Santosh official

Santosh official News and Notice
https://youtube.com/

सिन्धुलीमा डढेलो नियन्त्रण गर्न ड्रोनबाट निगरानीप्रकाशित मिति : सोमवार, बैशाख २४, २०८१ सिन्धुली साैगात संवाददातासिन्धुली...
06/05/2024

सिन्धुलीमा डढेलो नियन्त्रण गर्न ड्रोनबाट निगरानी
प्रकाशित मिति : सोमवार, बैशाख २४, २०८१
सिन्धुली साैगात संवाददाता

सिन्धुली– सिन्धुलीमा डढेलो नियन्त्रण गर्न वनमा ड्रोन उडाउन सुरु गरिएको छ । डिभिजन वन कार्यालय मरिणले वनमा डढेलो लगाउने व्यक्ति पहिचानका लागि स्थानिय तहसँग समन्वय गरेर वनमा ड्रोन उडाउन थालेको हो ।

जंगलमा लाग्ने अधिकांश डढेलो मानवीय कारणले भएको भन्दै नियन्त्रणका लागि वनमा ड्रोन उडाउन सुरु गरेको डिभिजन वन कार्यालय मरिणका प्रमुख अजय मानन्धरले बताउनुभयो । उहाँका अनुसार ड्रोनको सहायताले डढेलो लगाउने व्यक्ति पहिचान हुनेछ । ‘जंगलमा ९६ प्रतिशत बढी डढेलो मानवीय कारणले भइरहेको छ । ड्रोनले जंगलको सबै भिडियो कैद गर्छ, भिडियोमा सबै प्रष्ट देखिने भएकाले जंगलमा आगो सल्काउने व्यक्ति पहिचान गर्न सजिलो हुन्छ । अधिकांश वन डढेलो मानवले जानाजानी लगाएका हुन्छन्, मानवीय गतिविधि नियन्त्रण गर्नका लागि पनि वन क्षेत्रमा ड्रोनबाट निगरानी गर्नु उचित हुन्छ’ उहाँले भन्नुभयो । नेपालमा ६४ प्रतिशत डढेलो मानिसले जानीजानी लगाउने गरेका छन् भने ३२ प्रतिशत लापर्बाहि र ४ प्रतिशत विविध कारण डढेलो लाग्ने गरेको एक अध्ययनले देखाएको छ ।

चुरोट सल्काएर सलाइको काँटी तथा चुरोटको ठुटा जंगलमा फाल्ने, जंगलमा घाँस पलाउने भन्दै जानाजानी आगो लगाउने लगायत मानवीय गतिविधिका कारण जंगलमा आगो लाग्ने गरेको डिएफओ मानन्धरले बताउनुभयो । मानवीय कारणले लाग्ने डढेलो नियन्त्रणका लागि स्थानिय तहसँग समन्वय गरेर ड्रोन उडाउन थालेको उहाँ बताउनुहुन्छ । ‘हाम्रो मुख्य उद्धेश्य भनेको वनमा मानवीय कारणले डढेलो लाग्न नदिनु हो । जिल्लाका चार पालिकासँग समन्वय गरेर ड्रोनबाट वनमा आगो लगाउने व्यक्तिको निगरानी गरेका छौँ’, उहाँले भन्नुभयो । स्थानिय सरकारसँग ड्रोन भएकाले डढेलो नियन्त्रण गर्न नविनतम कदमको सुरुवात गरिएको डिएफो मानन्धरले बताउनुभयो ।
आइतबार हरिहरपुगढी गाउँपालिका क्षेत्रको वनमा ड्रोनबाट डढेलो लगाउने व्यक्तिको निगरानी गरिएको थियो । झण्डै दुइ देखि तीन घण्टा सम्म वनमा ड्रोन उडाइएको थियो । डिभिजन वन कार्यालय मरिण मातहत पर्ने मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, घ्याङलेख गाउँपालिका र सुनकोशी गाउँपालिकामा ड्रोनबाट डढेलो लगाउने व्यक्तिको निगरानी हुने डिएफो मानन्धरले बताउनुभयो । ड्रोनको सहायताले वनमा आगो सल्काउने व्यक्तिको पहिचान गरि कारबाहि गरिने उहाँ बताउनुहुन्छ । ‘यति नगरे जंगलमा गएर आगो लगाउने गतिविधि नै रोकिएन । आगो लगाउनेलाई कारबाहीको दायरामा ल्याउनका लागि पनि ड्रोनले सहज हुनेछ । ड्रोनसँगै वन व्यवस्थापनको क्रियाकलापलाई उच्च प्राथमिकता दिनेछौँ’, उहाँले भन्नुभयो । मानिसले जानाजानी जंगलमा आगो लगाउन थालेपछि नियन्त्रणका लागि ड्रोनबाट निगरानी गरेको उहाँले बताउनुभयो । साथै, डढेलो लगाउने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन प्रविधिको प्रयोग गरिएको उहाँको भनाई छ ।

