Birendra Rokaya

Birendra Rokaya Whoever respects and honors me, I will also respect him so much. Hail to all.

मुक्तक
01/04/2024

मुक्तक

26/03/2024

आफ्नो धर्म, रितिरिवाज परम्परा , संस्कृति सभ्यता भनेको धर्ती हो र आधुनिकता भनेको आकास हो जब हामी आधुनिकता को आकासमा उड्छौ तब दुनियाँ रंगिन देख्छौ र जबकि त्यो रंगिन दुनियाँमा सधैं रहिरहन सक्दैनौं अन्तमा धर्तिमै अवतरण गर्नुपर्छ जब अवतरण गर्छौं तब धर्ती सुरक्षीत छैन भने हामी सकिन्छौ त्यस्तै हामी दुनियाँ को जुनसुकै देशमा गए पनि त्यो देशमा हामी सधैं रहिरहन सक्दैनौं अन्तमा आफ्नै देशमा फर्क्न पर्छ र फर्किदा आफ्नो धर्म संस्कार सभ्यता सकिएको छ भने हामी पनि सकिन्छौ र दुनियाँ ले हाम्रो कुनै महत्त्व राख्दैन।

I've received 200 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉
25/03/2024

I've received 200 reactions to my posts in the past 30 days. Thanks for your support. 🙏🤗🎉

17/03/2024

सुर्खेत चिङ्गाड रहकुल को मयुर नाच।

05/03/2024

🤣🤣

05/03/2024
03/03/2024

Date 2080/११/१९ B.S
मुक्तक

डाहा गर्ने को प्रगती पनि देखियो
कस्तो सोचाइ हो मति पनि देखियो!

पाखुरामा ट्याटु, कानमा बाला र मुन्द्रा
उसले कमाएको सम्पती पनि देखियो!!


The Creator by :Birendra Rokaya

02/03/2024

जसलाई जे दियो त्यो बाट त्यहि पाउने अपेक्षा नगर्नुहोला किन कि तपाईं जसको मलामी जानु हुन्छ त्यो मान्छे तपाइको मलामी जान फर्केर आउदैन्। ए फलानो लाई यत्रो गुन लाए तर हेरेन भनेर दुखि नबन्नु किन कि त्यो गुन को मुल्य अन्त बाट पनि चुक्ता हुन्छ्।

Have a nice journey thulo🛫
29/02/2024

Have a nice journey thulo🛫

21/02/2024

आज जस्तो बीउ हामिले रोप्छौं भोलि त्यस्तै फल हामी लगाएत हाम्रो सन्तति ले पनि खान्छन। चाहे झुठ को बीउ होस या इमानदारिता को । त्यसैले सोचेर कर्म गर्नुहोस् !

18/02/2024

Hello everybody have a good day!

28/01/2024

एक पढेलेखेको विद्वान र नदिमा डुङ्गा चलाउने माझिको
विद्वान एउटा गाउँ बाट अर्को गाउँमा जाँदै थिए। त्यो दुई गाउँको बिचमा ठूलो नदि थियो त्यो नदि पार गर्न डुङ्गाको सहायता लिनुपर्थ्यो। यतिकैमा विद्वान माझिको डुङ्गामा बसे र दुई जना बिच केही सम्बाद भयो।

विद्वान - माझी भाइ तिमिले यो डुङ्गा चलाउन थालेको कति भयो?
माझी- यो हाम्रो पुर्खेउली पेसा हो।
विद्वान - तपाईं लाई English बोल्न आउँछ?
माझी - अहं आउदैन हजुर।
विद्वान - त्यसो भए तपाईंको जिन्दगी खतम रहिछ।
माझी- मौन रहन्छ
फेरि विद्वान ले प्रश्न गर्छन
विद्वान - तिमिले कतै स्कुल मा पढेलेखेका त छौ होला?
माझी - छैन हजुर छैन।
विद्वान - ला त्यसो भए तपाईंको जिन्दगी खतम भो डुब्यो।
माझी- तपाईंलाई पौडी खेल्न आउँछ?
विद्वान अहं आउदैन!
यतिकैमा नदिको बिचमा पुगेको बेला ठूलो बर्षात भयो बाढी आयो तब माझिले भने ए विद्वान साहेब मेरो जिन्दगी त डुब्छ या डुब्दैन त्यो त थाहा भएन तर तपाईंको जिन्दगी पक्का डुब्ने भयो । माझीले पौडी खेलेर त्यो नदि पार गरे तर पढेलेखेका विद्वान भने पौडी खेल्न नजानेर डुबेर मरे।

