Rampur draiving school rampur palpa

Rampur draiving school rampur palpa कार ,बाइक, स्कुटर सिक्न अथवा लाइसन्स नीकाल्नको लागि सम्झनुहोस 9857075924

07/11/2024
30/05/2022

पहिले आवेदन दिएको बेला जेठ १६ गते भन्दा पछि अफिस भिजिट डेट पाएका सेवाग्राहीले पनि नयाँ आवेदन दिनुपर्ने भएको छ ।New Aabedan aajai batw sucharu hune varna baki hune harule inbax msz garnuhola🚘🛵🏍🛺🚜🚒

2078-12-01 गतेबाट बन्द रहेको सवारी चालक अनुमति पत्रको online driving license फर्म 2079-02-16 गतेबाट खुल्ने र प्रयाेगातमक...
28/05/2022

2078-12-01 गतेबाट बन्द रहेको सवारी चालक अनुमति पत्रको online driving license फर्म 2079-02-16 गतेबाट खुल्ने र प्रयाेगातमक परीक्षा पनि 15 दिनमा नै हूने हुनाले फर्म भर्न इच्छुक महानुभावहरुले मलाई सम्पर्क गर्न सक्नुहुन्छ छाड्नुहोला।
सम्पर्क नम्बर: 9742366319🚗🚗🚗🏍🏍🏍🏍🛵🛵🛵👈🤟🤟❤️❤️❤️

27/05/2022

ड्राइभिङ लाइसेन्सको अनलाइन फारम सोमबारदेखि खुल्ने, तत्कालका लागि अनलाइनबाट राजश्व तिर्न नसकिने 13 जेष्ठ २०७९,
ड्राइभिङ लाइसेन्सको अनलाइन फारम सोमबारदेखि खुल्ने, तत्कालका लागि अनलाइनबाट राजश्व तिर्न नसकिने
काठमाडौं ।
सवारी चालक अनुमति पत्र (स्मार्ट ड्राइभिङ लाइसेन्स)को अनलाइन फारम सोमबारदेखि खुल्ने भएको छ।
यातायात व्यवस्था विभागका सूचना अधिकारी इश्वरीदत्त पनेरुले जेठको १५ गतेभित्रमा ड्राइभिङ लाइसेन्सको अनलाइन फारम खुलाउने गरी तयारी भएको जानकारी दिए।
लाइसेन्सको अनलाइन आवेदन लिनका लागि विभागले नेपाली कम्पनी कामक्ष आईटीसँगको सहकार्यमा नयाँ सर्भर तयार गरिसकेको छ।
विभागले लाइसेन्सका लागि नयाँ अनलाइन फारम खुलाउँदा राजस्व पनि अनलाइन प्रणालीबाट भुक्तानी गर्न सकिने व्यवस्था पनि गर्न खोजेको थियो। तर नयाँ सर्भरलाई राजश्व भुक्तानीका लागि महालेखा नियन्त्रक कार्यालयको सर्भरसँग जोड्नका लागि प्राविधिक समस्या उत्पन्न भइरहेको छ।
जसका कारण विभागको योजना अनुरुप हालका लागि राजश्व भुक्तानी अनलाइन प्रणालीबाट गर्न सम्भव देखिएको छैन।
यसका लागि विभाग र महालेखा नियन्त्रक कार्यालयका आईटी इन्जिनियरहरुले काम गरिरहेका छन्। तत्कालका लागि अनलाइन भुक्तानी सम्भव नभए पनि लाइसेन्स फारम भने खुलाइने विभागले जानकारी दिएको छ। यो समस्या पनि केही समयमा हल हुने विभागको विश्वास छ।
विभागले २०७८ चैत १ गतेदेखि लाइसेन्सको अनलाइन आवेदन प्रणाली बन्द गरिरहेको छ। लाइसेन्स लिन चाहने सेवाग्राहीको अधिक चाप र सर्भरमा देखिने समस्याका कारण विभागले अनलाइन प्रणाली बन्द गरेको थियो।
यस बिच विभागले नयाँ सर्भर तयार गरि परीक्षण गरिसकेको छ। उक्त परीक्षण सफल भएमा सोमबारदेखि सेवाग्राहीले अनलाइनबाट लाइसेन्सका लागि आवेदन दिन पाउनेछन्।
विभागले जेठकै पहिलो साताबाट लाइसेन्सको अनलाइन आवेदन खुलाउने योजना बनाएको थियो। विगतमा विभागले भारतको मद्रास सेक्युरिटी प्रेसले तयार गरेको सर्भरबाट लाइसेन्सको आवेदन लिने गरेको थियो।
मद्रास सेक्युरिटीले तयार गरेको सर्भरबाट नेपाली कम्पनीले तयार गरेको सर्भरमा डाटा सार्न केही प्राविधिक समस्या उत्पन्न भएको थियो।
पुरानो सर्भरबाट नयाँ सर्भरमा वर्ग थपका लागि आवश्यक डाटा सार्न कठिनाइ हुँदा विभागको योजना अनुसार जेठको पहिलो साताबाट लाइसेन्सको अनलाइन फारम खुलाउन नसकिएको विभागका अधिकारीहरु बताउँछन्।
अहिले पनि राजश्व भुक्तानी अनलाइन प्रणालीबाट गर्न सकिएको छैन। तर पनि सेवाग्राहीलाई लाइसेन्स लिनबाट लामो समय वञ्चित नगर्नका लागि विभागले अनलाइनबाट राजश्व भुक्तानी गर्न नसकिए पनि आवेदन भने खुलाउने जानकारी दिएको छ।
लाइसेन्सको आवेदन खुलेपछि सेवाग्राहीले अनलाइनबाट राजश्व भुक्तानी गर्न नसकेपनि राजश्व भुक्तानीका लागि आवश्यक पर्ने रसिद भने अनलाइनबाटै प्राप्त गर्न सक्नेछन्।
उक्त रसिदको सहायताले सेवाग्राहीले लाइसेन्स कार्यालयले भुक्तानी लिने बैंकमा राजश्व तिर्न सक्छन्। यस व्यवस्थाबाट सेवाग्राहीले लाइसेन्सको लागि राजश्व तिर्न लाइसेन्स कार्यालयमा लामो भिडमा बस्नु पर्दैन।

