12/09/2024
वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओममुर्ती अनिल भन्छन्, 'जबरजस्ती उठाइएकाे बेला रविकाे स्वास्थ्य इमरजेन्सीमा भर्ना गर्नु पर्ने अवस्थाकाे थियाे।' कुनै पनि मानिसमा १८० माथि र तल ९० रक्तचाप देखिएको छ भने यो अवस्थामा बिरामीको तत्काल स्वास्थ्य परिक्षण गरिनु पर्छ । अझ यस्तो अवस्थामा बिरामीको पुरानो मेडिकल हिस्ट्री हेरिनु पर्छ । यसको अर्थ एक्कासी ब्लड प्रेसर बढेको भनेर बुझ्नु पर्छ । यो अब एक्कासी थियो वा बिस्तारै बिस्तारै बढेको थियो भन्ने त मेडिकल हिस्ट्री हेरेर भन्ने कुरा हो । तर, यस अघि उच्च रक्तचाप नभएको र प्रेसरको औषधि नखाएको मानिसलाई यस्तो रक्तचाप देखिनु भनेको तत्काल अस्पताल भर्ना गर्ने र चिकित्सकले निगरानीमा राख्ने अवस्था हो । कतिपय मानिसको लक्षण नदेखिन सक्छ । लक्षण नदेखिने अवस्था अर्जेन्सीको अवस्था हो । तर, लक्षण देखिए तत्काल अस्पताल भर्ना गरिनु पर्छ ।