Tanahun Update

  • Home
  • Tanahun Update

Tanahun Update Tanhun Update तनहुँ जिल्ला भरका Updates
सूचना विभाग : 3562-2078/079/ प्रेस काउन्सिल : 3542-2079/080

नववर्ष २०८१ को पावन अबसरमा तनहुँको पवित्र धार्मीक तिर्थस्थल ढोर बाराही मन्दिर मा भक्तजन को घुइँचो। २५००-३००० भन्दा बढी भ...
13/04/2024

नववर्ष २०८१ को पावन अबसरमा तनहुँको पवित्र धार्मीक तिर्थस्थल ढोर बाराही मन्दिर मा भक्तजन को घुइँचो। २५००-३००० भन्दा बढी भक्तजन आएको मन्दिर व्यवस्थापन समितिको भनाई

Morning view of Manungkot❤️
31/03/2024

Morning view of Manungkot❤️

पोखराको लेखनाथमा बस यसरी दुर्घटनामा हुँदा चालक घाइते भएका‌ छन् भने बसमा अरु कोई नभएको कारण ठुलो क्षतिबाट जोगिएको छ।  Sou...
30/03/2024

पोखराको लेखनाथमा बस यसरी दुर्घटनामा हुँदा चालक घाइते भएका‌ छन् भने बसमा अरु कोई नभएको कारण ठुलो क्षतिबाट जोगिएको छ।

Source:social media

काठमाण्डौ उपत्यकामा रुघाखोकी लागेको भन्ठानिएका केही बिरामी कोभिडबाट सिकिस्त!!    Souce: social media
28/03/2024

काठमाण्डौ उपत्यकामा रुघाखोकी लागेको भन्ठानिएका केही बिरामी कोभिडबाट सिकिस्त!!



Souce: social media

28/03/2024

SEE परिक्षा २०८० मा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाईबहिनीहरूलाई सफलताको शुभकामना !

एसइइ परीक्षा दिने विद्या‌र्थीलाई विदाई कार्यक्रमयही चैत्र १० गते शनिवारका दिन व्यास-५ चापाबाट तन्हुँ स्थित शान्ति वर्ष अ...
24/03/2024

एसइइ परीक्षा दिने विद्या‌र्थीलाई विदाई कार्यक्रम

यही चैत्र १० गते शनिवारका दिन व्यास-५ चापाबाट तन्हुँ स्थित शान्ति वर्ष अंग्रेजी मा वि बाट २०८० सालको एसइइ परीक्षामा सामिलित हुने विद्यार्थीहरुलाई विदाई कार्यक्रम सम्पन्न गरिएको छ।

Happy holi ❤️
24/03/2024

Happy holi ❤️

23/03/2024

हिन्दुहरुको रमाइलो रंगको पर्व होली नजिकिए सगै ब्यास-५ चापाघाट स्थित श्रीशान्ति बर्ष माध्यमिक विधालयका विधार्थीहरु एक आपसमा अबीर जात्रा गरि मनाउँदै ।

रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जन...
18/03/2024

रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बस सोमबार साँझ बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक राजकुमार विकका अनुसार बस सडकबाट करिब ३ सय मिटर तल खसेको छ । गाडीमा ३२ जना यात्रु थिए ।
घाइतेलाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्र पुर्‍याइएको विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी छ ।
साभारः अनलाईन खबर

तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगर स्थित चुनपहरामा साहसिक खेल चट्टान आरोहण गर्दै स्वदेशी पर्यटक। यो पहरा चट्टान आरोह...
14/03/2024

तनहुँको बन्दीपुर गाउँपालिका–४, विमलनगर स्थित चुनपहरामा साहसिक खेल चट्टान आरोहण गर्दै स्वदेशी पर्यटक। यो पहरा चट्टान आरोहणका लागि हबका रूपमा परिचित बनेको छ।
तस्बिर : RSS

मुटु स्वस्थ कसरी राख्ने?
14/03/2024

मुटु स्वस्थ कसरी राख्ने?

