भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, टिस्टा ,कालेबुङ ।

  • Home
  • India
  • Kalimpong
  • भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, टिस्टा ,कालेबुङ ।

भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, टिस्टा ,कालेबुङ । हाम्रो पाहाड राम्रो पाहाड

29/04/2024

जीटीए क्षेत्रमा गोपाल लामा कमसेकम ५०००० मतले भाजपाको विष्टभन्दा अघि । समतलको ४ वटा विधानसभा क्षेत्रमा टक्कर भए पनि लामा अघि । लामाको जीत र विष्टको हार निश्चित ।

25/04/2024
टिस्टा बजार चुनाउ कार्यलयमा हाइवेका विभिन्न बूथमा पोलिङ एजेण्टहरूलाई लिएर प्रशिक्षणसँगै नियुक्ति पत्र वितरण ।
23/04/2024

टिस्टा बजार चुनाउ कार्यलयमा हाइवेका विभिन्न बूथमा पोलिङ एजेण्टहरूलाई लिएर प्रशिक्षणसँगै नियुक्ति पत्र वितरण ।

टिस्टा बुथ संख्या २२/१४२ क्षेत्रमा नारी शक्तिद्वारा पार्टी उम्मेद्वार श्री गोपाल लामाको पक्षमा चुनाउ अभियान ।
22/04/2024

टिस्टा बुथ संख्या २२/१४२ क्षेत्रमा नारी शक्तिद्वारा पार्टी उम्मेद्वार श्री गोपाल लामाको पक्षमा चुनाउ अभियान ।

विगत पंचायत समिति चुनाउमा रम्बी बजार हाइवेबाट भारतीय जनता पार्टीका प्रतिस्पर्धी जितेन छेत्री साथै धेरै भाजपा युवा र नारी...
22/04/2024

विगत पंचायत समिति चुनाउमा रम्बी बजार हाइवेबाट भारतीय जनता पार्टीका प्रतिस्पर्धी जितेन छेत्री साथै धेरै भाजपा युवा र नारी कार्यकर्ताहरू आज सिलगढी स्थित पिण्टेल भिलेजमा भागोप्रमो अध्यक्ष श्री अनित थापासँग भेट गरि पार्टीमा सामेल भए । उनीहरूले आगामी लोकसभा चुनाउमा पार्टीमा सासंद उम्मेद्वार श्री गोपाल लामालाई पुर्ण समर्थन प्रकट गरेका छन् ।

टिस्टा समन्वय समितिको बूथ २२/१४१ ,१४२ , १४३ का भागोप्रमो कार्यकर्ता , पंचायत समिति सदस्य , पंचायत सदस्यहरूद्वारा टिस्टाक...
20/04/2024

टिस्टा समन्वय समितिको बूथ २२/१४१ ,१४२ , १४३ का भागोप्रमो कार्यकर्ता , पंचायत समिति सदस्य , पंचायत सदस्यहरूद्वारा टिस्टाका विभिन्न क्षेत्रहरूका प्रभावी रूपमा चुनाउ प्रचार प्रसार अभियान ।

लु अब १५ वर्षसम्म नदिने बज्यैले आइतबार बारिरहिन् । झन यसपालि त खसी चारपल्टमा छिनाउँने भन्ने अन्धोभक्तहरूले के के भन्ने ह...
14/04/2024

लु अब १५ वर्षसम्म नदिने बज्यैले आइतबार बारिरहिन् ।
झन यसपालि त खसी चारपल्टमा छिनाउँने भन्ने अन्धोभक्तहरूले के के भन्ने हुन् ?

