07/05/2024
पूर्णिमा जस्तो उज्यालो मुहारभएको आमाको मुख हेर्ने दिन चैँ किन औंसी? सायद त्यही मुहारको उज्यालोले औंसी चिर्ने भएर होला।
यो संसार देखाउने, सुख दूःखका कुरा साट्न सकिने, आफूले नखाएर पनि हामीलाई खुवाउने, जिवनमा संघर्ष गर्न सिकाउने, हरेक गल्तीमा माफी दिने, सधैं अगाडि बढ्न प्रेरणा दिने शब्द हो आमा ! शब्द नै कति महान छ । यस्ती महान आमाको मुख हेर्ने दिन आज हजुरसमक्ष हुन पाए धेरेे खुसि छु यो शब्द उच्चारण गर्न पाइरहु । हजुरको साथ र माया सधैं यसरी नै पाईरहु ।
आफ्नो लागि बाच्ने धेरै हुन्छन यहाँ तर
अरु को लागि बाच्ने केवल एक मात्र “ आमा “
Happy Mother’s Day
“आमा” मात्र एउटी तेस्ती मान्छे हुनुहुन्छ , जसले एउटा बच्चालाई ९ महिना “कोखमा” ३ बर्षसम्म त्यो न्यानो “काखमा” अनि जिन्दगीभर आफ्नो “दिलमा” राख्छिन्।
भगवान जहिंतहिं हुन सक्तैनन् त्यसैले उनले आमा बनाए – सम्पूर्ण आमालाई दुई हात जोडी नमन |
“आमाको मुख हेर्ने दिन”को शुभकामना।
माता तिर्थ औंसीको पावन दिनमा सबै आमाहरूको मातृत्वलाई नमन ।
मातृ देवो भव:
सबकी आमा महान । आमा को व्याख्या गरेर साध्य नै छैन । नाम नै काफी छ । #आमा
मातातीर्थ औंसिं । आमाको मुख हेर्ने दिन । सबैलाई शुभकामना !
आमा हो माया को नाम
आमलाई हजारौ सलाम
माया गर्न कोही तिमी बाट सिकोस
तिमी ममताको मुर्ती मात्र होईन
सबैको दिलको एक टुक्रा हौ I
आमाको मुख हेर्ने दिनको हार्दिक शुभकामना |
माया दियौं ममता दियौ
सहेर दु:ख कष्ट संसार देखायौ ।।
आमा तिमी माहान हौ।।।
आज आमाको मुख हेर्ने दिन आमाहरुमा
मातातिर्थ औशी को धेरै धेरै शुभकामना ।
सधै भरी यस्तै खुशी सुखी र स्वस्थ देख्न पाउ
साथै दिर्घायुको कामना आमा ।।।