20/05/2022

Re-Trial काटिने दिन सम्बन्धी जानकारी।....................................................................................
-रिट्रायल हरेक हप्ताको बिहीबार र शुक्रबार मात्र काटिनेछ।
-रिट्रायल रसिद काट्नको लागि पुरानो रसिद वा Applicant ID ल्याउनुहाेला।
-रिट्रायल रसिद काट्न ट्रायल फेल भएको मितिबाट २० दिन काटेपछि ६ महिना भित्र आउनसक्नुहुनेछ।
-रिट्रायल राजश्व रु.५००
-१ पटक ट्रायल र २ पटक रिट्रायल गरी जम्मा ३ पटक ट्रायल दिन सकिन्छ।

16/05/2022

रामपुर 7 , 1855 गन्दा वडा अध्यक्ष
सुर्य 897
रुख 932

16/05/2022

रामपुर 5 , 1496 गन्दा
मेयर
रुख 828
सुर्य 581
उपमेयर
रुख 800
सुर्य 601
अध्यक्ष
रुख 856
सुर्य 508

11/05/2022

बागमतीमा सास्ती हटेन, गण्डकीमा दोब्बरले पाउन थाले लाइसेन्स
बागमतीमा सास्ती हटेन, गण्डकीमा दोब्बरले पाउन थाले लाइसेन्स


बसन्त अर्याल
बैशाख 27, काठमाडौँ

गण्डकी प्रदेशले सवारीसाधन अनुमतिपत्रको परीक्षामा ७० अंक लागू गर्दा बागमती प्रदेशले गर्नसकेको छैन।


सबैभन्दा धेरै परीक्षा दिने प्रदेशले नयाँ कार्यविधि लागू नगर्दा सेवाग्राहीले दुःख पाउने गरेका छन्।


यातायात व्यवस्था विभागले २०७८ जेठ १ गते लागू हुने गरी दुईपांग्रे र चारपांग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने कार्यविधि पास गरेको थियो।