अख्तियारको निर्देशनपछि डुम्रे यातायात कार्यालयमा चैत १ देखि ट्रायल बन्द । सार्वजनिक जग्गा मिचेर ट्रायल सेन्टर बनाएको विष...
14/03/2024

अख्तियारको निर्देशनपछि डुम्रे यातायात कार्यालयमा चैत १ देखि ट्रायल बन्द । सार्वजनिक जग्गा मिचेर ट्रायल सेन्टर बनाएको विषयमा छानबिन ।

महा शिवरात्रीको सबैमा शुभकामना !!शिवजि ले सबैको कल्याण गरून् !!जय शम्भु,हरहर महादेव।❤️
08/03/2024

महा शिवरात्रीको सबैमा शुभकामना !!
शिवजि ले सबैको कल्याण गरून् !!
जय शम्भु,हरहर महादेव।❤️

06/03/2024

Breaking!!!
उप प्रधान गृह: रवि लामिछाने
श्रम: डिपी अर्याल
शिक्षा: सुमना श्रेष्ठ
युवा तथा खेलकुद: विराज भक्त श्रेष्ठ

लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको म...
06/03/2024

लोकगायक तथा इन्द्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलविरुद्ध काठमाडौँ जिल्ला अदालतमा जबरजस्ती करणी उद्योगमा दर्ता भएको मुद्दा फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतमा कँडेलविरुद्ध मुद्दा दर्ता गर्ने पीडित महिलाले नै फिर्ता गरेको श्रोतले बताएको छ ।
इन्द्रेणी कार्यक्रममै कलाकार तथा कर्मचारीका रूपमा काम गर्ने एक महिलाले आफूमाथि पटक–पटक जबरजस्ती करणीको प्रयास भएको भन्दै कँडेलविरुद्ध फागुन १३ गते आइतबार मुद्दा दर्ता गराएकी हुन् । आफूलाई पटक पटक करणीको प्रयास गरिएको र महिलाकै कोठामा समेत पुगेर करणीको प्रयास भएको भन्दै ती महिलाले हदैसम्मको कारबाही र क्षतिपूर्तिको माग गर्दै कँडेलविरुद्ध मुद्दा दर्ता गराएकी थिइन् ।
अहिले भने ती पीडित महिलाले कँडेलसँग आफ्नो कुरो मिलेको भन्दै मुद्दा फिर्ता लिएकी हुन् । पीडित महिलाले आफू विरुद्धको मुद्दा फिर्ता लिएपछि गायक कँडेलले पनि ती महिलाविरुद्ध काठमाडौँ जिल्ला अदालतमा दर्ता गराएको गाली बेइज्जतीको मुद्दा समेत फिर्ता लिइएको बताइन्छ ।

Source-: rato pati

05/03/2024

झन्डै १ घण्टाभन्दा बढी समय ‘डाउन’ भएको फेसबुक अहिले पुन: सञ्चालन भएको छ ।

रोट्रयाक क्लव अफ दमौली को २१ औं स्व.रो.सचिन स्मृती खुल्ला दौड प्रतियोगिता को लागि सहभागिताको लागी आवहान, इच्छुक धावक ले ...
27/02/2024

रोट्रयाक क्लव अफ दमौली को २१ औं स्व.रो.सचिन स्मृती खुल्ला दौड प्रतियोगिता को लागि सहभागिताको लागी आवहान, इच्छुक धावक ले फोन मार्फत नाम टिपाउनुहुन अनुरोध ।
कार्यक्रम हुने
मिति : २०८० फागुन १९ गते, शनिबार
समय : बिहान ७:३० बजे
स्थान : दमौली अन्सन चौतारीदेखी छाब्दि बाराही मन्दिरसम्म
९ कि. मि
फोन मार्फत नाम टिपाउनका लागी सम्पर्क : ९८५६०२६६०३ , ९८४६०११२६०

(( नोट : विभागिय धावकलाई सहभागि गराईने छैन ।))

भजन शिरोमणी भक्तराज आचार्य र भारतीय चर्चित गायक पंकज उदाशको निधन
27/02/2024

भजन शिरोमणी भक्तराज आचार्य र भारतीय चर्चित गायक पंकज उदाशको निधन

तनहुँ । क्षेत्री समाज नेपाल व्यास नगर समितिको अध्यक्षमा शंकर अधिकारी  निर्वाचित ।
27/02/2024

