पोख्रेबोङ्ग नागरी राङभाङ्ग तामाकोसीमा बाल दिवस मनाए
पोख्रेबोङ्ग नागरी क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरु शिक्षक शिक्षिकाको साथ राङभाङ्ग तामाकोसी पर्यट्न केन्द्रमा *
बाल दिवसको अवसरमा पोख्रेबोङ्ग नागरी क्षेत्रका विभिन्न विद्यालयहरुका विद्यार्थीहरु शिक्षक शिक्षिकाको साथ राङभाङ्ग तामाकोसी पर्यट्न केन्द्रमा देखियो। पोख्रेबोङ्ग उच्चत्तर माद्यामिक विद्यालय अनि नागरी फार्म यङकर्स एकाडमीका विद्यार्थीहरु बाल दिवसलाई खुशी साथ पालन गरिरहेको देखियो। यस बारे स्कुल पक्षमा शिक्षिका द्वयले पनि बताएका छन
गोरामुमो केन्द्रीय समितिको बैठक बुङकुलुङमा
गोरामुमो केन्द्रीय समितिको बैठक आज मिरिक ब्राञ्च कमिटी अन्तर्गत बुङकुलुङमा बस्यो। अध्यक्ष मन घिसिङको अध्यक्षतामा बसेको बैठकलाई केन्द्रीय समिति सदस्य रबिन लामाले संचालन गरेका थिए। बिधायक एवं गोरामुमो केन्द्रीय समिति सेक्रेटरी जनरल निरज जिम्बा लगायत केन्द्रीय समितिका सम्पुर्ण सदस्य बर्ग उपस्थित रहेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन् ।बैठक पछि केन्द्रीय समिति प्रबक्ता वाई लामाले पत्रकारहरुलाई जानकारी गराउदै भने, गोरामुमो अध्यक्ष मन घिसिङको कालेबुङ, खर्साङ मिरिक भ्रमण पछि बुङ्कुलुङमा आज केन्द्रीय समितिको बैठक बसेको हो। बैठकमा पन्चायत चुनावलाई मध्यनजर गर्दै डाकिएको बैठक हो। केन्द्रीय समितिले पञ्चायत चुनावमा भाग लिने निर्णय लिएको वाई लामाले जानकारी दिएका छन्। जीटीए जस्तो अंसवैधानिक भित्र्याए र जीटीएमा त्री
नागरी फार्म श्री सत्य साई मन्दिरमा
नागरी फार्म श्री सत्य साई मन्दिरमा १२ /११/२२ शनिवार साँझ ६ बजे देखि अखण्ड भजनको आयोजना गरियो भने भजन आज १३/ ११/२२ आइतवार समापन भयो। उक्त कार्यक्रममा नागरी फार्म साई मन्दिर अधिनस्थ पाँच वटा भजन मण्डलीले भजन गरे जसमा नागरी फार्म , धजिया चियाबारी, धजिया बस्ती, मलट चियाबारी, मंगरजुङ चियाबारी भजन मण्डली रहेका थिए। यस कार्यक्रम हिज देखि आजसम्म विश्व भरिनै रहेको साई समितिका टी एम राई ले थप बताएका छन्।
गोरामुमो अध्यक्ष मन घिसिङको भ्रमण
गोरामुमो अध्यक्ष मन घिसिङले आफ्नो भ्रमण जारी राख्दै आज तराईको विभिन्न क्षेत्रमा भ्रमण गरेका छन्। पानीघट्टा, निरपानी, लोहागड च्याङ्गा,एम. एम. तराई अनि अर्डमा भ्रमण गरि उक्त क्षेत्रका जनता साथै गोरामुमो कार्यकर्ताहरु संग भेटघाट गरि विभिन्न विषयहरुमा चर्चा परिचर्चा गरेका छन्। यसैक्रममा अध्यक्ष मन घिसिङले पत्रकारहरुलाई सम्बोधन गर्दै बर्तमान पहाडको राजनैतिक परिवेश, दिल्लीको वार्ता लगायत पन्चायत चुनाव सम्बन्धि पत्रकारहरुले सोधिएको प्रश्नको जवाब दिएका छन्।
हाम्रो पार्टी प्रमुख अजय एड्वर्ड्स आज बन्द अवस्थामा रहेको अम्बटे चियाकमान पुगे
