व्यावसायिक पत्रकारितालाई मूल ध्येय बनाएर सुरु गरिएको समाचार पोर्टल हो, खबरखाना । यसमा राजनीतिक विषयवस्तु त समेटिन्छन् तर राजनीतिमुखी समाचार मात्र हुने छैनन् । समाजका सबैखाले जल्दाबल्दा विषय र मुद्दालाई उत्तिकै प्राथमिकता दिने अनि देखिएकाभन्दा छेलिएका कुरालाई उजागर गर्ने हाम्रो निरन्तर कोसिस रहनेछ । फेरि पनि भनौं, खबरखाना प्रा. लि. द्वारा सञ्चालित खबरखाना डट कमले नेताका अनुहार र भाषणलाई मात्र समाचा
रको आत्मा मान्ने छैन । र, कुनै राजनीतिक विचारको मुखपत्र बन्ने पनि छैन । पत्रकारिताका आदर्श, मूल्य र मान्यतामा यसले कदाचित् सम्झौता गर्ने छैन । अनलाइनकारितामा बेग्लै उपस्थिति जनाउने सत्प्रयास खबरखानाको रहनेछ । सत्यप्रतिको निष्ठाबाट हामी कद्दापि विचलित हुने छैनौं ।
समस्त पाठक वर्गको सल्लाह, सुझाव र आलोचना हाम्रा लागि मार्गदर्शन हुनेछन् । तपाईंहरूसँग भएका महत्वपूर्ण जानकारी, सूचना, लेख, रचना र आफ्नो व्यवसायको विज्ञापन उपलब्ध गराई सहयोग गर्न सक्नुहुनेछ । सहयोग र सम्पर्कका लागि खबरखाना डट कमको इमेल ठेगाना [email protected] वा [email protected] मा सम्पर्क गर्न सक्नुहुनेछ ।