Prawasi Khabar - प्रवासी खबर

  • Home
  • Qatar
  • Doha
  • Prawasi Khabar - प्रवासी खबर

Prawasi Khabar - प्रवासी खबर This is official page of "Prawasi Khabar" YouTube channel

18/07/2023

नयाँ तथा पुरानो श्रम स्वीकृति नवीकरण गर्न सम्पर्क गर्नुहोला , WhatsApp 33457185

09/07/2023
rate it ..😊
12/06/2023

rate it ..😊

 ,पासपोर्ट Renew गर्न तथा online Pre-enrollment फारम भर्न का लागि चाहिँने आवश्यक कागजात र अन्य डिटेलहरू...१) पासपोर्ट को...
10/09/2022

,

पासपोर्ट Renew गर्न तथा online Pre-enrollment फारम भर्न का लागि चाहिँने आवश्यक कागजात र अन्य डिटेलहरू...

१) पासपोर्ट को पेज नं 2/3 र पेज नं 31 को स्क्यान कपी, (राजदुतावासमा जाँदा सक्कली पासपोर्ट पनि आवश्यक पर्ने)
२) नागरिकता को अगाडि पछाडि स्क्यान कपी,
३) नेपालको हालको ठेगाना (गाउँ टोलको नाम, वडा नम्बर, गाउँपालिका वा नगरपालिका, जिल्ला र प्रदेश)
४) आमा बुवाको नाम
५) नेपालको मोबाइल नम्बर
६) आपतकालीन अवस्था मा सम्पर्क गर्नको लागि आफ्नो नजिकको मान्छे को नाम ठेगाना र मोबाइल नम्बर,
७) हजुर नेपालमा हुनुहुन्छ र नेपाल बाट Renew गर्ने हो भने राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य । विदेश बाट हो भने आवश्यक प्रदैन ।

राजदूतावास मा बुझाउनु पर्ने राहदानी शुल्क 185 रियाल, appointment Booking तथा Pre-enrollment फाराम भरेको शुल्क 30 to 50 Riyal. (हामी फारम भर्ने मात्र नभई आवश्यक अन्य कुरा हरूको जानकारी र नजानेको हरूलाई गाइड गर्ने गर्छौ।)

Payment Esewa, Bank transfer, वा भेटेर cash मा पनि गर्न सकिन्छ । (विकल्प मा अलि धेरै टाढा हुनेहरुको सुविधा का लागि मोबाइल रिजार्च मार्फत पनि Payment accept गरिन्छ ।)

नोट : minimum service charge 30 रियाल हो हजुरले आफ्नो खुशीले बढी दिएमा हामी स्वीकार गर्छौ 😊, ग्रुपमा आउने लाई थप Discount पनि गरिन्छ ।

हाम्रा अन्य थप सेवा हरू 👇

1) अनलाइन श्रम स्वीकृति
2) कतार बाटै नेपालको बैंक खाता खोलिन्छ।
3) Demat तथा Mero share account,
4) सेयर कारोबार को लागि Tms account.
5) Normal वा Europass Cv र cover latter.
6) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई टिकट,
6) राष्ट्रिय परिचयपत्र को अनलाइन फारम ।
7) नेपालको police clearance certificate.
8) नेपालको कुनै पनि नम्बर मा Balance र डाटा रिजार्च,
9) Wifi, Dishhome तथा अन्य Bill payment.
10) Esewa, ime pay, khalti wallet मा Balance load.
11) साथै आवश्यकता अनुसार अन्य सर्भिस हरू उपलब्ध छन् ।

सम्पर्क : WhatsApp +97433457185
Email 📧 [email protected]

राहदानी बुझिलिन आउनेबार् जरुरी सूचना  (२१ अगष्ट २०२२)————यस राजदूतावासमा बिभिन्न मितिमा राहदानीका लागि आवेदन दिनु भएका आ...
21/08/2022

