Gulmi - गुल्मी दिगाम सेरोफेरो नेटवर्क

  • Home
  • Gulmi - गुल्मी दिगाम सेरोफेरो नेटवर्क

Gulmi - गुल्मी दिगाम सेरोफेरो नेटवर्क स्थानीय र राष्ट्रिय खबरहरुको धाराप्रवाह..

नमस्कार! तपाइँले निरन्तर गरिरहनुभएको माया, बिश्वास र सदासयता प्रति हामी आभारी छौं । हामी गुल्मीसंग सरोकार राख्ने समाचार, लेखहरु तपाइँ सामु निरन्तर प्रस्तुत गर्दै आएका छौं । त्यतिमात्र होइन, विभिन्न स्वास्थ्य सम्बन्धि जानकारी, राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु पनि साथमा पस्कदै आएका छौं । सत्य र तथ्य समाचार प्रस्तुत गर्नु हाम्रो विशेषता हो र यो पत्राकारिताको धर्म पनि हो । यदी हामीले पोष्ट गरेका

समाचार तथ्य भन्दा बाहिर भएको पाएमा तत्काल म्यासेज मार्फत जानकारी दिनुहोला, हामीले त्यस्ता समाचारलाई तत्काल हटाउने छौं ।
निष्पक्ष, ताजा र हाम्रो स्थानीय पहिचान झल्किने लेख वा समाचारहरु हामी निरन्तर रुपमा सम्प्रेषण गरिरहेका छौं । कृपया समाचार सम्प्रेषणमा सहयोग गर्नुहोला। सकारात्मक सन्देश प्रवाह हाम्रो मुख्य उद्देश्य रहनेछ। तपाईंले पनि जस्तोसुकै स्थानीय समाचार, लेख वा बिचारहरु हामीलाई पठाउनुहोस्, सत्यता र प्राथमिकताको आधारमा हामीले तपाईं कै नाममा समाचार सम्प्रेषण गरिदिनेछौं। यो अनलाइन हाम्रो स्थानीय समाचार सम्प्रेषणमा प्रमुख र बिश्वासिलो संचारमाध्यम बन्न सकोस् भन्ने हाम्रो चाहना हो। सम्पुर्ण स्थानीय समाचार सम्प्रेषण गर्नको लागि तपाईंको सहयोग अनिवार्य छ। फेसबुक चलाउने तपाई सबैले हाम्रो फेसबुक पेजमा सिधै म्यासेज मार्फत जस्तोसुकै समाचार पठाउन सक्नुहुनेछ। वैदेशिक रोजगारीमा रहनुभएकाहरुले पनि बिदेशमा आफूलाई परेका समस्या वा ठगीका रिपोर्ट हामीलाई उपलब्ध गराउनुभयो भने हामीले समाचारको माध्यमबाट संबंधित सबैको ध्यान पुर्‍याउने कोसिस गर्नेछौं।
धन्यबाद
गुल्मी पेज तथा
गुल्मी दिगाम सेरोफेरो नेटवर्क

रोचक कुरा!
24/07/2025

रोचक कुरा!

21/07/2025
19/07/2025

बाँझो जमिन नराखौं

यी अबोध पशुहरू बोल्दैनन्, तर तस्बिर बोल्छमृत्युभन्दा कठोर जीवन झेल्दै यी अबोध प्राणीहरू काठमाडौंसम्म पुग्छन्
18/07/2025

यी अबोध पशुहरू बोल्दैनन्, तर तस्बिर बोल्छ

मृत्युभन्दा कठोर जीवन झेल्दै यी अबोध प्राणीहरू काठमाडौंसम्म पुग्छन्

वाह! कत्ति मीठो अनि झलझल्ती सम्झना। त्यो पुरानो जमाना, जतिबेला घर-घरमा टिभी हुनु ठूलो कुरा मानिन्थ्यो, अझ सोलारबाट चल्ने...
07/07/2025