तनहुँ ।
क्षेत्री समाज नेपाल व्यास नगर समितिको अध्यक्षमा शंकर अधिकारी निर्वाचित ।

श्रीकृष्ण प्रणामी मन्दिर  कृपा धाम, देवघाट्धाममा फाल्गुन १७ गते देखि २३ गते सम्म हुन गइरहेको भव्य श्रीमद्भागवत ज्ञान महा...
27/02/2024

श्रीकृष्ण प्रणामी मन्दिर कृपा धाम, देवघाट्धाममा फाल्गुन १७ गते देखि २३ गते सम्म हुन गइरहेको भव्य श्रीमद्भागवत ज्ञान महायज्ञ कार्यक्रमको सुखद अवसरमा बृहद मोटरसाइकल र्‍यालि प्रदर्शन गरिएको छ।यही १६ गते हुन गइरहेको कलश यात्रामा पनि उपस्थित हुन निवेदन गरिएको छ।
प्रेम प्रणाम ।

फोटो- सौगात दाहाल

महायज्ञको तयारी सगै मोटरसाइकल र्याली
26/02/2024

महायज्ञको तयारी सगै मोटरसाइकल र्याली

स्वास्थकालागि र राष्ट्रकालागि खेलकुद भन्ने मुल नाराका साथ ब्यास १० स्थित चण्डी देवि राष्ट्रिय मा,वि मा सामुदायिक शिक्षक ...
23/02/2024

स्वास्थकालागि र राष्ट्रकालागि खेलकुद भन्ने मुल नाराका साथ ब्यास १० स्थित चण्डी देवि राष्ट्रिय मा,वि मा सामुदायिक शिक्षक बीच फुटबल प्रतियोगिता हुने।

21/02/2024

राप्रपा तनहुँद्वारा ४० बुँदेमा अब कसैलाई निषेध होइन सबै राष्ट्रिय शक्तिहरुबीच नवीन समझदारीका साथ अगाडि बढ्नुपर्ने लगायत विभिन्न मागहरुको पत्र सहित प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ।

सुचना,सुचना।। देवघाट -५ गौरीटार बाट आज राति देखि   सारदा  पौडेल नाम गरेकि एक महिला    घरबाट अचानक  हराएकि हुदा उहाँलाई फ...
21/02/2024

सुचना,सुचना।।
देवघाट -५ गौरीटार बाट आज राति देखि सारदा पौडेल नाम गरेकि एक महिला घरबाट अचानक हराएकि हुदा उहाँलाई फेला पार्नु हुने जो सुकै महानुभावहरुले तल दिएको नम्बरमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।साथै देख्नु हुने महानुभावहरुले नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरिदिनु हुन हार्दिक अनुरोध गरिन्छ।

नेपाल मगर विद्यार्थी संघ, तनहुँद्वारा आयोजित १४७ औं प्रथम शहिद स्मृति पुटबल कप  सम्पन्न भएको छ। उक्त लखन स्मृति कप फुटबल...
17/02/2024

नेपाल मगर विद्यार्थी संघ, तनहुँद्वारा आयोजित
१४७ औं प्रथम शहिद स्मृति पुटबल कप सम्पन्न भएको छ। उक्त लखन स्मृति कप फुटबल प्रतियोगितामा
आयोजक टिम प्रथम हुन सफल भएको छ,भने निर्मल माबि दृतिय हुन सफल भएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल मगर सघ गण्डकी प्रदेशका निवर्तमान अध्यक्ष सिद्धान्त थापा मगरले विजयी खेलाडीहरुलाई मेडल प्रमाणपत्र तथा शुभकामना मन्तब्यका क्रममा बोल्दै
सेभेन ए साईड फुटबल खेलले सामाजिक न्याय, समान अधिकार,समान दायित्व, समान जिम्मेवारी र पहिचानको निम्ति अझ एकताबद्द,र निरन्तर अगाडि बढ्ने उर्जा मिलेको बताए ।

आबुखैरेनी महोत्सव फाल्गुन १० गतेदेखि २० गते सम्म  हुने
17/02/2024

आबुखैरेनी महोत्सव फाल्गुन १० गतेदेखि २० गते सम्म हुने

स्व सहिद लखन थापाको स्मृतिमा  सेभेन ए साइड फुटबल खेलकुद  प्रतियोगिता २०८०
16/02/2024