राहदानी बुझिलिन आउनेबार् जरुरी सूचना
(२१ अगष्ट २०२२)
————
यस राजदूतावासमा बिभिन्न मितिमा राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचिमा नाम भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार छ । राहदानी लिन राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित आवेदक आफै यस राजदूतावासमा बिदाको दिनबाहेक बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्पर्क गर्नुहुन अनुरोध छ। संलग्न सूचिमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नुहुनसमेत अनुरोध छ ।
लिंक:
https://qa.nepalembassy.gov.np/%e0%a4%af%e0%a4%b8-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a5%82%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b0%e0%a4%be%e0%a4%b9%e0%a4%a6%e0%a4%be%e0%a4%a8%e0%a5%80-6/
…………………….
नेपाली राजदूतावास,दोहा, कतार
२१ अगष्ट २०२२

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनु भएका आवेदकहरु मध्ये संलग्न सूचीमा नाम भएकाहरु आवेदकहरुलाई राहदानी बु...

बैदेशिक रोजगारमा जादा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् र थप जानकारीको लागि श्रम कल सेन्टरको निम्न नम्बरमा सम्पर्क ग...
07/08/2022

बैदेशिक रोजगारमा जादा ध्यान दिनुपर्ने कुराहरु यस प्रकार छन् र थप जानकारीको लागि श्रम कल सेन्टरको निम्न नम्बरमा सम्पर्क गर्न सक्नु हुन्छ :-
NTC Toll free number: 1141
Toll free number: 16600150005
Landline number: +977-01-5970008
WhatsApp /Viber number /phone number: 9801800013
Imo number:9801300033
Facebook: https://www.facebook.com/kantipur.call.1
Twitter: www.twitter.com/mol_callcenter

राहदानी बुझिलिन आउने जरुरी सूचना (२३ जुलाई  २०२२)————यस राजदूतावासमा ६जुलाई २०२२ सम्म e-Passport का लागि आवेदन दिनु भएका...
23/07/2022

राहदानी बुझिलिन आउने जरुरी सूचना (२३ जुलाई २०२२)
————
यस राजदूतावासमा ६जुलाई २०२२ सम्म e-Passport का लागि आवेदन दिनु भएका (संलग्न सूचि link 1 अथवा link 2 मा नाम भएका)आवेदकहरुको राहदानी वितरणका लागि तयार छ । राहदानी लिन राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित आवेदक आफै यस राजदूतावासमा बिदाको दिनबाहेक बिहान ९ बजे देखि अपरान्ह ३ बजेसम्म सम्पर्क गर्नुहुन अनुरोध छ। संलग्न सूचिमा नाम नभएका आवेदकहरुले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन ।
नाम हेर्नका लागि link 1 अथवा link 2 मा कुनै एक हेर्नु हुन ।
Link 1.
https://docs.google.com/spreadsheets/d/1a39MxiRSQFpbLp1rcEZdIvZOLlkCrUyk/edit?usp=sharing&ouid=117533760821575075050&rtpof=true&sd=true
Link 2: https://qa.nepalembassy.gov.np/%e0%a4%af%e0%a4%b8-%e0%a4%b0%e0%a4%be%e0%a4%9c%e0%a4%a6%e0%a5%82%e0%a4%a4%e0%a4%be%e0%a4%b5%e0%a4%be%e0%a4%b8%e0%a4%ae%e0%a4%be-%e0%a4%b5%e0%a4%bf%e0%a4%a6%e0%a5%8d%e0%a4%af%e0%a5%81%e0%a4%a4-8/
…………………….
नेपाली राजदूतावास,दोहा, कतार
२०७९।०४।०७ (२३ जुलाई २०२२)

E P DISTRIBUTION Given Name,CODE NO: Aakash Yadav,6255 Aaliya Sheikh,8065 Aaliya Shrestha,7577 Aanand Kumar Thakur,7396 Aashish Dip Magar,6889 Aayus Shrestha,7894 Abdul Dhobi,7934 Abdul Gafar,8161 Abdul Hafiz Jolaha,7797 Abdul Halim Musalman,4935 Abdul Haqim MU,7392 Abdul Kaish Ansari,7866 ...

