Sunwaldailypost

Sunwaldailypost news, avertise and all service

13/12/2022
Please come meet and greet our national jewel and our brand ambassador Mr. Mahesh Maharjan  along with young, energetic ...
06/08/2019

Please come meet and greet our national jewel and our brand ambassador Mr. Mahesh Maharjan along with young, energetic and a very successful business person Mr. Nishant Pradhan (M.D of Diet Nepal) and VIP personals of this related field. Be there at 10AM sharp to experience something new that may motivate you to set your goal even higher. Please share this post. Lets make them feel special.

Car sale Audi Q3 Car model: 2013price: 65lakh
16/05/2019

Car sale
Audi Q3 Car
model: 2013
price: 65lakh

काठमाडौं, चैत २५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले...
08/04/2019

काठमाडौं, चैत २५ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङ गराउन कारक बनेका मानिसहरु अहिले फेरि सल्बलाइरहेको भन्दै त्यस्ता समूहको कुप्रचारबाट सतर्क रहन सचेत गराएका छन् ।

सोमबार प्राधिकरणमा पत्रकार सम्मेलन गरी घिसिङले प्राधिकरणका केही व्यक्तिहरु नै बोर्डको बैठक र निर्णयहरुलाई गलत तरिकाले प्रचार गर्दै हिँडेको भन्दै प्राधिकरणमा आफू रहेसम्म अनियमितता र दादागिरी हुन नदिने बताए ।

९ अर्ब रुपैयाँ घाटामा गएको संस्थालाई अहिले नाफा गर्ने अवस्थामा ल्याइपुर्‍याएको र लोडसेडिङको अन्त्य भएपछि त्यस्ता मानिसहरुलाई असह्य भएको उनको आरोप थियो ।

प्राधिकरणकै जिम्मेवार व्यक्तिहरुले नै अनावश्यक अभिव्यक्ति दिँदै हिडेको आरोप पनि उनले लगाए ।

देशभर २९८ ओटा डेडिकेटेड र ट्रंक लाइन सुविधा जडान गरिएको जानकारी दिँदै उनले सरकारी अस्पताल, सामुदायिक खानेपानी र सिँचाइ वर्गमा परेका ५० बाहेक अन्यको हकमा नियमित विलिङ भइरहेको बताए ।

तर, केही व्यापारिक तथा औद्योगिक ग्राहकहरु प्रिमियमसहितको शुल्क तिर्नु नपर्ने भन्दै अदालत गएकाले उनीहरुबाट बक्यौता उठ्न नसकेको उनले स्पस्ट पारे ।

19/03/2019

दया माया कुल्चिएर बन्दूक बोकी हिंडे
हो, नसोचेको जमाना ख़राब आउने भो

बाङ्गो टेढो नचल्नेको खोइरो छैन अब
डाका गुंडा हत्याराको प्रभाव आउने भो

भीषण वर्षाका कारण जिल्लामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीले बगाएर हराइरहेका मर्स्याङ्दी गाउँपालिका ३, अर्खले बें...
13/09/2018

भीषण वर्षाका कारण जिल्लामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । बाढीले बगाएर हराइरहेका मर्स्याङ्दी गाउँपालिका ३, अर्खले बेंसीकी ५५ वर्षीया ललितमाया गुरुङको शव बिहीबार बिहान प्रहरीले घटनास्थलबाट निकालेको हो ।

सोही स्थानमा बुधबार हराएका मर्स्याङ्दी गाउँपालिका ४, नासकुचेका अन्दाजी ५५ वर्षीय तुलसी भनिने राजु लामा अझै फेला परेका छैनन् । बाख्रा चराउँदै गर्दा बुधबार दिउँसो पहिरो आएपछि भाग्ने क्रममा ढुंगाले लागेर मर्स्याङ्दी ५ घर भई हाल मर्स्याङ्दी ५ श्रीचौरमा बस्दै आएकी ४८ वर्षीय विष्णुकली गुरुङको मृत्यु भएको थियो । पहिरोले पुरिँदा मर्स्याङ्दी गाउँपालिका ३, तरापु पल्लोटारीका ६० वर्षीया अतिरूपा थापा र उनकी ९ वर्षीया नातिनी सिरस थापाको मृत्यु भएको थियो ।

