Peacepokhara.com

Peacepokhara.com Online News Network From Pokhara Nepal
(7)

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज प...
09/12/2023

नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएकोमा चिकित्सकहरुले नेम्वाङको निधन भएको घोषणा गरेको हुन् । नेम्वाङको निधनपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका थिए ।

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। २०४८ सालदेखि २०५२ सालसम्म राष्ट्रिय सभाका सांसद भए।

२०५६ सालपछि उनी इलामबाटै निरन्तर पाँच पटक विजयी भएका थिए। २०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बनेका थिए।

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ नाटेश्वरी आधारभुत विद्यालयको मतदान ...
11/20/2022

बाजुरामा गोली चल्दा एक जनाको मृत्यु भएको छ । जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ नाटेश्वरी आधारभुत विद्यालयको मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोलीले स्थानीय सन्जीव ऐडीको मृत्यु

02/27/2022

प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता पारित
संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद
07/18/2021

देउवालाई विश्वासको मत दिने एमालेका २२ सांसद

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको ...
07/18/2021

प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा १६५ मत परेको छ भने विपक्षमा ८३ मत खसेको छ ।मतदानमा २४९ जना सांसद सहभागी थिए । एक जना भने तटस्थ बसे । देउवालाई कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका २२ जना सांसद र राष्ट्रिय जनमोर्चाका सांसदले मत दिएका हुन् ।

Address

Monroe, OH
45050

Alerts

Be the first to know and let us send you an email when Peacepokhara.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

यस्तो छ फेवातालबाट जलकुम्भी झार फाल्ने मेसिन

यस्तो छ फेवातालबाट जलकुम्भी झार फाल्ने मेसिन । भिडियो : सागरराज तिमिल्सिना


Other Monroe media companies

Show All