वाह! कत्ति मीठो अनि झलझल्ती सम्झना। त्यो पुरानो जमाना, जतिबेला घर-घरमा टिभी हुनु ठूलो कुरा मानिन्थ्यो, अझ सोलारबाट चल्ने टिभी त सपनामै हुन्थ्यो।

स्मरण गर्नुहोस् त्यो समय घरमा बिजुली नै थिएन, कतिपय ठाउँमा रातभरि कालो अन्धकार। जसको घरमा सोलार प्यानल थियो, त्यो घर चाहिँ गाउँकै 'पावरहाउस' जस्तो हुन्थ्यो। अनि जसले 'ब्ल्याक एन्ड ह्वाइट' टिभी ल्याएको थियो, त्यो घर साँझ पर्नासाथ सानो चलचित्र हल बन्न पुग्थ्यो।

राती आँगनमा प्लास्टिकको म्याट वा डोको पल्टाएर बसिन्थ्यो। टिभी घरभित्र होइन, सीधै आँगनमा निकालिन्थ्यो। कारण के थियो भने एन्टेना ठूलो बाँसको टुप्पोमा बाधेर ठाडो उभ्याइन्थ्यो, अनि छत चढेर वा आँगनमै उभिएर घुमाइन्थ्यो। टिभीको छेउमा एउटा मान्छे "आयो? सफा आयो?" भनेर कराउँथ्यो। माथि बाँस सम्हालेर बसेको मान्छे "अलिक देब्रे? अलिक दाहिने?" भन्दै घुमाइरहन्थ्यो।

सिग्नल मिल्यो भने सबैले तालि बजाउँथे। टिभीको स्क्रिनमा 'भिडियो देखिएपछि मानौं, ठूलो युद्ध जितेजस्तो गर्व हुन्थ्यो।
रामायण, महाभारत हेर्न बुढाबुढी, केटा-केटी सबै जम्मा हुन्थे। कतिले खुट्टा नटेक्दा फुसफुसाउँथे "जुत्ता खोल है, आँगन सफा राख्नुपर्छ।"

कसैले ढिला गर्‍यो भने चिल्ला चिल्ला हुन्थ्यो "धेरै हल्ला नगर, आवाज सुनिदैन।" कहिलेकाहीँ राती हल्का बतास चल्यो कि बाँस हल्लिन्थ्यो, एन्टेना घुम्थ्यो अनि स्क्रिनमा 'हिउँ' पर्‍यो। फेरि दौडिएर बाँस सम्याइन्थ्यो। अनि बिच-बिचमा टिभी माथि राखिएको रंगीन कागज वा ट्रान्स्पेरेन्ट प्लास्टिकले 'रंगीन' झल्को दिने प्रयास पनि गरिन्थ्यो। ब्ल्याक एन्ड ह्वाइट टिभीलाई निलो र रातो प्लास्टिकको कागज टाँसेर नक्कली 'कलर टिभी' बनाउने चलन थियो। बच्चाहरूले त साँच्चै नै रंगीन देख्छु भन्ने गर्थे।

सोलारको ब्याट्री सकिन लाग्दा त डरै लाग्थ्यो। आधा कार्यक्रम सकिएपछि ब्याट्री डाउन भयो भने सारा गाउँको मन खिन्न हुन्थ्यो। "ब्याट्री चार्ज छैन," भनेर कार्यक्रम रोक्दा झन् केही समय सबै मुखामुख गर्थे। अनि अर्को दिन सोलार चार्ज भएपछिको प्रतिक्षा अझ मिठो हुन्थ्यो।

त्यो जमाना टेक्नोलोजीको सीमितता भएर पनि आत्मीयता, प्रेम र सहभागिताले भरिएको थियो। अहिले जस्तो प्रत्येक कोठामा व्यक्तिगत मोबाइल र टिभी नभएर सबै मिलेर, सँगै बसेर रमाइलो गर्ने, एउटै दृश्य हेर्दै हाँसो र आँसु साट्ने जमाना थियो।