यस्तै, दोर्दीखोला जलविद्युत् आयोजनाको निर्माणाधीन पावरहाउसमा कार्यरत बर्दिया जिल्ला ठाकुरद्वार नगरपालिका ५ का ३० वर्षीय बलिराम चौधरी र २५ वर्षीय लक्ष्मीप्रसाद थारूको अवस्था अज्ञात छ । उनीहरूलाई मर्स्याङ्दी नदीले बगाएको थियो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले पहिरोमा फसेका र घाइते सबैको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको बताए ।
उनका अनुसार बेंसीसहरदेखि नै पहिरो गएको ठाउँसम्म सडक अवरुद्ध छ । ‘सुरुमा नेपाली सेनाको ठूलो हेलिकप्टरमार्फत उद्धार प्रयास गर्‍यौं । सबै भिरालो ठाउँ भएकाले पहिले एकजनाको मात्र उद्धार गर्न सक्यौं । पछि सानो हेलिकप्टरमार्फत सबै घाइतेको उद्धार गर्‍यौं,’ उनले भने ।

मृतक भएकै ठाउँमा डाक्टर पुर्‍याएर मृतकको पोस्टमार्टम गरिएको छ । पहिरोमा फसेका करिब ३० जनालाई रामबजारको सुरक्षित स्थानमा लगिएको छ । बाढीपहिरोपीडितलाई खाद्यान्नलगायत राहत वितरण गरिएको छ । श्रीजंग गणका गणपति शिखर जबराले हेलिकप्टरमार्फत सबै घाइतेलाई उद्धार गरिएको बताए ।

डीएसपी यादव ढकालका अनुसार पहिरोमा परेर मर्स्याङ्दी गाउँपालिकाका विभिन्न गाउँका १० जना घाइते भएका छन् । खुट्टा भाँचिएका अर्खलेबेंसीकी ७० वर्षीया फूलमाया गुरुङको लमजुङमा उपचार हुन नसकी चितवनस्थित चितवन मेडिकल कलेज लगिएको छ । श्रीचौरकी मेनका घले, अर्खलेबेंसीकी पार्वती गुरुङ, घोप्टेका दलबहादुर तामाङ, उरमाया तामाङ र नयनमाया तामाङको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

सुनवल नगरपालिका वडा नं. ४ को सिम्सार छेत्रमा  पोखरीको निर्मान कार्य भइरहेको छ । जस्ले गर्दा जंगली जनावर , चराचुरुङ्गी ला...
15/06/2018

सुनवल नगरपालिका वडा नं. ४ को सिम्सार छेत्रमा पोखरीको निर्मान कार्य भइरहेको छ । जस्ले गर्दा जंगली जनावर , चराचुरुङ्गी लागि पानी पिउन र दक्षिण भेगमा मा पानि को सतह लाई कम हुन नदिन मदत पुग्ने छ । जस्ले गर्दा भबिस्य्मा पर्यटन छेत्र बनाउने योजना रहेको छ । जुन सरकारी योजना अन्तर्गत पर्दछ जस्को कार्य वन समिती रमवापुर ले जिम्मा लुएको छ ।

15/06/2018
15/06/2018

Are you crazy fan of football.? ⚽
Russia World cup भरी recharge card को बर्षात ।
आज राती ११.४५ बजे हुने Portugal vs Spain खेलमा कुन देशले कति गोल हान्ने छ भनि prediction सहि गर्ने व्यक्तिलाई रु 100 को रिचार्ज कार्ड उपहार दिने छौ ।
*नियमहरु*
१। यो पेज लाई अनिवार्य रुपमा Like र share गर्नु पर्ने छ ।
२। दुबै देशको goal को prediction सहि हुनु पर्ने छ । एउटा देशको गोलको prediction सहि र अर्को देशको prediction गलत भएको जवाफलाई मान्यता दिइने छैन ।
३। १ भन्दा बढी व्यक्तिले दिएको सहि जवाफ मध्ये केवल १ जानालाई मात्र बिजेता घोषणा गरी रु 100 को रिचार्ज कार्ड बैँक वा ईसेवा मार्फत पठाइने छ ।

धन्यवाद

आजको नागरिक दैनिकमा रविन सायमीको कार्टुन
01/11/2017

आजको नागरिक दैनिकमा रविन सायमीको कार्टुन

31/10/2017

अचम्म लाग्छ यो दुनिया हेर्दा नि...
कोहि मोटाउन नपाएर रोएका छन,
कसैलाइ लुते हुन परेको छ....
कोहि नाक लामो भएर चिन्तित छन
कसैको आँखा सानो भएर दुखी छन!
कसैलाई छाती सानो भएर पिर पर्या छ,
कोहि पुड्के भएर भगवान लाई सरापेका छन,
कोहि लामघारे भएर कुप्री परेर दुखी छन!
कोइ धेरै गोरो भएर दुखी छन,
कोइ दिन रात fair n lovely घसेका छन गोरो हुन!
कसैको दात नमिलेर दुखी छन,
कसैको कपाल straight नभएर रोएका छन!

