Sundarpur Khabar

Sundarpur Khabar हरेक पल पलको खबर सुन्दरपुर खबर ।

https://sundarpurkhabar.blogspot.com

आँखा शिबिरमा १५६ जनाले सुबिधा लिए । मिति २०८१ असोज ०२ गते बुधबार । नब द्दिष्टी आई हस्पिटल प्रा.लि. इटहरी र चौदण्डिगढी नग...
18/09/2024

आँखा शिबिरमा १५६ जनाले सुबिधा लिए ।

मिति २०८१ असोज ०२ गते बुधबार ।
नब द्दिष्टी आई हस्पिटल प्रा.लि. इटहरी र चौदण्डिगढी नगरपालिका वडा न. ५ सुन्दरपुरको संयुक्त सहकार्यमा १ दिने नि:शुल्क आँखा शिबिरमा आई १५६ जना बिरामीहरुले सेवा लिएका छन ।

चौदण्डीगढी नगरपालिका वडा न.५ को कार्यालय सुन्दरपुरमा आयोजना गरिएको निशुल्क आँखा शिबिरमा मोतिविन्दुको कारणले आँखा पुरै नदेखिने भएकालाई निःशुल्क मोतिविन्दुको अप्रेशन नब दृष्टि आई हस्पिटल इटहरी ४ मा गरिने । स्वास्थ्य विमा भएका विरामिहरुलाई स्वास्थ्य विमाले उपलब्ध गराएको लेन्स लगाईने छ । सहुलेत दर २० प्रतिशत छुटमा चश्मा उपलब्ध गाराइने । अप्रेशन गर्नु पर्ने विरामिहरुलाई एकतर्फि यातायातको व्यवस्था गरिने इत्यादि सेवा सुबिधा सहित रहेको वडा अध्यक्ष तुलसिराम ढकाल ज्युले बताउनु भएको छ ।

#

10/07/2024

सुन्दरपुरमा २ दिन देखि भारी बर्षा शुरु भएको छ । थप वर्षा हुन सक्ने सम्भावना रहेको हुँदा त्रियुगा खोलाका साना सहायक नदीमा बहाव बढ्ने भएकाले नदी तटीय क्षेत्रमा उच्च बाढी, पहिरो बाट जोखिम हुने क्षेत्रका बास्तिहरुमा सतर्क हुन समेत वडा अध्यक्ष तुलसीराम ढाकाल ज्युले आग्रह गर्नु भएको छ ।

01/07/2024

Hi everyone! 🌟 You can support me by sending Stars – they help me earn money to keep making content that you love.

Whenever you see the Stars icon, you can send me Stars.

सुन्दरपुरमा मिति २०८१ असार १६ गते राति आएको अबिर बर्षाका कारण  गाईघाट-फत्तेपुर सडक खण्डमा पर्ने सिवाई सडक  खण्डको  होप प...
01/07/2024

सुन्दरपुरमा मिति २०८१ असार १६ गते राति आएको अबिर बर्षाका कारण गाईघाट-फत्तेपुर सडक खण्डमा पर्ने सिवाई सडक खण्डको होप पाईप बगाएर सडक बिग्रेको हुनाले सडक अबरुद्ध समेत रहेको चौदण्डीगढी न.पा. वडा न.५ का वडा अध्यक्ष तुलसिराम ढकाल ज्युले जानकारी दिनु भएको छ ।

वडा अध्यक्ष तुलसिराम ढकाल ज्युले तत्कालै विपद व्यवस्थापन शिर्षकबाट सडक मर्मत गर्ने र सम्बन्धि निकायलाई समेत जानकारी गराई मर्मत गर्न लगाउने समेत वडा अध्यक्ष ढकालले बताउनु भएको छ ।

29/06/2024

सुन्दरपुर/- चौदण्डीगढी नगरपालिका वडा न. ५ मा पनि २१ औं राष्ट्रिय धान दिवस-२०८१"जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि" भने मुल नाराका साथ चौदण्डीगढी न.पा. वडा न.५ का अध्यक्ष तुलसीराम ढकाल ज्युको अध्यक्षतामा धान को बीउ हस्तान्तरण गरि कार्यक्रम उद्घाटन भएको थियो ।

नगर सदस्य जानकी देवि चौधरी, सदस्य अमिन चौधरी, सब-डिभिजन वन कार्यालय सुन्दरपुरका प्रमुख श्री बिरेन्द्र कुमार यादव, वडा सचिब राम मोहन बस्नेत, समजसेवि बुद्धिजीवी अर्जुन बस्नेत, खेमराज धमला, भाष्कर चौधरी, वडा CPSW कर्मचारी सरस्वती राई, टोल बिकास प्रतिनिधि र महिला संजालहरुको समेत उपस्थित रहेको थियो ।