जंगलमा आगो लगाएमा कानुनी कारबाहीको व्यवस्था छ । वन ऐन, २०७६ को दफा ४९ को ‘घ’ मा राष्ट्रिय वनमा आगो लगाउने वा आगलागी हुन जाने कुनै कार्य गरेमा सजाय हुने व्यवस्था गरिएको छ । यस कसुर गर्नेलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा रु ६० हजारसम्म जरिवाना वा दुवै सजाय हुने ऐनमा उल्लेख छ ।

यस वर्ष सिन्धुलीमा चार हजार बढी हेक्टर भन्दा बढि क्षेत्रफलमा आगलागी भएको छ । डिभिजन वन कार्यालय सिन्धुली र डिभिजन वन कार्यालय मरिणको तथ्यांक अनुसार जिल्लाको नौँ पालिकाको चार हजार तीन सय ८० हेक्टर वनमा डढेलो लागेको हो । नौ स्थानिय तह मध्ये सबै भन्दा बढी तीनपाटन गाउँपालिकाको जंगलमा डढलो लागेको छ । तीनपाटनमा २ हजार १ सय १ हेक्टर क्षेत्रफल जङ्गलमा डढेलो लागेको छ ।

त्यस्तै, कमलामाई नगरपालिकाको भिमानको जंगलमा ९ सय २० हेक्टर क्षेत्रफल, शिद्धेश्वर २ सय ८७ हेक्टर र रानिबासको १ सय ३३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ । हालसम्म दुधौलीको हर्षाही लगायत विभिन्न जङ्गलमा २८ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने गोलन्जोरको १ सय ३ हेक्टर जङ्गल डढेलोले प्रभावित भएको र फिक्कलको ३ सय ३५ हेक्टरमा आगो लागेको छ । सुनकोशी गाउँपालिका ५ हरियाली सामुदाकि वनमा १ सय हेक्टर, सुनकोशी गाउँपालिका ३ को राष्ट्रिय बनमा ८० हेक्टर र घ्याङलेख गाउँपालिकामा ९० हेक्टर बनमा डढेलो लागको छ ।

यसैबिच, उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी गरी तत्काल कारबाही गर्न निर्देशन दिनुभएको छ । मन्त्री लामिछानेले गृह मातहतका निकाय र सुरक्षा अधिकारीलाई निर्देशन दिँदै भन्नुभयो, “केही मान्छेका कारण आगलागीले वन र बस्ती सखाप भइरहेको छ । आगलागीले विपद्कै रुप लिइसक्यो तर आगो लगाउनेको अक्सर पहिचान हुँदैन । पहिचान भएका पनि कानुन मातहत आएका छैनन् होला । वनमा आगो लगाउनु अपराध हो । अपराध गर्नेलाई कानुनअनुसार कारबाही हुनुपर्छ । त्यसतर्फ गम्भीर र सक्रिय भएर लाग्नूहोला ।” आगो लगाउनेलाई कारबाही र आगो लगाउनेको सूचना दिनेलाई पुरस्कृत गर्नुपर्ने मन्त्री लामिछानेको भनाइ छ । यही वैशाख २१ गते बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको २२औँ बैठकले पारित गरेको ‘विपद्बाट प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि–२०८१’ अनुसार आगलागी पीडितले पनि अस्थायी आवास निर्माणका लागि दुई किस्तामा गरी रु ५० हजार अनुदान पाउनेछन् ।

सिन्धुलीमा किताब बोकेको ट्रक दुर्घटनाप्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०८१ सिन्धुली साैगात संवाददातासिन्धुली– सिन्धुली...
19/04/2024

सिन्धुलीमा किताब बोकेको ट्रक दुर्घटना
प्रकाशित मिति : शुक्रबार, बैशाख ७, २०८१
सिन्धुली साैगात संवाददाता

सिन्धुली– सिन्धुलीमा बिहिबार बिहान सरकारी स्कुलको किताब बोकेको ट्रक दुर्घटना भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका ७ भालुखोला नजिक विपी राजमार्गबाट ४५ मिटर तल ट्रक खस्दा तीनजना घाइते भएको छन् ।

