Rajnitee

Rajnitee Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rajnitee, Video Creator, The Boulevard Ryadh, Riyadh.
(1)

४ यात्रु बोकेको एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन,
07/08/2024

४ यात्रु बोकेको एयर डाइनेस्टिको हेलिकप्टर काठमाडौंको शिवपुरीबाट सम्पर्कविहीन,

20/07/2024

Happy Birthday🎂 Kabita Nepali

महानगरको श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान काठमाडौँ महानगरले रोजगारी प्रवर...
16/07/2024

महानगरको श्रम बैंक मार्फत ३२९ जनालाई निजी तथा ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान

काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि ३ बर्षको कार्ययोजना बनाई कम्तिमा १५००० जनालाई तालिम तथा ५००० जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना 'रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि' तथा 'श्रम बैंक' स्वर्णिम योजना अगाडि बढाएको हो । यसको सुरूवात भएको आर्थिक बर्ष २०८०/८१ मा सीप मेला २०८१ मार्फत २५५५ जना, महानगरको तालिम केन्द्रहरुमार्फत १४६७ जना र अनलाइनमार्फत २००० गरि जम्मा ६०२२ जनाले तालिम सम्पन्न गरेका छन् । यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरि जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ । महानगरको सहजीकरण तथा आफ्नै प्रयासमा थप करिब ८०० जना युवा युवतीहरु रोजगार/स्वरोजगार भएका छन् ।

महानगरको सानो प्रयासले १ आर्थिक बर्षमा १७०० भन्दा बढी नेपाली दाजुभाई दिदीबहिनीहरू रोजगार/स्वरोजगार हुनु भएको छ । यद्यपि यो हाम्रो लक्ष्य भन्दा धेरै सानो संख्या हो । आर्थिक बर्ष २०८१/८२ मा दुवै योजनाहरूलाई थप परिस्कृत गरि लक्ष्यभन्दा अधिक उपलब्धि हासिल हुने गरि बजेट तथा कार्यक्रमहरु तयार गरेका छौँ । सिप मेलामा फर्म भर्नु भएका सम्पूर्णलाई तालिमतालिका अनुसार तालिम उपलब्ध गराउने नै छौँ । समय र स्थान एसएमएस मार्फत जानकारी गराउने छौँ ।

तपाईहरूको व्यवसाय, संघ संस्था कार्यालयका लागि सीपयुक्त दक्ष जनशक्ति आवश्यक परेमा काठमाडौँ प्लाजास्थित महानगरको श्रम बैंक वा वेबसाइटमा भएको लिंक मार्फत सम्पर्क गरी सेवा लिन सक्नुहुनेछ । एउटै पदका लागि १० जना भन्दा बढी जनशक्ति आवश्यक भएमा तपाइहरुकै syllabus मा आधारित तालिम दिई रोजगारीमा पठाउने व्यवस्था मिलाएका छौँ । B***n

Congratulations🎊 K P Sharma Oli Balkot
14/07/2024

Congratulations🎊 K P Sharma Oli Balkot

२०७२ सालको भूकम्पले जीर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा काठमाडौ महानगरले आ...
11/07/2024

२०७२ सालको भूकम्पले जीर्ण अवस्थामा रहेको भद्रकाली मन्दिरलाई विदेशी शैली हटाएर परम्परागत नेवारी शैलीमा काठमाडौ महानगरले आजदेखि बनाउन सुरु गरेका छौँ ।

मन्दिरमा कुँदिएका बुट्टेदार ढोका, झ्याल, थाम हुनेछन् । छानो झिँगटीको हुनेछ । उत्तर (भृकुटीमण्डप) तर्फ २ वटा ' ब्लक ' आपसमा जोडिएका हुनेछन् । यस्तै दक्षिणतर्फ (नेपाली सेनाको पेट्रोल पम्पतर्फ) ३ वटा ब्लक हुनेछन् । यिनीहरु पनि आपसमा जोडिएका हुनेछन् । यसरी निर्माण हुने सबै भवनको क्षेत्रफल ३९ हजार वर्गफिट हुनेछ ।

स्थानीय र पुरातत्त्व बिभागले बेलायती शैलीमै बनाउन माग गरे पनि हाम्रो अडान पुरानो हाम्रो नेवारी परम्परागत शैलीमै बनाउने थियो र यहि शैलीमै बन्नेछ ।

यो सुरुवात हो, हाम्रो परम्परागत शैलीमा फर्कने B***n

माननीय केपी ओलीज्यू,आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले...
06/07/2024

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु'मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु B***n K P Sharma Oli

27/06/2024

एसईई को नतिजा सार्वजनिक ,आधाभन्दा धेरै विद्यार्थी अनुतिर्ण !

