29/03/2025
हिजोको तीनकुनेको घटनाको बिभिन्न दृश्य विश्लेषण गर्दा उब्जाएको गम्भीर प्रश्नहरू-
सभा सुरू नहुदै बिथोलिनु,
ब्यक्तिगत घरमा घरधनीको स्विकृति वा जानकारीबेगर अश्रुग्यास भण्डारण गरिनु,
घरमाथिबाट सभास्थलमा अश्रुग्यास हानिनु,
हानिएका अश्रुग्यासहरू डेट एक्स्पायर हुनु,
सिभिल ड्रेसमा भएका ब्यक्तिको हातमा रिभल्भर देखिनु,
गोली चल्नु,
पसल लुटिनु,
निजी गाडी जलाईनु,
यस्तो दुखद घटना र परिस्थितिको सरकार वा आयोजकका तर्फबाट कसैले जिम्मवारी नलिनु।
हामी नेपाली समाज विश्वमा खुशी मध्येका पर्छौँ, सनातनी हिन्दू बौद्ध र रैथाने धर्मावलम्वी हौ तर यस्तो संस्कृति भएको समाजमा यस्ता हिंसात्मक साधनको प्रयोग गर्न हौसिने संस्कृति कसरी भित्रियो?
ठण्डा दिमागले छातिमा हात राखेर मनन गऱ्यो भने प्रष्ट बुझिन्छ।
सबै हाम्रो विगतका कर्मको नतिजा अहिले देखिएको हो। यो अकस्मात सिर्जित घटना हैन, यसको जरो बिगतका हामीले अँगालेका बिद्रोहका विधिहरूमा ईम्बेडेड छ।
आत्मुल्यांकन गरेर आफै पाा नलागेसम्म ब्यक्तिका अनुहार समस्या भइरहने छ। अरूलाई हैन आफ्नो अनुहार र ब्यवहार हेरौँ। कसैले कसैलाई उपदेश दिदैमा वा आरोप लगाउदै मा समस्या छुमन्तर हुदैहुदैन। यो पक्का हो। बॉकी त्यो अनुहार भएका उहॉहरूकै मर्जी।