एउटा टिभीले सारा गाउँलाई नजिक बनाएको, सोलारको एउटा ब्याट्रीले सबैलाई आशा दिएको, अनि बाँसको एन्टेनाले आकाश चुम्ने सपना देखाएको त्यो मीठो समय।

अझ "वाकमेन" (Walkman) किनेको मानौं त्यो ठुलो उपलब्धि जस्तै हुन्थ्यो। कानमा हेडफोन लगाएर मनपर्ने गीतहरू बजाउँदा मान्छेहरू आफूलाई स्टार झैँ महसुस गर्थे। गीत सकिएपछि फेरि रिवाइन्ड गर्न क्यासेटलाई सिँकाले अगाडि-पछाडि घुमाउनु पर्थ्यो। त्यो पातलो सिँक, कलम, वा पेन्सिल प्रयोग गरेर टेप रोल मिलाउने काम, आज सम्झँदा रमाइलो लाग्छ। कहिलेकाहीँ क्यासेटको टेप अड्किन्थ्यो, अनि त्यसलाई कोमलतापूर्वक तानेर मिलाउनु पर्ने हुन्थ्यो, त्यही चासोमा रमाइलो लुकेको हुन्थ्यो।

कोठाको भित्तामा पोस्टर टाँस्ने जमाना थियो। राजेश हमाल, निरूता सिंह, श्रीकृष्ण श्रेष्ठ,जल शाह,दिलिप रायमाझी,निखिल उप्रेती जस्ता हिरो-हिरोईनहरूको फोटोहरू सबैको कोठामा देखिन्थे। कतै रामायण र महाभारतको पोस्टर, कतै फिल्मी पत्रिकाबाट काटिएका तस्बिरहरू, सबै आफ्नै ठाउँमा गर्वका साथ टाँसिन्थे। त्यो पोस्टरहरू हेर्दै मनमा सपना पलाउँथ्यो "एउटा दिन म पनि यस्तै स्टार बन्ने।"

बिहान रेडियो बजाउने बानी थियो। तेल लगाएर कपाल मिलाउँदै, रेडियो नेपालबाट बज्ने गीतहरू सुन्दा चित्त बुझ्थ्यो।
एक जमाना थियो, जतिबेला रेडियो भनेको घरको अभिन्न हिस्सा हुन्थ्यो। बिहान सबेरै घर-घरमा रेडियोको आवाज गुन्गुनाउँथ्यो। समाचार, गीत–संगीत, लोकदोहोरी अनि 'हाम्रो गीत हाम्रो संगीत' सुन्न नपाए दिन नै अधुरो जस्तो लाग्थ्यो। तर रेडियो चलाउन चाहिँ चाहिन्थ्यो ठूलो डब्बा जस्तो 'ड्राइ सेल' ब्याट्री। त्यो ब्याट्री चल्दै जाँदा विस्तारै पावर घट्थ्यो। सुरुमा आवाज पातलो बन्थ्यो, गीत बझँदा फुसफुस आवाज आउँथ्यो, अनि सबैलाई थाहा हुन्थ्यो "अब त ब्याट्री सकिन थाल्यो।"

नयाँ ब्याट्री किन्न त पैसा चाहिन्छ, तर हरेकपटक कहाँ सम्भव हुन्थ्यो र? त्यसैले चल्थ्यो गाउँघरको घरेलु उपाय।
ब्याट्री निकालेर मुखले टोक्ने चलन निकै सामान्य थियो। टोकेपछि ब्याट्री तातो हुन्छ भन्ने विश्वास थियो। त्यो नुनिलो स्वादले खासै फरक पर्दैनथ्यो, तर टोक्दा मानौं ब्याट्रीमा पुनर्जीवन आउँथ्यो। फेरि रेडियोमा राख्दा केही समय त रेडियो फेरि गुञ्जिन्थ्यो।