22/07/2022

Good afternoon, आज शुक्रबार,
हजुर लाइ वा साथीहरू लाई आवश्यक भय यी तलको विभिन्न कामको लागि सम्पर्क गर्न सक्नुहुन्छ ।

👉 अनलाइन श्रम स्वीकृति,
👉 नेपालको Bank account,
👉 Remittance Fixed deposit
👉 Demat तथा Mero share account,
👉 Tms account
👉 ई पासपोर्ट को लागि appointment Booking तथा Pre-enrollment फाराम
👉 Corona Vaccine certificate, तथा QR code,
👉 नर्मल CV, europass Cv र cover latter,

WhatsApp, or dicret inbox 📬
+97433457185

काठमाडौमा बालेन शाहले जितेकाे खण्डमा:१. आउने संसदिय र प्रदेश चुनाबमा धेरै बालेन शाहहरु चुनाब लड्न तयार हुने छन् र जित्ने...
15/05/2022

काठमाडौमा बालेन शाहले जितेकाे खण्डमा:
१. आउने संसदिय र प्रदेश चुनाबमा धेरै बालेन शाहहरु चुनाब लड्न तयार हुने छन् र जित्ने छन् ।
२. कयौंले पार्टी प्रवेश होइन, पार्टी परित्याग गर्ने छन् । यसबाट समाजमा नयाँ
ध्रुवीकरण हुनेछ ।
३. वि.सं. २०४७ साल देखि २०७९ सालसम्म उही गाली गलाैज, आराेप- प्रत्याराेप भाषणकाे अन्त्य हुनेछ ।
४. नेपाली जनता दलिय कार्यकर्ता मात्रै छन् भन्ने ठानेर जनतालाइ दास ठान्ने नेताको अहंकार समाप्त हुनेछ।
५. स्वतन्त्र नागरिकको शक्ति पहिलो पटक सहि परिक्षण हुनेछ ।
६. अव देखी दलले उमेदवार पैसा, परिवार, नातावाद, धनवाद, डनवाल आदिका भन्दा याेग्यताका आधारमा दिनेछन् ।
७. युवाहरु दलका झाेले बन्न भन्दा याेग्यता क्षमताको विकासमा लाग्नेछन् र देशले सहिबाटाे लिनेछ । त्यसैले याे बालेनकाे उमेद्वारी परिवर्तनको झिल्काे हाे । यसलाई निम्न नदिउँ, जगेर्ना गराैं ।
- प्रकाश दुलालको प्रतिक्रियाबाट

२०७९ साल जेष्ठ २ गते  औपचारिक उद्घाटन हुने नेपालको दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
11/05/2022

२०७९ साल जेष्ठ २ गते औपचारिक उद्घाटन हुने नेपालको दोश्रो अन्तर्राष्ट्रिय बिमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा जजीरा एअरवेज (Jazeera Airways) ले पहिलो उड़ान सोही दिन तथा आगामी १२ जुन २०२२ देखि दोहाबाटसमेत साताको तीनवटा नियमित उडान शुरु गर्ने तालिका सार्वजनिक गरेको व्यहोरा सबैको जानकारीका लागि अनुरोध छ ।

बिस्तृत जानकारी उक्त एअरलाईन्सको कतारस्थित सम्पर्क कार्यालय( ४४२७१०१०/३०७०१०४२, email: [email protected]) बाट लिन सकिनेछ ।
—————
११ मे २०२२
नेपाली राजदूतावास
दोहा, कतार ।

श्रम स्वीकृति, को लागि कागजात अपलोड गर्ने सम्बन्धी सूचना (नँया व्यक्तिगत/वैधानिकीकरण))
06/05/2022

