Tulsipur News khabar

  • Home
  • Tulsipur News khabar

Tulsipur News khabar dang tulsipur

08/12/2022
07/12/2022
https://youtu.be/BxIleCN9dBQ
25/05/2022

https://youtu.be/BxIleCN9dBQ

#तुलसीपुर_उपमहानगरपालीका_का_नवनिर्वाचित #मेयर_टिकाराम_खड्का #उपमेयर_स्यानी_चौधरी

19/05/2022


९६२५ मतगणना गर्दा -
मेयरमा
टिकाराम खड्का (सुर्य) : ४०७६
गेहेन्द्र गिरी (रुख) : ४२१२
गेहेन्द्र गिरी १३६ मतान्तरले अगाडी

वडा नं ४ मा :
गठबन्धनका तुलसी थापा : १३३१
एमालेका ध्रुब राणा : ११७०
तुलसी थापा १६१ मतान्तरले अगाडी ।

वडा नं ५ मा :
गठबन्धनका बिरेन्द्र शाह : २५७
एमालेका पदम पाेख्रेल : १६०
विरेन्द्र शाह ९६ मतान्तरले अगाडी ।

14/05/2022

..
तुलसीपुरमा खुकुरी प्रहारबाट चार जना गम्भीर घाइते ..

06/04/2022

Welcome Program
Tulsipur Metro College Tulsipur Dang

दङ्गिशरण गाउँपालिका स्तरिय चौथो तथा १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ भोलि मंगलवार देखि सुरु हुदैछ । दङ्गिशरण ग...
14/03/2022

दङ्गिशरण गाउँपालिका स्तरिय चौथो तथा १४औ रास्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७८ भोलि मंगलवार देखि सुरु हुदैछ । दङ्गिशरण गाउँपालिकाको आयोजना तथा बिरेन्द्र मा.बि. हेकुलीको संयोजनमा संचालन हुने प्रतियोगिताको उद्घाटन बिहान १० बजे गर्ने कार्यक्रम रहेको छ । तीन दिन सम्म संचालन हुने प्रतियोगितामा फिल्ड तर्फ भलिबल,कबडी, छात्र÷छात्रा त्यस्तै ऐथ्लेटिक्स ट्रयाक तर्फ १००,२००,४००,८००,१५००,३००० मिटर छात्र ÷ छात्रा दौड,१०० गुणा ४०० र ४ गुणा ४०० छात्र÷छात्रा रिले दौड तथा फिल्ड तर्फ हाईजम्प,लङजम्प,त्रीपलजम्प,ज्याभलिङ थ्रो र सटपुट छात्र÷छात्रा बिच कडा प्रतिस्पर्धा हुने दङ्गिशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख बिनोद अधिकारीले जानकारी दिनुभएकोछ ।

प्रतियोगितामा दङ्गिशरण गाउँपालिका क्षेत्रका सामुदायिक तथा निजि गरि ८ बिधालयको सहभागिता रहनेछ भने बिधालयमा कक्षा १२ सम्म अध्ययन गर्ने १८ बर्ष उमेर सम्मका छात्र÷छात्रा ले मात्र भाग लिन पाउनेछ्न् । गाउँपालिका अध्यक्ष भागी राम चौधरीको अध्यक्षतामा फागुन २३ गते बसेको बैठकले चैत १ देखि ३ गते सम्म रनिङ शिल्ड प्रतियोगिता संचालन गर्ने निर्णय गरेको दङ्गीशरण गाउँपालिका शिक्षा युवा तथा खेलकुद महाशाखा प्राबिधिक सहायक उमा केसिले जानकारी दिनुभएको छ । बैठकले प्रतियोगितामा प्रथम,दोस्रो र तेस्रो स्थान हासिल गर्ने बिधालय लाई क्रमशः २० हजार १५ हजार, र १० हजार पुरस्कार राशी प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रथम, दोस्रो र तेस्रो गाउँपालिका स्तरिय रनिङ शिल्ड प्रतियोगिता पुर्ण रुपमा सार्थक र परिणाममुखी बनाउन सफल भएको निष्कर्श निकाल्दै यतिबेला चौथो रनिङ शिल्ड प्रतियोगिता लाई अझ मर्यादित र भब्य बनाउन गाउँपालिका लागि परेको गाउँपालिका अध्यक्ष भागी राम चौधरीले बताउनु भयो । हामीले रनिङ शिल्ड प्रतियोगितालाई खेलकुद महोत्सवका रुपमा लिएका छौ यो बालबालिकाको सर्वाङ्गिन बिकास संग जोडिएको विषय हो त्यसैले गाउँपालिकामा रहेका ५ वटा सामुदायिक बिधालय लाई आन्तरिक तयारीका लागि सहयोग स्वरुप गाउँपालिकाले छुट्याएको ६० हजार रुपैयाँ १२ हजारका दरले प्रदान गरेको समेत अध्यक्ष चौधरीले बताउनु भयो ।