स्व सहिद लखन थापाको स्मृतिमा सेभेन ए साइड फुटबल खेलकुद प्रतियोगिता २०८०

ब्रम्हकुमारी  ईश्वरीय बिश्व बिधालय  दमौली शाखाले  तनहुँ उधोग बाणिज्य संघ को नव निर्बाचित अध्यक्ष लगाएत पदाधिकारीहरुलाई ए...
16/02/2024

ब्रम्हकुमारी ईश्वरीय बिश्व बिधालय दमौली शाखाले तनहुँ उधोग बाणिज्य संघ को नव निर्बाचित अध्यक्ष लगाएत पदाधिकारीहरुलाई एक कार्यक्रम बीच स्वागत एबं सम्मान गरेको छ।

रा,,.स्व.पा.तनहुँको  जिल्ला संयोजक पदमा बिश्वनाथ बास्तोलालाई मनोनयन गरिएको छ।साथै जिल्ला संयोजकबाट पदन्नोती भै केन्द्रीय...
15/02/2024

रा,,.स्व.पा.तनहुँको जिल्ला संयोजक पदमा बिश्वनाथ बास्तोलालाई मनोनयन गरिएको छ।साथै जिल्ला संयोजकबाट पदन्नोती भै केन्द्रीय बिभाग सदस्यमा विकास सिग्देललाई मनोनयन गरिएको छ भने सह संयोजक सुर्यमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले रिक्त रहेको निर्वाचन क्षेत्र न. १को क्षेत्रीय सदस्य पदमराज न्यौपाने लाई मनोनयन गरि ५ सदस्यीय क्षेत्रिय समिति गठन गरिएको हो जसमा क्षेत्रीय सभापति : पदम राज न्यौपाने ,उपसभापति , सीता बिक,
सचिबपदमा अनिल श्रेष्ठ र सदस्यहरुमा
क्रमश बिष्णु बहादुर पन्त र
शशी रुपाखेती रहेकि छन।

जिल्ला प्रहरी कार्यालय तनहुँका पुर्व  प्रहरी प्रमुख राजेन्द्र बाबू रेग्मी नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल पश्चिम नवल...
14/02/2024

जिल्ला प्रहरी कार्यालय तनहुँका पुर्व प्रहरी प्रमुख राजेन्द्र बाबू रेग्मी नेपाल प्रहरी विशेष सुरक्षा गण सुनवल पश्चिम नवलपरासीको जिम्मेवारी समाल्ने भएका छन्। तनहुँमा लोकतन्त्रको अति महत्वपूर्ण तत्व मानिने आवधिक निर्बाचनलाई स्वच्छ र निष्पक्ष तबरले कुनै प्रभाव ,दबाब मा नपरी शान्ति पुर्ण तबरले सम्पन्न गर्दा अहोरात्र खटेर आफ्नो सम्पूर्ण क्षमता प्रस्तुत गरेका कर्तव्य निष्ठ,ईमानदार, बौद्धिक आवश्यकता र जनताको रक्ष्याको लागि हरप्रहर लागि परेका शहासी प्रहरी प्रमुख हुन।
प्रहरी भनेका लोकतन्त्र को प्रतिबिम्ब हो भन्ने मान्यता राख्ने प्रहरी उपरीक्षक रेग्मी सधै प्रहरी प्रधान कार्यालय र गण्डकी प्रदेश प्रहरी कार्यालयको सधै उकृष्ट प्रहरीको रुपमा सुप्रसिद्द रहे।
नेपाल प्रहरीमा एक कुशल निडर प्रशासककाे भुमिका निर्वाह गरीरहनु भएका सफल अनुसन्धान अधिकृतकाे छवि बनाउन सफल पेशाप्रति निष्ठावान,लगनशील, इमानदार र उच्च सहासी पहिचान बनाउन सफल, स्वस्थ छवि भएका अधिकृतका रुपमा परिचित हुन।

Address


Alerts

Be the first to know and let us send you an email when Tanahun Update posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tanahun Update:

Videos

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share