मोदी है त सब मुमकिन है भन्थे मने काका । लु ठामठिम नै पारेछ यसपालि त ।

14/04/2024

काम र कण्ट्रयाक चाहिँ बीजीपीएमबाट गर्ने ,पार्टीले ल्याएको स्कूल , बत्ती , सुरक्षा वाल,घर उपभोग गर्ने तर लुकी लुकी अरूको प्रचार र सभा जाने बैगुणीहरूको हिसाब राखेका छौं ।

चकचके सुदन गुरूङ , अफवाह म्यान मनोज बोगटी र सोङदेन लेप्चा विरूद्ध अनित थापाको नाममा मानहानी गरे वापत FIR गरियो । बेसी बो...
12/04/2024

चकचके सुदन गुरूङ , अफवाह म्यान मनोज बोगटी र सोङदेन लेप्चा विरूद्ध अनित थापाको नाममा मानहानी गरे वापत FIR गरियो ।

बेसी बोसो चडे र उम्लियो भने यस्तै प्रतिफल हुन्छ । झुटाहरू एक दिन , दुई दिन चम्किला तर सच्चाहरूले अन्तमा जित्नेछ ।

दार्जिलिङ पाहाडमा गोर्खावाद र क्षेत्रीयतावाद मास्न खोज्ने भारतीय जनता पार्टी र पार्टीको अध्यक्ष जेपी नड्डाको बयानको घोर ...
12/04/2024

दार्जिलिङ पाहाडमा गोर्खावाद र क्षेत्रीयतावाद मास्न खोज्ने भारतीय जनता पार्टी र पार्टीको अध्यक्ष जेपी नड्डाको बयानको घोर विरोध गर्दछौं ।

हामीलाई हाम्रै पाहाड , क्षेत्रीय पार्टी र क्षेत्रीयतावाद प्यारो छ ।

09/04/2024

भाजपा प्रार्थीलाई भव्य स्वागत ।

यतातिर पनि यस्तै स्वागतको तम्तयार गर्नुपर्छ ।

टिस्टा भागोप्रमोको चुनावी कार्यलय उद्घाटनआगामी लोकसभा चुनाउलाई लिएर पार्टीको चुनावी अभियानलाई तीव्र गतिमा समन्वय गर्न भा...
09/04/2024

टिस्टा भागोप्रमोको चुनावी कार्यलय उद्घाटन

आगामी लोकसभा चुनाउलाई लिएर पार्टीको चुनावी अभियानलाई तीव्र गतिमा समन्वय गर्न भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा , टिस्टा समन्वय समितिको सोमबारको दिन टिस्टा बजारमा चुनावी कार्यलयको उद्घाटन गरियो । यस अवसरमा समन्वय समिति तथा चुनाउ संयोजक विशाल राई , टिस्टा ग्राम पंचायत उप-प्रधान सोङमित लेप्चा , पंचायत समिति सदस्य कविता खाती , पंचायत सदस्य ज्योति विश्व , योगिता छेत्री साथै पार्टीका युवा साथै नारी शक्तिका सदस्यहरूको उपस्थिति रहेको थियो ।

समितिले आगामी दिनमा टिस्टा ग्राम पंचायत अधिनस्थ विभिन्न बुथहरूमा चुनावी समिति गठन गरेर चुनाउ अभियानलाई अघि लिएर जाने भएका छन् । कार्यक्रममा यस लोकसभा चुनाउमा पार्टीको प्रार्थी रहेका श्री गोपाल लामालाई भारी मतकासाथ जिताउने सबै वक्ताहरूले प्रतिबद्धता राखे ।

06/04/2024

यस महिनादेखि वृद्धि भएको लक्ष्मी भण्डारको पैसो थाप्न भाजपा र विष्टका समर्थकहरू लाइन लागेर बैंकमा उभिएका छन् । उनीहरू लक्ष्मी भण्डार हामी थाप्दैनौं भनेर घोषणा गर्छ भनेको त सुटुक्कै कागज पत्र बुझाउँदै थिए ।

05/04/2024

विष्टले साल्सा म्यान जिम्बालाई फाटेको डोको जस्तो हातै झट्कायो त । भोटे कुकुर जस्तो पछि पछि जबरजस्ती हात तानेर अठ्याउँदा यस्तै हुन्छ । यस्तो जबरजस्तीको व्यापारको सम्बन्ध पनि धेरै टिक्ने छैन् नि ।