श्रम स्वीकृति, को लागि कागजात अपलोड गर्ने सम्बन्धी सूचना (नँया व्यक्तिगत/वैधानिकीकरण))

13/04/2022

कसैलाइ शत्रु नलागोस,दैब नलागोस , दशा नलागोस , रोग नलागोस , ग़लत आरोपित खेप्न नपरोस् , हामी जहां रहौ नेपाल र नेपालीकै भलो सोचौं , सबैले सकेको आ आफ्नो सत्कर्म गरौ , कुकर्म कसैले नगरौ , यहि छ मेरो नेपाली नयाँ बर्ष २०७९ सालको सुभकामना हजुरहरू सम्पुर्ण लाइ 🙏🇳🇵🌹❤️

अझै समय छ, ढिलो नगर्नु होला।Credit : अनलाइन भोलेन्टियर
16/03/2022

अझै समय छ, ढिलो नगर्नु होला।
Credit : अनलाइन भोलेन्टियर

25/02/2022

नेपालबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने अद्यावधिक मापदण्ड सम्बन्धी सूचना
——————
कतार सरकारले मिति २८ फेब्रुअरी २०२२ (तदनुसार २०७८ फागुन १६) साँझ ७ बजे (Arrival Time) देखि लागू हुने गरी कतार प्रवेश गर्ने यात्रुहरुका लागि अद्यावधिक मापदण्ड जारी गरेको छ। सो अनुरुप नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका Red Health Measures लागू हुने देशबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायबमोजिमको प्रावधान पालना गर्नुपर्ने जनाइएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।

१.PCR परीक्षण र क्वारेन्टाइन सम्बन्धी
➢ मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका/ कोभिड-१९ संक्रमण भई निको भएका (Fully Vaccinated/Recovered) कतारका बासिन्दा (Residents) को हकमा
- यात्रा पूर्व कोभिड-१९ PCR परिक्षण गर्नु नपर्ने,
- कतार प्रवेश गर्दा क्वारेन्टाइन बस्नु नपर्ने,
- कतार प्रवेश गरेको २४ घण्टाभित्र Rapid Antigen Test गर्नपर्ने।

➢ मान्यताप्राप्त खोपको पूरा मात्रा नलगाएका कतारका बासिन्दा (Residents) को हकमा
- कतार प्रस्थान गर्ने समयको ४८ घण्टाभित्रको PCR परीक्षणको Negative रिपोर्ट साथमा हुनुपर्ने,
- ५ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने,
- होटल क्वारेन्टाइनको पाचौँ दिनमा Rapid Antigen Test गर्नुपर्ने।

➢ मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका/ कोभिड-१९ संक्रमण भई निको भएका (Fully Vaccinated/Recovered) यात्रुहरुको हकमा
- कतार प्रस्थान गर्ने समयको ४८ घण्टाभित्रको PCR परीक्षणको Negative रिपोर्ट साथमा हुनुपर्ने,
- १ दिन होटेल क्वारेन्टाइन बस्नुपर्ने,
- होटल क्वारेन्टाइनको पहिलो दिनमा Rapid Antigen Test गर्नुपर्ने।

➢ खोप नलगाएका १२ वर्ष मुनिका बालबालिकाको हकमा साथमा यात्रा गर्ने अभिभावककै मापदण्ड लागू हुने।
➢ मान्यताप्राप्त खोपको पूरा मात्रा नगरेका भ्रमणका लागि आउने यात्रुहरुको हकमा प्रवेश अनुमति नदिइने।

२.कोभिड-१९ विरुद्धको मान्यताप्राप्त खोपसम्बन्धी
➢ कतारको जनस्वास्थ्य मन्त्रालयबाट मान्यताप्राप्त खोपहरु;
स्वीकृत खोप
- Pfizer/ BioNTech (Comirnaty)
- Moderna (SpikeVax)
- AstraZeneca (Covishield/ Oxford/ Vaxzevria)
- Jansen/ Johnson & Johnson (only one dose)