https://youtu.be/ydZQadey6Us
04/03/2022

https://youtu.be/ydZQadey6Us

तुलसीपुुर मेट्रो कलेजको थाल्यो हामी सुन्छौ, हामी गर्छाै अभियान,,

https://youtu.be/Wf5GQ4aTUPs
01/03/2022

https://youtu.be/Wf5GQ4aTUPs

पल शाहले जित्ने वकिलको भनाइ ।। कहिले छुट्छन पल शाह भन्दा वकिलको जवाफ ? Express Paul Shah & Samiksha Adhikari

शिबालय मन्दिर सरसफाई ।फागुन,१६ सोमवारदाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ वेलुवामा रहेको शिवालय मन्दिर परिसरमा आज (सो...
28/02/2022

शिबालय मन्दिर सरसफाई ।
फागुन,१६ सोमवार
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ वेलुवामा रहेको शिवालय मन्दिर परिसरमा आज (सोमबार ) सरसफाई गरिएको छ । महा शिवरात्रीको पुर्व सन्ध्यामा आज संयुक्त रुपमा सरसफाई आयोजना गरिएको हो । मंगलवार परेको शिवारात्रीमा पुजा तथा दर्शन गर्न आउने भत्तजनहरूलाई मध्यनजर गरी ५ वटा टोल विकास सस्थाको आयोजनामा सरसफाई गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिनोद कुमार शर्माले जानकारी दिनुभयो । कोरोनाका कारण २ बर्ष देखी रोकिएको शिवरात्री मेला तथा पुजा यस वर्ष हुने भएपछी सोमवार विहान मन्दिर परिसर सरसफाई गरिएको हो । ५ वटा टोल विकास सस्थाका पदाधिकारीहरू, कार्य समिती, व्यापारी तथा स्थानिहरूको सहभागितामा मन्दिर सरसफाई गरिएको स्थानिय दुर्गा शर्माले जानकरी दिनुभयो । यसैबिच मन्दिर व्यवस्थापन समितीले शिवरात्री मेला तथा पुजामा सहभागी हुने सम्पूर्ण भक्तजन तथा दर्शनार्थीहरूमा अनुरोद गर्नु भएको । ।

राष्ट्रिय सङ्गितकर्मी संघका सल्लाहकार, वरिष्ठ लोक गायक ,फिल्म निर्माता,आफैमा कलाका खानी जयनन्द लामाको गयराती  निधन भएको ...
23/02/2022

राष्ट्रिय सङ्गितकर्मी संघका सल्लाहकार, वरिष्ठ लोक गायक ,फिल्म निर्माता,आफैमा कलाका खानी जयनन्द लामाको गयराती निधन भएको खबरले दुखित तुल्यायो , मृत आत्मा प्रति हार्दिक श्रद्धाञ्जली 😭😭

19/01/2022

आज
एकैदिनमा ११ हजार ३५२ जनामा कोरोना संक्रमण पुष्टि

19/01/2022

श्री स्वस्थानी कथा आजको भाग(३)

श्री स्वस्थानी कथा हेर्नको लागि प्रतेक दिन बिहान६:०० बजे हेर्न नभुल्नु
17/01/2022

श्री स्वस्थानी कथा हेर्नको लागि प्रतेक दिन बिहान६:०० बजे हेर्न नभुल्नु

नव निर्वाचित कार्य समिती तथा निवर्तमान कार्य समितिको स्वागत तथा बिदाई कार्यक्रमतुलसीपुर दाङ
08/01/2022

नव निर्वाचित कार्य समिती तथा निवर्तमान कार्य समितिको
स्वागत तथा बिदाई कार्यक्रम
तुलसीपुर दाङ

https://youtu.be/JyfLUmwwFOk
06/01/2022

https://youtu.be/JyfLUmwwFOk

फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीका नाममा दाङ लगाएत देशभरका बिभिन्न जिल्लाहरुमा ठगि गरी फरार रहेक...

