रेडियो आठराई Radioatharai

रेडियो आठराई Radioatharai "समृद्धिको लागि हाम्रो आवाज" रेडियो आठराई

पाँचथरको कुम्मायक गाउँपालिकामा ट्रिफर र मोटर साईकल ठोकिदाँ मोटर साईकलमा सवार दुई जना घाईते।पाँचथरको कुम्मायक गाउँपालिका ...
20/12/2024

पाँचथरको कुम्मायक गाउँपालिकामा ट्रिफर र मोटर साईकल ठोकिदाँ मोटर साईकलमा सवार दुई जना घाईते।
पाँचथरको कुम्मायक गाउँपालिका वडा नम्बर—४ अन्तरगत फिदिम यासोक सडक खण्डमा ट्रिफर र मोटर साईकल ठोकिदाँ मोटर साईकलमा सवार दुई जना सामन्य घाईते भएका छन। कुम्मायक—४ देवलबाट यासोक आउँदै गरेको ना ७ ख २१४७ नम्बरको ट्रिफर र यासोकबाट रानिगाउँ जादैँ गरेको मे १० प ४२५१ नम्बरको मेटरसाईकल एक आपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
घाईते हुनेहरुमा कुम्मायक ४ बस्ने ३६ बर्षिय मोटर साईकल चालक शुन्दरसिंह सम्बाहाम्फे र सोहि ठाउँ बस्ने ४७ बर्षिय धन बहादुर लिम्बु रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सुचना अधिकारी बिनालाल साहले जानकारी दिनुभयो।

घाईतेहरुको जिल्ला अस्पताल पाँचथरमा उपचार भईरहेको छ। घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

19/12/2024

सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु

झापा र सुनसरी जिल्लाको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनाबाट ३ जनाको मृत्यु भएको छ । मंसिर ०३ गते सुनसरीको इटहरी उप-महानगरपालिका-१३ स्थित कोशी लोकमार्गमा प्रदेश १-०१-००२ त ०२४९ नम्बरको ट्याक्टरले प्रदेश १-०२-०४८ प ३४९७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका मोटरसाईकल चालक रंगेली नगरपालिका-६ का ४३ बर्षीय बलराम सरदारको उपचारको क्रममा बिराट टिचिङ अस्पताल विराटनगरमा मृत्यु भएको थियो ।
त्यसैगरी दुहबी नगरपालिका- ८ स्थितमा बागमती प्रदेश ०१-०२७ च ०४८२ नम्बरको कारले पैदल यात्री स्थानीय ४५ बर्षीय गणेश गुप्तालाई ठक्कर दिंदा घाईते भएका उनको बिराट टिचिङ अस्पताल बिराटनगरमा मृत्यु भएको र झापाको मेचीनगर नगरपालिका-८ स्थित मे. ७ प १२३४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक मेचीनगर-६ का ३४ बर्षीय दिवश प्रधानको B&C अस्पताल बिर्तामोडमा मृत्यु भएको थियो ।
दुर्घटनामा संलग्न ट्याक्टर चालक दुहवी-१० का २३ बर्षीय अविराम माझी र कार चालक सुन्दरहरैचा-३ का २४ बर्षीय राम नाथ जोगीलाई नियन्त्रमा लिई आवश्यक कानुनि कारवाही तथा थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

17/12/2024

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु.

मोरङको सुनबर्षीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।गएराति ८.२० बजे सुनबर्षी– ५ भेरुवाथानस्थित हुलाकी सडकखण्ड हुँदै बेलडाँगीतर्फ जाँदै गरेको ना ३ ख ९९०४ नम्बरको ट्रकले रंगेलीबाट डाइनियातर्फ जाँदै गरेको को ४ प १८२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा मोटरसाइकल चालक सुनवर्षी– ९ बालुबारी बस्ने २६ वर्षीय सुबचन ऋषिदेव गम्भीर घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक सन्तोष खड्काको नेतृत्वको टोलीले घाइतेलाई उपचारको लागि रंगेली अस्पताल पठाएकोमा डाक्टरले चेकजाँच गर्दा उनको मृत्यु भइसकेको थियो । मृतकको शव पोष्टमार्टमको लागि सोही अस्पताल राखिएको र ट्रक चालक जहदा गाउँपालिका –४ रामचोक बस्ने २९ वर्षीय सुधिर महतोलाई इलाका प्रहरी कार्यालय रंगेलीको नियन्त्रणमा राखिएको मोरङ प्रहरीले जनाएको छ ।

15/12/2024

मोरङमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु

मोरङमा मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ ।गएराति १२ः१० बजेतिर मोरङको ग्रामथान गाउँपालिका २ झोराहाट चौकस्थित घिनाघाट सडक खण्डमा दुर्घटना भएको हो ।विराटनगरबाट विराटचौकतर्फ जाँदै गरेको प्रदेश १–०४–००२ प १९०१ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ ।
अनियन्त्रित भएर नहरको पुलमा ठक्कर हुँदा मोटरसाइकल चालक ग्रामथान १ बस्ने अन्दाजी २२ वर्षीय आशिक मरिक र पछाडि सवार उनकै बुबा ४५ वर्षीय उमेश मरिकको मृत्यु भएको हो । घटनामा दुवैजना घाइते भएका थिए ।उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम अस्पताल पठाइएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । यद्यपि, घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