सशर्त स्वीकृत खोप
-Sinopharm
- Sputnik V
-Sputnik V
- Covaxin

➢ कतारबाहिर खोप लगाएका यात्रुहरुले खोप लगाएको सक्कल प्रमाणपत्र (अरेबिक वा अंग्रेजी भाषामा) पेश गर्नुपर्ने।
➢ मान्यताप्राप्त खोपको पूरा मात्रा लगाएका (Fully Vaccinated) भन्नाले
- Pfizer, Moderna, Astra Zeneca खोपको दोश्रो मात्रा वा बुस्टर डोज लगाएको १४ दिनपश्चात् ९ महिना अवधिसम्मलाई बुझाउने। Jansen/ Johnson & Johnson को हकमा पहिलो मात्रा लगाएको १४ दिनपश्चात् र बुस्टर डोज लगाएको ७ दिनपश्चात् ९ महिना अवधिसम्मलाई बुझाउने।
- सशर्त स्वीकृत खोपको दोश्रो मात्रा वा बुस्टर डोज लगाएको १४ दिनपश्चात् ६ महिना अवधिसम्मलाई बुझाउने। तर यस्ता खोप लगाएका यात्रुले यात्रा समयअघि बढीमा ३० दिनभित्रको Positive Serology Antibody Test भएको ल्याव रिपोर्ट पेश गर्नुपर्ने।Serology Antibody Test नगरेमा वा रिपोर्ट Negative देखिएमा कतार प्रवेश गर्दा ५ दिन क्वारेन्टाइन बस्नुपर्ने। सशर्त स्वीकृत खोप लगाएपश्चात् स्वीकृत खोपको बुस्टर डोज लगाएमा भने ७ दिनपश्चात् ९ महिना अवधीसम्म Fully Vaccinated/ Immune मानिने।
➢ कोभिड-१९ संक्रमण भई निको भएका (Recovered) भन्नाले कोभिड-१९ संक्रमण भएको प्रमाणित भएको समयबाट ९ महिना अवधिसम्मलाई बुझाउने।

३.EHTERAZ सम्बन्धी
➢ कतारका बासिन्दाबाहेक अन्य यात्रुले कतार प्रवेश गर्नुपहिले www.ehteraz.gov.qa वेभसाइटमा अनिवार्य रुपमा Register गरी खोप प्रमाणपत्र, पहिले कोभिड-१९ संक्रमण भएको भए सोको प्रमाण, सशर्त स्वीकृत खोप लगाएको भए Serology Antibody Test Result लगायत सान्दर्भिक कागजात अपलोड गर्नुपर्ने।कतारका बासिन्दाको लागि यो प्रावधान अनिवार्य नभएपनि Register गर्न सिफारिस गरिएको।
➢ कतार यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले आफ्नो मोबाइलमा EHTERAZ App डाउनलोड गरी सूचारु गर्नुपर्ने।

४.विविध
➢ कतार यात्रा गर्ने सम्पूर्ण यात्रुहरुले www.moph.gov.qa वा www.ehteraz.gov.qa मा उपलब्ध हुने Acknowledgement Form अनिवार्य रुपमा भरेर सहि गर्नुपर्ने।
➢ होटल क्वारेन्टाइनमा बस्नुपर्ने यात्रुहरुले https://www.discoverqatar.qa/welcome-home/ मार्फत् Welcome-Home quarantine package बुक गर्नुपर्ने।
➢ कतारमा कोभिड-१९ परिक्षण शुल्क;
परीक्षणको प्रकार
प्रति परीक्षण शुल्क
PCR Test:QR 160
Rapid Antigen: QR 50
Serology Antibody Test: QR 50