यसबाहेक अर्को प्रसिद्ध उपाय थियो ब्याट्रीलाई घाममा सुकाउने। साना बालबालिकालाई 'ब्याट्री सुकाइदे है' भनेर जिम्मा दिइन्थ्यो। आँगनको माटोमा, ढुङ्गाको माथि वा घरको छानामा घाममा राखिदिएपछि ब्याट्री तताएर फेरि चल्छ भन्ने आस्था थियो। सूर्यको घामले ब्याट्रीमा शक्ति फर्किन्छ भन्ने विश्वासले सधैं आशा पलाउँथ्यो। अनि ब्याट्री फेरि रेडियोमा जाँच्दा, गीत बज्यो भने सबैको अनुहारमा खुशी छाउँदै आउँथ्यो।

रेडियो केवल खबर वा गीतको स्रोत मात्र थिएन, त्यो त घरको सदस्य जस्तै थियो। बिहान 'कोमल वली दिदीको गहकिलो आवाजमा समाचार सुन्दा देशको खबर थाहा हुन्थ्यो। दिनभरि लोकगीत, तीजको दोहोरी, अनि बेलुकाको 'माछापुच्छ्रे एफएम' सुन्दा थकाइ मेटिन्थ्यो। रेडियो बिग्रियो भने टेक्निसियन कहाँ लैजानुपर्थ्यो, तर ब्याट्री सुकाउने, टोकेर मिलाउने, तार जाँच्ने काम घरमै हुन्थ्यो। रेडियोबाट 'झ्याप्प' आवाज आउँदा सबै चुप लाग्थे, धैर्यतापूर्वक सुन्थे "कसले बोल्छ, के नयाँ खबर आउँछ?"

त्यो बेलाको रेडियो सानो आकारको भए पनि त्यसले हजारौँ सपना बोकेको हुन्थ्यो। गाउँभरि सूचना, मनोरञ्जन अनि माया बोक्ने माध्यम थियो। रेडियोको त्यो मीठो आवाज, ब्याट्री सुकाउने चलन, मुखले टोक्ने प्रयास आज सम्झिँदा कति रमाइलो लाग्छ।

आजका आधुनिक प्रविधिको जमाना आए पनि ती पुराना दिनहरू, रेडियोसँग जोडिएका ती मिठा यादहरू कहिल्यै बिर्सन सकिन्न। ब्याट्री टोक्दै, घाममा सुकाउँदै, गीत सुन्दै बितेका ती दिनहरू सधैं दिलको कुनामा जिन्दगीभर गुञ्जिरहन्छन्।

त्यो समयको मोबाइल भन्नु कागजमा चिठी लेख्ने नै थियो। कसैलाई सम्झिएपछि चिठी लेखिन्थ्यो, पोस्ट बक्समा हालिन्थ्यो, अनि दिनहुँ पोस्टम्यानको पर्खाइ हुन्थ्यो। प्रेम, रिस, गुनासो सबै चिठीमार्फत व्यक्त हुन्थ्यो।

अनि सम्झिनुस्, पिकनिक जाने, साथीसँग फोटो खिचाउने, अनि त्यो फोटो हेर्न महिनौँ पर्खिनुपर्ने! क्यामेरामा रोल सकिएपछि स्टुडियोमा दिइन्थ्यो, अनि धैर्यतापूर्वक विकास हुने दिन कुरिन्थ्यो। फोटो बिग्रियो भने रिस, राम्रै आयो भने चित्तबुझ्दो।

अनि त्यो त झन् झनझनाउने मीठो बाल्यकालको अर्को किस्सा! चुइंगमको स्टिकर भन्ने बित्तिकै आज पनि धेरैलाई पुराना दिनको सम्झना आउँछ।

