Nepse Update

Nepse Update Welcome to our official page. Here you can get latest news and updates about Nepse and stock markets.

21/11/2024

दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो।

20/11/2024

मौद्रिक नीतिकाे पहिलो त्रैमासिक समीक्षा अर्को साता मात्रै, ठूला नीतिगत परिवर्तन नहुने

20/11/2024

सानिमा बैंकको २०औं साधारणसभा सम्पन्न, नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित

20/11/2024

शेयर ऋण लिने बढे तर किन बढ्न सकिरहेको छैन बजार ?

20/11/2024

डलरको भाउ हालसम्मकै महँगो, नेपाली रुपैयाँ कमजोर बन्दै

20/11/2024

सूर्योदय वोमी लघुवित्तको लाभांश घोषणा

13/09/2024

आवश्यक पूर्वाधार विकासमा लगानी जुटाउन सबै प्रकारको सहजीकरण गर्न सरकार तत्पर छ: अर्थमन्त्री पौडेल

13/09/2024

आइपिओको लागि आवेदन दिने कम्पनी सङ्गठित हुँदै, अर्थमन्त्रीको कार्यालय अघि धर्ना दिने तयारी

13/09/2024

एनआईसी एशिया सेलेक्ट फण्ड ३० को मूल्य समायोजन

13/09/2024

लाभांश प्रस्ताव पारित गर्न ओरियन्टल होटल्सले बोलायो साधारण सभा

11/09/2024

Shout out to my newest followers! Excited to have you onboard! Gyawali Giri, Meghraj Puri, KC Harka, Utshav Khatiwada, Manas Manas, Sagar Sharma, Ramkaji Thapa, Sabindra Rawal, Shareinfo Nepal

10/09/2024

शेयरको मूल्य तीव्र रुपमा घट्नुका कारण के होला?

08/09/2024

गत साता करिब १ प्रतिशत घटेको नेप्से, यस साता के होला?

07/09/2024

सातामा करिब १ प्रतिशत घट्यो नेप्से, कुन उपसमूहको परिसूचक कति बढ्यो? कति घट्यो?
👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

यस साता नेप्से परिसूचक करिब १ प्रतिशत बढेर बन्द भएको छ। गत साता २७४९.५७ विन्दुमा बन्द भएको नेप्से, यस साता २२.२१ अंक अर्थात ०.८१ प्रतिशत घटेर २७२७.३६ विन्दुमा झरेको छ।

यस साता ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। यस साताको सोमबार, नेप्से परिसूचक १२७ अंक बढेर बन्द भएको थियो भने मंगलबार सामान्य अंक बढेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२० अंक घटेको छ।

नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १६ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ११ अर्ब ९६ करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४ अर्ब १३ करोड रुपैयाँ अर्थात २५.७० प्रतिशत कम हो।

त्यस्तै, यस साता दैनिक औषत शेयर संख्या २७.९५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या २८.५५ प्रतिशत घटेको छ।

नेप्सेको कुल बजार पूँजीकरण भने यस साता ३० करोड रुपैयाँ घटेको छ। गत साताको अन्त्यमा ४३ अर्ब ६६ करोड रुपैयाँ रहेको कुल बजार पूँजीकरण, यस साता ०.७० प्रतिशत घटेर ४३ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ।

07/09/2024

पर्ख र हेर’ को अवस्थामा सिन्धु विकास बैंक, हेरौँ कम्पनी विश्लेषण
👇️👇️👇️👇️👇️👇️👇️👇️👇️

यस साता विकास बैंक उपसमूहको परिसूचक १.८८ प्रतिशत बढेको छ। गत साता ५४३६.२७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता १०१.९८ अंक बढेर ५५३८.२५ विन्दुमा पुगेको छ। सोही उपसमूहको एक बैंक हो, सिन्धु विकास बैंक लिमिटेड (SINDU)।

बैंकको शेयरमूल्य यस साता ७६ रुपैयाँ बढेको छ। गत साता ६२३ रुपैयाँमा अन्तिम कारोबार भएको यस बैंकको शेयर, यस साता ६९९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।

पर्ख र हेर’ को अवस्थामा:

हाल बैंकको शेयरमूल्य ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। आगामी दिनमा बैंकको शेयरमूल्य उकालो लागेमा ७५० देखि ७६४ सम्मको क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। त्यस्तै, ओरालो लागेमा भने ६५२ देखि ६६७ को क्षेत्रमा टेवा पाउने देखिन्छ।

खरिदकर्ता हाबी:

यस साता साप्ताहिक रुपमा बैंकको शेयरमूल्यले लामो टुप्पी र छोटो पुच्छर भएको हरियो मैनबत्ती बनाएको छ। यसले साताको सुरुवातमा बैंकको शेयरमा बिक्रीकर्ता हाबी भएपनि अन्त्यतिर भने खरिदकर्ता हाबी भएको संकेत गर्दछ। त्यस्तै, साताको अन्तिम कारोबार दिन पनि बैंकको शेयरमूल्यले बुलिश मैनबत्ती बनाएको छ जसले सो दिन पनि बजारमा खरिदकर्ता हाबी रहेको संकेत गर्दछ।

07/09/2024

जीवन बीमा कम्पनीहरुले एक महिनामा गरे झन्डै १७ करोड प्रिमियम संकलन, नेसनल लाइफ सबैभन्दा अगाडि

01/09/2024

FOLLOW☝️☝️

Address


Website

Alerts

Be the first to know and let us send you an email when Nepse Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share