31/12/2023
छ्याजलो
गान्तोक जिल्लाको बुर्तुक हेलिप्याडमा आयोजित राज्य स्तरीय तमु ल्होछार 2023-लाई भव्य, सभ्य र सफल बनाउन आ-आफ्नो तहबाट सहयोग पुर्याउनु हुने सम्पूर्ण सिक्किमेली गुरुङ परिवारहरुलाई राज्य स्तरीय तमु ल्होछार समारोह समितिको पक्षबाट हार्दिक कृतज्ञता प्रकट गर्दछु। कार्यक्रममा सिक्किमेली गुरुङ समुदायको उपस्थिति र सहयोग सराहनीय रह्यो। विषेश सिक्किमका सम्माननीय मुख्यमन्त्री श्रीमान प्रेम सिंह तामाङज्युलाई सिक्किमेली गुरुङ (तमु) परिवारबाट हृदयबाटै मुरी-मुरी साधुवाद प्रकट गर्न चाहान्छु। यसरी नै गुरुङ समुदायका शुभचिन्तक सिक्किम विधानसभाका अध्यक्ष, उपाध्यक्ष, मन्त्री परिषदका सदस्यगण, सिक्किम विधानसभाका सदस्यगण, सांसदलाई पनि धन्यवाद चढाउनु चाहान्छु। हाम्रो मार्गदर्शक समारोह समितिका प्रमुख संरक्षकद्वय मुख्यमन्त्रीका सल्लाहकार रोहित राज महाराज र विधानसभाका पूर्व उपाध्यक्ष एवं स्टेट बैंक अफ् सिक्किमका अध्यक्ष डीबी गुरुङ, आयोजक समितिमा दाहित्व निर्वाह गरिदिनु हुने सम्पूर्ण मान्यजनहरु र हाम्रो समुदायका पूर्वमन्त्री, पूर्व विधायक, सल्लाहकार र अध्यक्षहरुलाई पनि साइनो अनुसारले छ्याजलो भन्दै वहाँहरु सबै सबैलाई हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु। सिक्किम सरकार अन्तर्गत विभिन्न विभाग, बोर्ड र संस्थानमा गुरुङ समुदायबाट रहनु भएको सल्लाहकार र अध्यक्षगणलाई पनि वहाँहरु सुझाव, सल्लाह र योगदानको निम्ति हृदयबाटै धन्यवाद चढाउनु चाहान्छु। गुरुङ समुदायका सेवानिवृत्त र वर्तमान सरकारी अधिकारीगण, कर्मचारीगण, विद्घान व्यक्तित्वहरु, भाषाबिद्, शिक्षाविद्, कलाकार, साहित्यकार, जनप्रतिनिधि, प्रेस मिडिया, युवक-युवती, स्वयंसेवक, वाहन चालक र सिक्किमेली गुरुङ परिवारलाई वहाँहरुको सहयोग र समर्थनको निम्ति कृतज्ञता प्रकट गर्दछु। होटल, यातायात, सांस्कृतिक कार्यक्रम, स्टल, पण्डाल, खानपिन, चियापान, साउण्ड सिस्टमको व्यवस्थापनमा खटिनुहुने सबै सबैलाई पनि धन्यवाद चढाउन चाहान्छु। विषेश हाम्रो छोरी- चेलीहरुको योगदान सराहनीय रह्यो। वहाँहरुको सहयोग र योगदानविना यो कार्यक्रम अधुरो रहने थियो। वहाँहरुलाई हृदयबाटै धन्यवाद। विषेश गरि पुलिस प्रशासन, पर्यटन, एसटीडीसी, उर्जा साथै सम्मेलनमा सहयोग पुर्याउनु हुने सबै विभाग र उक्त विभागका सम्बन्धित कर्मचारीगण, सारथीगण, गुरुङ समुदायका पारम्पारिक लोकनृत्य प्रदर्शन गर्नुहुने सबै-सबैलाई धन्यवाद चढाउनु चाहान्छु। हामीलाई सहयोग पुर्याउनु हुने अन्य समुदायका सम्पूर्ण शुभचिन्तक र बाह्र जातगोष्ठीका प्रतिनिधिहरुलाई पनि विषेश धन्यवाद चढाउनु चाहान्छु। यसरी नै बुर्तुक, गान्तोक र आरिथाङ समष्टिका युवा, नारी र समाजसेवीहरुलाई धन्यवाद। कार्यक्रम स्थल यी तीनवाट समष्टिको बिचमा रहेको हुँदा वहाँको योगदान सराहनीय रह्यो।
भाषा, साहित्य, संस्कृति, कला, धर्म, भेष-भूषा, रीति-रिवाज र आफ्नो परम्परा भनेको कुनै पनि जातीयता बचाइराख्ने एउटा दरिलो मूल खम्बा जस्तै हो, जसलाई उखेलिदिए अस्तित्व नै रहँदैन। हामीले हाम्रो जातीय साँस्कृतिक चाड तमु ल्होछारलाई एउटा अभीष्ट उदेश्य राखेर मनाउनु पर्छ। ताकि वर्तमानको भौतिकवादी विकरालकालको खाडलमा परेर हाम्रो रीतिरिवाज, चाडपर्व, भाषा-साहित्य, भेषभूषा र परम्पराहरु कहिले पनि लुप्त भएर नजाउन् र हाम्रो आउने सन्तानहरूले पनि आफ्नो चाडपर्वलाई अझैं उत्कृष्ट ढङ्गमा मनाउने सिलसिला निरन्तर कायम रहोस्। आफ्नोजातीय संस्कृति र परम्परालाई पनि जोगाइराख्न पनि अनिवार्यता हुन्छ। आफ्नो जातिको चाडपर्व सँगसँगै यावत् विषयलाई बचाइराख्ने र जोगाइराख्ने कर्तव्य विषेश युवापीढीको बन्दछ। यदि यी सबै कुराहरुलाई बचाउन सकिएन भने कुनै पनि समुदाय टाउको बिनाको मान्छे सरह हुन्छन्। अन्त्यमा अंग्रेजी नयाँ वर्ष 2024-को हार्दिक मंगलमय शुभकामना। नयाँ वर्षको आगमनसँगै तपाई र तपाईंको प्रियजनको जीवनमा अपार सुख, शान्ति तथा समृद्धिको पनि आगमन होस् भन्ने कामना गर्दछु।
ग्यासाजे
पीएम गुरुङ
अध्यक्ष
राज्य स्तरीय तमु ल्होछार समारोह समिति 2023