नोट: कथाको सार हो। कसले कति पढेको छ, को कति बलमान छ, कसले कति धन कमायो त्यो महत्त्वपूर्ण होइन। महत्त्वपूर्ण यो होकि तपाईं माथी आइपरेको परिस्थिति लाई
तपाईंले कसरी सामना गर्दै हुनुहुन्छ भन्ने हो। यहाँ धन ठूलो होइन, पढाई ठूलो होइन, बल ठूलो होइन। बल्लकि परिस्थिति संग कसरी जुध्न सकिन्छ ठूलो हो।
तपाईं हरुलाई यो कथा कस्तो लाग्छ। मन परे सेयर गर्नुहोला।😊🤗

11/08/2023

मुक्तक
तिम्रो मेरो अधुरो प्रेम पूरा गर्नु छ,
खाएका ती बाचा कसम पूरा गर्नु छ!!

लुक्दै भाग्दै खेतको आलि अनि चौतारिमा,,
बसेर फेरि माया पिरतिका कुरा गर्नु छ!!

11/08/2023

प्यास लागेको थियो धेरै
तर पानीमा विष थियो ..
पिउथे भने मर्ने थिए
नपिउदा पनि मर्ने थिए "

बस् यहि दुइ लफडा जिन्दगीमा हल भएन
न निद्रा पूरा भयो न सपना सल्व भयो ,

` समय ´ ले भने काश ! थोरै धैर्य हुन्थ्यो भने ,
` धैर्य ´ ले भने काश ! थोरै समय हुन्थ्यो भने "

बिहान बिहानै उठ्नुपर्छ आराम कमाउनको लागि , आराम कमाउनलाई निस्किन्छु आराम छोडेर "

` क्षमता ´ ले सडकमा तमाशा गर्दछ , किस्मत ` महलहरुमा ´ राज गर्दछ "

" भरीएको पकेटले दुनियासित परिचय गरायो र खाली पकेटले आफन्तहरुसित "

हाँस्ने इच्छा नभएपनी हाँस्नुपर्दो रहेछ
जब सोध्छन कसैले कस्तो छौ ?
तब आनन्दमा छु भन्नुपर्दो रहेछ "

" सडक जति नै सफा होस धुलो हुन्छ नै मान्छे जति नै राम्रो होस भुल त हुन्छ नै "

" एउटा बजार हो यो दुनियाँ .... सौदा सम्हालिएर गर्नुस , मतलबको मान्छेहरु जताततै भेटिन्छन "

तपाइलाई उत्कृष्ट लागेको हरफ कमेन्ट गर्न नभुल्नुहोला ।

24/06/2023

मान्छे डिप्रेसनमा जानुको मुख्य कारण जन्मिदा एउटा स्वभाव लिएर जन्मिन्छ जीवन जीउँदा अर्को स्वभावमा जिउन खोज्छ। माछा पानीमा पौडिनलाइ हो चरा आकाशमा उड्नलाई, माछाले आकाशमा उड्न खोज्यो भने सोचेर डिप्रेसनमा जान्छ र मर्छ, चरा पनि त्यस्तै पानीमा पौडिन खोज्यो भने डिप्रेसनमा जान्छ मर्छ। त्यसैले जन्मिदा जो स्वभाव लिएर जन्मियका हौँ त्यही स्वभावमा जीवन् जिउने गरौं। आवस्यकता भन्दा बढी सोच्नु,खानु, घुम्नु ,विष समान हुन्छ। मुख्य कुरा खानामा ध्यान दिनुपर्छ। अनि योगा ,व्यायाम ध्यान, गर्नु पर्छ। मनमा लोभ पाप, ईष्र्या ,डाहा, अहंकार ,भय पालेर बस्नु हुन्न।

I have reached ५०० followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉
21/04/2023

I have reached ५०० followers! Thank you for your continued support. I could not have done it without each of you. 🙏🤗🎉

23/07/2022

देश हिड्ने क्रममा अनेकौं मन छुने दृश्यहरु हामी भेट्छौं । लमजुंगको भुजुंगमा आमा खेतबारीमा खटिरहंदा काखे बच्चाको यो हेराइ। हाम्रा धेरै गीतहरु पहाड कन्दराको यस्तै दृश्यहरुबाट प्रेरित हुन्छन।
Photo: Amrit Gurung