चौदण्डीगढी नगरपालिकाको  आर्थिक बर्ष २०८१/०८२ को बजेटका मुख्य शिर्षकहरु । [ फोटो]
24/06/2024

चौदण्डीगढी नगरपालिकाको आर्थिक बर्ष २०८१/०८२ को बजेटका मुख्य शिर्षकहरु । [ फोटो]


22/06/2024

स्वास्थ्य चौकी सुन्दरपुरमा मिति २०८१ असार ०७ गते सुत्केरी महिलाहरुलाई एक कार्यक्रम बिच चौदण्डीगढी न.पा. वडा न.-५ का वडा अध्यक्ष तुलसीराम ढकाल ज्यु द्वारा सुत्केरी महिलाहरुलाई "उप-मेयर कोसेली" बितरण गर्नु भएको थियो ।

07/06/2024

चौदण्डीगढी नगरपालिका वडा न. ५ सिवाईमा किरात धर्मलम्बीहरु साकेला चण्डी सप्पन्न भएको छ । //🎥 भिडियो सहित //

मिति : २०८१ जेष्ठ २१ चौदण्डीगढी  नगरपालिकाको आयोजनामा "अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण ,अपाङ्गता परिचयपत्र ...
03/06/2024

मिति : २०८१ जेष्ठ २१
चौदण्डीगढी नगरपालिकाको आयोजनामा "अपाङ्गता भएका ब्यक्तिहरुको स्वास्थ्य परिक्षण ,अपाङ्गता परिचयपत्र वितरण तथा आबस्यक्ता पहिचान" सम्बन्धि ८ दिने शिविर चौनपा-५ सुन्दरपुर बाट शुरूवात भएको छ ।
आज बाट शुरूवात गरिएको शिविर को नगर प्रमुख आदरणीय कालुमान लामा ज्यु ,नगर उप प्रमुख आदरणीय मणिका देवि दुलाल ज्यु ,५ नम्बर वडा अध्यक्ष तुलसिराम ढकाल ज्यु लगायत बाट अबलोकन तथा निरीक्षण गर्नु भएको छ । उक्त्त कार्यक्रम चौदण्डीगढी नगरपालिका वडा न. ५ कार्यालयको भवनमा सु-सम्पन्न भएको छ ।

30/05/2024

दुनियाँ तपाईंको विरोध गर्छ भने नडराउनुहोस् किनकी जुन रुखमा मिठो फल हुन्छ, त्यहाँ अधिक ढुङ्गाको प्रहार हुने गर्छ ।

- Good Morning 🙂 🙏

22/05/2024

सुन्दरपुरमा जेठ ११ गते देखि उद्घाटन हुन लागेक कटेजको सत प्रतिशत काम पूरा भई हाल सम्म अन्दाजी २ लाख खर्च भई थप लगानिमा समेत हुने गरि आकर्षक र सुन्दर कटेजमा घुङ्गी, चिकेन लेक पप, रोष्ट, सुकुटी, सेकुवा खाजा समेत पाउने कटेज संचालक भगवानी चौधरीले बताउनु भएको छ । .........//भिडियो सहित//

अक्सफाम र स्थानीय सहयोग द्वारा २०४८ सालमा नै निर्माण  रहेको पुर्ण दोस्रो पटक शिवालय सामुदायिक वन उपभोक्ता समितिको अध्यक्...
18/05/2024

अक्सफाम र स्थानीय सहयोग द्वारा २०४८ सालमा नै निर्माण रहेको पुर्ण दोस्रो पटक शिवालय सामुदायिक वन उपभोक्ता समितिको अध्यक्ष श्री प्रभु चौधरीको आर्थिक सहयोगमा समाजसेवी, बुद्धिजीवी साथ सहयोगमा धेरै चोटीको प्रयासमा इनारको २३/२४ रिङ्ग खनेर डुङ्गा माटो सफा गरेर आज पानी देखिन थाले पछि आशाको किरण पलाएर आएको समाजसेवी, बुद्धिजीवी बिमल बिष्टले बताउनु भएको छ ।

अक्सफाम र स्थानीय सहयोग द्वारा २०४८ सालमा विभिन्न  ठाउँहरुमा निर्माण भएको  इनार (कुवा)हरु बटुवाहरुलाई पानी खान र स्थानीय...
08/05/2024