उल्लेखित मापदण्डबारे विस्तृत जानकारी कतारको जनस्वास्थ्य मन्त्रालयको वेवसाइटको निम्न लिंकबाट प्राप्त गर्न सकिनेछ;
https://covid19.moph.gov.qa/EN/travel-and-return-policy/Pages/default.aspx
मापदण्डका विषयमा थप जानकारी आवश्यक भएमा सम्बन्धित एयरलाइन्ससँग सम्पर्क गर्नुहोला।
——————
२०७८/११/१३
नेपाली राजदूतावास
दोहा, कतार।

ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचनाhttps://qa.nepalembassy.go...
21/02/2022

ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचना
https://qa.nepalembassy.gov.np/%e0%a4%88-%e0%a4%aa%e0%a4%be%e0%a4%b8%e0%a4%aa%e0%a5%8b%e0%a4%b0%e0%a5%8d%e0%a4%9f%e0%a4%95%e0%a4%be-%e0%a4%b2%e0%a4%be%e0%a4%97%e0%a4%bf-%e0%a4%aa%e0%a5%8d%e0%a4%b0%e0%a4%bf-%e0%a4%87%e0%a4%a8/..............................
मिति २०७८ माघ २३ गते (तदनुरुप ६ फेब्रुअरी २०२२) का दिन नेपाली राजदूतावास दोहाबाट विद्युतीय राहदानी (E-Passport) का लागि इनरोलमेन्ट प्रक्रिया शुरु गरिएको व्यहोरा सोही मितिमा राजदूतावासबाट जारी सूचनामा उल्लेख गरिएको छ । उक्त सूचनामा विद्युतीय राहदानी (e-Passport) का लागि प्रि-इनरोलमेन्टका प्रकियाहरुसमेत उल्लेख गरिएकोमा थप जानकारीसहित पुन: यो सूचना सम्बन्धित सबेको जानकारीका लागि जारी गरिएको छ ।

ई-पासपोर्ट आवेदन गर्नका लागि प्रि इनरोलमेन्ट गर्ने तरीका
१) राहदानी विभागको वेबसाइटमा उपलब्ध वा https://emrtds.nepalpassport.gov.np लिंकमा प्रवेश गरी देहायमध्ये एक आवेदनको प्रकार छान्ने ।
-पहिलो पटक राहदानी बनाउने (नेपाली बाबु आमाका कतारमा जन्मेका सन्तानको हकमा) वा हस्तलिखित राहदानीबाहकहरुले नयाँ (New)
-पुरानो MRP हुनेहरुले नवीकरण (Renewal)
-हालको राहदानी हराएको हकमा हराएको/चोरिएको (Lost/Stolen) तथा
-हालको राहदानी विभिन्न कारणले बिग्रेको हकमा बिग्रेको (Damaged)
-त्यसपछि Ordinary 34 pages अप्सनमा क्लिक गर्ने ।
२) त्यस पश्चात उपलब्ध हुने राहदानीको फाराममा भएका विभिन्न चार उपशीर्षकमा रहेका विवरणहरु भर्ने । कतारमा आवेदन गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नं राख्नु नपर्ने ।
३) त्यस पश्चात आफ्नो नागरिकता प्रमाणपत्रको दुवै पेज, हालको राहदानीको फ्रन्ट र ब्याक पेज तथा अन्य सान्दर्भिक कागजात ( बुँदा नं. ६ बमोजिम ) छुट्टाछुट्टै स्कयान गरी अपलोड गर्ने ।
४) त्यस पश्चात Book Your Appointment मा प्रवेश गरेर Other अप्सन क्लिक गरी NE, Doha अप्सन छानेर आफूलाई उपयुक्त हुने वा उपलब्ध मध्ये अघिल्लो मिति र समय बुकिंग गर्ने ।बुंकिग गरेको मितिमा विहान ९ बजे देखि अपरान्ह १ बजेसम्म राजदूतावासमा आउद्न सकिने ।
५) तत्पश्चात फाराम submit गर्ने र त्यसपछि प्राप्त हुने बारकोडसहितको फाराम डाउनलोड गरी प्रिन्ट गर्ने । राजदूतावासमा आवेदनका लागि आउँदा यो फाराम लिएर आउनुपर्नेछ ।
६) प्रि इनरोलमेन्ट गर्दा अपलोड गर्नुपर्ने कागजातहरु:
-नागरिकता प्रमाणपत्रको पहिलो र दोश्रो पेज छुट्टाछुट्टै । संभव भएसम्म कलर कपि ।
-हालको राहदानीको फ्रन्ट पेज (फोटो तथा व्यक्तिगत विवरण भएको पेज) र ब्याक पेज (पेज ३० र ३१) छुट्टाछुट्टै कलर कपि।
हालको राहदानी हराएको हकमा कतार प्रहरीबाट जारी गरिएको राहदानी हराएको प्रहरी प्रतिवेदन ।
-बुबा आमाको नागरिकताको प्रमाणपत्र ।
-बुबा आमाको नागरिकताको प्रमाणपत्र ।
-बुबा आमाको विवाह दर्ताको प्रमाणपत्र ।
-कतारमा जन्मेको बालबालिकाको हकमा पहिलो पटक ई-पासपोर्टका लागि आवेदन गर्दा यहाँबाट जारी जन्मदर्ताको कतारको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरी यसै राजदूतावासको कन्सुलर शाखाबाट प्रमाणित गरेको प्रति तर यस प्रक्रियाबाट एकपटक राहदानी लिईसकेकाहरुको हकमा राहदानी नविकरणका लागि आवेदन गर्दा सम्न्धित जिल्ला प्रशासन कार्यालयबाट जारी गरेको नाबालक परियचपत्र अनिवार्यरुपमा पेश गर्नु पर्नेछ ।
-नेपालमा जन्मेको बालबालिकाको हकमा नाबालक परिचयपत्र ।
-हाललाई राहदानीको बहाल अवधि ६ महिना रहेकाहरुले ई-पासपोर्ट आवेदन गर्न सक्ने ।