काठमाडौँबाट खोटाङ हलेशी तर्फ आउदै गरेको बा ५ ख ७१४० नम्बरको ट्रक आफै अनियन्त्रित भई सुनकोशी खोलाको किनारमा खसेको बागमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । ट्रकमा सवार तीनैजनाको अवस्था मध्यम रहेको छ । ट्रक दुर्घटना हुँदा सिन्धुलीको फिक्कल गाउँपालिका ६ का ३३ वर्षिय गंगालाल तामाङको बाँया खुट्टा र टाउकोमा चोट लागेको छ । त्यस्तै, सोही ट्रकमा सवार २१ वर्षिय सन्तोष तामाङको टाउको, बाँया हात र बाँया खुट्टामा चोट लागेको छ । ट्रकमा सवार उदयपुर गढी गाउँपालिका ५ का १७ वर्षिय केशव कोईरालाको बाँया खुट्टा र बाँया आँखामा चोट लागेको प्रहरीले बताएका छ Sindhuli Saugat सिन्धुली खबर - Sindhuli Khabar Hello सिन्धुली हाम्रो सिन्धुली 🇳🇵 Sindhuli News सन्तोष थापा

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,राजा खराब भो ,म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,जनतन्त्र हराम भो ,म जनता हुँदा ...
10/04/2024

म राजा हुँदा , लोकतन्त्र चाहियो भन्छु ,
राजा खराब भो ,
म गणतन्त्र आउँदा राजा चाहियो भन्छु ,
जनतन्त्र हराम भो ,
म जनता हुँदा नेता बन्न खोज्छु ,
नेता बन्दा जनता लडाउछु ,
कम्जोर हुँदा बलियो लाई रोज्छु ,
बलियो हुँदा आफै हराउछु !

म आफै आफ्नो शत्रु , म आफै दबाब हुँ !
म अरुलाई के भनम ,म आफै खराब छु!!

-B***n Shah

विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरह...
15/02/2024

विगत केहि महिनादेखि काठमाण्डौ महानगरले खुलामञ्चमा प्लास्टिकको दुबोसहितको ५ करोडमा खेल मैदान बनाउदै छ भनेर समाचारहरू आइरहेका छन् । महानगरका सम्बन्धित कर्मचारी, विज्ञ तथा मेयरका सचिवालयबाट नै जानकारी दिदा पनि त्यस्ता समाचारहरू निरन्तर आइरहनु दुखद छ । यसले आममानिसमा भ्रम श्रृजना गरेको पाइयो ।

हाम्रो सँधैको चाहना छ कि खुलामञ्च सँधै खुल्लै हुनु पर्छ । त्यो कुनै समूह वा कुनै एककार्यका लागि मात्र नभएर बहुउपयोगी महत्वको बनोस् भन्नेमा हामी सचेत छौँ ।

खुलामञ्च यस्तो ठाउँ बनोस्, जहा :
- बिहानै हात फैलाएर मर्निङ वाक गर्न सकियोस्,
- योग गर्नेहरू निर्धक्क योगासन र ध्यान गर्न सकून्,
- बच्चाहरू खेल्न पाउन्,
- दिउँसो भलाकुसारी गर्दै आनन्दको समय बिताउन पाइयोस्,
- प्रदर्शन, बिरोध र रचनात्मक कार्यक्रमहरु त्यहि खुलामञ्चमा राख्न पाइओस् ।

यहि योजनालाई सार्थक बनाउन हामीले विगत १० महिनादेखि खुलामञ्चमा थुप्रिएका करिब १० लाख केजी भन्दा बढि कंक्रिट हटाउने काम सकाएका छौँ । खुलामञ्चलाई खुलारूपमा सहज बनाउने प्रक्रियाको अर्को चरणमा हामी छौँ ।

तर, यी कुनै कुरा परख नगरी कसैले अञ्जानमा वा नियतवश फैलाएका समाचार र धारणाहरूमा मिथ्या जानकारीहरू छन् । उपभोक्ता समितिबाट काम हुँदैछ पनि भन्ने अनि ५ करोडको मैदान बन्दैछ पनि भन्ने किसिमका समाचारहरु पनि देखिए । त्यस्ता धारणा राख्नेहरूलाई ५ करोडको बजेट उपभोक्ता समितिमार्फत जान पाउँदैन, ठेक्का नै लगाउनु पर्छ भन्ने सामान्य ज्ञान समेत बुझेको वा प्रश्न गरेको देखिएन ।

यति कुरामा निश्चिन्त हुन आग्रह गर्दछौँ कि, हामी छउञ्जेल खुलामञ्च सँधै सबैका लागि खुल्ला हुन्छ । हामी खुलामञ्च मात्र नभइ टुडिखेल पनि खुल्ला गर्ने प्रक्रियामा गइसकेका छौँ । जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन । हामी कुनै पनि किसिमले अतिक्रमित धेरै भन्दा धेरै ठाउँ खुल्ला गर्ने प्रक्रियामा गइसकेको छौँ, जुन कुरा मिडिया र अभियन्ताहरूको नजरमा कहिलै परेन वा सकारात्मक मानिएन । सार्वजनिक सम्पति विपत्त र विशेष अवस्थाका लागि बाहेक अन्य कुनै पनि समयमा जे उपयोगीताका लागि बनाइएका हुन्, त्यसकै लागि प्रयोग हुनु पर्छ भन्नेमा बहस भइरहनु अचम्मलाग्दो छ ।