प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् १०० पूर्णाङ्कमा १०० नै ल्याउनुपर्ने व्यवस्था हटाउँदै सामान्य त्रुटि भए पास हुने कार्यविधि बनाएको छ।

गण्डकी प्रदेशले गत फागुनदेखि नै विभागले बनाएको नयाँ कार्यविधि प्रदेशबाट पास गरी लागू गरेको छ।


भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालयका उपसचिव टीकाराम पौडेलले फागुनबाटै नयाँ कार्यविधि लागू गरेको जानकारी दिए।

‘७० अंक ल्याएर पास हुने व्यवस्था कार्यान्वयन गर्न गाह्रो नै रहेनछ’, पौडेलले भने, ‘नयाँ कार्यविधि पास गरेसँगै पास हुनेको संख्या ह्वात्तै बढेको छ।’

नयाँ कार्यविधिले पास हुनेको संख्या दोब्बर
यातायात कार्यालय कास्कीका प्रमुख प्रेम सुवेदीले जेठभित्र सबैले प्रयोगात्मक परीक्षा दिने गरी व्यवस्था गरिएको बताए।

‘नयाँ व्यवस्था लागू गर्दा केही अप्ठ्यारो हुने अनुमान थियो। तर कार्यान्वयन गरेपछि अहिलेसम्म कुनै समस्या आएको छैन’, सुवेदीले भने, ‘मोटरसाइकलको पास हुने अनुपात २५ प्रतिशत थियो ५५ देखि ६० पुगेको छ र गाडीको १५ प्रतिशत थियो ३५ देखि ४० प्रतिशत पुगेको छ।’

उनले साइड लाइट बाल्न बिर्सिएको, हलुका लाइन छोएकोलाई कार्यविधिअनुसार पास गरिएको बताए।

‘सेवाग्राहीलाई बढी किन दुःख दिने भनेर नयाँ कार्यविधि लागू गरेका छौँ’, उनले भने, ‘अहिलेको कार्यविधिले ३ पटकमा ९९ प्रतिशतले लाइसेन्स निकाल्छन्।’

एक पटक फर्म भरेपछि ३ पटकसम्म लाइसेन्स दिन सकिन्छ। पुरानो व्यवस्थाको तुलनामा पास हुनेको संख्या दोब्बरले बढेको छ। ट्रायल परीक्षा पास गरेकै दिन क्यूआर कोडसहितको परीक्षणकालीन लाइसेन्स दिने व्यवस्था गरेको छ।

यातायात कार्यालय जगाती भक्तपुरमा लाइसेन्स लिनेको भीड।
यातायात कार्यालय जगाती भक्तपुरमा लाइसेन्स लिनेको भीड।


हटेन बागमती प्रदेशका सेवाग्राहीको ‘दुःख’
यातायात व्यवस्था विभागले बनाएको कार्यविधि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले समेत स्वीकृत गरेको छ। तर काठमाडौंकै यातायात कार्यालयहरुले यसलाई लागू गर्न मानेका छैनन्। बागमती प्रदेशले विभागले बनाएको कार्यविधि पास नै गरेको छैन।

यातायात कार्यालयमा अनियमितता गर्न पाउने हुँदा कर्मचारीहरु नयाँ कार्यविधि लागू गराउन तत्पर नभएको कर्मचारीहरु नै बताउँछन्।

‘धेरै पटक फेल गराउँदा ड्राइभिङ सेन्टरलाई फाइदा हुन्छ’, यातायात कार्यालयका एक कर्मचारीले नेपालखबरसँग भने, ‘कार्यालयका कर्मचारी र ड्राइभिङ सेन्टरका सञ्चालकबीचको जालो तोड्नुपर्छ। त्यसपछि बल्ल लागू हुन्छ।’

बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका अधिकृत प्रकाश अधिकारीले पुरानै व्यवस्थाअनुसार प्रयोगात्मक परीक्षा सञ्चालन भइरहेको बताए।

