28/12/2021
तुलसीपुर महाेत्सब २०७८ आज देखि सम्पन्न गरिएको छ। चेम्बर अफ कमर्स द्वारा आयाेजना गरिएकाे यश महाेत्सब पुस १ देखि १२ गते सम्मकाे लागि लगाईएकाे थियाे र महाेत्सब यक्दमै राेचक बन्दै गएपछि एक दिन थप गरि आज १३ दिन पछि महाेत्सब सम्पन्न गरिएकाे छ।
तुलसीपुर क्षेत्रको उद्योग व्यापार, कृषि र पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा करिब ५ करोडको आर्थिक कारोबार र ३ लाख दर्शकले अवलोक गर्ने अनुमान गरिएको थियाे। महाेत्सबमा चर्चित कलाकारहरु ; जस्तै बद्री पङ्गिनि, खुमन अधिकारी, काेमल वली , राजु परियार, भागिरथ चलाउने , कमला घिमिरे , जाेतिमगर , खेम सेन्चुरी, चन्द्र प्रकाश शर्मा, मेलीना राई, मदन मुस्कान , पुर्खे बा , नवीन वली आदि थुप्रै नृत्य कलाकारहरू लगाएत अतिथिहरुकाे बेजोड प्रस्तुति रहदै आएकाे थियाे ।
तुलसीपुर ब्यापारीहरुकाे विराेध देखि पछि नहटेकाे यस् महाेत्सब आज १३ आैं दिनमा सम्पन्न गरिएकाे हाे । तुलसीपुर चेम्बर अफ कमर्श ले आयाेजना गरेकाे यस् महाेत्सबमा दर्शकहरुकाे दिन प्रति दिनकाे उपस्थिति यक्दमै रहदै आएकाे थियाे । सनिवार महाेत्सबमा दर्शकहरुकाे उपस्थिति एक्दमै देखिए पछि केही बेर सम्मका लागि टिकट नै बन्द गरिएकाे थियाे ।
महाेत्सब लाई अझै रमणीय बनाउनका लागि दिनरात खटिएका सुरक्षाकर्मी लगाएत पत्रकारहरुकाे उपस्थिति पनि एक्दमै रहदै आएकाे थियाे । दैनिक लाइभ गरेर साथ दिने प्रदेश टि.भि लगायत अनलाइन टि.भि पत्रकार संघ दाङकाे अध्यक्ष राजेश खत्री, उपाध्यक्ष प्रदीप भण्डारी, सचिव एच.आर मगर, सह सचिव मेघमान बुढा, कोषाध्यक्ष जय प्रकाश पौडेल, सदस्य- अंकित खनाल, सुरेश पंथी,डमरु प्रसाद निरौला, घन्श्याम घिमीरे, मदन मुस्कान वि.क, श्री नारायन चौधरी, भिम वहादुर वली र वशन्त राना लगाएत अन्य टिमका अशोक शर्मा, लगायतकाे उपस्थिति रहदै आएकाे थियाे ।