Kalimpong online

Kalimpong online Like & Follow us for best local news service
(1)

29/03/2024

NH10 #
भोली 30 मार्च बिहान 6 बजीदेखि 1 अप्रेल बिहान 6 बजीसम्म राष्ट्रिय राजमार्ग 10 बन्द रनेछ।
उक्त विषयमा अझ के भन्छन् त कालेबुङ जिल्लापाल बालासुब्रमण्यम टी सुन्नुहोस्।

29/03/2024

प्रयत्न ग्रुप अनि ग्रोभ कन्सल्टेन्सीको संयुक्त आयोजनामा आगामी 2 अप्रिल 2024को दिन Career Expo 2024 हुन लागिरहेको छ।
यस Expo मा राष्ट्रिय अनि अन्तर्राष्ट्रिय कलेज,युनिभर्सिटीहरुबाट प्रतिनिधिहरुको उपस्थिति रहने छ भने जो कालेबुङको आपास रेसिडेन्सीमा सम्पन्न हुने भएको पत्रकार सम्मेलन अवधि वताए।

29/03/2024

लवर इच्छे ग्राम पंचायत भागोप्रमोको झोलीमा -
कालेबुङ-२९ मार्च २०२४(निसं)चैत्र १६ गते-लवर इच्छे ग्राम पंचायतको भाजपा पंचायत सदस्य तथा उप प्रधान साथै भाजपा दार्जीलिङ जिल्ला समिति सदस्य प्रोफेसर अजय लामा अनि सम्पूर्ण उहाँको सामर्थहरु आजबाट भागोप्रमोमा सामेल भएका छन् भने अब उप्रान्त लवर इच्छे ग्राम पंचायतमा भाजपाको नेतृत्वमा पंचायत नरहेको जानकारी गराउन चाहान्छु।
बिशेष आज एक कार्यक्रम बिच प्रोफेसर अजय लामा अनि अन्य ८० परिवारले पनि भाजपा त्यागी भागोप्रमोमा सामेल भएका छन्।
यसको साथै अब उसो ३७ नम्बर समष्टि अन्तर्गत पर्ने ५ वाट नै ग्राम पंचायतमा भागोप्रमोको बोर्ड रहेको जानकारी गराउन चाहान्छु।
लोकसभा चुनाव पश्च्यात लोवर इच्छे ग्राम पंचायतमा भागोप्रमोले आधिकारिक रूपमा बोर्ड गठन गर्ने छन्।

SBI द्वारा हु केयर्सको जोय्स होमलाई सहयोग  हु केयर्स द्वारा संचालित वृद्धआश्रम जोय्स होमलाई State Bank of India ले आज जो...
12/03/2024

SBI द्वारा हु केयर्सको जोय्स होमलाई सहयोग

हु केयर्स द्वारा संचालित वृद्धआश्रम जोय्स होमलाई State Bank of India ले आज जोय्स होममा नै पुगेर तीन थान इन्भर्टर सेट, सोलार प्यानल, पलङ्ग, सिरानी अनि म्याट्रेस साथै स्टृट लाइट प्रदान गरेको छ। जोय्स होमको पक्षबाट हु केयर्स संस्थापक तथा निर्देशक एरोन योन्जनले कृतज्ञता बन्दै आफुहरुलाई यो अत्यन्तै चाहिने र धेरै ठुलो सहयोग रहेको जनाए। एसबिआइ बाट आएका चार सदस्य टोलीमा रिजनल म्यानेजर कालेबुङ्ग ब्रान्च म्यानेजर, सोनाम काबो अनि ले एउटा सानो कार्यक्रम गर्दै आज जोय्स होमलाई उक्त सामग्रीहरु हस्तान्तरण गरेको जानकारी जोय्स होमका प्रबन्धक बिनिता छेत्रीले मिडियालाई दिदै जोय्स होमका सम्पुर्ण परिवारहरु एसबिआइले गरेको यो सहयोगलाई सधैं सम्झना गर्ने पनि जनाइन। स्मरण रहोस हु केयर्स 2012 देखि अत्यन्त सक्रिय रुपले पहाड अनि समतलमा सामाजिक कार्य गर्ने संस्था हो भने कालेबुङ्गको 12 माइलमा एउटा बृद्दआश्रम 2019 देखि चलाइरहेका छन। यसको साथसाथै सिटोङ्गको छमाइलमा पनि हु केयर्सले अर्को बृद्दआश्रम अब छिटै नै संचालनमा ल्याउने जानकारी छ।