उनले बागमती प्रदेशमा लाइसेन्स पास हुनको लागि १०० अंक नै ल्याउनुपर्ने बताए। विभागले ७० प्रतिशत अंक ल्याएर पास हुने व्यवस्था लागू गर्न पत्र पठाए पनि कार्यान्वयन गर्ने नगर्ने प्रदेश सरकारको अधिकार भएको बताए।

‘केन्द्रले बनाएको कार्यविधि प्रदेशले मान्नुपर्छ भन्ने छैन’, अधिकारीले भने, ‘बागमती प्रदेशले केन्द्रले बनाएको कार्यविधि जस्ताको त्यस्तै लागू गर्नुभन्दा पनि ट्रायल सेन्टरलाई अटोमेसन बनाउनेतर्फ लागेका छौँ।’

बागमती प्रदेशले यातायात व्यवस्था विभागले बनाएको कार्यविधि लागू गर्दा झन् विकृति आउनसक्ने भएकाले लागू नगरेको दाबी गरेको छ।

‘पुरानै व्यवस्थाअनुसार धमाधम लाइसेन्सको परीक्षा सञ्चालन भइरहेको छ’, अधिकारीले भने, ‘जेठको पहिलो हप्ताभित्रै २०२४ सम्म समय पाएका सबैलाई लाइसेन्स दिने व्यवस्था गरिएको छ।’
बागमती प्रदेशले कुनै कार्यालयले बिहान १० बजेअघि र साँझ ५ बजेपछि परीक्षा सञ्चालन गर्दा कर्मचारीलाई थप भत्ताको सुविधा दिएको मन्त्रालयले जानकारी दिएको छ।

यातायात व्यवस्था कार्यालय जगाती भक्तपुरले आइतबार एक सूचना जारी गरी २०२४ सम्मको अफिस भिजिट समय प्राप्त गरेका सेवाग्राहीहरुलाई जेठ १५ भित्र मिति सारी बायोमेट्रिक दर्ता गरी लिखित तथा ट्रायल परीक्षामा सहभागी हुन आग्रह गरेको छ।

बागमतीका यातायात कार्यालयले चालू आर्थिक वर्षभित्र सबै लाइसेन्सको समस्या समाधान हुने बताएका छन्।

संघीय सरकारले कार्यान्वयन गर् भन्न पनि सक्दैनः विभाग
यातायातसम्बन्धी अधिकार प्रदेशमा जाँदा सबै कार्यविधि लागू गर्न समस्या रहेको यातायात व्यवस्था विभागले जनाएको छ। प्रदेशलाई पत्र पनि लेख्न नसक्ने अवस्थामा पुगेको विभागको भनाइ छ।
विभागका निर्देशक ईश्वरीदत्त पनेरुले आफूहरुले कार्यविधि बनाउन सके पनि प्रदेशलाई लागू गराउन नसक्ने बताए।

‘हामीले कार्यविधि त बनायौँ तर केही प्रदेशले लागू गरे केहीले गरेनन्’, निर्देशक पनेरुले भने, ‘प्रदेशलाई पत्र पठाउन पनि विभागलाई गाह्रो छ। कार्यान्वयन गर् भन्ने अवस्थामा छैनौँ।’

उनले आफ्नो प्रदेशको समस्या समाधान गर्न प्रदेश कार्यालय आफैँ जागरुक हुनुपर्ने बताए।

त्यस्तै विभागले सन् २०२१ भित्र ट्रायल परीक्षा दिएका सबैले अबको १ महिनाभित्र स्मार्ट लाइसेन्स पाउने जानकारी दिएको छ। हाल पुराना परीक्षा दिन धेरै बाँकी रहेकाले जेठ पहिलो हप्ताबाट लाइसेन्सको आवेदन खुलाउने विभागको तयारी छ।

‘अब लाइसेन्ससम्बन्धी सबै समस्या समाधान हुँदै छन्’, उनले भने, ‘अबको १ महिनामा अधिकांश समस्या समाधान हुन्छ।’

यातायात कार्यालय सुर्खेतका प्रमुख आनन्द चपाईले कर्णाली प्रदेशले पुरानै व्यवस्थाअनुसार परीक्षा सञ्चालन गरिरहेको बताए।

‘नयाँ कार्यविधि कार्यान्वयन गर्न झन्झटिलो हुने देखेर लागू भएको छैन’, चपाईले भने, ‘बागमती प्रदेशले त लागू गर्न सकेको छैन। जनशक्ति कम भएको हामीले झन् कसरी गर्नु?’