अक्सफाम र स्थानीय सहयोग द्वारा २०४८ सालमा विभिन्न ठाउँहरुमा निर्माण भएको इनार (कुवा)हरु बटुवाहरुलाई पानी खान र स्थानीय बासिहरुलाई पानीको सहज होस भनेर बनाएको इनार अहिले कति ठाउँमा जिर्ण र प्रयोगमा नै नआउने भएको छ । त्यस्तै सुन्दरपुरमा पनि अक्सफाम र स्थानीय सहयोग द्वारा २०४८ सालमा नै निर्माण रहेको ३३ बर्ष पुरानो इनार अहिले फोहोर फाल्ने ठाउँ बने पछि समाजसेवि तथा बुद्धिजीवी बिमल बिष्टले ५ हजार सहयोग गरि इनारलाई प्रयोगमा ल्याउनको लागि विशेष पहल चाल्नु भएको छ ।

सुन्दरपुर ब्याडमिन्टन कभर्डहल २०८१ बैशाख २४ गते देखि पुर्ण: निर्माण शुरु भएको छ । प्रदेश सभा संसद बिमल कार्की बाट शिलान्...
07/05/2024

सुन्दरपुर ब्याडमिन्टन कभर्डहल २०८१ बैशाख २४ गते देखि पुर्ण: निर्माण शुरु भएको छ । प्रदेश सभा संसद बिमल कार्की बाट शिलान्यास गरिएको कभर्डहल अलपत्र अवस्थामा चौदण्डीगढी नगरपालिकाको आ.व.२०८०/०८१ को बिनियोजित बजेटबाट सुन्दरपुर ब्याडमिन्टन कभर्डहल सम्पन्न हुने गरि रकम बिनियोजित गरि काम ठेक्का (टेन्डर) मार्फत शुरु गरिएको छ ।

02/05/2024

सुन्दरपुरको गाईघाट-फत्तेपुर सडक दक्षिण तर्फ शिवालय सा.व.उ.स. अन्तर्गत वनमा बैशाख २० गते अन्दाजी ४ बजे देखि लागेको आगो चौदण्डीगढी नगरपालिकाको दमकल, सब- डिभिजन वन कार्यालय, शिवालय सा.व.उ.स., स्थानीय ब्यक्तिहरुको प्रयसमा जङ्गलमा लगेको आगो नियन्त्रण लिएको थियो ।

भिडियो : भाष्कर चौधरी

09/04/2024

राजाजी मन्दिर सुन्दरपुरमा २४ घण्टे अष्टजामको थोरै भिडियो ।


08/04/2024

राजाजी बाबा मन्दिर अष्टजाम व्यवस्थापन समितीका अध्यक्ष शिव नारायण चौधरी २४ घन्टे अष्टजाम बारे कुरा राखनु हुँदै सुन्दरपुर खबरलाई ..... ।

मिति २०८० चैत १३ गते मंगलबारचौदण्डीगढी नगरपालिका वडा नं. ५ मा सिवाई-बेल्हा जोड्ने त्रियुगा अस्थाई पुल  रात्री आएको वर्षा...
26/03/2024

मिति २०८० चैत १३ गते मंगलबार
चौदण्डीगढी नगरपालिका वडा नं. ५ मा सिवाई-बेल्हा जोड्ने त्रियुगा अस्थाई पुल रात्री आएको वर्षाले त्रियुगा नदिमा रहेको अस्थाई पुल बाढीले बगाई आवजात गर्न अबरुद्ध भएको छ ।

चौदण्डीगढी नगरपालिका-५ का वडा वासीहरु यो वर्षा पनि आफ्नो ज्यान जोखिममा राखि डुङ्गामा आवजात गर्न बाध्य हुने भएका छन् । सिवाई-बेल्हा जोड्ने पुल भत्केको ३ वर्षा हुदाँ सम्म सम्बन्धी सरोकारवालाहरु अहिले सम्म आश्वसन दिएर मात्र राखेका छन् ।सम्मानिय प्रधानमन्त्री ज्यूलाई त्रियूगा नदिमा रहेको सिवाई-बेल्हा जोड्ने पुलको ज्ञापन पत्र दिदा समेत अहिले सम्म कुनै चासो नलिएको स्थानियवासिहरुको भनाई रहेको छ ।

25/03/2024

पौराणिक धर्म संस्कृतीलाई जगर्ना गर्दै थारु सामुदायिका अग्रज व्यक्तिहरुले पौराणिक गाजा-बाजा सहित घर-घरमा गई होली भव्यता साथ मनाएका छन् ।

सुन्दरपुरमा चैत १२ गते फागुपूर्णिमा होलिको अवसरमा चौदण्डीगढी न‍गरपालिका वडा नं. ५ का वडा अध्यक्ष तुलसीराम ढकाल ज्यूको अध...
25/03/2024

सुन्दरपुरमा चैत १२ गते फागुपूर्णिमा होलिको अवसरमा चौदण्डीगढी न‍गरपालिका वडा नं. ५ का वडा अध्यक्ष तुलसीराम ढकाल ज्यूको अध्यक्षतामा भव्य र सभ्यताका साथ सव-डिभिजन वन कार्यालयको परिसर भित्र रहेको सुन्दरपुर ब्याडमिन्टन क्लब कोटबाट होली सुरु गरिएको थियो । साथै चौ.न.पा.वडा नं. ५ का कर्मचारी र समाजसेवी बुद्दिजीवीहरुको समेत उपस्थिति रहेको थियो ।