11/03/2024

३५ नम्बर बोङ-दुर्पिन समष्टि
तल्लो बोङबस्तीमा कालेबुङ जनकल्याण सङ्घको भवन निर्माण कार्यका निम्ति शीला पूजा सम्पन्न

गोर्खाल्यान्ड क्षेत्रीय प्रशासन ३५ नम्बर बोङ-दुर्पिन समष्टिस्थित तल्लो बोङबस्ती गैरी गाउँमा कालेबुङ जनकल्याण सङ्घको भवन निर्माण कार्यको औपचारिक थालनी गरिएको छ। सोमबार सङ्घ परिसरमा भवन निर्माण गरिने भूमि पुजन अथवा शीला पूजनको कार्य सम्पन्न गरी भवन निर्माण कार्यको साइत गरियो। जीटीए अधीनस्थ कालेबुङ इञ्जिनियरिङ डिभिजनमार्फत लगभग ५१ लाख ४५ हजार रुपियाँको लागतमा निर्माण हुने उक्त दुईतले जनकल्याण भवन निर्माणका निम्ति सम्पन्न शीला पुजा कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ३५ बोङ-दुर्पिन समष्टि अध्यक्ष पंकज छेत्री प्रमुख रूपमा उपस्थित थिए। भवन निर्माणका निम्ति जमिन दाता नरेश भण्डारी, कालेबुङ जनकल्याण सङ्घ सभापति सुनिल काफ्ले, स्थानीय पञ्चायत समिति सदस्य तथा सङ्घ मूल सचिव रोशन दाहाल, स्थानीय अग्रज सोमनाथ शर्मा, प्रकाश शर्मा भण्डारी, गणेश सापकोटा आदिको उपस्थितिमा पंडित गोपाल दाहालद्वारा विधिवत् पुजा-अर्चना गरी शीला तथा भूमि पुजन सम्पन्न गरियो। वर्षौँदेखि सङ्घ भवन निर्माणको प्रतिक्षामा बसेका सङ्घ सदस्यहरूको पनि उपस्थिति रहेको कार्यक्रम अवधि सदस्यहरूले भवन निर्माण हुने कुराले हर्ष व्यक्त गर्दै यसका निम्ति जीटीए प्रमुख अनित थापा, विधायक रुदेन सादा लेप्चा, भागोप्रमो समष्टि अध्यक्ष पंकज छेत्री, पञ्चायत समिति सदस्य रोशन दाहाल, विभागीय अभियन्ताहरू, अधिकारीवर्ग आदिप्रति आभार व्यक्त गरे। कार्यक्रमलाई सम्बोधन गर्दै समष्टि अध्यक्ष छेत्रीले विशेष यस्ता भवन निर्माणका कार्य क्षेत्रमा अन्य धेरै रहेको अनि जनताको साथ र सहयोग प्राप्त भइरहे यसरी नै विकासीय कार्यहरू क्षेत्रमा अघि बढेर जाने कुरामा आफू आशावादी रहेको बताए। यसरी नै कालेबुङ-१ पञ्चायत समिति सदस्य तथा सङ्घका मूल सचिव रोशन दाहालले पनि भवन निर्माण हुने कुराले हर्ष व्यक्त गर्दै अब यस भवन बनिए क्षेत्रमा सांस्कृतिक, सामाजिक अनि आर्थिक विकास अझ भएर जाने दावी गरे। कुनै पनि कार्यक्रम गर्नपर्दा आफूहरूले हिउँदमा खेतका गह्रा खाली भएको समय पर्खनुपर्ने अवस्था रहेको दुख व्यक्त गर्दै सचिव दाहालले अब भवन निर्माण भए ती दुखहरूबाट आफूहरू मुक्त रहने विश्वास जाहेर गरे। शीला पुजन कार्यक्रममा सङ्घका अन्य धेरै सदस्यहरूको उत्सुकताका साथ उपस्थिति रहेको थियो।

11/03/2024

कालेबुङ चेस्ट क्लिनिक परिसरमा गोर्खा कल्याण भवनको निर्माण अनि नोभेल्टी कार पार्किङ र याम्प निर्माणको निम्ति शिलान्यास कार्यक्रम समारोहलाई सम्बोधन गर्दै नगरप्रशासक रवि प्रधान।