कसैको जुङ्गा दारी न उम्रेर रात दिन खौरेका छन,
कोहि भुत्ला बढी भएर उखेल्ने दबाइ खोज्दैमा
हैरान छन!
कोहि सन्तुष्ट छैनन आफैमा!
दुखी आत्मा ले भरिएको छ सन्सार!
राम्ररी यो दुनिया लाई नियाल्ने हो भने
मा कसम दुई मिनेट मै पागल भैइन्छ!
C

सेयर बजार, तरकारी फलफूल बजार, सुनचाँदीको मुल्य र विदेशी विनिमय दरको जानकारीको लागी हेर्नुहोस् आजको "मार्केट वाच्" कार्यक...
31/10/2017

सेयर बजार, तरकारी फलफूल बजार, सुनचाँदीको मुल्य र विदेशी विनिमय दरको जानकारीको लागी हेर्नुहोस् आजको "मार्केट वाच्" कार्यक्रमको यो नयाँ अङ्क।

Market Watch program featuring Thangka Painting in product of the day section on 31 October 2017. This program was aired in Kantipur Television on 31 October...

देश डुबाउने राष्ट्रघातीहरूकाे भाषणमा ताली बजाउने झोले जनता रहुन्जेल नेपाल बन्दैन -रबि लामिछाने अाजकाे सिधाकुरा जनतासँगमा...
31/08/2017

देश डुबाउने राष्ट्रघातीहरूकाे भाषणमा ताली बजाउने झोले जनता रहुन्जेल नेपाल बन्दैन -रबि लामिछाने

अाजकाे सिधाकुरा जनतासँगमा उठान हुने विषयहरूमा बैङ्क अफ काठमाण्डुले अर्कैका फोटो र हस्ताक्षर राखेर अर्कैकाे तिन पुस्ते नाम निकाले ऋण लिएकाे, धर्म छोरा बनाएकाले नै श्रवणकुमारकाे करोडाै सम्पत्ति हत्याएर रोडमा फालेपछि न्यायका लागि लडिरहँदा विरामी परेकाले सहयोग गरिएकाे, सहकारीले विभिन्न बहानमा पैसा उठाएर भागेका र समाते पनि थोरै रकममा छुटेको, त्यस्तै साउदीकाे जेलमा परेका २८ जना नेपालीहरूकाे यो दुःखद कहानीहरू समावेश गरिएकाे छ ।

कर तिरि राख्ने तर समृद्धि सुशाषण नभएपनि चुपचाप बस्ने हामी जनता, हामी हिड्दा र डुल्दा खाल्डोमा परेर मर्ने हामी जनता, महंगी र कालाबजारीले अाकाश छुँदा पनि जति भन्यो त्यति नै तिर्ने हामी जनता, भूकम्पले घर ढलोस, वा बाढिले घर बगायोस, चाउचाउ खाएर अरबाै हसुर्नेहरूकाे भाषणमा ताली बजाउने हामी जनता, तीन बर्षमै ४ जना प्रधानमन्त्रीसँग हात मिलाएर दिक्क लागे पनि मुसुक्क हाँसेका मोदी र अब चीन तिरकाे तीर्थ यात्राकाे मिति तय सुन्न बसेका हामी जनता…. यस्तै हो नेपाली जनता ।