SEE को नतिजा प्रकाशित हुनासाथ १६०० मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट SEE  टाइप गरी १६०० मा पठाएर  वा वेवसाइटमा h...
26/06/2024

SEE को नतिजा प्रकाशित हुनासाथ १६०० मा फोन गरी SYMBOL NUMBER थिचेर वा SMS बाट SEE टाइप गरी १६०० मा पठाएर वा वेवसाइटमा https://see.ntc.net.np बाट सजिलैसंग नतिजा प्राप्त गर्न सकिन्छ। NT

View SLC Result Online with Marksheet

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान! काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (ब...
17/06/2024

मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन प्रमुख शाह ब्राजिल प्रस्थान!

काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन ब्राजिल प्रस्थान गर्नुभएको छ !

१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।झापा गिरिबन्धुमा बैना लिनेहरूलाई...
03/06/2024

१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।

झापा गिरिबन्धुमा बैना लिनेहरूलाई "दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं " भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।

यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।

अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।

अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।K P Sharma OliB***n

एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ? न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फि...
31/05/2024

एउटा रोचक कुरा कुरा पढ्नु हुन्छ ?
न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा बिरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढि ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यहि पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने कसरी हुन्छ ?

त्यस्तै, सडक विभागले बनाएको मापदण्ड अनुसार दैनिक एक लाख र बजारको सिजनमा ५ लाख हिड्ने सडकमा फुटपाथ कत्रो चाहिन्छ भन्ने मापदण्ड हेर्नुहोला । त्यो मापदण्ड पालना गर्नलाई बनाइएको हो कि होइन भन्ने सोध्नुहोला ।

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्युरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ ।

विकास गर्ने हो भने र बदलिदो समयमा न्युरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउँन एकजुट बनौँ ।B***n

21/05/2024

कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।जब सम्म ससम्मान चालकहरु रिहा हुन्न...
20/05/2024

भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले ।

जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन ।

को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!B***n

20/05/2024
For Premiere of Megalopolis by Francis Ford Coppola at Cannes Film Festival. Thank you mayor David Lisnard for the invit...
17/05/2024

For Premiere of Megalopolis by Francis Ford Coppola at Cannes Film Festival. Thank you mayor David Lisnard for the invitation.B***n

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार photo,.google
16/05/2024

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ४० हजार
photo,.google

क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।
15/05/2024

क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, ...
10/05/2024

कांग्रेस र गगन थापाजीहरुले आरोप लगाए जस्तो मैले खुद आफैले फारम भरेर उक्त सहकारी बाट ॠण मागेको/लिएको प्रमाणित गरिदिनुस्, म राजनीति छोडिदिन्छु। प्रमाणित नगरे तपाईं राजनीति छोड्न तयार हो? किर्ते कागज र काइते तर्क दिएर गोलमटोल जवाफ दिन पाइदैन। म संसदीय छानबिन सँग र तपाइँहरुको देश डुबाउने राजनीति सँग डराएको छैन, तर मलाई मात्र एक पटक बोल्न दिन तपाईहरु चाहिँ किन डराएको ? डर र रबि लामिछाने एकै ठाउमा बस्दैनन् थापा जी। एक पटक बोल्न त दिनुस्, संसदीय छानबिन समिति मागको दोकान तत्काल बन्द हुन्छ। तपाईहरुलाई सहकारी पीडितको मुद्दासँग कुनै सरोकार छैन, तपाईहरुलाई केवल मलाई बदनाम गराउनु छ। हेक्क राख्नुस् , मपनि यो सर्वभौम संसदको सर्वाधिक मत प्राप्त जननिर्वाचित प्रतिनिधि हुँ। म माथि लागेका संघिन आरोपहरु बारे एक पटक बोल्न समेत नदिने अनि तपाईंको आदेश मैले मान्नु पर्ने?? दुई महिना निरन्तर गाली गर्ने, झुठा आरोप लगाउने, मिडिया खेलाउने अनि एक पटक बोल्न पाँउ न भन्दा संसदमा बाटो छेक्ने?? घेराउ गर्ने? अझ डारायो भन्ने? यहि हो कांग्रेसको लोकलन्त्र??
प्रिय रास्वपा परिवारका साथीहरु, शिर ठाडो राख्नु होला। तपाईंको सभापतिले आज सम्म कसैलाई ठगेको छैन।

कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो  लामिछाने,
07/05/2024

कांग्रेसले कताकताको निर्देशनमा गठबन्धनमा संकट ल्याउने प्रयास गर्‍यो लामिछाने,

Class 1-10 सम्म Schloarship सम्बन्धी सुचना ।काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद ...
02/05/2024