15/12/2024

पेट्रोल छर्केर आफैँलाई आगो लगाएकी महिलाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–८ मा आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी ३८ वर्षीया महिलाको मृत्यु भएको छ ।चितवनको रत्ननगर नगरपालिका–१२ घर भएर नारायणटार बस्ने कमला आचार्यको साँखुस्थित सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको काठमाडौंका एसएसपी बसन्त रजौरेले जानकारी दिए ।

आठराई गाउँपालिका  ४ नं वडाले टोल स्तरिय ३ दिने पुरुष र महिल फुटबल खेल सन्चालन सम्पन्न भएको छ । आज भएको फाइनल खेलमा श्रीज...
14/12/2024

आठराई गाउँपालिका ४ नं वडाले टोल स्तरिय ३ दिने पुरुष र महिल फुटबल खेल सन्चालन सम्पन्न भएको छ । आज भएको फाइनल खेलमा श्रीजंग गडी टोल र कालिपा टोल बिच प्रतिष्पर्धा भएको थियो
केहि फोटोहरु.....

14/12/2024

आठराई गाउँपालिका ४ नं वडाले टोल स्तरिय ३ दिने पुरुष र महिल फुटबल खेल सन्चालन सम्पन्न भएको छ । आज भएको फाइनल खेलमा श्रीजंग गडी टोल र कालिपा टोल बिच प्रतिष्पर्धा भएको थियो प्रतिस्पर्धामा कालिपा टोलले प्रथम पुरस्कार हात पारेको छ । साथै महिला फुटवल प्रतियोगिता पनि खेलाइएको थियो।
अन्य १० टिमलाइ पनि सहभागी पुरस्कार वितरण र १ -१ थान फुटबल पनि प्रदान गरिएको छ।
आफ्नै टोलमा भएका खेलाडीहरुलाइ प्रोत्साहन र हाैसला प्रदान गर्ने उदेश्यले खेल खेलाइएको वडा नं ४ का वडा अध्यक्ष खगेन्द्र गुरुङले जानकारि दिनुभयो।
आयोजक टिमसंगको स्थलगत रिपोर्टिङ
मित्र इङ्नाम 🎥

कमलमा यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो , पाँच घाइते  झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुबाहक बसल...
14/12/2024

कमलमा यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दियो , पाँच घाइते

झापाको कमल गाउँपालिकामा एक अनियन्त्रित यात्रुबाहक बसले तीनवटा सवारीसाधनलाई ठक्कर दिँदा पाँचजना घाइते भएका छन् ।आज बिहान अन्दाजी ११ः२७ बजे कमल गाउँपालिका वडा न.५ ज्योति चोकस्थित पूर्वपश्चिम राजमार्गमा दमकबाट केर्खातर्फ आउँदै गरेको प्रदेश न.१–०२–००१ख ९७०६ नम्बरको यात्रुबाहक बसले सोही दिशातर्फ आउँदै गरेको प्रदेश न. १–०१–००२ च. ८४० नम्बरको कारलाई पछाडीबाट ठक्कर दिँदा उक्त कार बाटोदेखि तल झरेको थियो । सोही बसले बिर्तामोडबाट दमकतर्फ जाँदै गरेको डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार र सोही दिशातर्फबाट जाँदै गरेको प्रदेश न.१–०१–०२ह.९०१ नम्बरको सिटी सफारीलाई समेत ठक्कर दिएर पल्टिएको हो ।
दुर्घटनामा बस चालक मोरङ कटहरी गाउँपालिका वडा न. ३ बस्ने ४० वर्षीय रोहित महल्दार, सिटी सफारी चालक तत्काल नाम थर र वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष, सोही सिटी सफारीमा सवार कमल गाउँपालिका वडा न. ३ बस्ने २८ वर्षीया सुनिता सहनी, डब्लुबी ७४एएक्स २८२९ नम्बरको कार चालक भारत सिलिगुडी बस्ने ३२ वर्षीय गोपाल अग्रवाल र प्रदेश न. १–०१–००२च. ८४० नम्बरको कार चालक संखुवासभा थोतखोला गाउँपालिका वडा न. २ बस्ने ३७ वर्षीय टेनहेडर भोटे घाइते भएका छन् ।सामान्य घाइतेहरुको निम्स अस्पताल दमक र गंभीर घाइतेहरुलाई बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका सूचना अधिकारी, प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन सोडारीले बताए ।

रेडियो आठराई १०१.२ मेघाहर्जकी एक कुशल कार्यक्रम सन्चालिका सबिता भण्डारीलाई जन्मदिनको लाखौ लाख शुभकामना ।🎂🎂रेडियो आठराई प...
14/12/2024