त्यो बेला बजारमा "बबलगम" वा "चुइंगम" किनेर खाने मात्रै होइन, त्यसभित्र पाइने रंगीन स्टिकर संकलन गर्ने ठूलो सौख हुन्थ्यो। विशेषगरी हिरो-हिरोइन, कार्टुन क्यारेक्टर, सुपरहीरो, अनि विदेशी खेलाडीहरूका तस्बिर भएका स्टिकर चुइंगम खोल्दा देखिन्थ्यो। त्यो स्टिकर पाउनु, मानौं लाट्री लागेको जस्तो खुसी हुन्थ्यो।

बालबालिकाहरू त्यो स्टिकर हातको पाखुरामा, कापीको छेउमा, स्कुलको झोलामा, मोबाइल नभएको बेलामा टर्च वा पेनको खोलमा टाँस्ने गर्थे। हातमा टाँस्दा अझ गज्जब देखिन्थ्यो। केही स्टिकर पानीले च्यातिए पनि नयाँ स्टिकर फेरि टाँस्ने।

केटाकेटीहरूबीच प्रतिस्पर्धा चल्थ्यो "मेरो स्टिकर राम्रै छ," "मेरो हिरोको स्टिकर छ," भनेर देखाउन। कतिले स्टिकर जम्मा गरेर कापीको पछाडि संग्रह गर्थे, मानौं संग्रहालय जस्तै बनाउँथे। कसैको हातमा स्पाइडरम्यान, कसैको हातमा शाहरूख खान, त फेरि कसैको हातमा मोटर बाइक वा "love" लेखिएको स्टिकर देखिन्थ्यो।

बजारमा गएको बेला बाबुआमालाई भन्दै कराउँथे "मलाई पनि चुइंगम किनिदिनु न, स्टिकर आउनेवाला।" चुइंगमको स्वादभन्दा धेरै चासो त्यो स्टिकरको हुन्थ्यो।
सम्झिनुस्, त्यही स्टिकरहरू साटासाट गर्ने चलन थियो। आफूलाई नपर्ने स्टिकर साथीलाई दिएर चाहिने स्टिकर फिर्ता माग्ने। कसैले स्टिकर फुकालेर अर्को ठाउँमा सर्छ भन्थे, तर एक पटक टाँस्दा त्यो फेरि कहिले राम्रोसँग टाँसिँदैनथ्यो।

आज स्मार्टफोनमा लाखौँ फोटो छन्, तर त्यो बेला हातमा टाँसिएको सानो स्टिकरले दिनभर हर्षित बनाउँथ्यो।
साधारण चुइंगम, तर साथमा आएको त्यो रंगीन स्टिकर हाम्रो बाल्यकालको गर्व र रमाइलो।

त्यो जमाना गएकै हो, तर त्यही पुराना यादले आजको मुटु न्यानो बनाउँछ। आज त सबै थिच्ने बटनमै सीमित छ, तर त्यो समयको हरेक सानो प्रयासमा भावना, संघर्ष र सम्झना मिसिएको हुन्थ्यो।

पुराना यादहरू जुन सम्झिँदा आँखामा आँशु आउँछ तर मन मुस्कुराउँछ। त्यो जमाना टेक्नोलोजीले जितेको होइन, आत्मीयताले बाँचिरहेक़ो जमाना थियो।

"यो कन्टेन्ट मेरो समय, मिहिनेत र भावना मिलाएर बनाएको हुँ। कृपया यसलाई कपि गरेर आफ्नो पेजमा नहाल्नुहोला। धन्यवाद।"
तोरण गुरूङ✍️

कडा सरकारी स्कूल: रुपन्देहीको मणिग्राम स्थित शान्ति नमुना माविमा SEE दिने मध्ये १८ जना विद्यार्थीले ४.० GPA ल्याएपछि नाच...
30/06/2025

कडा सरकारी स्कूल: रुपन्देहीको मणिग्राम स्थित शान्ति नमुना माविमा SEE दिने मध्ये १८ जना विद्यार्थीले ४.० GPA ल्याएपछि नाचगान सहित गाडीमा डुलाएर सम्मान गरिएको थियो । सरकारी स्कुल भएर पनि यो नतिजा ल्याउने यस स्कुलको मेहनत र विद्यार्थीहरूको लगनशीलताको उत्कृष्ट उदाहरण हो। 😍