खुल्लामञ्चमा बसपार्क बनाउने होइन । सडकमा जतासुकै बाटो काट्ने होइन व्यापार गर्ने हैन । फुटपाथमा व्यापार व्यवसाय गर्ने होइन । खोलामाथि घर बनाउने होइन । खोला किनारमा वस्ति बसाएर पुस्तौँसम्म परिचय नै सुकुम्बासी बनाइराख्ने होइन । सार्वजनिक सम्पतिमा आँखा लाउने होइन । खुलामञ्च होस् कि फुटपाथ होस्, ललिता निवास होस् कि बालमन्दिर होस् कि जेपी स्कुल होस् वा अरू कुनै पनि व्यक्तिका नाममा वा संस्था मासिने गरेर प्रयोगमा जानु हुन्न । यस्ता सार्वजनिक महत्वका कुरा बुझाउन पनि उर्जा खर्चिनु पर्ने अवस्था आउनुले समाजको अवस्था सायद छर्लङ्ग पारेको छ ।

यी बिषयहरुमा मिडिया र अभियन्ताहरू जत्ति नै हामीलाई पनि चिन्ता, चासो र सजगता छ । यो कुरामा विश्वास गरिदिनु हुनेछ भन्ने आशा गर्दछौँ । त्योसँगै तीन तहको सरकार रहेको प्रणालीमा हरेक सरकारका आफाफ्ना जिम्मेवारी र सीमा छन् भन्ने बुझिदिनुहोला । र, सबै भन्दा मुख्य कुरा, कमजोरहरु, सत्ताको विपक्षमा रहेकाहरू सँधै सहि हुन्छन् भन्ने 'बर्बरिक सिन्ड्रोम' बाट मुक्त भई लोकतान्त्रिक किसिमले बनेका कानूनी व्यवस्था लागू गर्न साथै रहिदिनु हुनेछ भन्ने आशा र आग्रह गर्दछौँ ।

हामी खुल्ला खुल्ला मन्चमात्र हैन फराकिलो काठमाडौ बनाउने बाटोमा छौ ।Sindhuli Saugatसिन्धुली खबर - Sindhuli KhabarHello सिन्धुली

मेयर बालेन शाह भन्छन्, " हामीले १ जनालाई propose गर्दा no भन्यो भने अरु १०-१०० जनालाई propose गरौँ, त्यही १ जनाको लागि म...
09/02/2024

मेयर बालेन शाह भन्छन्, " हामीले १ जनालाई propose गर्दा no भन्यो भने अरु १०-१०० जनालाई propose गरौँ, त्यही १ जनाको लागि मरिहत्ते नगरौँ।"

६ महिनामा सवारी दुर्घटनामा परी १ हजार १३७ जनाको मृत्यु१९ माघ २०८०, शुक्रबार ०६:५५ चालु आर्थिक वर्षको छ महिनामा देशभर भएक...
04/02/2024

६ महिनामा सवारी दुर्घटनामा परी १ हजार १३७ जनाको मृत्यु
१९ माघ २०८०, शुक्रबार ०६:५५


चालु आर्थिक वर्षको छ महिनामा देशभर भएका सवारी दुर्घटनामा एक हजार १३७ जनाको मृत्यु भएको छ।

साउनदेखि पुस मसान्तसम्म ज्यान गुमाउनेमा पुरुष ८५४, महिला २०९, बालक ५० र बालिका २४ रहेका प्रहरी प्रवक्ता, डीआईजी भीमप्रसाद ढकालले जानकारी दिए।

दुर्घटनामा १६ हजार ३३५ जना घाइते भएका छन्। त्यसमा तीन हजार २१३ गम्भीर र १३ हजार १२२ जना सामान्य घाइते छन्। “डिजिटल प्रविधि, सीसीटिभी जडान, ट्राफिक लाइट, मापसे चेकिङलगायतलाई प्रहरीले प्राथमिकता दिएको छ। योसँगै दुर्घटना कम हुने विश्वास छ,” उनले भने।