30/03/2024

भाजपाले ११ गोर्खा जातहरूलाई जनजाति दिने त होइन् तर नेपालबाट आएको भारतमा अनुप्रवेशकारी मान्छ । भाजपाले भारतको गोर्खाहरूलाई हेर्ने दृष्टिकोण ठिक छैन् । गोर्खालाई भाजपाले न्याय दिने छैन् - गोजमुमो महासचिव रोशन गिरी ।

30/03/2024

दार्जिलिङ पाहाडमा भाजपा भित्राउने र बंगालमा पहिलो भाजपा सासंद दिने गोजमुमो अध्यक्ष विमल गुरूङले आज यसरी भाजपाले गोर्खा जातिलाई विश्वासघात गरेको आफूले स्वीकार गरे ।

भाजपा उप-प्रधान भागोप्रमोमा सामेल एकमात्र भाजपा पंचायत बोर्ड भागोप्रमोको झोलीमा कालेबुङ लोवर इच्छे ग्राम पंचायतका उप-प्र...
29/03/2024

भाजपा उप-प्रधान भागोप्रमोमा सामेल

एकमात्र भाजपा पंचायत बोर्ड भागोप्रमोको झोलीमा

कालेबुङ लोवर इच्छे ग्राम पंचायतका उप-प्रधान साथै दार्जिलिङ जिल्ला समितिका सदस्य अजय लामा साथै उनका ८० जना समर्थकहरू आज अलगडा दलपचन्द समष्टिका सभासद दावा तेन्जीको उपस्थितिमा भारतीय जनता पार्टी त्याग गरि भागोप्रमोमा सामेल बनेका छन् । यस अवसरमा भाजपा त्याग गरि उनीहरूले भागोप्रमोको झण्डा ग्रहण गरेका छन् ।

जीवनको ४० वर्ष ( ४ दशक ) विभिन्न सम्मानजनक प्रशासनिक पदमा रहेर आममानिसहरूको सेवामा खर्च गर्नुभएको दार्जिलिङ पाहाडको खाँट...
23/03/2024

जीवनको ४० वर्ष ( ४ दशक ) विभिन्न सम्मानजनक प्रशासनिक पदमा रहेर आममानिसहरूको सेवामा खर्च गर्नुभएको दार्जिलिङ पाहाडको खाँट्टी भुमिपुत्र गोर्खे श्री गोपाल लामालाई यसपालि लोकसभा चुनाउमा विजय तुल्याएर जातिको जीत दर्ता गरौं ।

दार्जिलिङ पाहाडकै गोर्खा भूमिपुत्र श्री गोपाल लामाको जीत भारतीय जनता पार्टीलाई गोर्खा जातिप्रतिको विश्वासघात र छलको जवाब हुनेछ ।

हर घर गोपाल लामा सर ।

Teesta Times पत्रकार र One fine Morning उकिल दाजुलाई जानकारी रहोस् - १.भारतभरि Disaster Managament Act 2005 सबै ठाउँ एकै...
22/03/2024

Teesta Times पत्रकार र One fine Morning उकिल दाजुलाई जानकारी रहोस् -

१.भारतभरि Disaster Managament Act 2005 सबै ठाउँ एकै नियम नीति लागू छ । कुनै पनि आपदामा प्राण गुमाउनेहरूले रू - ३००००० नै पाउँछ । आंशिक क्षति हुनेहरूले ५०००० नै पाउँछ । सम्पुर्ण पश्चिम बंगाल राज्यभरि त्यहीँ नियम अनुसार पुर्ण क्षतिग्रस्त घरले रू- ७५००० र आंशिक क्षतिग्रस्तले रू-५००० नै पाउँछ ।

२.दाजुले भन्दै गरेको राज्य सरकारले दिएको रु-३ ,६६०५००० सोझै जिल्लापाल कार्यलय र बीडीओ मार्फत ५५९ जना आपदा पिढित पुर्ण क्षतिग्रस्त र आंशिक घर क्षति हुनेहरूको निजी ब्यांक खातामा रू-७५००० हजार र रु- ५००० गरेर हालिदिएको हो ।