अहिलेघडी खरसाङ भ्रमणमा रहेका हाम्रो पार्टी प्रमुख अजय एड्वर्ड्स आज बन्द अवस्थामा रहेको अम्बटे चियाकमान पुगेर त्यहाँका श्रमिकहरूले भोगिरहेका दुःख कष्ट र समस्या बुझे । यसअवधि श्रमिकहरूले एड्वर्ड्सलाई उनीहरूका दुःख-कष्ट र चियाकमान सम्बन्धमा आफूहरूको अडान सुनाए ।
यसैबिच हाम्रो पार्टीका अध्यक्षले अम्बटे चियाकमानका एक सय परिवारलाई एड्वर्ड्स फाउन्डेसनको तर्फबाट प्रत्येक साता खाद्य सामग्री पठाइदिने वचन दिए ।
यति मात्र होइन, उनले एड्वर्ड्स फाउन्डेसनको तर्फबाट यस चियाकमानमा निःशुल्क स्वास्थ्य जाँच शिविर राखिने र आवश्यक औषधिहरू पनि उपलब्ध गराउने बताए ।
श्रमिकहरूलाई सम्बोधन गर्दै अजय एड्वर्ड्सले भने – “म यहाँ भोट माग्न आएको होइन, तर तपाईंहरूका दुःख-कष्ट बुझ्न आएको हुँ।”
जबसम्म बन्द अवस्थामा रहेका चियाकमानहरूका समस्या सुल्झिँदैन, तबसम्म सहयोग क
कोलकातामा बीपी बजगाइँ र सुभेन्दु अधिकारीको संयुक्त पत्रकार सम्मेलन
पहाडमा अवैध शिक्षक नियुक्तिको मुद्दालाई खरसाङका विधायक बीपी बजगाइँले पुनः उठाएका छन् । साथै उनले यो मुद्दालाई न्यायालयमा लिएर जाने साथै जाँच गराएरै छाड्ने प्रतिबद्धता जाहेर गरेका छन्। आज कोलकाताको निजाम प्यालेसमा आज पत्रकारहरूलाई सम्बोधन गर्दै खरसाङका भाजपा विधायकले यस्तो प्रतिबद्धता जाहेर गरेका हुन् ।
यस विषयमा बङ्गाल विधानसभाका विपक्षी नेता सुभेन्दु अधिकारीले पनि पत्रकारहरूलाई सम्बोधन गर्दै पहाडमा अवैध शिक्षक नियुक्तिको जाँच हुनुपर्ने बताए ।
विधायक बजगाइँका अनुसार पहाडमा जति पनि शिक्षक नियुक्ति भएका छन्, ती सबै राजनीतिक नेताको सिफारिफको आधारमा भएका छन् । साथै शिक्षक नियुक्ति गरिँदा शिक्षक नियुक्तिका मापदण्ड पूरा गरिएको छैन।
यूनाइटेड स्पोर्टिङ्ग क्लब नागरी फार्मको तत्वावधानमा निःशुल्क आँखा जाँच शिविर आयोजना हुने *
यूनाइटेड स्पोर्टिङ्ग क्लब नागरी फार्मको तत्वावधानमा निःशुल्क आँखा जाँच शिविर आयोजना हुने *
यूनाइटेड स्पोर्टिङ्ग क्लब नागरी फार्मको तत्वावधानमा आगामी २० नोभेम्बर आइतवार स्थानीय उच्चतर माध्यमिक विद्यालयमा निःशुल्क आँखा जाँच शिविर आयोजना गरिएको छ । आज सम्पन्न भएको सभाले निर्णय अनुसार २० नोभेम्बरको आँखा जाँच शिविरसँगै आगामी ४ दिसम्बरदेखि जिल्ला स्तरीय नगद राशी खुल्ला फुटबल टुर्नामेन्टको आयोजना गरिएको क्लव सभापति रूबेन प्रधान तथा सचिव सपन थापाले जानकारी गराएका छन्।
हाम्रो पार्टी त्यागेर 67 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको दावी*
हाम्रो पार्टी त्यागेर 67 परिवार भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको दावी*
खरसाङको नयाँ बजार स्थित टाउन हलमा आयोजित भागोप्रमो पार्टीको मिलन सभामा हाम्रो पार्टीका नेतृत्व अनि कार्यकर्ताहरु लगायत अन्य पार्टी त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चामा सामेल भएको दावी गरिएको छ। उक्त विषयमा जी॰टी॰ए॰ का मनोनित सभासद प्रणाम रसाईलीले यसरी थप जानकारी गराएका छन्।