सो अवधिमा देशभर १२ हजार ८५६ वटा सवारी दुर्घटना भएका छन्। काठमाडौँ उपत्यकामा पाँच हजार ८६५, कोशी प्रदेशमा एक हजार ६३९, मधेशमा तीन हजार १९०, बागमतीमा ७०६, गण्डकीमा १९५, लुम्बिनीमा ६०६, कर्णालीमा ४९५ र सुदूरपश्चिम प्रदेशमा १६० सवारी दुर्घटना भएका छन्।

दुर्घटनामा १० हजार ३५३ वटा सवारी साधनमा क्षति पुगेको प्रहरीको तथ्यांक छ। सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल रहेको छ।

तीव्र गति, यात्रुले बाटो काट्दा, मापसे र लापसे, ट्राफिक नियम उल्लंघन, सवारी चालक अनुमतिपत्र प्राप्त नहुनु, ओभरटेक, ओभरलोड, ब्रेक फेल, मोबाइल फोनको प्रयोग, यान्त्रिक गडबडी, झुन्डिएर यात्रा, जीर्ण तथा कच्ची सडक, उकालो ओरालो, हुस्सु र कुहिरो, बाढीपहिरो र चौपायालगायत कारणले दुर्घटना हुने गरेको डीआईजी ढकालको भनाइ छ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले दुर्घटना बढी हुने स्थानमा निरन्तर चेकजाँच गर्ने, सचेतनामूलक चिह्न राख्नेलगायत काम गरिरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टले बताए।

उपत्यकाका साँघुरा सडकमा तीव्र गतिमा सवारी साधन चलाउँदा बढी दुर्घटना हुने गरेको उनको भनाइ छ।

ट्राफिक प्रहरीले गत ६ महिनामा मापसेविरुद्धको कारबाहीबाट ४ करोड रुपैयाँ राजस्व संकलन गरेको  छ । 😲 सिन्धुली खबर - Sindhuli...
01/02/2024

ट्राफिक प्रहरीले गत ६ महिनामा मापसेविरुद्धको कारबाहीबाट ४ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । 😲 सिन्धुली खबर - Sindhuli KhabarSindhuli SaugatHello सिन्धुलीSindhuli Newsहाम्रो सिन्धुली 🇳🇵B***nSantosh official

सिध्र स्वास्थ्यलाभको कामनासिन्धुलीमा अटो दुर्घटना हुँदा तिन जना घाईतेप्रकाशित मिति : बिहिबार, माघ १८, २०८० सिन्धुली साैग...
01/02/2024

सिध्र स्वास्थ्यलाभको कामना

सिन्धुलीमा अटो दुर्घटना हुँदा तिन जना घाईते
प्रकाशित मिति : बिहिबार, माघ १८, २०८०
सिन्धुली साैगात संवाददाता

सिन्धुली – सिन्धुलीमा अटो दुर्घटना हुँदा तिन जनाको घाईते भएका छन । चियावारीबाट सिन्धुली बजार तर्फ आउदै गरेको ना १ ह ५०६९ नम्बरको अटो कमलामाई नगरपालिका वडा नं.४ ढुंग्रेवासमा बुधवार राती ८ बजे आफै अनियन्त्रित भई सडकमै पल्टि दुर्घटना हुदा तिनजना घाईते भएको बगमती प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइते हुनेमा अटो चालक कमलामाई नगरपालिका ७ तल्लो रामपुर बस्ने वर्ष ४० को अर्जुन कार्कीको दायाँ खुट्टा र शरिरको भित्री भागमा चोट अवस्था मध्यम र सोही अटोमा सवार ऐ.ऐ बस्ने वर्ष ३८ कि लक्ष्मी कार्की (चालकको श्रीमति)गाला र खुट्टमा चोट सामान्य,र जिल्ला महोतरी गौशला नगरपालिका वडा नं ३ बस्ने वर्ष१५ कि नम्रता पौडेलको बायाँ खुट्टा र टाउकोमा चोट सामान्य रहेको र तिनै जना घाईतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भई रहेको,प्रहरीले जनाएको छ ।सिन्धुली खबर - Sindhuli KhabarSindhuli SaugatHello सिन्धुलीSindhuli Newsहाम्रो सिन्धुली 🇳🇵सन्तोष थापाB***n

सिन्धुलीमा बाईक आतंकसिन्धुलीवासिलाई तर्साउने मोटरसाइकललाई कार्वाही गरप्रकाशित मिति : बुधबार, माघ १७, २०८० सिन्धुली साैगा...
31/01/2024

सिन्धुलीमा बाईक आतंक

सिन्धुलीवासिलाई तर्साउने मोटरसाइकललाई कार्वाही गर
प्रकाशित मिति : बुधबार, माघ १७, २०८०
सिन्धुली साैगात संवाददाता

