परिलक्षित दृष्य

  • Home
  • परिलक्षित दृष्य

परिलक्षित दृष्य सामाजिक घटना र परिवेशलाई लक्षित गरिएको पेज /

https://www.facebook.com/share/p/RBTSv7Fe4mkRD8SH/?mibextid=WC7FNe
17/10/2024

https://www.facebook.com/share/p/RBTSv7Fe4mkRD8SH/?mibextid=WC7FNe

राजनीतिक दलमा मानिसहरू निश्चित सिद्धान्त, मान्यता, लक्ष्य र उद्देश्यबाट संगठित भएका हुन्छन् । यसकाे हेक्का नेतृत्वले राख्नै पर्छ । बाँकिः

23/09/2024
https://www.facebook.com/share/28rjEHUaQfGroCkH/?mibextid=WC7FNe
14/09/2024

https://www.facebook.com/share/28rjEHUaQfGroCkH/?mibextid=WC7FNe

रचनात्मक बहस हुनुपर्ने संसदमा असहिष्णुता ? सत्ताबाट बर्हिगमित भएपछि प्रचण्डको उक्साहटको राजनीति ? ...

२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न प्रचण्डको चुनौतीकाठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दलका नेता एवं ...
27/08/2024

२२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न प्रचण्डको चुनौती
काठमाडौं, ११ भदौ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्युत प्राधिकरणले उठाउन बाँकी करिव २२ अर्ब बक्यौता उठाउने निर्णय मन्त्रिपरिषद्बाटै गर्न सरकारलाई चुनौती दिनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री सामाजिक सञ्जालमा प्रस्ताव गरेर होइन, क्याविनेटबाट निर्णग गराउनुपर्ने बताउनुभयो ।
‘प्रधानमन्त्रीले नौ वर्षसम्म किन एक्काइस अर्ब अठासी करोड महसुल उठाइएन भनेर पनि फेसबुकबाटै सोध्नुभएको छ । नियत सही भएको प्रधानमन्त्रीले क्याविनेटबाट सोध्नुपर्ने हो यो प्रश्न । खासमा यो प्रश्न सोध्ने होइन, जवाफ दिनुपर्ने व्यक्ति नै प्रधानमन्त्री ओली आफैं हो’– अध्यक्ष प्रचण्डले प्रश्न गर्नुभयो– ‘प्राधिकरणलाई आफ्नो काम आफैं गर्न नदिएर यो विवाद निम्त्याएको कसले हो ?’
३१ वैशाख, २०७५ मा ट्रंकलाइन र डेडीकेटेड लाइनको विषयमा प्राधिकरणले बनाएको अध्ययन समितिले ६१ वटा औद्योगिक घरानाले डेडिकेटेड ट्रंकलाइनबाट विद्युत् लिई महसुल नतिरेको प्रतिवेदन दिएपछि बिल काट्न सुरु स्मरण गराउँदै उहाँले थप्नुभयो– ‘पैसा उठाउन केही उद्योगको लाइन काटियो पनि । तर, त्यो लाइन जोड्न ठाडो निर्देशन दिने को हो ? प्रधानमन्त्री ओली । पछि तीनतीन जना मन्त्री र सचिवसहितको समिति बनाएर अर्को निर्देशन नभएसम्म लाइन तत्काल जोड्न र थप लाइन नकाट्न आदेश दिने को हो ? त्यो पनि प्रधानमन्त्री केपी ओली । त्यही समितिले बीचको अवधिको मात्र महसुल उठाउन गरेको सिफारिस कार्यान्वयन गर्न मन्त्रीपरिषद्बाटै निर्णय गर्ने को ? प्रधानमन्त्री केपी ओली । अनि अहिले पैसा कसले घटायो भनेर फेसबुकबाट सोध्ने को ? त्यो पनि केपी ओली ।’
पैसा उठाउनु त परको कुरा, लाइन काटेको भनेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने नियतका साथ मन्त्रीपरिषद्बाटै सात दिने स्पष्टीकरण सोधिएकोमा आपत्ति जनाउँदै उहाँले अहिले पानीमाथिको ओभानो हुनु राम्रो नहुने बताउनुभयो । उहाँले भन्नुभयो– ‘प्राधिकरणले अहिलेसम्म एक्काइस अर्ब अठासी करोडकै बिल काटेको छ । अबको क्याविनेटबाट यो असुल गर्ने निर्णय गराउनोस् । आफैं बोक्सी आफैं झाँक्री नबन्नोस् ।’