३.राज्य सरकारले दिएको HB grant भनेको full form House Building Grant हो । सरकारले पिढितहरूको निम्ति पुनर्वास र घर बनाउनका निम्ति दिने भनेको मूल्य यति नै हो - Disaster Management Act - 2005 अनुसार ।

४.One fine Morning दाजुले Mislead गरेको हो । कि Disaster Management Act नपढी बोलेको हो । RTI मा उल्लेख गरेको ९ लाख रूपियाँ भनेको रम्फुमा बाढमा ज्यान गुमाउनेहरूका ३ परिवारले पाएको रूपियाँको Total हो । एक मृतक परिवारले ९ लाख पाउँने होइन् ।

यसरी बोल्नेले तथ्य बिना चुनाउको समयमा Issue नपाएर Politicalize गरेर हावा बोलेको र अरू समाचार नपाएर टिस्टामा रात दिन मोबाइल र क्यामेरा बोकेर हिड्ने पत्रकारहरूले प्रसारण गरेको खबर कति आधारहिन ! पत्रकारहरू पनि नियम नीति अध्ययन गरेर , Self study गरेर समाचार प्रसारण गरे राम्रो । जसले जे बोल्यो , त्यही छाप्यो । देखायो । पत्रकारिताको निम्नतम अवस्था हो यो । Revenge लिनु पत्रकारितालाई बदनाम नै बनाइसके मोराहरूले । अब उकिलले खुल्लम खुल्ला ढाट्न थाले RTI को नाममा ।

चुनाउभरि Teesta नै Political issue बनाएर चलाऊ - भाजपाको पक्षमा ।

भागोप्रमो टिस्टा हाइवे चुनाउ समिति गठन । बुधबारको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा , कालेबुङ जिल्ला समिति साथै जि...
20/03/2024

भागोप्रमो टिस्टा हाइवे चुनाउ समिति गठन ।

बुधबारको दिन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा , कालेबुङ जिल्ला समिति साथै जिल्ला चुनाउ समितिको पहलमा टिस्टा हाइवे भागोप्रमो चुनाउ समितिको गठन गरियो । कालेबुङ खण्ड १ अन्तर्गत टिस्टा ग्राम पंचायतका ७ वटा बुथहरू लिएर गठन गरिएको यस चुनाउ समितिमा मूल संयोजक विशाल राई र उप- संयोजक उत्तम राई चुनिएका छन् । टिस्टा ग्राम पंचायतका टिस्टा , गेलखोला , २९ माइल , रम्बी , सुन्तले लोहापुल , बिरिक डाँडा , मल्ली , कीर्णे , टर्जम आदि बुथहरू लिएर यस चुनाउ समितिको गठन गरिएको छ ।

सुरेन लोहारले संचालन गरेको सभामा जिल्ला चुनाउ प्रभारी कार्यकारी सभासद कमल सुब्बा , जिल्ला भागोप्रमो अध्यक्ष विनय घिसिङ , प्रवक्ता अमिर बस्नेत , तक्लिङ पेशोक समष्टि सांगठानिक सचिव विशाल राई , खण्ड १ चुनाउ प्रभारी सभासद हेमन्त थुलुङ , सिनोरा नाम्च्यु , खण्ड १ पंचायत सभापति ममता गुरूङ , उप- सभापति उत्तम राई , सदस्य कविता खाती , कालेबुङ विध्यार्थी महासंघबाट राम प्रसाद रोका , टिस्टा ग्राम पंचायत उप-प्रधान सोङमित लेप्चा , पंचायत सदस्य ज्योति विश्वकर्मा , योगिता छेत्री , मनोज थापा , अर्जुन छेत्री , विनय तामंग , ओङछिरिङ लेप्चा आदिको विशेष उपस्थिति रहेको थियो ।