16/03/2024

सुन्दरपुरको प्रसिद्ध शिवालय मन्दिरको सुन्दर द्दश्य प्रस्तुत गरिएको छ ।

Video By:- Bishal photography Udayapur

सुन्दरपुर खबर/- गाउँको दक्षिण चुरेको भित्री जंगलबाट ई.प्र.का. सुन्दरपुरले उद्दार गरि ल्याएको फाल्गुण १८ गते  नाम थर ठेगा...
02/03/2024

सुन्दरपुर खबर/- गाउँको दक्षिण चुरेको भित्री जंगलबाट ई.प्र.का. सुन्दरपुरले उद्दार गरि ल्याएको फाल्गुण १८ गते नाम थर ठेगाना बताउने नसक्ते एक महिलाको केही पनि कुनै जानकारी प्राप्त नभए पश्चात ई.प्र.का. सुन्दरपुर र चौ.न.पा. ५ वडा कार्यालय सुन्दरपुरको विशेष पहलमा मिति २०८० फाल्गुण १९ गते इटहरी उप-महानगरपालिका २ स्थित माया घर नेपालमा बुझाएको छ ।

इटहरी उप-महानगरपालिका २ स्थित माया घर नेपालमा छोड्का लागि वडा सदस्य अमिन चौधरी, सामुदायिक मनोसामाजिक कार्यकर्ता सरस्वती राई र ई.प्र.का. सुन्दरपुर प्र.ह. सन्तोषी श्रेष्ठ गरी जम्मा ३ जना गएको सामुदायिक मनोसामाजिक कार्यकर्ता सरस्वती राईले जानकारी दिनु भएको छ ।

तस्बिरः📷Sarswati Rai

 /- चौदण्डीगढी नगरपालिका वडा नं. ५ सिवाईका घाँस काट्ने मानिसहरुले गाउँको दक्षिण चुरे भित्री जङ्गलमा रोइ कराई गरि रहेको अ...
01/03/2024

/- चौदण्डीगढी नगरपालिका वडा नं. ५ सिवाईका घाँस काट्ने मानिसहरुले गाउँको दक्षिण चुरे भित्री जङ्गलमा रोइ कराई गरि रहेको अवस्थामा मिति २०८० फाल्गुण १८ गते आफ्नो नाम, थर, ठेगाना बताउन नसक्ने अधबैंस एक महिलाई भेटी गाउँको मानिसले खबर गरेर ईलाका प्रहरी कार्यालय सुन्दरपुरले उद्दार गरेको सामुदायिक मनोसामाजिक कार्यकर्ता सरस्वती राईले जानकारी दिनु भएको छ ।

वडाको जनप्रतिनिधिको रोहवरमा बुद्धजीवी, समाजसेवीहरु र गाउँलेहरुको उपस्थितिमा सिवाई चोकमा निज ब्यक्तीलाई राखिएको छ । निज ब्यक्तिलाई चिन्नुहुने महानुभावहरुले उहाँको आफन्तजन लाई खबर गरिदिन वा दिएको मोबाइल नम्बर ९८१७७१३३७१, ९८६२८६१२६९ मा सम्पर्क गर्नु हुन हार्दिक अनुरोध गर्दछौं । साथै यो पोष्ट धेरै भन्दा धेरै शेयर गरेर सहयोग गरिदिनुहुन पनि हार्दिक अनुरोध गर्दछौ।

भालुकाे आक्रमणबाट दुइ जना महिलालाई घाइते बनाएको छ । २०८० फाल्गुण १२ गते ।सुन्दरपुर ।- चौदण्डीगढी नगरपालिका ५  सुन्दरपुर ...
24/02/2024

भालुकाे आक्रमणबाट दुइ जना महिलालाई घाइते बनाएको छ ।

२०८० फाल्गुण १२ गते ।
सुन्दरपुर ।- चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर धामीचापका वर्ष ३५ की रमिता चौधरी र निजके सासु वर्ष ५५ का सिता चौधरीलाई जंगल घाँस काट्ने क्रममा भालुको आक्रमणबाट गम्भीर घाइते बनाएको छ । तत्कालानि सुन्दरपुर स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी द्वारा प्राथमिक उपचार गरि थप उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाएका छ ।

Photo: Ghimire

Address

Sundarpur
Udayapur Garhi
56300

Alerts

Be the first to know and let us send you an email when Sundarpur Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Videos

Share


Other News & Media Websites in Udayapur Garhi

Show All