आगामी २०८२ साल श्रावण १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि रेफर लिनु नपर्ने भएको छ।स्वास्थ्य बीमा बो...
30/06/2025

आगामी २०८२ साल श्रावण १ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत उपचारका लागि रेफर लिनु नपर्ने भएको छ।स्वास्थ्य बीमा बोर्डले ल्याएको नयाँ व्यवस्थाअनुसार अब बीमा अन्तर्गत आवद्ध बिरामीले सीधै बीमा सेवा दिने स्वास्थ्य संस्थामा गएर उपचार सेवा लिन सक्ने छन्। यसअघि एक स्तरको स्वास्थ्य संस्थाबाट अर्कोमा जान अनिवार्य रूपमा रेफर लिनुपर्ने बाध्यता हटाइएको हो।

30/06/2025

"नुहाएर अण्डरवेर बाथरुममै फालेर हिड्छ।आमातिरको न बाउतिरको, नातेदार कसैलाई चिन्दैन। ढोग्नु, नमस्कार गर्नु त आदेश पाएपछि मात्र हो, नत्र गर्दैन। छिमेकीलाई चिन्दै चिन्दैन। नेलकटर लगेर न घचेट्ने हो भने नङ्ग काट्दैन। स्कूलले जगल्टा नकेलाउने हो भने कपाल कहिले काट्ने हो, पत्तो छैन। पकाउने र खाएका भाँडा माझ्ने त परै जाओस, स्कूल विदाका दिन दाँत समेत माझ्दैन। जुत्ताको पालिसको के कुरा, कपालमा तेल लगाउन जान्दैन। चालीसदेखि माथि उक्लेसी अंग्रेजीमा उल्था नगरिदिने हो भने गन्ति आउँदैन। आफ्नो घर कति नंवर वडामा पर्छ, थाहा छैन। जनप्रतिनिधीका बारे थाहै छैन। सलमान खानको कुन फिल्मले कति ब्यापार गर्यो ? कण्ठै छ तर बाउको आम्दानी र घर खर्च बारे वास्ता छैन। वाईफाईको पासवर्ड चोर्न (ह्याक गर्न) जान्या’छ तर पैसा लिएर गएर एक पोका दुध किनेर ल्याउन सक्दैन।

यस्ताले A+ ल्याएर क्यार्नु ?

बिहानै १ हलको मेलो जोतेर, २ गास टिपेर, स्कूल दुगुरेर, घर फर्कँदा एक भारी घाँस ल्याएर जेनतेन पास हुनेलाई सोध- GPA के हो, जिन्दगी के हो ?👌"
Ram Prasad Khanal

नेपालको शिक्षा कस्तो हुनु पर्छ?तरकारी बेच्ने काम गर्छौ?– गर्दिन।फलफूलको काम गर्छौ?– गर्दिन।चियाको पसल राख्छौ?– गर्दिन।सी...
26/06/2025

नेपालको शिक्षा कस्तो हुनु पर्छ?

तरकारी बेच्ने काम गर्छौ?
– गर्दिन।

फलफूलको काम गर्छौ?
– गर्दिन।

चियाको पसल राख्छौ?
– गर्दिन।

सीधै कुरा गरौँ।

ट्रक वा लोरी चलाउन आउँछ?
– आउँदैन।

बिजुलीको काम आउँछ? इलेक्ट्रीसियन हौ?
– होइन।

फ्रिज, टिभी, वासिंग मेसिन आदि बनाउन आउँछ?
– आउँदैन।

बाइक वा कार मर्मत गर्न आउँछ?
– आउँदैन।

कपाल काट्न आउँछ?
– आउँदैन।

ल ठीक छ, अब टेक्निकल कुरा गरौँ।

सोशल मिडिया मार्केटिङ गर्न सक्छौ?
– सक्दिन।

भिडियो प्रोडक्सन गर्न सक्छौ?
– सक्दिन।

फोटोग्राफी?
– सक्दिन।

अनि के आउँछ त?