बिहानको समय कुखुरा बाँस्दा समेत निन्द हराम हुने गर्दछ । अझै मानविय यन्त्रले चर्को आवाज निकालेपछि त झन निन्द हरामसँगै रक्तचाप बढ्ने गरेको सिन्धुलीको सदरमुकाममा रहेका नागरिकले गुनासो गरेका छन् । जिल्लाको व्यस्त व्यापारिक केन्द्र कमलामाई नगरपालिकाको ४, ५, ६ र ७ नम्बर वडामा मोटरसाइकल आतंकबाट स्थानिय त्रसित भएको अवस्था छ । ध्वनि प्रदर्शनसँगै तिव्र गतिका कारण पैदलयात्री डराईडराई हिँड्नुपरिरहेको छ । पछिल्लो समय जिल्लामा ठूलो आवाज निकाल्ने मोटरसाइकलको संख्या बढिरहेको स्थानियले गुनासो गरेका छन् । केहि बाईकको आवाज बन्दुकको गोली पड्कीदा आउने आवाज जस्तै सुनिन्छ । ध्वनि प्रदर्शन रोकथाम गर्न ‘हर्न निषेध’ गर्ने नियमनकारी निकायले जिल्लाको सदरमुकाममै निर्वाध रुपमा गुड्ने चर्को आवाजका मोटरसाइकललाई नियन्त्रणमा लिन नसक्नु दुखद पक्ष हो । तसर्थ, वास्तविक आवाजलाई परिमार्जित गरि ठूलो आवाज निकाल्ने मोटरसाइकललाई निगरानिमा राखेर कार्वाहीको दायरामा ल्याउन जिम्मेवार निकाय गम्भिर हुन जरुरी छ ।
सदरमुकाम सिन्धुलीमाढीकै भित्रि सडकहरुमा मोटरसाइकल र अन्य सवारीसाधनको आतंक मच्चिएको छ । तिव्र गति र ध्वनि प्रदर्शनले त्राससँगै स्थानियको स्वास्थ्यमा समेत समस्या देखिएको छ । स्थानिय सरकार र सडक कार्यालयले न्युनतम सडक सुरक्षाको समेत ख्याल नगर्दो वर्षेनि बालबालिका र पैदलयात्रीले ज्यान गुमाईरहेको अवस्था छ । जोखिमयुक्त स्थानमा ‘कन्केभ ऐना’ राख्न नागरिकले बारम्बार ताकेता गर्दा समेत जिम्मेवार निकाय पन्छिने गरेका छन् । सडक सबैको साझा हो । तसर्थ, पैदलयात्रीलाई सुरक्षित हिँड्न मिल्ने गरि सडक सुरक्षाप्रति ख्याल गर्न जिम्मेवार निकाय गम्भिर हुनुपर्दछ । अतः ध्वनि प्रदर्शनसँगै वातावरण प्रदुषण गर्ने र तिव्र गतिमा गुड्ने मोटरसाइकल सहित अन्य सवारीसाधनलाई नियन्त्रणमा लिन सम्बन्धित निकायले बेलैमा चासो देखाउनुपर्दछ ।
New update सिन्धुली खबर - Sindhuli KhabarSindhuli SaugatHello सिन्धुलीSindhuli News

Help post 🙏❤️!!   सिन्धुलिको मरिण गाउंपालिका . ४ सुकेखोला भटि चोक घर भएको    माया तामाङ नाम बताउने - वर्ष १२ को बुबाको न...
29/01/2024

Help post 🙏❤️!!
सिन्धुलिको मरिण गाउंपालिका . ४ सुकेखोला भटि चोक घर भएको माया तामाङ नाम बताउने - वर्ष १२ को बुबाको नाम बुद्द गोले , आमाको नाम कान्छी माया
चन्द्रागिरी नगरपालिकामा भेटिएकोले मरिन धमिले पुलिस चोकी नजिकै घर रहेको भन्ने गर्छिन तेहि आसपास घर हुने वा चिन्नु हुनेले
परिवारको सदस्य सम्म पुराई दिनुहुन अनुरोध । 🙏

9851283009 थानकोट प्रहरी चोकी मा सम्पर्क गर्नु होला ।Sindhuli Saugatहाम्रो सिन्धुली 🇳🇵सिन्धुली खबर - Sindhuli KhabarHello सिन्धुली

प्रधानमन्त्रीको हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड बनाईयोसिन्धुलीमा प्रधानमन्त्री प्रचण्ड आउदैँप्रकाशित मिति : सोमवार, मा...
29/01/2024

प्रधानमन्त्रीको हेलिकोप्टर ल्याण्ड गर्न हेलिप्याड बनाईयो

सिन्धुलीमा प्रधानमन्त्री प्रचण्ड आउदैँ
प्रकाशित मिति : सोमवार, माघ १५, २०८०
सिन्धुली साैगात संवाददाता