11/05/2022

जेठ ४ गतेबाट लाइसेन्सको नयाँ आवेदन खुल्ने ,फर्म भरेको १५ दिनमै पालो



आइतबार, बैशाख २५, २०७९ मा प्रकाशित


जेठ ४ गतेबाट लाइसेन्सको नयाँ आवेदन खुल्ने ,फर्म भरेको १५ दिनमै पालो
काठमाडौँ — सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन जेठ ४ गतेबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरीदत्त पनेरुका अनुसार अहिलेसम्मको तयारी जेठको पहिलो साताभित्र अनलाइन आवेदन खुल्ला गर्ने हो । ‘जेठ १ गत्ते नै खोल्ने भनिएको थियो, निर्वाचनले गर्दा जेठ ४ गते सारिएको हो,’ सूचना अधिकारी पनेरुले भने, ‘कुनै प्राविधिक समस्या नआए तोकिएकै समयभित्र सुरु हुने छ ।’

उनका अनुसार वैशाख अन्तिमसम्म पुराना सबै लाइसेन्स वितरण गरिसकिने छ । ‘पुराना लाइसेन्स जति छन्, अहिले धमाधम प्रिन्ट गर्ने काम भइरहेको छ,’ उनले भने, ‘त्यसैले सबै पुराना लाइसेन्स वितरण गरेर मात्र नयाँ आवेदन खुल्ला गरिन लागेको हो ।’ विभागले वैशाख अन्तिमसम्म सबै लाइसेन्स वितरण गरीसक्ने दाबी गर्दै आएको छ । जवकि वैशाख तेस्रो साता वित्दा १ लाख ९० हजार लाइसेन्स प्रिन्ट (छाप्न) गर्नै बाँकी छ । अहिले दैनिक ६ हजारका दरले लाइसेन्स छाप्ने काम भइरहेको छ । यही संख्यामा लाइसेन्स छाप्दा वैशाखभित्र सक्न मुस्किल पर्ने छ । विभागका महानिर्देशक नमराज घिमिरेका अनुसार उपत्यका बाहिरका कार्यालयहरुको पुरानो लाइसेन्स प्रिन्ट गरिसकिएको छ ।
सन् २०२१ को सबै लाइसेन्स प्रिन्ट सकिसकेको छ । सन् २०२२ को मात्र बाँकी रहेको उनको भनाइ छ । लाइसेन्सका लागि आवेदन दिएकाहरुलाई सन् २०२४ नोभेम्बरसम्म समय तोकिएपनि त्यसलाई व्यवस्थापन गर्ने काम भइरहेको उनको दाबी छ । अब पहिलाको जस्तो लामो समय लाइसेन्सका लागि पर्खिनु नपर्ने उनको भनाइ छ । आवेदन दिएको १५ दिनभित्र लाइसेन्सका लागि प्रक्रिया अर्थात लिखित र ट्रायल परीक्षा अघि बढाउने गरी कार्यालयले बोलाउने छ । त्यस्तै नवीकरण लाइसेन्सको पनि प्रक्रिया थालेको तीन सातामा काठमाडौंमा र उपत्यका बाहिर एक महिना भित्र उपलब्ध गराइने उनले बताए । आवेदन दिने बेला नै देशभरका यातायात कार्यालयमा कति जनाले लाइसेन्स परीक्षा दिन सक्छन् भन्ने कुरा आवेदकहरूले अनलाइनबाटै हेर्न सक्ने व्यवस्था गरिँदै छ ।

ที่อยู่

San Pa Tong

เว็บไซต์

แจ้งเตือน

รับทราบข่าวสารและโปรโมชั่นของ Rampur draiving school rampur palpaผ่านทางอีเมล์ของคุณ เราจะเก็บข้อมูลของคุณเป็นความลับ คุณสามารถกดยกเลิกการติดตามได้ตลอดเวลา

วิดีโอทั้งหมด

แชร์