विद्युत् अब यो देशको सबैभन्दा ठूलो आशा भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले दस हजार मेगावाट विद्युत् निर्यात र समग्र व्यपार घाटाको सन्तुलन अब धेरै टाढा नरहेको बताउनुभयो । ‘तर, सम्झौं त लोडसेडिङका भयावह दिनहरु । परीक्षा दिने विद्यार्थीसँग उज्यालो थिएन । पानी आउने बेला छतमा तान्न बिजुली हुन्नथ्यो, बिजुली हुँदा पानी हुन्नथ्यो । यो देशमा हरेक भित्तामा भएको सबैभन्दा जरुरी र महत्वपूर्ण चिज लोडसेडिङको तालिका थियो– उहाँले भन्नुभयो– ‘अहिले लोडसेडिङको बेला निर्वाध बिजुली उपयोग गरेका उद्योगीहरुको बिजुलीको महसुलमा सरकार सिधै माफियागिरीको पक्षमा उभिएको छ तर त्यो बिजुली कुनै नेताले घरबाट दिएको थिएन । एउटा सुत्केरीले बच्चा नसेकेर दिएको बिजुली हो त्यो । एउटा गृहिणीले पानी नतानेर दिएको बिजुली हो । एउटा विद्यार्थीले टुकी र मैनबत्तीमा पढेर दिएको बिजुली हो ।’
तर, त्यो पैसा तिर्नुपर्छ भनेर बोर्ड बैठकमा नोट अफ डिसेन्ट लेख्ने विद्युत प्राधिकरणका सञ्चालक समितिका सदस्यहरुलाई स्पष्टीकरण सोध्ने र हटाउने काम गरिएको उल्लेख गर्दै उहाँले विद्युत प्राधिकरणमा फरक मत राख्ने हक्की र देशभक्त सञ्चालक सदस्यहरुलाई होइन, प्रधानमन्त्री केपी ओलीलाई स्पष्ट सोधनुपर्ने बताउनुभयो । ‘यो रोष्टमबाट म सोध्छु प्रधानमन्त्रीलाई स्पस्टीकरण– प्राधिकरणको रक्षा तपाईको जिम्मेवारी हो कि होइन ? माफियाहरुका पक्षमा उभिएर रोष्टमबाटै प्राधिकरणको नेतृत्वलाई लाञ्छित गर्दा अनि राजस्व उठाउनपर्छ भन्ने सञ्चालक सदस्यहरुलाई हटाउने निर्णय गर्दा संकोच लाग्नुपर्दैन देशको कार्यकारीलाई ?’– उहाँले प्रश्न गर्नुभयो– ‘स्वार्थ समूहहरुसँग यो तहको कमिटमेन्ट छ तपाईहरुको ? यही हो दुई तिहाइको सरकारको नियत र नियति ?’
कतैबाट पनि स्वार्थसमूहको हित पूरा गर्न नसकेपछि प्रधानमन्त्री अब फेसबुकमा प्रकट भएको भन्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘यो सम्मानित संसदमा हाइलाइट गरेर नोट होस्, बाइस अर्ब । प्रधानमन्त्रीको नियत सही छ भने फेसबुकमा होइन, अबको क्याविनेटमा आओस् र पास होस् बाइस अर्बको प्रस्ताव । प्रमुख प्रतिपक्षी दलको यही रोस्टमबाटै समर्थन छ । यदि अबको क्याविनेटमा बाइस अर्बको प्रस्ताव आएन भने देशले अझ राम्ररी बुझ्नेछ, प्रधानमन्त्रीको नियत ।’
लोडसेडिङ समाप्तिको अन्तिम गृहकार्यमा सहभागी प्रधानमन्त्री र विद्युत विकासमा प्रतिवद्धताका कारण आफू विद्युत प्राधिकरणको उतारचढावबारे अलि बढी जानकार रहेको उल्लेख गर्दै उहाँले समाप्तिको डिलमा पुगेको प्राधिकरण आज देशकै सुन्दर भविष्य रच्न सक्ने ठाउँमा पुगेको बताउनुभयो । ‘यो राष्ट्रिय गर्वले केही साथीहरुमा कुण्ठा जन्माइरहेको छ । म यो सम्मानित संसदलाई सोध्छु, के यति सस्तो र तल्लो हुनुपर्छ राजनीति ? कसैको रिसले फेरि पुरानै ठाउँमा लैजाने हो प्राधिकरणलाई ?’– अध्यक्ष प्रचण्डले प्रश्न गर्नुभयो ।
हजारौं सर्वसाधारणले दुई चार थान बल्ब बालेको पैसा तिर्न नसकेर लाइन काटिने गरेको उल्लेख गर्दै उहाँले करिब १६ प्रतिशत विद्युत उपभोक्ता परिवार गरिबीको रेखामुनि र समयमा महसुल नतिरे उनीहरुलाई ५ देखि २५ प्रतिशतसम्म जरिवाना गर्दै ६० दिनमा लाइन काटिने गरेको बताउनुभयो । ‘वर्षेनी लाखौं उपभोक्ता र साना उद्योगहरुको यसरी लाइन काटिन्छ । देशको प्रधानमन्त्री तिनका पक्षमा बोल्न पर्दैन ?’– अध्यक्ष प्रचण्डले सोध्नुभयो– ‘देशको प्रधानमन्त्रीले तिनको दायित्व लिन पर्दैन? प्रधानमन्त्रीले हाकाहाकी माफियाहरुको पक्षपोषण गर्दा सरकार मात्र होइन, यो सम्मानित संसदको रोष्टम पनि अपवित्र भएको छ । म आफैले यो सरकार स्वार्थसमूहहरुले बनाएको भनेको हुँ तर यो तहको पक्षधरताले देश नै लज्जित भएको छ ।’

अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकारः प्रचण्डकाठमाडौं, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम...
24/08/2024

अहिलेको सरकार बिचौलियाले बनाएको भ्रष्टाचारीहरुको सरकारः प्रचण्ड
काठमाडौं, ८ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार भएको बताउनुभएको छ। शनिवार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितिले गरेको भेलालाई सम्बोधन गर्दै यस्तो ठोकुवा गर्नुभएको हो ।
सरकारले भ्रष्टाचारविरुद्ध एकपछि अर्को फाइल खोल्दै, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका कार्यक्रम अघि बढाउँदै लैजाँदा दलाल र बिचौलियाहरुमा आतंक सुरु भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘३२ सिटको माओवादीले हामीलाई चुनौती दियो भनेर उनीहरु सरकार हटाउनतर्फ लागे । बाहिर हेर्दा त कांग्रेस र एमाले बसेर सरकार हटाएको जस्तो देखिन्छ तर भित्र दलाल, बिचौलिया र कमिसनखोरहरुले ती दलहरुलाई आफ्नो प्रतिनिधिको रुपमा सिंगारपटार गरेर पठाएका हुन् । अहिलेको सरकार बिचौलियाहरुले बनाएको भ्रष्टाचारीहरुको सरकार हो ।’
पछिल्लोपटक आफ्नो नेतृत्वको सरकारले परिवर्तनलाई संस्थागत गर्दै भ्रष्टाचारविरुद्ध युद्धको शंषघोष गरेकोे उल्लेख गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले भन्नुभयो– ‘जबसम्म भ्रष्टाचारलाई यो देशबाट निर्मूल गर्न सकिदैन, जनता र राष्ट्रको समृद्धि संभव छैन भन्ने तथ्यलाई मनन गरेर नै भ्रष्टाचारीमाथि कारवाही अभियान सुरु गरिएको हो ।’
चाहे नक्कली भुटानी शरणार्थी होस्, चाहे ललिता निवास र बाँसबारीको भूमाफियाको कुरा होस्, चाहे मिटरब्याजीको कुरा होस्, चौतर्फीरुपमा देखिएका भ्रष्टाचार, बेथिति र अपचलनविरुद्ध प्रहार गर्दै श्रमिक जनतालाई सामाजिक सुरक्षा कोषमा संगठित गरेर श्रमिक र उनीहरुका सन्तानको भविष्य सुनिश्चित गर्ने तथा लाखौं नागरिकताविहीन युवालाई नागरिक प्रदान गर्ने महत्वपूर्ण थालनी गरिएको आफ्नो कार्यकालमा गरिएको उहाँले स्पष्ट गर्नुभयो ।
‘सरकारबाट बाहिरिदै गर्दा मैले एउटा विजेताको रुपमा आफूलाई उच्च मनोबलका साथ प्रस्तुत गरेको छु, हामी कुनै काण्ड बोकेर फर्केनौं बरु कयौं काण्डका फाइलहरु खोलेर फर्केका छौं’– उहाँले भन्नुभयो– ‘यही नैतिक र जनबलमा हामी नयाँ अभियानको नेतृत्व गर्ने छौं ।’ आफ्नो दोस्रो कार्यकालमा लोडसेडिङमुक्त गराएर उज्यालो नेपाल बनाएको स्मरण गराउँदै उहाँले अँध्यारोमा बस्दा भ्रष्टाचार बढी गर्न चाहनेहरुलाई उज्यालो नेपाल मन नपरेको टिप्पणी पनि गर्नुभयो ।
जनताको इच्छा आकांक्षाविपरीत जाने हो भने दुई तिहाइ बहुमतले केही हुँदैन भन्ने भर्खरै बंगलादेशमा देखिएको स्मरण गराउँदै उहाँले ‘हिजो जनयुद्धको दमन गर्ने बेलामा पनि दुई तिहाई थियो, तपाइँहरुले जनयुद्ध रोक्न सक्नुभयो ?’ भन्दै प्रश्न गर्नुभयो । ‘अहिले नेपाली जनताले जुन अधिकार प्राप्त गरेका छन्, माओवादीकै कारण हो, दुई तिहाईवालाका कारण होइन’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘अब संविधान संशोधन गर्ने रे, मुलुकलाई पछाडि फर्काउने रे ! हिजो प्रतिगमन हुँदा सडकमा बसेर पलेटी कसेर लोकतन्त्र पुनस्र्थापित गरिएको हो, हाम्रा जनताले पाएको अधिकार खोस्ने दुस्साहस गर्छन् भने फेरि सडकमा जाने तयारीमै छौं, जान्छौं ।’