26/02/2021

जुन चिज नपाउदा तिमी डिप्रेशन हुन्छौ। त्यो चिज पाय पछि पागल हुनेछौ। अनि खुसी कहाँ बाट पाउछौ? त्यसैले मुक्त र त्यागी हुन सिक।

मान्छेको जिन्दगी घाम छाया जस्तै हो। वयस्क भनेको दिन जस्तै हो बुढेसकाल भनेको रात जस्तै हो।  जब दिनभरि कडा परिश्रम गरिन्छ ...
25/02/2021

मान्छेको जिन्दगी घाम छाया जस्तै हो। वयस्क भनेको दिन जस्तै हो बुढेसकाल भनेको रात जस्तै हो। जब दिनभरि कडा परिश्रम गरिन्छ तब रातभरि मस्त निन्द्रा लाग्छ। दिनभरि बिना काम घुम्यो भने रातभरि छट्पटी लागिरहन्छ। त्यसैले उमेरमै कडा परिश्रम गर र बुढेसकालमा सुख शान्ति सङ्ग आरामदायी को जीवन् बिताउ। जवानिको मोज बुढेसकालको बोझ हो जिन्दगी। #चेतना_भया। #शुभ_बिहानी ॐ सुर्योदय नम: 🌄

१. महान ब्यक्ति त्यो हाेइन जाे खुसिमा हासाे थपि दिन्छ, महान ब्यक्ति त्यो हाे जुन दुखमा पनि खुसिकाे आभाष गराइदिन्छ!
07/02/2021

१. महान ब्यक्ति त्यो हाेइन जाे खुसिमा हासाे थपि दिन्छ, महान ब्यक्ति त्यो हाे जुन दुखमा पनि खुसिकाे आभाष गराइदिन्छ!

10/01/2021

कुन धर्मावलम्बीलाई मंसिर–पुसको पारिलो घाम मन पर्दैन ? वास्तवमा सवैलाई उत्तिक्कै प्यारो लाग्ने जाडोको पारिलो घाम चाहिँ धर्म हो । कुवाको पानी र ज्ञान उस्तै हो । जो कहिल्यै झिकेर र बाँडेर रित्तिदैन । तर सज्जनले आफ्नो सच्चाइ र परोपकारको बाटो कहिल्यै पनि छोड्दैन् । भनिन्छ नि, भोको पेट, खाली गोजी र असफल प्रेमले मानिसलाई धेरै सिकाउँछ । छाताले परेको पानी रोक्ने साहस त राख्दैन तर वर्षामा उभिने हिम्मत भने पक्कै दिन्छ । इमान्दारी पनि त्यही हतियार हो ।

26/12/2020

साँच्चै सारै राम्री तिमी तिम्रो बयान गरूँ लाग्छ
शब्द माथि शब्द थपि फुलबुट्टा भरूँ लाग्छ।🌹

चन्द्रमामा दाग रैछ,कमलको फुल पनि भन्दिन म
कतै तिमिलाई दाग लाग्छकि, मलाई पर सरूँ लाग्छ🌹🌹

जताततै तिम्रो मुहार, हरेक पल झल्को आउछ
सम्झनाले सताउँदा सँधै,तिम्रै सामु परूँ लाग्छ🌹🌹🌹

आकाशको तारा तिमी म त भुईकाे धुलो मात्र हुँ
सिंगो संसार तिमिलाई छाडी क्षितिज पारी तरूँ लाग्छ🕊️🕊️

तिम्रो दुख मलाई परोस,खुसि सबै तिमिलाइ सरोस
यो जुनी त के हो र?सयौँ जुनी तिम्रै निम्ति मरूँ लाग्छ🥀🥀🥀
💐💐 उहि तिम्रो प्रदेशी #बिशाल_रोकाय बिरानो मुलुक सात समुन्द्र पारी बाट।

25/11/2020

माया त अभावमै मिठो ,कहिले भेट नहुदा त कहिले नेट नहुदा!!

जन्म दिनको असिम शुभकामना प्यारी मनकी मान्छे।
15/11/2020

जन्म दिनको असिम शुभकामना प्यारी मनकी मान्छे।

Address

Chingad
Surkhet
21700

Telephone

+9779843165516

Website

Alerts

Be the first to know and let us send you an email when Birendra Rokaya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birendra Rokaya:

Videos

Share