11/09/2020
चितवन भाद्र २६ , सरकारले अनलाइन कक्षालाई मान्यता दिने भनी सके पछि नेपालका बिध्यालयहरुले अनलाइन तथा बैकल्पिक उपायलाई प्रयोग गरी अध्ययन - अध्यापन क्रियाकलाप अगाडी बढाइरहेका छन् । कोरोनाको माहमारीको बिचमा र सरकारले बिध्यालयमा बिध्यार्थीहरुको भौतिक उपस्थितिलाई अनुमती नदिरहेकै बेला चितवनमा अवस्थित एक संस्थागत बिध्यालयले बिध्यार्थीहरुलाइ बिध्यालयमै बोलाएर परीक्षा संचालन गरिरहेको छ । यहि भाद्र २१ गते देखि निरन्तर संचालित परीक्षामा आज ४ जान बिध्यार्थीहरुले परीक्षा लेखिरहनु भएको थियो । बिध्यालयको गेटमा नै थर्मलगनको सहयताले सबैको शरीरको तापक्रम मापन गरिएको ,बिध्यालय हाता भित्र भौतिक दुरी कायम गर्न मैदान भरी गोला रिङ्गहरु बनाइएको छ , बाहिरबाट लगाएर आएको मास्कलाई Dispose गर्न एउटा डस्ट्विन राखिएको छ , साबुनपानीले हातहरु राम्रोसङ्ग धोइसके पछि यहाँ राखिएको automatic sanitizer machine मा हातहरुलाई sanitize गरिसकेपछि आफ्नै हातले मास्क बक्समा राखिएको मास्क निकाली प्रयोग गरि सके पछि भौतिक दुरी कायम गरी तयार गरिएको सिटमा बसि परीक्षामा सहभागी हुने ब्यबस्था मिलाइएको पाइएको छ , शौचालय र खानेपानीका स्थानहरुपनी जीवाणुमुक्त गराइएको पाइएको छ । यस्तो कोरोनाको माहमारी बिचमा र सरकारले अनुमती नदिएको समय यस प्रकारले परीक्षा संचालन गरीनुको उद्देश्य के हो भनी बिध्यालयका प्रधानाध्यापक बिनोद थपलियालाई सोधिएको प्रश्नमा उहाँले भन्नु भयो " हामीले online , offline र self study गरि तीन प्रकारले सम्पूर्ण बिध्यार्थीहरुलाई प्रभावकारी ढंगले शिक्षण - सिकाइ क्रियाकलाप निरन्तर अगाडी बढाइरहेको भयतापनि , शिक्षण - सिकाइ क्रियाकलाप के कति प्रभावकारी भयो भनी मुल्यांकन गरिनु आवश्यक देखिएकोले बिध्यालयले यहि भाद्र ८ देखि १६ सम्म अनलाइन परीक्षा संचालन गरि सकेको र ८० % बिध्यार्थीहरु अनलाइन परीक्षामा सहभागी भै परीक्षा दिन सफल हुनु भएकोमा बिध्यालयले अनलाइन परीक्षामा सफलता हासिल गरिसकेको , तर पनि २० % बिध्यार्थीहरु Internet को पहुँच भन्दा बाहिर रहेनु भएको वा Device को अभावका कारण अनलाइन परीक्षामा सहभागी हुन असमर्थ हुनु भएको र अभिभावकले सुरक्षाका सम्पुर्ण उपायहरु Apply गरि बिध्यालयमा बोलाएर भएपनी परीक्षा लिनु भए बिध्यार्थी बिध्यालय पठाउन तयार हुनु भएको जानकारी दिनु भएपछि हामीले यो तयारी गरेका हौं ।" साच्चै भन्नुपर्दा आज चितवन महानगरपालिकाका बजारहरु बिहान १० बजे देखि ४ बजे सम्म खोल्ने अनुमती दिएपछि बजारमा देखिएको मानिसको चहलपहल हेर्दा र यहाँ न्यु होराइजन स्कुलको परीवेशलाई नियालिरहदा , तुलनात्मकरुपले बिध्यालयले यहि प्रकारले सानो सानो समूह बनाइ सामाजिक दुरि कायम गरि , सम्पुर्ण सुरक्षालाई ख्याल राखी अध्ययन अध्यापन कार्य अगाडी बढाउन सके बिध्यार्थीहरुको मानसपटलमा कुनै नकारात्मक प्रभाव नपर्ने र बालबालिकाहरु कुलतमा फस्नबाट जोगाउन सकिने देखिएको छ । बिध्यार्थीहरुको प्रतिक्रियाका लागि यो Video पूरा हेर्नुहोस । क्यामेरामा निरन्जन पराजुलीका साथमा म रुपेश थपलिया , चितवन मल्टिमिडिया प्रा. लि. चितवन