बैङ्क तथा वित्तिय सँस्थाबाट ठगिएकाहरूका लामो लाइन त एकातिर छदैछ तर बैङ्क अफ काठमाण्डुमा कहिल्यै सम्पर्क नभएका व्यक्ति कञ्चनपुरकि सुरेखा कार्कि जस्का नाममा बैङ्कले ऋण लिएकाे भनि कालो सूचिमा राखेकाे छ। यति मात्र होइन, नाम थर मिले पनि फोटो नमिलेपछि गरिएको निवेदनमा बैङ्कले यता र उता जानुस भन्दै बैङ्कले ठग्नै तम्तैयार भैरहन्छ । सुरेखा कार्किले तव थाहा पाइन जब उनका तीन पुस्ते पत्रिकामा निकाल्यो । कसैले गीता अाचार्यकाे फोटो राखेर सुरेखा कार्कीकाे नाममा अर्कै व्यक्तिले पैसा लिएर गाडी किनिसकेकाे रहेछ । अहिले सुरेखा बैंकका हेडअफिस र ब्रान्चमा फोटो र हस्ताक्षर फरक भएकाले यस्काे अनुसन्धान गर्न भनिरहँदा बैङ्क कर्मचारीले उल्टा थर्काइरहेकाे छ । न्यायका लागि नमरून्जेल लडने श्रवणकुमार शर्मा अहिले विरामी पर्दै, छोरा बनाएर पालेका एक व्यक्तिले शर्माजीलाइ ठगेर सबै सम्पत्ति हत्याएर अहिले बाटोमा फाले । यसैका लागि न्यूज २४ टिभी मार्फत उक्त घटनाकाे जगजाहेर गराइसकिएकाे र अहिले करोडपति शर्मा जी, अहिले रोडमा छन । उनकाे यस सहासमा साथ दिदै न्यूज २४ ले सहयोग सँकलन गरेकाे नीज शर्माकाे उपचार गराएर न्याय जिताउन अगाडि बढेकाे छ ।

टोलटोलमा खोलिएका सहकारीहरूले राम्रो काम गरेर उदाहरणीय काम पनि गरेका छन् । सहयोग लिएर कसैले जिवन उकासेका पनि छन् । तर कुनै कुनै सहकारीले चर्काे व्याजदरमा ऋण उपलब्ध गराएर लुट्दै अाएका छन् । कतिपय सहकारी त जनताहरूलाइ दैनिक बचत गर्न लगाउने तर करोडाै भएपछि ठगेर भाग्ने गरेका धेरै उदाहरूण हरू छन । कथमकदाचित उनिहरलाइ समातेर थुनिए पनि थोरै रकममा सञ्चालकहरूले उन्मुक्ति पाउने गरेका छन् । यस्तै धेरै सहकारीहरू सञ्चालकहरूले सर्वसाधारणलाइ ठग्दै गरेका छन । दश लाख ऋण लिएकाे केहि बर्ष भित्र बुझाउन जाँदा करोड बढिकाे हिसाव निकाल्न पछि नपर्ने सहकारीहरूकाे बारे यस्ता धेरै सहकारीबाट सावधानी अपनाउन जरूरी छ । अब फेरि सहकारीकै कारण घरवार विहिन बनेर बलिन्द्र अाँशु बहाइरकाहरू बारे सहकारी प्रमुखकाे धारणा भिडियोमा हेर्नुहाेला ।

पटक पटक दुतावासकाे सहयोग अपेक्षा गरे पनि कुनै सहयोग नपाएपछि न्यूज २४ लाइ खबर गरेका छन् । उनिहरू दशैका बेलामा रमाइला गरेका ती नेपालीहरू कोठामै रक्सी बनाएर पिएपछि कसैले सुराकि गरिदिएपछि उनिहरू जेल परेका थिए । नेपालका झापादेखि रोल्पासम्मका ती नेपालीहरूले बारम्बार उद्दार गरि नेपाल पठाइदिन साउदी अरेविया स्थित नेपाली दुतावासले सानो सहयोग गरिदिए उनिहरू नेपाल फर्कने पाउने अपेक्षा गरेका ती नेपालीहरूकाे अबकाे अाशा बनेकाे छ न्यूज २४ । यसका बारेमा साउदी अरेवियाका लागि नेपाली दुतावासका राजदुत महेन्द्र सिँहसँग गरिएकाे कुराकानी पनि अाजकाे भिडियोमा हेर्न सकिनेछ । अन्तमा न्यूज २४मा सहयोग गर्ने सँघसँस्था र व्यक्तिहरूका कारण उर्जा बढेपछि न्यूज २४कै सहकार्यमा नमुना बस्ती बनाउने योजना रहेको खबर र अहिलेसम्म् सहयोगीहरूकाे नाम पनि सुन्न सकिनेछ ।

नारायणगढ–मुग्लिन सडक बग्यो, हजारौं सवारी अलपत्रनिरन्तर परेको झरीले नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका– ...
31/08/2017

नारायणगढ–मुग्लिन सडक बग्यो, हजारौं सवारी अलपत्र

निरन्तर परेको झरीले नारायणगढ–मुग्लिन सडक अन्तर्गत इच्छाकामना गाउँपालिका– ६ चोरखोला नजिकै चारकिलोमा सडक बगाएको छ ।