– मैले बी.ए. गरेको छु।

त्यो त ठीकै हो, तर के आउँछ?
जागिर भयो भने त ठीक छ भएन भने कसरी बाँच्न सकिन्छ त्यसको ज्ञान जरुरी छैन?
_
१८ वर्ष लगाएर कलेज सक्यो सरकारी जागिर खान फेरि लोकसेवा पढ्नु पर्ने?
त्यो १८ वर्ष को उपलब्धि के?

गुल्मीका स्थानीय तहको बजेट सार्वजनिक : मुसिकोटको सबैभन्दा बढी र छत्रकोट गाउँपालिकाको ५८ करोड असार १२, गुल्मी : गुल्मीका ...
26/06/2025

गुल्मीका स्थानीय तहको बजेट सार्वजनिक : मुसिकोटको सबैभन्दा बढी र छत्रकोट गाउँपालिकाको ५८ करोड

असार १२, गुल्मी : गुल्मीका सबै स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि बजेट ल्याएका छन्। जिल्लाका दुई नगरपालिका र १० गाउँपालिकामध्ये ९ स्थानीय तहले मंगलबार र इस्मा गाउँपालिकाले सोमबार बजेट ल्याएको हो।

जिल्लाका १२ स्थानीय तहमध्ये सबैभन्दा बढी बजेट मुसिकोट नगरपालिकाले ल्याएको छ। मुसिकोटले ७० करोड १४ लाख ७८ हजार रुपैयाँको बजेट ल्याएको हो। उपप्रमुख गङ्गा श्रेष्ठले नगरसभामा बजेट प्रस्तुत गर्दै ४८ करोड ५६ लाख ८७ हजार चालू खर्च र २१ करोड ५७ लाख ९० हजार पुँजीगत खर्च विनियोजन गरिएको जानकारी दिइन्।

त्यस्तै गाउँपालिकामध्ये सबैभन्दा कम बजेट इस्मा गाउँपालिकाले ल्याएको छ। इस्माको कुल बजेट ४९ करोड ५२ लाख ३७ हजार रुपैयाँ रहेको छ। गाउँपालिकाको १८ औँ गाउँसभामा उपाध्यक्ष पार्वती कुँवरले पालिकाले ल्याएको जनमुखी नीति कार्यक्रमलाई टेकेर आगामी वर्षको बजेट ल्याएको उल्लेख गरिन्। इस्माले पुँजीगत तर्फ ३१ करोड ८२ लाख ८८ हजार ८९९ रुपैयाँ र चालूतर्फ १७ करोड ६९ लाख ४८ हजार १८० रुपैयाँ बजेट विनियोजन गरेको छ। बजेटले पालिकाको पूर्वाधार विकास, कृषि सुधारसहित स्वास्थ्य शिक्षा लगायतका क्षेत्रलाई प्राथमिकता दिएको छ।

त्यस्तै रेसुङ्गा नगरपालिकाले ६७ करोड २१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। नगरप्रमुख खिलध्वज पन्थीले कृषि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकतामा राखिएको जानकारी दिए। नगरपालिकाले एसइईमा ४ जीपिए ल्याउने विद्यार्थीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ भने नगरमै ११ र १२ कक्षा अध्ययन गरेमा थप ५० हजार छात्रवृत्ति प्रदान गर्ने व्यवस्थासहितको बजेट ल्याएको छ। बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, रोजगारी तथा भौतिक पूर्वाधारलाई प्राथमिकता दिइएको छ।