Class 1-10 सम्म Schloarship सम्बन्धी सुचना ।

काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को परिच्छेद १० मा छात्रवृत्ति तथा निःशुल्क शिक्षा सम्बन्धी व्यवस्था रहेको छ । सोही कानुनको आधारमा गत बर्ष ४६५ बिद्यालय बाट १३००० भन्दा बढी विद्यार्थीहरूले विभिन्न किसिमका छात्रवृत्ति प्राप्त गरेका थिए।

विद्यमान कानुनी प्रवन्ध कार्यान्वयन गर्दा यी १३ हजार विद्यार्थी भाइबहिनीले छात्रवृत्ति पाएका थिए । कानुन निर्माणको महत्व कार्यान्वयनबाट मात्र पुष्टि हुन्छ । त्यसैले, हामी कानुन निर्माण र कार्यान्वयन दुवै पक्षमा उत्तिकै गम्भीर छौं ।

यो बर्ष बिधालय हरुलाई सजिलो को लागि हामीले online platform निर्माण गरेको छौ
सम्पूर्ण संस्थागत विद्यालयहरुले शैक्षिक सत्र २०८१ मा कक्षा १० सम्मका विद्यार्थीलाई उपलब्ध गराउने छात्रवृत्तिको सम्पूर्ण विवरण तल दिइएको लिंक मा क्लिक गरि सम्बन्धित बिद्यालय लाइ इमेल तथा एस एम एस मार्फत उपलब्ध गराइएको युजर नेम र पासवर्ड बाट लग इन गरि २०८१।०२।०२ गते भित्र अनिवार्य रुपमा पेस गर्नुहुन सुचित गरिन्छ।
विवरण पेस गर्नका लागि लिंक : https://shorturl.at/boqIR
विवरण पेस गर्दा उपलब्ध गराइएको पोर्टल मा २ वटा फर्म हरु रहेका छन , एउटामा कक्षागत रुपमा जम्मा बिद्यार्थी भर्ना संख्या र १० प्रतिशत ले हुन आउने कक्षागत छात्रवृति संख्या तथा अर्को फर्म मा छात्रवृति पाउने सम्पूर्ण बिद्यार्थी हरुको विवरण भर्नु पर्नेछ। विवरण भर्ने तरिकाको म्यानुअल तथा भिडियो टुटोरियल IEMIS मा पेस भएको इमेल मार्फत पठाईएको छ। सफ्टवेयर संचालन वा फर्म भर्ने सम्बन्धि कुनै समस्या भएमा महानगरपालिकाको शिक्षा बिभाग वा ९८५११९९९४५ मा सम्पर्क गरि सपोर्ट लिन सक्नुहुनेछ।
यदि नियमअनुसार विवरण पेस नगरेमा काठमाडौँ महानगरपालिका शिक्षा ऐन, २०७५ को दफा ५६ को उपदफा ४ बमोजिम विद्यालयलाई प्रदान गरिएको अनुमति वा स्वीकृति रद्द वा यस ऐन वा अन्य प्रचलित कानुन बमोजिम हदै सम्मको कारबाही गरिने छ।

सबै बिबरण प्राप्त भएपछि हामी छात्रवृत्ति को लिस्ट सार्वजनिक गर्नेछौ ।

‘खै?’ भनेर प्रश्न गर्नेले थाहा पाउनु भयो/भएन, आजै रास्वपाले नेतृत्व गरेको श्रम तथा रोजगार मन्त्रालयले मजदुरकै हितका लागि...
01/05/2024

‘खै?’ भनेर प्रश्न गर्नेले थाहा पाउनु भयो/भएन, आजै रास्वपाले नेतृत्व गरेको श्रम तथा रोजगार मन्त्रालयले मजदुरकै हितका लागि ‘श्रमाधान’ सुरुआत गरेको कुरा!

यो सुरुआत मात्रै हो। गर्नुपर्ने धेरै काम धेरै क्षेत्रमा छन्। केही समय लाग्छ नै, नतिजा अवश्य आँउछ।

बिर्सेला कि भनेर बेला–बेलामा सञ्जालमार्फत स्मरण गराइदिनुहुने सबैलाई धन्यवाद। "शुभ-काम" नै शुभकामना हो।

बंगलादेशमा मात्रै यो बर्ष नेपाल बाट २५८ जना बिद्यार्थीले MBBS र ६ जनाले BDS पढ्न जाने भएछन। सम्पूर्ण पढाइ खर्च एकजनाको क...
01/05/2024

बंगलादेशमा मात्रै यो बर्ष नेपाल बाट २५८ जना बिद्यार्थीले MBBS र ६ जनाले BDS पढ्न जाने भएछन। सम्पूर्ण पढाइ खर्च एकजनाको कम्तिमा ६० लाख लाग्ने रहेछ। यो ता सानो उदाहरण मात्र हो । यता सरकारी साथीहरुले लगानी सम्मेलन गर्दैछन । त्यस्तो लगानी सम्मेलनहरु पनि विदेश तिरै गरे राम्रो हुन्थ्यो होला । कि कसो ??😂😂Mahabir Pun