सिन्धुली– प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आगामी माघ २० गते सिन्धुली आउनुहुने भएको छ । जिल्लाको दुधौली नगरपालिका वडा नम्बर ५ स्थित सिर्थौलीमा निर्माण भएको नगर अस्पतालको भवन उद्घाटनकालागि प्रधानमन्त्री दाहाल सिन्धुली आउन लाग्नुभएको हो ।
संघीय सरकारको भ्याटबाहेक करिब १६ करोड रुपैँयाको लागतमा दुई तलाको अस्पताल भवन निर्माण गरिएको दुधौली नगरपालिकाको प्रमुख दिनेश अधिकारीले बताउनुभयो । उक्त अस्पतालको २०७७ मंसिर १५ गते शिलान्यास भई निर्माण सुरु गरिएको थियो । करिब एक बिघा जग्गामा १५ शय्याको अस्पताल निर्मण भएको मेयर अधिकारीले बताउनुभयो । आगामी दिमा १५ शय्या बेडको अस्पताललाई विस्तार गरि २५ शय्या बनाउने योजना रहेका नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार सिर्थौलीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई विस्तार गरी नगर अस्पताल बनाइएको हो ।

दुधौली नगरपालिाकको उप–प्रमुख थारुका अनुसार अस्पताल निर्माणसँगै स्थानीयमा उत्साह छाएको छ । उहाँले भन्नुभयो, ‘अस्पताल बनेको ठाउँमा पहिलो प्राथमिक स्वास्थ्य केन्द्र रहेको र सुत्केरी, गर्भ जाँच, नियमित खोप, ल्याब, सर्पदंश उपचार, स्वास्थ्य बिमा लगायतका सेवाहरु सञ्चालन भइरहेको छ ।’ जिल्लाका अन्य स्थानीय तहले पनि धमाधम १५ शय्याको अस्पताल धमाधम बनाउँदै छन् । नौँ वटा स्थानीय तहमध्ये जिल्ला सदरमुकाम समेत रहेको कमलामाई नगरपालिकाको सिन्धुलीमाढीमा सबैभन्दा ठुलो सुविधासम्पन्न सिन्धुली अस्पताल छ । हाल ५० शय्या रहेको उक्त अस्पताललाई क्षमता विस्तार गरी एक सय शय्या बनाउन लागिएको अस्पताल विकास समितिका अध्यक्ष सतीशचन्द्र ढकालले जानकारी दिनुभयो । बाँकी अन्य आठ वटा स्थानीय तहले पनि नागरिकलाई स्थानीयस्तरमा नै आधारभूत स्वास्थ्य सेवाको सुविधा दिन धमाधम १५ शय्याको अस्पताल निर्माण गरेको सम्बन्धित स्थानीय तहले जनाएका छन् । सबैभन्दा पछि मरिण गाउँपालिकाले गत साउनदेखि उक्त अस्पताल बनाउन सुरु गरेको हो ।

मरिण गाउँपालिका–७ महेश्वतामा १५ शय्याको अस्पताल भवन निर्माणका लागि शिलान्यास भएर धमाधम निर्माण भइरहेको गाउँपालिका अध्यक्ष विमर्श मुक्तान ‘प्रख्यात’ ले जानकारी दिनुभयो । जग्गा विवादका कारण दुई वर्षदेखि १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको काम रोकिएको सुनकोशी गाउँपालिकामा अहिले निर्माण प्रक्रिया अगाडि बढेको गाउँपालिकाले जनाएको छ । गोलञ्जोर गाउँपालिकामा पनि उक्त अस्पताल निर्माणका लागि नक्सा (डिजाइन) पूरा भई टेण्डर प्रक्रियामा छ । फिक्कल गाउँपालिका–३ चनौटेमा दुई वर्षदेखि १० शय्याको अस्पताल भवन निर्माणाधीन अवस्थामा छ । भवन निर्माणको काम अन्तिम चरणमा पुगेको गाउँपालिकाले जनाएको छ । हरिहरपुरगढी गाउँपालिका–२ रतनपुरमा पनि १५ शय्याको आधारभूत अस्पताल निर्माणाधीन छ । घ्याङलेख गाउँपालिका–३ सोलाभञ्याङमा डिपिआर भएको वर्ष दिन बितिसक्दा पनि अस्पताल भवन निर्माणको काम अगाडि बढ्न सकेको छैन । जग्गा विवादका कारण रोकिएको निर्माणकार्य चाँडै सुल्झाएर अगाडि बढाइने पालिकाले जनाएको छ ।