11/03/2024
11/03/2024

हामीले भाजपालाई जिताएर 3 पल्ट पठायौं। केन्द्रमा सरकार भाजपा कै थियो। गोर्खाले के फाइदा पायो? जीटीए राज्य अधिनस्थ व्यवस्था हो। यसपाली लामा लाई जिताएको खण्डमा हाम्रो राज्य सरकार सँग सम्बन्ध अझ प्रगाढ बनेर जानेछ। पहाडले अझ बेसी सहयोग पाउनेछ। भाजपाले अस्ति सम्म जात गोष्ठीको कुरा सम्म त गर्थ्यो। तर 15 वर्ष पछि अहिले आएर त्यो मुद्दा पनि हराई दियो। अहिले गोर्खाल्याण्ड पनि हरायो। जन जाती पनि हरायो। गोर्खाको समस्या प्रति संवेदनशील मात्र रहेछ।

वार्ड नम्बर २२ मा भागोप्रमोको सभा, युवा शक्तिको समिति गठन ३५ नम्बर समष्टि अन्तरगत कालेबुङ नगरपालिका वार्ड नम्बर २२ मा भा...
10/03/2024

वार्ड नम्बर २२ मा भागोप्रमोको सभा, युवा शक्तिको समिति गठन

३५ नम्बर समष्टि अन्तरगत कालेबुङ नगरपालिका वार्ड नम्बर २२ मा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक सांगठनिक सभा आज सम्पन्न भएको छ। स्थानीयवासी वरिष्ठ नागरिक सि के छेत्रीको सभापतित्वमा सभा सम्पन्न भएको थियो। सभामा पासङ छिरिङ लामा,हरिचन्द्र प्रसाद गुप्त,एच टि पि टि ए केन्द्रीय समिति उपाध्यक्ष पुनम घिसिङ,जिल्ला समिति वार्ड नम्बर २२ का कार्यकारी सदस्य प्रभात घिसिङ,युवा शक्ति जिल्ला समिति सदस्य जेरड भोटिया,समष्टि कार्यकारी सदस्य अजय परियार लगायत क्षेत्रवासी नारी,युवा कार्यकर्ताहरु उपस्थित थिए।
सभामा वार्ड नम्बर २२ निवासी साथै कालेबुङ जिल्ला समिति अध्यक्ष बिनय घिसिङको विशेष उपस्थिति रहेको उक्त सभामा आगामी लोक सभा चुनावको तयारी संगै संगठन बिषय उनले आफ्नो सम्बोधनमा प्रकाश पारे। पार्टीको निर्देशन अनुसार आगामी दिनमा काम गर्दै जानुपर्ने उनले सबैलाई आव्हान गरे।
आजको सभाबिच भारतीय गोर्खा प्रजातान्त्रिक युवा शक्ति वार्ड नम्बर २२ गठन पनि गरियो जसमा सभापति शैलेस प्रधान,उपासभापती बिकास दियाली,अभिषेक घिसिङ,सचीव प्रमेश शर्मा,सहसचिव प्रज्व्वल घिमिरे,बिशाल राई,कोषाध्यक्ष शिव सुब्बा,सह कोषाध्यक्ष प्रशान्त छेत्री, यसरी सल्लाहकारहरुमा जेरड भोटिया,प्रभात घिसिङ,गोपाल कार्की,अजय परियार लगायत १५ जना अन्य कार्यकर्ताहरु चयन गरिएको छ। नव चयनित पदाधिकारी र सदस्यहरुलाई शुभकामना सहित बिशिष्ट व्यक्तिहरुद्वारा खदामाला गरिएको थियो ।

08/03/2024

कालेबुङ नगरपालिकाद्वारा नारी दिवस पालन
आइपीमा गायन्ट स्विङको उद्घाटन। उक्त विषयमा के भन्छन् त कार्यकारी सभासद् सिनोरा नाम्चु अनि कालेबुङ नगर प्रशासक रवि प्रधान हेर्नुहोस् पूर्ण भिडियो।

08/03/2024

IP Park बारे बोल्दै कालेबुङे मानिस क भन्छन् हेर्नू होला

04/03/2024

कालेबुङ-१ पञ्चायत समितिमार्फत लोवर गैरी गाउँ प्राथमिक पाठशालामा अतिरिक्त कक्षा निर्माण कार्यको थालनी