सभामा भागोप्रमो विभिन्न बुथ समितिका पार्टी सदस्यहरूको उपस्थितिको माझमा विभिन्न वक्ताहरूले आगामी लोकसभा चुनाउमा पार्टीका प्राथी श्री गोपाल लामालाई भुमिपुत्र गोर्खाको जीतको निम्ति जीत सुनिश्चित गराउने अपिल गरेका थिए । यसका साथै भारतीय जनता पार्टीको बारम्बारको विश्वासघातको विरोधमा गोर्खाको एकता देखाउनुपर्ने आवश्यक्तामाथि जोड दिएका थिए ।

टिस्टामा महिलाहरूका निम्ति Livlihood Training शुरू ।महिला स्वरोजगार र स्वलम्बनका निम्ति टिस्टामा सोमबारदेखि आजीवीका तालि...
18/03/2024

टिस्टामा महिलाहरूका निम्ति Livlihood Training शुरू ।

महिला स्वरोजगार र स्वलम्बनका निम्ति टिस्टामा सोमबारदेखि आजीवीका तालिम कार्यशालाको आरम्भ गरियो । ५० भन्दा धेर महिलाहरूको सहभागिता रहेको यस कार्यशालामा यी महिलाहरूलाई आगामी १ महिनासम्म विभिन्न रोजगार साधनका निम्ति तालिमहरू दिइनेछ । हेडन हल कालेबुङको पहलमा शुरू गरिएको यस प्रशिक्षण कार्यशालामा इच्छुक महिलाहरूले टिस्टा ग्राम पंचायतसँग सम्पर्क गरेर तालिममा सहभागी बन्न सक्ने छन् ।

जीटीए मुख्य सचिवद्वारा टिस्टा बाढ क्षेत्रको भ्रमण जीटीएका मुख्य सचिवद्वारा टिस्टा बाढ पिढित क्षेत्रमा हालसम्म रेस्टोरेशन...
15/03/2024

जीटीए मुख्य सचिवद्वारा टिस्टा बाढ क्षेत्रको भ्रमण

जीटीएका मुख्य सचिवद्वारा टिस्टा बाढ पिढित क्षेत्रमा हालसम्म रेस्टोरेशन र रिह्याबिलिटेशन कार्यको निरिक्षण गर्नलाई भ्रमण गरियो । यस अवधि मुख्य सचिवकासाथ जीटीएका कार्यकारी निर्देशक सोनाम भुटिया , आपदा प्रबन्धन विभागका कार्यकारी निर्देशक मनवेन्द्रा मोदक , तक्दाह इन्जिनियरिङ डिभिजनका कार्यकारी अभियन्ता सुमन डुक्पा , कालेबुङ इन्जिनिरयिङ डिभिजनका कार्यकारी अभियन्ता योगेश प्रधान , खरसाङ उर्जा विभाग कार्यकारी अभियन्ता सुरज थापा , क्षेत्रीय सभासद मणिप्रसाद राई , समष्टि सांगठानिक सचिव विशाल राई , कालेबुङ खण्ड - १ पंचायत समिति सभापति ममता गुरूङ , टिस्टा ग्राम पंचायत उप-प्रधान सोङमित लेप्चा , समिति सदस्य कविता खाती आदिको उपस्थिति रहेको थियो ।

भ्रमण अविधि लिइएका केही प्रस्तावहरू -

१. टिस्टा बजारमा भइरहेको सुरक्षा गारोको कार्य (५०० मिटर) आगामी ३० अप्रेलसम्म समापन गरिनुपर्ने । टिस्टा पूल क्षेत्रमा (५००)शीघ्रै सुरक्षा गारोको कार्य थालनी गरिने ।

२.त्रीवेणी बाटोको काम शिघ्रै थालनी गरिने । जीटीएको टिईडी विभागद्वारा यस बाटोको टेण्डर गरिने ।