तुलसीपुरमा रहेको ज्ञान ज्योति कलेजमा अध्ययनरत कक्षा १२ मा पत्रकारीता बिषयमा अध्ययनरत विद्यार्थीहरुले भित्ते पत्रिका प्रक...
04/01/2022

तुलसीपुरमा रहेको ज्ञान ज्योति कलेजमा अध्ययनरत कक्षा १२ मा पत्रकारीता बिषयमा अध्ययनरत विद्यार्थीहरुले भित्ते पत्रिका प्रकाशन गरेका छन् । भित्ते पत्रिकाको एक कार्यक्रमका बिच आज मंगलबार विमोचन गरिएको छ । कक्षा १२ मा अध्ययनरत विद्यार्थी सर्जन बिकको अध्यक्षता तथा क्याम्पसका सहायक प्रमुख मनोज केसीको प्रमुख आतिथ्यतामा भएका कार्यक्रममा बोल्ने वक्ताहरुले पढेको कराहरु व्यवहारमा पनि उर्तान जरुरी रहेको बताएका थिए ।

नेपाल पत्रकार महासंघ दाङका कोषाध्यक्ष शरद रेग्मीले भित्ते पत्रिका प्रकाशन गर्दा चाहिने समसामहिक सबै बिषयबस्तुहरु पत्रिकामा समावेश गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । क्यामपसका सिईओ शुरेन्द्र जिसीले ज्ञान ज्योति कलेज २०६६ सालदेखि संचालनमा आएको र २०७० सालदेखि नै पत्रकारीता बिषयको पढाई सुरु भएको जानकारी दिनुभयो । उहाँले पत्रकारीताको आफ्नै महत्व र पहिचार रहेको बताउँदै सानो कुराबाट नै ठुलो उपलब्धि हाशिल हुने बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेपाल प्रेस युनियन दाङका काबा अध्यक्ष नारायण खड्काले पत्रकारिता जिम्मेवार पेशा भएको बताउँदै ईमान्दारिता पुर्वक काम गर्नु पर्ने सुझाव दिए ।

कार्यक्रममा प्रदेश टुडे दैनिकका सम्पादक गोपाल शर्मा भट्राई, नेपाल पत्रकार महासंघका सदस्य अञ्जना चौधरी, प्रेस चौतारी दाङका सह–सचिव एकराज भण्डारी लगायतले बोलेका थिए ।
भित्ते पत्रिकामा सम्पादकीय व्यवसाय, कृर्षी, शिक्षा, श्रम, लागू औषध लगायतका समाचारहरु समावेश गरिएको छ । पत्रकारीता बिषयका शिक्षक दुर्गालाल केसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण समृद्धी बोहराले गर्नुभएको थियो्
GYAN JYOTI Education Foundation

माघी विशेष सास्कृंतिक कार्यक्रम -२०७८तुलसीपुर १२ रझेनी दाङ
01/01/2022

माघी विशेष सास्कृंतिक कार्यक्रम -२०७८
तुलसीपुर १२ रझेनी दाङ

30/12/2021

१५ औ ल्होसार पर्व २०७८
तुलसीपुर उपमहानगरपालिका वडा न ३ दमारगाउँ दाङ

दाङ जिल्ला ब्यापी बृहत खिष्टमस र्याली तथा महोत्सवआयोजक दाङ इसाई समुदायस्थान:तुलसीपुर अरनिको मैदान
25/12/2021

दाङ जिल्ला ब्यापी बृहत खिष्टमस र्याली तथा महोत्सव
आयोजक दाङ इसाई समुदाय
स्थान:तुलसीपुर अरनिको मैदान

25/12/2021

दाङ इसाई सामुदायल

25/12/2021

इसाई सामुदाय दाङ

दाङको तुलसीपुर स्थित सिरखोला नजिकै जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएको प्रहरीले जानकारी दिएको ...
12/12/2021

दाङको तुलसीपुर स्थित सिरखोला नजिकै जिप दुर्घटना हुदा ३ जनाको मृत्यु भएको छ भने १५ जना घाईते भएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुरबाट सल्यानको सिमपानी जादै गरेको रा १ ज ४३८ नम्वरको जिप तुलसीपुर ३ सिरखोला नजिक आईतवार अपरान्ह चार बजे दुर्घटनामा परेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट ३ बस्ने ४८ बर्षिय प्रेम प्रकास शर्मा रहेको प्रहरीले जनाएको छ । घाईते भएका मध्ये केहिको अवस्था गम्भिर रहेको प्रहरीले जानकारी दिएको छ ।