युवा सँगसँगै !!इलामबाट सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर म काठमाडौ फर्केको छु। सुहाङको विजय देशभरका युवाहरुको जीत ...
30/04/2024

युवा सँगसँगै !!
इलामबाट सुहाङ नेम्वाङको विजय उत्सवमा सहभागी भएर म काठमाडौ फर्केको छु। सुहाङको विजय देशभरका युवाहरुको जीत हो। हामी युवाहरुलाई नेतृत्वमा अगाडि सार्ने काम तीब्रताका साथ गर्ने छौं। आगामी स्थानीय र संसदीय निर्वाचनसम्म पुग्दा हामी महत्वपूर्ण ठाउँमा युवाहरुलाई देश बनाउने कामको जिम्मेवारीमा पुर्याउने छौं। अर्को संसदमा हाम्रो तर्फबाट सुहाङजस्ता युवाहरूको बाहुल्यता रहने छ। एमाले इतिहास बोकेको मात्र होइन, नयाँ पुस्ताको पार्टी पनि हो।K P Sharma Oli

इलाममा सुहाङ, हार्दिक बधाई !!इलामका मतदातालाई धन्यवाद !!मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ - कति भोटले जिति...
30/04/2024

इलाममा सुहाङ,
हार्दिक बधाई !!
इलामका मतदातालाई धन्यवाद !!
मैले अस्ति चुलाचुली पुग्दा सुहाङलाई सोधेको थिएँ - कति भोटले जितिन्छ ?
सुहाङ्ले भन्नु भएको थियो - इलामेली जनतालाई सोध्नु पर्छ।
आज अन्तिम परिणाम आयो - ५८३० मतान्तरले जीत भयो ।
हाम्रो पार्टीले नेतृत्वमा युवाहरुलाई अघि सार्दै आएको छ, आशालाग्दा युवाहरुलाई अझ अगाडि बढाउँदै जाने छ।
फेरि बधाई सबै इलामेलीलाई !!K P Sharma Oli

महानगर गौरव योजना 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' अन्तर्गत   २०८१ जना युवायुवतीहरूलाई विभिन्न क्षेत्रका लिंक (...
29/04/2024

महानगर गौरव योजना 'रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि' अन्तर्गत २०८१ जना युवायुवतीहरूलाई विभिन्न क्षेत्रका लिंक (https://rb.gy/qwo9kc ) मा भए बमोजिमका २९ वटा पेशासँग सम्बन्धित तालिम प्रदान गर्दैछौँ । १ महिने तालिम २०८१ वैशाख १९ देखि काठमाडौँको टुँडिखेलमा सुरु हुँदैछ । सिप सिक्न चाहने सबैलाई अवसर प्रदान गर्न अनलाइन आवेदन अझै खुला राखेका छौँ । तपाईं तालिमका लागि इच्छुक हुनुहुन्छ भने तलको लिङ्कमा क्लिक गरेर वा नजिकको वडा कार्यालय वा २०८१।०१।१९ गते कार्यक्रम स्थल टुँडिखेलमा फाराम भर्न सक्नुहुनेछ ।तालिम लिने सम्पूर्ण लाइ स्वरोजगार , रोजगार वा OJT मा पठाइनेछ।

थप जानकारीका लागि ९८४३७२२०५९

फाराम भर्ने लिङ्क https://rb.gy/cmqa09

29/04/2024

ईलाम-२ को ताजा
सूर्य : १८,१९६
रुख : १२,३३९
मुढा : ९,३३६
घण्टी : ३,११८

29/04/2024

इलाम-२ अपडेट दिउसो ४:३० बजे
सूर्य( सुहाङ्ग नेम्बाङ)- १५६५३
रुख( डम्बर खडका)- १००६८
मूढा(डकेन्द्र थेगिम)-८६८९
घण्टी (मिलन लिम्बू) -२३१३ मतान्तर( ५५८५)

इलाम–२ ताजा मत परिणामः
29/04/2024

इलाम–२ ताजा मत परिणामः

29/04/2024

नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित । ११ हजार ६१२ मतका साथ निर्वाचित भएका हुन् ।

29/04/2024

इलाम-२ को ताजा अपडेट ....

सुहाङ नेम्वाङ (सूर्य) : १३०६९ (अग्रता)

डम्बरबहादुर खड्का (रुख) : ८३८६

डकेन्द्रसिंह थेगिम (मुढा) : ८०९८

मिलन लिम्बु (घण्टी) : १७१३

Address

The Boulevard Ryadh
Riyadh
933

Alerts

Be the first to know and let us send you an email when Rajnitee posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rajnitee:

Videos

Share

Category



You may also like