३. बाढपिढितहरूको घर यसै महिनादेखि निर्माण गरिने ।

टिस्टा बाढपिढितहरूको निम्ति जीटीएद्वारा Livlihood Training सञ्चालन जीटीए , कालेबुङ खण्ड १-पंचायत समिति , टिस्टा ग्राम पं...
14/03/2024

टिस्टा बाढपिढितहरूको निम्ति जीटीएद्वारा Livlihood Training सञ्चालन

जीटीए , कालेबुङ खण्ड १-पंचायत समिति , टिस्टा ग्राम पंचायतको संयुक्त आयोजनामा टिस्टा बाढपिढित महिलाहरूको निम्ति लाइभलिहुड ट्रेनिङ ( Livlihood Training ) शुरू गरिएको छ । विगतमा टिस्टा आपदाले स्थानीय मानिसहरूको जीवीका उपार्जनको माध्यम नै क्षतिग्रस्त पारिसकेपछि जीटीएको पहलमा यसरी आर्थिक विकाशको निम्ति टिस्टामा उक्त प्रशिक्षण शुरू गरिएको हो । यस अवसरमा कालेबुङ खण्ड १ पंचायत समिति सभापति श्रीमती ममता गुरूङ , समिति सदस्य कविता खाती , प्रशिक्षणकर्ता श्रीमती बिनिता मोथे , टिस्टा ग्राम पंचायत उप-प्रधान श्रीमती सोङमित लेप्चा , कार्यकारी अभियन्ता श्री संतोष राई , तक्लिङ - पेशोक समष्टि सांगठानिक सचिव श्री विशाल राई आदिको उपस्थित रहेको थियो ।

यस कार्यशालामा स्थानीय महिलाहरूलाई Jute Bag , Sanitary Napkin , Tailoring ,Mushroom , Soap , Parlouring , Incense stick , Candle making ,Fruit Precessing आदि जस्ता विभिन्न लघु उद्योगहरूमाथि प्रशिक्षण गरिनेछ । आगामी १८ मार्च सोमबारदेखि यस प्रशिक्षण शिविर बिहान ९ देखि ३ बजीसम्म चल्ने तय गरिएको छ । आजको यस कार्यशालामा क्षेत्रका ७० भन्दा धेर बाढीपीडित महिलाहरूको उपस्थिति रहेको थियो ।

यस Livlihood Training को निम्ति इच्छुक महिलाहरूले टिस्टा ग्राम पंचायतबाट फारम संग्रह गर्न सक्ने जानकारी गरिएको छ ।

विगत जीटीए चुनाउको समष्टि घोषणा पत्रमा उल्लेख गरिएको विकासका योजना घोषणा अनुसार तक्लिङ पेशोक समष्टि अन्तर्गत टिस्टा शाखा...
23/08/2022

विगत जीटीए चुनाउको समष्टि घोषणा पत्रमा उल्लेख गरिएको विकासका योजना घोषणा अनुसार तक्लिङ पेशोक समष्टि अन्तर्गत टिस्टा शाखामा समष्टि सभासद श्री मणिप्रसाद राई र जीटीए कार्यपाल श्री अनित थापाको निर्देशनमा टिस्टा क्षेत्रका विभिन्न विकासका योजनाहरूको तक्दाह इन्जिनियरिङ विभाग अभियन्ता टोलीद्वारा स्थलगत सर्वेक्षण गरिने काम गरियो । जसमा टिस्टा मिनी स्टेडियम , टिस्टा हाइ स्कूलमा भवन , विज्ञान विभागका निम्ति कोठा , बर्निङ घाट , मलामी विश्राम गृह आदि प्रमुख छन् ।

जीटीए अध्यक्ष श्री अनित थापाको कालेबुङ भ्रमण अवधि टिस्टा बजारमा टिस्टा शाखा समितिसँग टिस्टाभित्रका विविध जन समस्याहरू लि...
21/08/2022