बोङ ग्राम पञ्चायत अन्तर्गत संसद-७ गैरी गाउँस्थित लोवर गैरी गाउँ प्राथमिक पाठशालामा स्थानीय कालेबुङ-१ पञ्चायत समिति सदस्य रोशन दाहालमार्फत अतिरिक्त कक्षा निर्माण कार्यको थालनी गरियो। सोमबार एक औपचारिक कार्यक्रम सम्पन्न गरी विधिवत् पुजा-अर्चनाका साथ कक्षा भवन निर्माण कार्यको थालनी गरियो। कार्यक्रममा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा ३५ बोङ-दुर्पिन समष्टि अध्यक्ष पंकज छेत्री, कर्माध्यक्ष तथा स्थानीय पञ्चायत समिति सदस्य रोशन दाहाल, लोवर गैरी गाउँ प्राथमिक पाठशालाका प्रधान शिक्षक विकास काफ्ले, ठेकेदार तथा स्कुल सञ्चालन समिति सदस्य टेकेन्द्र अधिकारी, सञ्जय राई लगायत स्थानीय ग्रामवासीको उपस्थिति रहेको थियो। विशेष पाठशाला भवनको जीर्ण अवस्थाको कारण पाठशालामा विद्यार्थीहरूको कमी हुँदै गरेको अवस्था अनि पाठशाला भवन बनिए, स्कुलमा गुणस्तरीय पढाइ भए स्थानीय अभिभावकवर्गले स्कुलमा नानीहरू पठाउने भएपछि स्कुलमा अतिरिक्त कक्षा भवन निर्माण गरी त्यसलाई स्मार्ट क्लास बनाएर स्कुलको शिक्षा व्यवस्थामा सुधार ल्याउने सोच अनुरूप यसरी अतिरिक्त कक्षा निर्माण कार्यको थालनी गरिएको पञ्चायत समिति सदस्य रोशन दाहालले बताए। उनले यस उपलब्धिका निम्ति ग्रामवासी सबैलाई बधाई अनि शुभकामना दिँदै यसमा सहयोग पुर्‍याउने कालेबुङ-१ पञ्चायत समिति सभापति ममता गुरुङ, सह सभापति उत्तम राई, समष्टि अध्यक्ष पंकज छेत्री साथै हराएको पञ्चायती व्यवस्था पुनः फर्काइल्याउने शीर्ष नेतृत्वद्वय जीटीए प्रमुख कार्यपाल अनित थापा अनि कालेबुङ विधायक रुदेन सादा लेप्चा प्रति अभार व्यक्त गरे। यसरी नै शिक्षा जस्तो कुरालाई प्राथमिकता दिएर समिति सदस्य दाहालले समितिको कोषमार्फत अतिरिक्त कक्षा निर्माण कार्य थालनी गरिदिएवापत समष्टि अध्यक्ष पंकज छेत्रीले सम्पूर्ण क्षेत्रवासीको पक्षबाट उनलाई अभार व्यक्त गर्दै भविष्यमा पनि यस्ता धेरै जनमुखी विकासीय कार्यहरू पञ्चायत व्यवस्थामार्फत हुने आशा व्यक्त गरे। यसरी नै पाठशालाका प्रधान शिक्षक विकास काफ्लेले पनि अतिरिक्त कक्षा निर्माणमा खुशी व्यक्त गर्दै अब गाउँ, शिक्षक, जनप्रतिनिधि सबै मिलेर शिक्षाको गुणस्तर बढाउन अनि पाठशाला बचाउन सबै पक्षबाट सहयोग गरिदिने अपिल गरे।

02/03/2024

कालेबुङ खण्ड-1 पञ्चायत समिति र 18 ग्राम पञ्चायत गरेर जम्मा18 करोड 9 लाख 70 हजार 1 सय 15 रुपियाँको लागतमा तयार जम्मा 916 साना-ठुला परियोजनाको शिलान्यास कालेबुङ विधायक रुदेन सादा लेप्चाको बाहुलीबाट गरियो। शिलान्यासबारे कालेबुङ खण्ड-1 पञ्चायत समिति चेयरमेन ममता गुरूङले दिएका जानकारी।

***सबैलाई निवेदन***इंडस्ट्रियल पार्क (Industrial Park) नगरपालिका कालिम्पोङ  द्वारा गरिने देख रेख अनि साफ सफाई हरेक दिन ग...
26/02/2024

***सबैलाई निवेदन***
इंडस्ट्रियल पार्क (Industrial Park) नगरपालिका कालिम्पोङ द्वारा गरिने देख रेख अनि साफ सफाई हरेक दिन गरिरहेछौ।
पार्क हामी सबैको हो तपाईंको,मेरो,हाम्रो यसैले उक्त पार्कलाई सफा अनि पार्कमा लगाइएको हरेक चिजहरुको संरक्षण गर्नु पनि तपाईं हामी सबैको हो।
कृपया नानीहरूलाई खेलाउँदा आफ्नु अभिभावकहरुले ध्यान दिनु होला अनि हरेक कुरा पालो पर्खिएर उपयोग गरे सबैको चित्त बुझ्ने छ।
कुनै पनि उपयोग गरिने बस्तु अथवा चिजहरलाई सही तरिकाले उपयोग गरिदिनु हुन आग्रह गर्दछौं।