घाइते हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ४ धनबाङ बस्ने २२ वर्षीया लक्ष्मी बुढा,सोहि गाउँपालिका ३ बस्ने ४५ देवा चापागाई,२७ वर्षीय भुप बहादुर थापा,२२ धर्म थापा,उहाँको छोरा ५वर्षीया दिपेश थापा,सोहि गाउँपालिका ४ किमिरेचौर बस्ने ३६ वर्षीय डम्बर बहादुर बुढाथोकी,१८ वर्षीया अनिता पुन,सोहि गाउँपालिका १ बस्ने आरति पुन,सोहि गाउँपालिका १९ वर्षीया रमिता बस्नेत लगाएतका रहेका छन् । प्रहरीका अनुसार दुर्घटनाको अझै विस्तृत विवरण आउन बाँकी रहेको छ । घाईते मध्ये केहिको जिल्ला बाहिर रिफर गर्ने तयारी भएको प्रहरीले जानकारी दिएको छ । जिप चालक भने फरार रहेको प्रहरीले बताएको छ ।

दाङमा बोलेरो जिपले मोटरसाईकललाई ठक्कर दिदा चालकको मृत्यु दाङमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ...
10/12/2021

दाङमा बोलेरो जिपले मोटरसाईकललाई ठक्कर दिदा चालकको मृत्यु
दाङमा बोलेरो जिपले मोटरसाइकललाई ठक्कर दिदा चालकको मृत्यु भएको छ । दुर्घटनामा परि मृत्यु हुनेमा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका १६ का ४३ बर्षीय युवराज चन्द रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।घोराहीबाट तुलसीपुर तर्फ आउदै गरेको चन्द सवार रा ४ प ४०२ नम्बरको मोटरसाइकललाई तुलसीपुरबाट घोराही तर्फ जादै गरेको रा १ च ३८५ नम्बरको बोलेरो जिपले विहिवार पौने ८ बजे घोराही १६ मा ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी प्रबक्ता डिएसपी मुकुन्द रिजालका अनुसार गम्भीर घाइते चन्दको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको थियो । ठक्कर दिने बोलेरो र चालक प्रहरी नियन्त्रणमा लिएर आबश्यक अनुसन्धान भईरहेको उहाले जानकारी दिनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले निशुल्क आइटी पढाउन थालेको छ ।प्राविधिक शिक्षा तथा व्यावसा...
08/12/2021

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गरेको तुलसीपुर मेट्रो कलेजले निशुल्क आइटी पढाउन थालेको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् सिटिइभिटीको सहयोगमा कलेजले ३० जना प्रशिक्षार्थीहरुलाई प्रिडिप्लोमा तहमा आइटी पढाउन थालेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिनुभयो ।
२४ महिने आइटी कार्यक्रममा विद्यार्थीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन । तत्काल श्रम बजारमा विद्यार्थीको खपत हुन सकोस् भनेर आइटी विषय सञ्चालन गरिएको पनि कलेज प्रमुख आचार्यले बताउनुभयो । पहिलो चरणमा ३० जनालाई निशुल्क अध्यापन गराएपनि विस्तारै त्यो संख्या वढाउँदै लैजाने अपेक्षा गरिएको छ ।
तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रका रुपमा विकास गर्नका लागि स्थानीय सरकारले सञ्चालन गरेको मेट्रो कलेजमा विभिन्न प्राविधिक विषयहरुको अध्ययन भइरहेको छ ।

नेपालमा पनि नयाँ कोरोनाको भेरियन्ट ओमिक्रोन २ जना भेटियो'' 'नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पु...
06/12/2021

नेपालमा पनि नयाँ कोरोनाको भेरियन्ट ओमिक्रोन २ जना भेटियो''
'
नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा सहप्रवक्ता समीर अधिकारीले नेपालमा पनि ओमिक्रोन संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

एक जना ६६ वर्षीय विदेशी नागरिक र उनीसँग सम्पर्कमा रहेका ७१ वर्षीय अर्का नेपाली नागरिकमा यही मंसिर १९ गते ओमिक्रोन संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार उनीहरूको मंसिर ७ गते परीक्षण गरिएको थियो ।
दुवै जनाले कोरोना भाइरस विरूद्धको खोप पनि लगाएका थिए । गत मंसिर ३ गते नयाँ भेरियन्ट पुष्टि भएको देश हुँदै ६६ वर्षीय विदेशी नागरिक त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गरेका थिए । नेपाल आउँदा नियमानुसार पीसीआर रिपोर्ट नेगेटिभ तथा खोपको मात्रा पूरा गरेको पाइएको थियो ।