जीटीए अध्यक्ष श्री अनित थापाको कालेबुङ भ्रमण अवधि टिस्टा बजारमा टिस्टा शाखा समितिसँग टिस्टाभित्रका विविध जन समस्याहरू लिएर भेटघाट । यस भेटमा जीटीए अध्यक्ष अनित थापाले टिस्टा मिनी स्टेडियम , टिस्टा हाइ स्कुल , पिउने पानी , कोइरी साथै कोविद कर्मचारीहरूको समस्या समाधान गरिदिने बताए । समष्टि सभासद श्री मणिप्रसाद राईले यस अवधि टिस्टा क्षेत्रका विविध समस्याहरू सविस्तार राख्दै समाधानको निम्ति अपिल गरेका छन् । शाखा सचिव सुरेन लोहारले सन्चालन गरेको सभामा सभाको विषय वस्तु बारे शाखा अध्यक्ष शरण छेत्रीले कुरा राखेका थिए ।

सेवक रम्फु रेल परियोजना प्रभावित क्षेत्रबासीहरूलाई लिएर इरकोन अधिनस्थ विभिन्न कम्पनीहरूका प्रबन्धक पक्षलाई लिएर तक्लिङ प...
08/08/2022

सेवक रम्फु रेल परियोजना प्रभावित क्षेत्रबासीहरूलाई लिएर इरकोन अधिनस्थ विभिन्न कम्पनीहरूका प्रबन्धक पक्षलाई लिएर तक्लिङ पेशोक समष्टि सभासद श्री मणिप्रसाद राईको नेतृत्वमा चित्रे वे साइड इनमा एक जरूरी सभा बस्यो । सभामा केन्द्रीय युवा शक्ति सदस्य विशाल राई , भागोप्रमो टिस्टा शाखा सभापति शरण छेत्री , सचिव सुरेन लोहार , समष्टि प्रतिनिधिवर्गको उपस्थिति रहेको थियो । सभामा प्रभावित क्षतिग्रस्त घरहरूको निरिक्षण र क्षतिपुर्ति , पिउने पानीको व्यवस्था , स्थानीय युवाहरूलाई रोजगार , कार्यरत कर्मचारीहरूको विविध समस्याहरू लिएर चर्चा गर्दै चाडै कम्पनीलाई ज्ञापन सुम्पियो ।

जीटीए बोर्डको गठनपछि स्वास्थ्य र परिवार कल्याण विभागका भारप्राप्त सभासद श्री अरूण सिग्चीले टिस्टा , तक्लिङ प्राथमिक स्वा...
06/08/2022

जीटीए बोर्डको गठनपछि स्वास्थ्य र परिवार कल्याण विभागका भारप्राप्त सभासद श्री अरूण सिग्चीले टिस्टा , तक्लिङ प्राथमिक स्वास्थ्य केन्द्र साथै रम्बी ब्लब अस्पतालको भ्रमण गरेका छन् । यस भ्रमणमा उनका साथ ३४ न० समष्टि सभासद श्री विकाश राई , ४२ न० समष्टि सभासद श्री हेमन्त राई , २० न० समष्टि सभासद श्री मणिप्रसाद राईको उपस्थित रहेको थियो । यस भ्रमण अवधि स्वास्थ्य तथा परिवार कल्याण विभागीय सभासदले स्वास्थ्य केन्द्रमा विविध समस्याहरूको अवलोकन गर्दै जीटीएको पहलमा नै अब जनताको सुविधाको हरेक समस्याहरू समाधान गरिने बताए । टिस्टा स्वास्थ्य केन्द्रमा २ जना डाक्टरको नियुक्ति , विभिन्न जाँच यन्त्र , पिउने पानी , बाटो , ग्रुप डी स्टाफ आदिको विविध समस्याहरू रहेको अस्पताल पक्षले जनाएका थिए ।

समष्टि सभासदसँग टिस्टा शाखाको भेटघाट ।
31/07/2022

समष्टि सभासदसँग टिस्टा शाखाको भेटघाट ।

30/07/2022

Address

Kalimpong

Website

Alerts

Be the first to know and let us send you an email when भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा, टिस्टा ,कालेबुङ । posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share



You may also like