यस्तै मालिका गाउँपालिकाले ६१ करोड ८० लाख ८७ हजार ८७० रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। उपाध्यक्ष उपेन्द्र अर्यालले १८ औँ अधिवेशनको तेस्रो बैठकमा आर्थिक र विनियोजन विधेयक पनि सभा समक्ष प्रस्तुत गरेका थिए। गाउँपालिकाले गाँजा उत्पादनलाई वैधानिक बनाउने प्रक्रियालाई अगाडि बढाउने नीति ल्याएको छ। गाँजा खेतीको सम्भावनालाई संघ र प्रदेश सरकारसँग समन्वय गरेर यसबारे अध्ययन गरिने नीति ल्याएको मालिका गाउँपालिकाले जनाएको छ।

मदाने गाउँपालिकाले ५४ करोड ९४ लाखको बजेट सार्वजनिक गरेको छ। गाउँसभाको १७ औँ अधिवेशनको दोस्रो बैठकबाट गाउँपालिका उपाध्यक्ष सरिता खड्काले आगामी वर्षको बजेट प्रस्तुत गरेकी हुन्। बैठकमा ‘मदाने गाउँपालिकाको विनियोजन विधेयक २०८२’ र ‘आर्थिक विधेयक २०८२’ पेस गरिएको थियो।

धुर्कोट गाउँपालिकाले पनि आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ६० करोड ५१ लाख ४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेको छ । १७ औँ गाउँसभामा उपाध्यक्ष सीता गिरीले उक्त बजेट प्रस्तुत गरेकी हुन्।

कालिगण्डकी गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि कुल ५७ करोड २ लाख ६३ हजारको अनुमानित बजेट ल्याएको छ। जसमा चालूतर्फ ३८ करोड ३४ लाख २० हजार र पुँजीगततर्फ १८ करोड ६८ लाख ४३ हजार रहेको छ।

सत्यवती गाउँपालिका उपाध्यक्ष निरमाया तरामुले आगामी आर्थिक वर्षका लागिका कुल ५७ करोड ६५ लाख ८५ हजार बजेट सभामा पेस गरेकी छिन्।

चन्द्रकोटले ५६ करोड २६ लाख ७२ हजार, गुल्मीदरबार गाउँपालिका ५६ करोड ३८ लाख ४० हजार,छत्रकोट गाउँपालिका ५८ करोड ८५ लाख १६ हजार र रुरुक्षेत्र गाउँपालिका ५५ करोड ६६ लाख १९ हजार बजेट ल्याएका छन् ।

पालिकाहरूले सार्वजनिक गरेको नीति तथा कार्यक्रम अनुसार बजेट सार्वजनिक गरेका हुन्।-ANNAPURNAPOST

आफू बराबर उचाईको किताब पढेपछि मात्रै पास भइन्छ लोकसेवा !!लोकसेवा विद्यार्थीलोकसेवा पढ्दा पढ्दै, बुढो भएँ म,सपना बोकेर हि...
26/06/2025

आफू बराबर उचाईको किताब पढेपछि मात्रै पास भइन्छ लोकसेवा !!

लोकसेवा विद्यार्थी

लोकसेवा पढ्दा पढ्दै, बुढो भएँ म,
सपना बोकेर हिँड्दा हिँड्दै, थाकिसकेँ म।
पाना पल्टाउँदा पल्टाउँदै कपाल फुलिसके,
उमेर गयो, तर रिजल्टमा नाम कहिले नआउने भन्ने सपना देखिसके..

साथीहरू जागिरे भए, म नोटका पाना गनिरहेँ,
बिहे त के गरुँ, प्रश्नपत्रमै जीवन गुमाइरहेँ।
अब त ऐना पनि सोध्छ — "कतिन्जेल यो बाटो?"
तर भित्रको आवाज भन्छ — "अझै सकिएको छैन त जोशको घाटो!"

Address


Alerts

Be the first to know and let us send you an email when Gulmi - गुल्मी दिगाम सेरोफेरो नेटवर्क posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Gulmi - गुल्मी दिगाम सेरोफेरो नेटवर्क:

  • Want your business to be the top-listed Media Company?

Share