26/05/2022
इनरुवा अस्पतालका विषयमा हिजो र आज भएको घटनाका बारेमा सामान्य आँखाले हेर्दा र बुझ्दा यी कुरा मनन् गर्ने कि नगर्ने ?
१. आफ्नो मातहतको कर्मचारीले(डक्टरले)कुनै गल्ती गरेछ भने कार्यालयको विधि र र कानूनी कारवाहिको प्रक्रिया छ वा छैन् ?
२. छ भने मे.सु आफैले दुनियाँ भिड जम्मा गरेर सार्वजनिक रुपमा भिडियो समेत खिच्न लगाएर आफै समान डक्टरलाई वेईज्जत र निरुत्साहित गर्नु कहाँको महानता र कुशल प्रशासकीय क्षमता हो ?
३. युनिफर्म नलाएको, चप्पल लगाएको जस्ता सानो सानो निहुँ वनाएर वाहियात आरोप लगाउने मेसुले आफुले चाहिँ पोशाक भत्ता बुझेर ड्रेस खै लगाएको ? २४ सै घण्टा अस्पतालमै टाँसिएको घरमा रहने र जतिवेला पनि सहज उपलब्ध हुने डा.अमितले जतिवेलै टाईसुट र जुत्ता लगाएर अस्पताल जान सम्भव होला ? मेसुलाई जुत्ता चाहिएको हो कि उपचार ?
४. इनरुवाका जनता सहनशील र सोझा छन् भन्ने कुराकाे लाभ लिएर हिरोगिरी देखाउने र अरुलाई राजनीतिक रुपमा प्रयोग गरी हाँस्यस्थलको रुपमा अस्पताललाई विवादमा ल्याइदा भएको राजनिती याहाँका वास्तविक जनताले बुझेका छन् भन्नेमा सचेत हुने कि नहुने?
५. वीमाको औषधी खै पाईएको, सुलभ रुपमा खै रिफर सेवा दिएको , भिडियो एक्सरे खै नियमित संचालन गरेको , ल्याव र एक्सरे सेवा खै २४ घण्टा उपलब्ध र व्यवस्थित गराएको ? अस्पतालको गेट आकर्षक र वाटो पिच गरेर २/४ जाना गार्डको सेलुट खाँदैमा अस्पताल सुधार भएको मानिन्छ र ? इनरुवा वासिलाई उपचार चाहिएको हो, सस्तो प्रचारवाजी ,वजारी हल्ला र तडकभडक हैन।
६. अस्पतालमा डक्टरहरुले आफ्नो सहकर्मी माथी भएको दुर्व्यवहार र सार्वजनिक वेईज्जती विरुद्धमा गरेकोे OPD बन्द यस्तै स्वार्थी र सन्की मेसुका कारणले भएको भन्ने कोणवाट पनि वुझ्ने कि नबुझ्ने ?
७. माथि देखाइएको पहिलो फोटो कुनै तानाशाही शाशकले निरीह कारिन्दालाई झम्टिएको झैँ देखिन्छ भने अर्को फोटोमा इनरुवा अस्पतालले पुरुषको समेत गर्भावस्था जाँच गर्न लगाएको प्रमाण वाट अस्पताल र त्याहाँका प्रशासकको वास्तविक रुप उजागर हुँदैन र?
८. सवै सरोकारवालाहरु जिम्मेवार वनौ, सवैको आत्मसम्मानको रक्षा गरौँ, पदिय मर्यादाको ख्याल गरौँ , कसैको स्वार्थ पूर्तिकाे साधन नबनौँ, कसैबाट उपयोग नहौँ, डक्टर अमित इनरुवाकाे नै छोरो र जिम्मेवार चिकित्सक पनि हो जसले जागिर नरहेको वेला पनि स्थानियहरुलाई सेवा दिईरहेको थियोे र दिनेछ भन्ने कोणवाट पनि हेरौं।
हामीलाई सुलभ उपचार चाहिएको छ, अनावश्यक विवाद र राजनीति हैन। जय इनरुवा अस्पताल !!