभुषामा सांस्कृतिक कार्यक्रमहरू पनि गरी सबैलाई मनोरञ्जन गराएबापत मुख्य अतिथिको पक्षबाट सबै सबैलाई पनि प्रोत्साहन स्वरूप केही राशि प्रदान गरेका थिए।

10/02/2024

रानीपूलमा ट्रयाङकर दुर्घटना हुँदा लगभग ११ जना घाइते भएको समाचार प्राप्त भएको छ।
ट्रकमा सिक्किम मिल्क युनियन लेखिएको छ, यद्यपि सो वाहन सिक्किम मिल्क युनियनबाट २-३ वर्ष अगावै लिलामी भएको सिक्किम मिल्क युनियनका प्रबन्धन निदेशक डा. तिलक घतानीले जानकारी गराएका छन्।

10/02/2024

रानीपूलमा ट्रयाङकर दुर्घटना हुँदा लगभग ११ जना घाइते भएको समाचार प्राप्त भएको छ।
ट्रकमा सिक्किम मिल्क युनियन लेखिएको छ, यद्यपि सो वाहन सिक्किम मिल्क युनियनबाट २-३ वर्ष अगावै लिलामी भएको सिक्किम मिल्क युनियनका प्रबन्धन निदेशक डा. तिलक घतानीले जानकारी गराएका छन्।

Final day of Eco / Tourism Cum Sherpa Losar Festival 2024 organised by Rukum Ganchung Tourism Development Society 2024 a...
10/02/2024

Final day of Eco / Tourism Cum Sherpa Losar Festival 2024 organised by Rukum Ganchung Tourism Development Society 2024 at Rukum Tar under Temi Namphing Constituency.





10/02/2024

Eco Tourism Festival cm Sherpa Lhosar

Rukumtar



https://www.facebook.com/share/p/MNZn5htL1eRrbYKD/?mibextid=Nif5oz
06/02/2024

https://www.facebook.com/share/p/MNZn5htL1eRrbYKD/?mibextid=Nif5oz

🙏😭हार्दिक श्रद्धाञ्जली🙏😭

नाम्ची जिल्ला अन्तर्गत ९ बर्फुङ निर्वाचन क्षेत्रको रालङ जुमथाङ्गखिम निवासी तेपङ्गे छिरिङ भुटिया (तेङ्गे मण्डलले परिचित ) उहाँको निधनले रालङ्खिमवासीमा शोक छाएको छ।
सम्पूर्ण शोकाकुल परिवारमा हार्दिक संवेदना प्रकट गर्दै स्वर्गीय तेङ्गे छिरिङ भुटियाको आत्माले चिर शान्ति प्राप्त गरोस् साथै यो जानकारी गराउन चाहन्छौं कि आगामी ०७ फरवरी २०२४ को दिन यहाँको अन्तिम दाहा संस्कार गरिने छ यसर्थ सम्पूर्ण गाउँले इष्टमित्र शुभचिन्तक आफन्त सबै सबैलाई उहाँको अन्तिम शवयात्रामा सहभागिता भई हार्दिक श्रद्धाञ्जली अर्पण गर्न यो दुःखद खबरको साथमा हार्दिक निमन्त्रणा जनाउँदछौँ।
छिरिङ अङमो भोटिया ( पत्नी )
भवदीय
याङ्जीला भुटिया (छोरी )
छुम्किला भुटिया( छोरी )
कर्म नामग्याल भुटिया ( छोरा)
कर्मा दोर्जी भुटिया ( छोरा)

Address

Ravangla

Website

Alerts

Be the first to know and let us send you an email when Sikkim prime time/सिक्किम प्राईम टाईम posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share

Nearby media companies