तर कोभिड-१९ सँग मिल्दाजुल्दा लक्षणहरु देखिएको थियो । त्यसपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ विधिबाट परीक्षण गर्दा मंसिर १९ गते ओमिक्रोन नेपालमा पहिलो पटक पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा नतिजा नेगेटिभ

हाल दुवै जना सरकारले तोकेको मापदण्ड अनुसार आइसोलेसनमा छन् । हाल उनीहरुमा कुनै लक्षणहरु नदेखिएको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ। ती दुई व्यक्तिहरुसँग सम्पर्कमा आएका ६६ जनाको कन्ट्याक्ट ट्रेसिङ गर्दा सबैको नतिजा नेगेटिभ आएको र सबै स्वस्थ रहेको पाइएको छ ।

२४ नोभेम्बर २०२१ मा दक्षिण अफ्रिकामा कोरोनाको उत्परिवर्तित भाइरस ओमिक्रोन पहिलोपटक पहिचान भएको थियो । यो भेरियन्ट हालसम्म ३५ भन्दा बढी देशहरूमा फैलिइसकेको छ । हालसम्म प्रयोग हुँदै आएको कोरोनाविरुद्धको खोपको प्रभावकारीता ओमिक्रोनमा हुने वा नहुनेभन्नेबारे स्पष्ट भइसकेको छैन । यो भाइरस सर्ने दर र संक्रमणबाट हुने स्वास्थ्य जटिलताका सम्बन्धमा वैज्ञानिक तथ्यहरूको खोज भैरहेको छ।

विश्व स्वास्थ्य संगठनले गरेको प्रारम्भिक आँकलन अनुसार दक्षिण पूर्वी एसियामा ओमिक्रोनको उच्च जोखिम छ। छिमेकी मुलुक भारतसहित दक्षिण एशियाका केही देशहरुमा समेत यो भेरियन्ट पुष्टि भैसकेको छ ।

तुलसीपुरमा बहिरा अपाङले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अन्तराष्ट्रिय अपाङग दिवसको अवसरमा राप्ती बहिरा संघले तुलसीपुर...
04/12/2021

तुलसीपुरमा बहिरा अपाङले रक्तदान कार्यक्रम आयोजना गरेको छ । अन्तराष्ट्रिय अपाङग दिवसको अवसरमा राप्ती बहिरा संघले तुलसीपुरमा रक्त सञ्चार केन्द्र्रमा ११ जनाले रक्तदान कार्यक्रम आयोजना गरेको कार्यकारी निर्देशक प्रतिमा शर्माले जानकारी दिनुभयो । संघका अध्यक्ष रीता चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाको महिला,बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख माया श्रेष्ठको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रममा राष्ट्रिय अपाङ महासंघका सल्लाहकार प्रतिमा शर्मा,झराना केसी,बिजय गुप्ता,नेत्र वली,अपाङ सेवा संघका तिलसरा पुन लगायतले बोल्नुभएको थियो । त्यसअवसरमा दोभाषेको भूमिका स्मृति योगीले गर्नुभएको थियो भने सहजिकरण संघका सचिब डम्वर वलीले गर्नुभएको थिया

ज्ञान ज्योती माध्यामिक विद्यालय तुलसीपुर दाङमा गठन गरिएको “स्टुडेन्ट क्वालीटि सर्कल” ले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न ...
03/12/2021

ज्ञान ज्योती माध्यामिक विद्यालय तुलसीपुर दाङमा गठन गरिएको “स्टुडेन्ट क्वालीटि सर्कल” ले हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गरेको छ ।
विद्यार्थीहरुको पढाईसँगै अन्य क्षेत्रमा पनि अनुभव, बृद्धि विकासमा टेवा पुग्ने उद्धेश्यले हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको हो ।
संस्थाकी सचिब मिसन डाँगीका अनुसार उक्त प्रतियोगितामा कक्षा ११ र १२ का विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरुले भाग लिएका थिए ।
प्रतियोगितामा प्रथम, द्धितिय र तृतीय भएका बिद्यार्थीहरुलाई शिक्षक रबि चापागाईंले पुरस्कार वितरण गर्नुभएको थियो ।
संस्थाकी अध्यक्ष समृद्धी बोहोराको अध्यक्षतामा भएको प्रतियोगीताको सहजिकरण शिक्षक सोमराज बस्नेतले गर्नुभएको थियो ।

01/02/2021

Address


Alerts

Be the first to know and let us send you an email when Tulsipur News khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Tulsipur News khabar:

Videos

Shortcuts

  • Address
  • Alerts
  • Contact The Business
  • Videos
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share