रेडियो आठराई १०१.२ मेघाहर्जकी एक कुशल कार्यक्रम सन्चालिका सबिता भण्डारीलाई जन्मदिनको लाखौ लाख शुभकामना ।🎂🎂

रेडियो आठराई परिवार
आठराइ सक्रान्ति बजार तेह्रथुम

तेह्रथुम आठराई गाउँपालिका बडा नं १ सक्रान्तिमा नब निर्मित कृषि तथा पशुपन्छि सेवा केन्द्रको भबनमा आठराई गाउँपालिकाकप आयोज...
13/12/2024

तेह्रथुम आठराई गाउँपालिका बडा नं १ सक्रान्तिमा नब निर्मित कृषि तथा पशुपन्छि सेवा केन्द्रको भबनमा आठराई गाउँपालिकाकप आयोजना र भेटेरिनरि अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तेह्रथुमको सहयोगमा आयोजनामा सामुदायिक कुकुर तथा बिराला बन्ध्याकरण साथै रेबिज विरुद्धको खोप कार्यक्रमका केहि तस्बिरहरु

तेह्रथुम,आठराइ गाउँपालिका बडा नं ४ इवामा पुर्ब सहरि बिकास मन्त्री सिता गुरुङ   साथै वडा नं ४ वडा अध्यक्ष खगेन्द्र गुरुङल...
12/12/2024

तेह्रथुम,आठराइ गाउँपालिका बडा नं ४ इवामा पुर्ब सहरि बिकास मन्त्री सिता गुरुङ साथै वडा नं ४ वडा अध्यक्ष खगेन्द्र गुरुङले थापा चोक जलासिँङ माैला डाडा र निगुरादिन सम्म जोड्ने निर्माणधिन सडक आनुगमन गरिएको छ । सडक निर्माणको काम धमाधम भइरहेको छ ।

तेह्रथुम,आठराइ गाउँपालिका बडा नं ४ इवामा पुर्ब सहरि बिकास मन्त्री माननिय सिता गुरुङ   साथै वडा नं ४ वडा अध्यक्ष खगेन्द्र...
12/12/2024

तेह्रथुम,आठराइ गाउँपालिका बडा नं ४ इवामा पुर्ब सहरि बिकास मन्त्री माननिय सिता गुरुङ साथै वडा नं ४ वडा अध्यक्ष खगेन्द्र गुरुङ द्वारा
करिब ५ करोडको लागतमा निर्माण हुन लागेको चिस्यान केन्द्रको अनुगमन गर्नुभएको छ । ४ कोठे भबन २८२ बर्ग मिटरमा निर्माण हुने सघन सहरि बिकास तथा भबन निर्माण आयोजना प्रमुख सुमन कुमार मिश्रले बताउनु भयो ।

तेह्रथुमको आठराई गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न
12/12/2024

तेह्रथुमको आठराई गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान सम्पन्न

"हाम्रो नेतृत्व हाम्रो अभियान" संस्थाद्वारा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आठराई...

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको नवनिर्मित भवन उद्घाटन
12/12/2024

प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको नवनिर्मित भवन उद्घाटन

तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित १८ कोठे भवनको आज...

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं. ४, इवामा अवस्थित प्रणामी माध्यमिक विद्यालयको नयाँ पक्की भवनको उद्घाटन  प्रधान...
11/12/2024

तेह्रथुम जिल्लाको आठराई गाउँपालिका वडा नं. ४, इवामा अवस्थित प्रणामी माध्यमिक विद्यालयको नयाँ पक्की भवनको उद्घाटन प्रधानमन्त्री के.पी. शर्मा ओली र दक्षिण कोरियाका ओम हङ गिलले संयुक्त रूपमा भवनको उद्घाटन कार्यक्रमका तस्वीरहरू

तेह्रथुम,आठराइ गाउँपालिका बडा ४ र ५ मा निर्माणाधिन चक्रपथ रिङरोड छाते ढुड्गा  बाट इवा स्वास्थ्य चौकी सम्मको बाटो पुर्ब स...
11/12/2024

तेह्रथुम,आठराइ गाउँपालिका बडा ४ र ५ मा निर्माणाधिन चक्रपथ रिङरोड छाते ढुड्गा बाट इवा स्वास्थ्य चौकी सम्मको बाटो पुर्ब सहरि बिकास मन्त्री सिता गुरुङ साथै आठराई गाउँपालिका उप प्रमुख बलिराज इङनाम र वडा नं ४ अध्यक्ष खगेन्द्र गुरुङ सहितको टोलील निर्माणाधीन सडकको अनुगमन गरेको छ।
यस सडकले बिसेस गरि ४,५,६ वडाका बासिन्दाले सहजता पाउने खगेन्द्र गुरुङले बताउनु भयो।

Address

Aathrai 1 Shakrantibazar Terhathum
Terhathum

Alerts

Be the first to know and let us send you an email when रेडियो आठराई Radioatharai posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to रेडियो आठराई Radioatharai:

Videos

Share

Category