10/25/2023
राजा ज्ञानेन्द्र व्यापारी हुन् भागिहाल्छन् भन्थे, भागेन्न। एकथरी रक्तपातकाे कथन गर्थे, त्याे पनि भएन्। राजा सरकारले दिएकाे आवास र सुरक्षा व्यवस्थामा बसे।
राजा फाल्नेहरू अब देशमा विकासकाे मूल फुट्छ भन्थे, तर युवा विदेश निकासकाे मूलमात्र हाेइन् बाढी नै गइरहेकाे छ। देशमा भ्रष्टाचार, अनियमितता, व्यभिचार, कानूनी दण्डहिनता माैलाएकाे छ। धार्मिक सहिष्णुता भत्काउन थालिएकाे छ। राजसंस्थाकाे बिकल्प मानिएकाे राष्ट्रपतिप्रति बितृष्णा फैलाउने कार्य जाेडताेडका साथ चलेकाे छ। संघिय गणतन्त्र र प्रदेश संरचनाकाे वकालतगर्ने माओवादी नै यतिबेला हिन्दु राष्ट्रकाे एजेण्डामा पार्टीभित्र बहस गर्दैछ्। प्रदेश र स्थानिय सरकार प्राकृतिक दाेहन, अनियमित खर्च र भ्रष्टाचारका अखडा बनेका छन् ।
अब, हामी फेरि व्यवस्था परिवर्तनकाे चक्रमा प्रवेश गरेकाे आभाष भइरहेकाे छ। तर अब कस्ताे व्यवस्था? कुन दल र कस्ता नेता? बहस जारी छ। याे जर्जर राजनीतिक, सामाजिक, सांस्कृतिक र ऐतिहासिक घडीमा पनि हामी फेरि एकपटक उत्तर, दक्षिण र पूर्व पश्चिमका ढाेका चहारी रहेका छाैं। उनीहरूका दूतहरूका कथन फलाकी रहेका छाैं।
हाेइन्, हुदैन्, कदापी हुदैन् । अब माटाे सुहाउँदाे माैलिक व्यवस्था, पद्वती र सिद्वान्तसहित जनलाेक कल्याणकारी राज्यव्यवस्थाकाे विकल्प छैन् । त्यसकाे पहिलाे शर्त बहुसंख्यकहरूकाे सांस्कृतिक र धार्मिक सर्वाेच्चता हाे । अब, नेपालका लागि नेपाली सिद्वान्तकाे पक्षमा हामी सबै जुटन् जरूरी छ।
सबैकाे जयहाेस, सबैकाे भलाेहाेस।
#ठाेकाेताली।