‘२०६४ कै हाराहारीमा हैसियत प्राप्त गर्ने वातावरण बन्दैछ’
अध्यक्ष प्रचण्डले २०८४ को निर्वाचनमा आफ्नो पार्टीले २०६४ कै हाराहारीमा हैसियत प्राप्त गरेर पहिलो दल बन्ने वातावरण बन्दै गएको बताउनुभयो । उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले अघि बढाएको सुशासनको अभियानले पार्टीलाई पुनः जनतासँग नयाँ सम्बन्ध स्थापित गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले पार्टीलाई २०६४ कै हाराहारीमा पुर्याउने सूत्र पनि कार्यकर्ताहरुलाई सुनाउनुभयो । ‘अब हामी २०६४ को निर्वाचनमा मत दिने जनताको घरघरमा जानेछौं, हामीले गर्न सकेका र नसकेका कामको आत्मसमीक्षा गर्दै विभाजन भएर गल्ती गर्यौं अब नयाँ भएर आएका छौं भनेर प्रतिबद्धता व्यक्त गर्ने छौं’– उहाँले भन्नुभयो– ‘२०६४ को निर्वाचनमा मत दिने जनताका छोराछोरी देशभित्र वा बाहिर कहाँ छन् खोजी गरेर उनीहरुको देश र पार्टीप्रतिको बुझाई अनि आफ्नो भविष्यबारे के सोचिरहेका छन्, गहिरो छलफल गर्न हामी सबै लाग्ने छौं।’
त्यस्तै जनयुद्धकालका कार्यकर्ता र जनमुक्ति सेनाको खोजी गरेर उनीहरुका समस्या समाधान गर्दै पुनः नयाँ क्रान्तिमा परिचालनका लागि पार्टी गम्भीरतापूर्वक लाग्ने गरी पार्टीले योजना बनाएको जानकारी दिंदै अध्यक्ष प्रचण्डले आफू देशब्यापी अभियानमा निस्कन थालेको बताउनुभयो । परिवर्तनको महत्वपूर्ण आधार जनयुद्धको महत्वको स्थापित गरिएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘जनयुद्ध दिवसलाई राष्ट्रिय विदा र जनयुद्ध तथा जनआन्दोलनका सहिदलाई राष्ट्रिय सहिदको मान्यता दिने ऐतिहासिक काम पनि हामी अघि अघि बढाएका छौं । चाँडै शान्ति प्रक्रियालाई पूर्णता दिएर हामी नयाँ शिराबाट अघि बढ्ने छौं ।’
पार्टी एकताबद्ध रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले विभाजन भएर गएका पार्टीहरुसँग पनि एकता प्रक्रिया चाँडै सुरु हुने बताउनुभयो । ‘तीन प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीसहितको बैठक सकिएको छ’– उहाँले भन्नुभयो– ‘पार्टी पूर्णरुपमा एकताबद्ध छ । हाम्रो पार्टीलाई कसैले फूटाउन सक्दैन बरु फूटेका गएका शक्तिलाई पनि केही समयभित्रै पनि एक बनाएर लगिने छ, एकता वार्ता चलिरहेको छ, छिट्टै एकता हुनेछ ।’

26/06/2024
26/06/2024
ककनी गाऊंपालिकाका पालिका अध्यक्ष आदरणीयदाजु सुमनतमांग सज्जन जूयलाई जन्मदिनको अशिम शुभकामना सहित पाईलै पीच्छे सफलता मिलोस...
25/06/2024

ककनी गाऊंपालिकाका पालिका अध्यक्ष आदरणीयदाजु सुमनतमांग सज्जन जूयलाई जन्मदिनको अशिम शुभकामना सहित पाईलै पीच्छे सफलता मिलोस /

Address

Chittagong Division

Alerts

Be the first to know and let us send you an email when परिलक्षित दृष्य posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to परिलक्षित दृष्य:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share