रवि प्रधान,
प्रशासक
नगरपालिका कालिम्पोङ।
CORTESY KALIMPONG MUNICIPALITY

24/02/2024

पुदुङ ३६ नम्बर समष्टि देखि ४२ नम्बर समष्टि योक दुलाल गाउँलाई जोडने २५ करोड लागतको सडक साथै १६ करोड लागतको स्टील ब्रिजको आज शिलान्यास कार्य गोर्खाल्यान्ड क्षेत्रीय प्रसासनाका मुख्य कार्यपाल अनित थापाको बाहुली बनट सम्पन्न गरिएको छन् भने यसै विसैमा कालेबुङग खन्ड १ पञ्चायत सभापति ममता गुरुङ के भन छन् ।

12/02/2024

पहाडमा अब कमलको फूल हिलोमै दबाइदनेछौ : बारुद

U-15 Selection TrialsOrganised by Cricket Association of District Kalimpong  10 & 11 February 2024 8 pm Ronaldsey park D...
08/02/2024

U-15 Selection Trials
Organised by Cricket Association of District Kalimpong
10 & 11 February 2024
8 pm
Ronaldsey park Dr Grahams Homes Kalimpong

29/01/2024

३१ जनवरी र १ फरवरी: कालेबुङको इन्डस्ट्रियल पार्कमा म्युनिसिपल फेस्ट हुँदै,पर्यटकहरूलाई आकर्षित गर्न पहिलो यस्तो उत्सव भइरहेको नगर प्रशासक रवि प्रधानको दावी!

29/01/2024

Kalimpong Municipality Fest 2024

Kalimpong Municipality Fest 2024Hosting the first ever Kalimpong Municipality  Fest 2024 at Industrial Park on the 31st ...
29/01/2024

Kalimpong Municipality Fest 2024

Hosting the first ever Kalimpong Municipality Fest 2024 at Industrial Park on the 31st January and 1st of February featuring star performances by
Sabin Rai , Adrian Pradhan, Smita Pradhan, Hrishad Rai, Sanjiv Khati, Chirayata Band and various artists, promoting TOURISM in Kalimpong.

Rabi Pradhan
Administrator
Kalimpong Municipality.

सानडुप लामा बने कालेबुङ जिल्ला स्कुल वोर्ड अध्यक्ष
25/01/2024

सानडुप लामा बने कालेबुङ जिल्ला स्कुल वोर्ड अध्यक्ष

23/01/2024

भागोप्रमोद्वारा डम्बर सिह गुरुङको १२४ औं जन्म जयन्ती पालन

13/01/2024

माघे संक्रान्तिको अवसरमा पर्यटक स्थलहरू पुग्ने अतिसा रोडदेखि 8 माइल आइ सेन्टरसम्म सडकको चौडदार साथै मरम्मती कार्य आरम्भ। कार्यक्रममा 33 नम्बर समष्टि कार्यकारी सभासद् सिनोरा नाम्चु, समष्टि अध्यक्ष अनुप छेत्री, नारी शक्ति सल्लाहकार सुष्मा लामा, एजेन्सी दिपेन्द्र छेत्री आदिको थियो विशेष उपस्थिति।

" गोर्खा संस्कार ,संस्कृति र परम्पराको संरक्षण गरौं। "      कालेबुङको मेलाटारमा आगामी 15 जनवरीदेखि शुरु हुने माघे सङ्क्र...
12/01/2024

" गोर्खा संस्कार ,संस्कृति र परम्पराको संरक्षण गरौं। "

कालेबुङको मेलाटारमा आगामी 15 जनवरीदेखि शुरु हुने माघे सङ्क्रान्ति सांस्कृतिक महोत्सवमा सबैलाई उपस्थित भइदिन हार्दिक निमन्त्रणा गर्दछौँ।

10/01/2024

(ADVERTISEMENT)
हार्दिक निमन्त्रणा।

सबैलाई बडा दिनको हार्दिक मङ्गलमय शुभकामना!! !! 🎄🎅🏻🧑🏻‍🎄🤶🏻🎄🎂
25/12/2023

सबैलाई बडा दिनको हार्दिक मङ्गलमय शुभकामना!!
!! 🎄🎅🏻🧑🏻‍🎄🤶🏻🎄🎂

Address

Damber Chowk Kalimpong
Kalimpong

Telephone

+917076337098

Website

Alerts

Be the first to know and let us send you an email when Kalimpong online posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalimpong online:

Videos

Share