त्रिसुली किनारतर्फको आधा सडक बगाएपछि हजारौं सवारी रोकिएका छन् । ९ मिटर चौडा सडकमध्ये ४ मिटर बगेको छ । करिव ५० मिटर लम्बाईमा सडक बगेको नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालले जानकारी दिए ।

आधा सडक बगेपछि एकतर्फी सवारी चलाउन पनि समस्या भएको छ । एकतर्फी सडक सञ्चालन गर्न पनि कम्तिमा ७ मिटर चौडा आवश्यक पर्ने खनालले बताए ।

दुवैतर्फ सवारी चाप बढेपछि खुलाउने पहलका लागि सरोकारवालाहरुले अध्ययन सुरु गरेका छन् । तर, रातभर परेको पानी नरोकिएकाले समस्या पैदा भएको छ ।

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गरी सरकारलाई बुध...
31/08/2017

निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाको १ सय ६५ र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्र निर्धारण गरी सरकारलाई बुधबार प्रतिवेदन बुझाएको छ । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा दुवै निर्वाचन एकैदिन तर दुई चरणमा मंसिर १० र २१ गते गराउने घोषणा गरिसकेको छ । निर्वाचन आयोगले चुनावका लागि यथाशीघ्र क्षेत्र निर्धारण प्रतिवेदन र निर्वाचन कानुनहरू माग गरिरहेका बेला क्षेत्र निर्धारणको काम पूरा भएको हो । सुरुमा दिइएको २१ दिन अवधि सकिएपछि थपिएको १५ दिनको अन्तिम दिन आयोगले प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको हो ।

संविधानसभा निर्वाचनमा अभ्यास गरिएको २ सय ४० वटा निर्वाचन क्षेत्रलाई संविधानअनुसार आयोगले १ सय ६५ क्षेत्रमा झारेको छ । प्रतिनिधिसभामा प्रत्यक्षतर्फ १ सय ६५ र समानुपातिकबाट १ सय १० जना गरी २ सय ७५ जना सांसद रहने संवैधानिक व्यवस्था छ ।

२१ जिल्लामा २, ७ जिल्लामा ३, ९ जिल्लामा ४, ३ जिल्लामा ५, एउटामा ६ र एउटामा १० वटा निर्वाचन क्षेत्र बनाइएको छ । जनसंख्यालाई ९० प्रतिशत भार दिइएकोमा आयोगका सदस्य प्रा. विश्वकल्याण पराजुलीले प्रतिवेदनमा आफ्नो असहमति राखेका छन् । उनले भूगोलको भार २० प्रतिशत हुनुपर्ने तर्क राखेका थिए । उनको असहमतिसहितको प्रतिवेदन आयोगले सरकारलाई बुझाएको हो । आयोग स्रोतका अनुसार त्यसो गर्दा तराईले विगतमा पाइरहेको प्रतिनिधित्व अझ घट्ने भएपछि त्यसलाई बहुमत सदस्यले अस्वीकार गरेका थिए । आयोगका अध्यक्ष दासले छलफलका क्रममा विभिन्न विचार र फरक मत आए पनि निर्णय भने सर्वसम्मत ढंगले भएको बताए । ‘काम गर्ने क्रममा केही असन्तुष्टिहरू आउँछन्, तर अहिले प्रतिवेदनमा कुनै प्रकारको विवाद छैन,’ प्रतिवेदन बुझाएपछि उनले भने । संविधानमा आयोगले निर्धारण गरेको क्षेत्र फेरबदल गर्न नपाइने तथा आयोगको काममाथि कुनै अदालतमा प्रश्न उठाउन नपाउने प्रावधान रहेकाले आयोगको प्रतिवेदनअनुसार नै क्षेत्रहरू कार्यान्वयनमा आउनेछन् । साथै, आयोगले निर्धारण गरेका क्षेत्रलाई २० वर्षपछि मात्रै पुनरावलोकन गर्न पाउने संवैधानिक व्यवस्था छ । सरकारले राजपत्रमा प्रकाशित गरेसँगै नयाँ निर्वाचन क्षेत्र कार्यान्वयनमा आउनेछन् । दासको अध्यक्षतामा गठित आयोगका सदस्यमा भूगोलविद् अधिकारी, समाजशास्त्री डा. पराजुली र प्रशासनविद् गणेशराज कार्की थिए । सदस्य सचिवमा सरकारका सचिव बेगेन्द्र शर्मा पौडेल थिए ।

Address

SUNWAL-4, NP
Sunwal

Alerts

Be the first to know and let us send you an email when Sunwaldailypost posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share