राहदानी हराएका वा म्याद सकिएर जरुरी अवस्थामा नेपाल जानेहरुको हकमा यात्रा अनुमति पत्र जारी गरिने छ ।

ई-पासपोर्टका बारेमा थप जानकारी आवश्यक परेमा राहदानी बिभागको वेबसाईट https://nepalpassport.gov.np र यस राजदूतावासको वेव साईट र फेसबुक पेजमा राखिने सूचनाहरु हेर्दै गर्नुहोला ।

उल्लेखित कागजातका प्रतिहरु लाईभ इनरोलमेन्ट गर्न आउँदा साथमा लिएर राजदूतावास आउनुपर्ने ।

नागरिकताको अपलोड गरिएका प्रतिहरू कतिपय नबुझिने देखिएकोले संभव भएमा र सक्कल साथमा भए सक्कल र नभएमा कलर फोटोकपि वा बुझिने फोटोकपि लिएर आउँनु होला ।
e-Passport को आवेदनका लागि Pre-enrollment फाराम भरिसकेपछि राजदूतावासमा Live-enrollment का लागि आँउदा तोकिएको मितिमा मात्र आउनुहुन अनुरोध छ ।

राहदानी शुल्क यथावत रहेको ।
————-
२०७८/११/०९
२१ फेब्रुवरी २०२२
नेपाली राजदूतावास, दोहा ।

ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचना …………………………. मित.....

जरुरी भए मात्र राहदानी (MRP) नवीकरणका लागि आवेदन गर्नेबारे सूचना
19/01/2022

जरुरी भए मात्र राहदानी (MRP) नवीकरणका लागि आवेदन गर्नेबारे सूचना

Address

Doha

Telephone

+9779812858855

Website

Alerts

Be the first to know and let us send you an email when Prawasi Khabar - प्रवासी खबर posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Prawasi Khabar - प्रवासी खबर:

Share

Category