08/05/2024
यूरोप भ्रमणको शिलशिलामा हाल पोर्चुगल आइपुग्नु भएका धुर्कोट गाउँपालिका, गुल्मीका अध्यक्ष श्री भुपाल पोखरेल ज्यूलाई गुल्मी समाज, पोर्चुगलको आयोजनामा पोर्चुगलमा रहेका गुल्मेली दाजुभाई तथा दिदीबहिनीहरूको तर्फबाट स्वागत, सम्मान तथा एकआपसमा अन्तरक्रिया कार्यक्रम हिज मंगलबार लिस्बन, पोर्चुगल स्थित ओदान रेष्टुरेन्टमा भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्नका लागि हाम्रो निमन्त्रणालाई स्वीकार गरी छोटो समयका बाबजुद पनि आतिथ्यता ग्रहण गरिदिनु भएकोमा प्रमुख अतिथी श्री भुपाल पोखरेल ज्यू, विशेष अतिथी श्री विनिता रोका पोखरेल ज्यू लगायत सम्पूर्ण अतिथी ज्यूहरु, कार्यक्रम व्यवस्थापनका लागि हामिलाइ सहयोग गर्ने ओदान रेष्टुरेन्ट परिवार सबै प्रती हार्दिक आभार प्रकट गर्दछौँ ।
साथै कार्यक्रम भव्य र सभ्य वनाउन सक्रीय भुमीका निर्वाह गर्नुहुने संस्थाका सम्पूर्ण पदाधिकारी ज्यूहरू, संस्थापक अध्यक्ष ज्यू,सल्लाहार ज्यूहरू एवं कार्यसमितिका सम्पूर्ण सहयात्री साथिहरू सबै प्रती हृदय देखी नै पुन: एकपटक धेरैधेरै धन्यवाद व्यक्त गर्दछौँ, धन्यवाद ❤️🙏