जिल्लाको तीनपाटन गाउँपालिकाले चकमके बजारमा पनि संघीय सरकारको १७ करोड ९१ लाख रुपियाँको लागतमा दुई वर्षदेखि १५ शय्याको आधारभूत अस्पताल निर्माण गरिरहेको छ । गाउँमा रहेको प्रथामिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा परिणत गरी भवन बनाउन सुरु गरिएको र अब एक वर्षभित्र सक्ने योजना रहेको गाउँपालिकाले जनाएको छ ।

सिन्धुलीमा कति धेरै पैसासिन्धुलीबाट एकै दिन ९८ हजार राजश्व संकलनप्रकाशित मिति : सोमवार, माघ १५, २०८० सिन्धुली साैगात संव...
29/01/2024

सिन्धुलीमा कति धेरै पैसा

सिन्धुलीबाट एकै दिन ९८ हजार राजश्व संकलन
प्रकाशित मिति : सोमवार, माघ १५, २०८०
सिन्धुली साैगात संवाददाता

सिन्धुली– सिन्धुलीमा ट्राफिक कार्वाहीमा एकै दिन ९८ हजार बढि राजश्व संकलन भएको छ । जिल्ला ट्राफिक कार्यालय सिन्धुलीले आइतबार जिल्लाबाट १३६ जनालाई कार्वाही गरे वापत ९८ हजार पाँच सय रुपैँया राजश्व संकलन गरेको हो ।
आइतबार कागजपत्र साथमा नभएका ३० जनालाई कार्वाही गर्दा २० हजार रुपैँया राजश्व संकलन भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । त्यस्तै, मादकपदार्थ सेवन गरि सवारीसाधन चलाउने तीनजनाबाट तीन सय रुपैँया, परमिट नभएका छ जनाबाट छ हजार रुपैँया, ओभरलोड गरि सामन बोकेक छ वटा गाडीबाट छ हजार, सिटबेल्ट नलगाएका ३० जना चालकबट एक हजार ८ सय रुपैँया, सवारी चालक अनुमति पत्र नभएका छ जनाबाट छ हजार रुपैँया, बत्तिको अवस्था ठिक नभएका २० जनाबाट एक हजार रुपैँया, छतमा लगेज बोकेका छ जनाबाट छ हजार रुपैँया, तिव्रगतिका कारण छ जनाबाट तीन हजार, प्रयोजन विपरित चलाइएको छ वटा सवारीसाधनबाट छ हजार रुपैया, सिट क्षमता भन्दा बढि यात्रु बोक्ने छ जनाबट छ हजार रुपैँया र ११ जना अन्य कार्वाहीबाट आठ हजार पाच सय रुपैँया राजश्व संकलन भएको प्रहरीले जानकारी दिएको छ ।

रेष्टुराँमा एक पटक खाएको बिल १ करोड ४४ लाख रुपैयाँ उठेपछि...रेष्टुराँमा एक पटक खाएको बिल १ करोड ४४ लाख रुपैयाँ उठेपछि......
29/01/2024

रेष्टुराँमा एक पटक खाएको बिल १ करोड ४४ लाख रुपैयाँ उठेपछि...

रेष्टुराँमा एक पटक खाएको बिल १ करोड ४४ लाख रुपैयाँ उठेपछि...
सोमबार१५ माघ २०८०, १८: ५०

रेष्टुराँमा एक पटक खाएको बिल १ करोड ४४ लाख रुपैयाँ उठेपछि...

संग्रह
दुबई । सल्ट बेई नामले चर्चित टर्कीश सेफ तथा उद्यमी नुसरत गोक्सेले सामाजिक सञ्जालमा पोष्ट गरेको एउटा भिडियो हेरेर यतिबेला निटिजन्सहरू अक्क न बक्क भएका छन् ।



भिडियोका अनुसार रेष्टुराँमा एक पटक खाएको बिल १ लाख ८ हजार ५०० डलर अर्थात् १ करोड ४४ लाख नेपाली रुपैयाँभन्दा धेरै उठेको छ । बिल दुबईमा रहेको सल्ट बेईको एउटा रेष्टुराँको हो ।

गएको हप्ता एक समूहले रेष्टुराँमा एकपटकमा खाएको बिलको भिडियो शेयर गर्दै बेईले ‘पैसा आउँछ, पैसा जान्छ’ भनेर लेखेका थिए । बिलमा अर्डर गरिएको खानेकुराका परिकार र पेय सबैको मूल्य छुट्टा छुट्टै दिइएको छ ।
बिलमा टिपबापतको मूल्य पनि दिइएको छ

। रेष्टुराँ खान आएकाहरुले अनेकौं परिकार मगाएका थिए । सबैभन्दा छक्क पार्ने कुरा चाँहि टिप हो । टिपबापत मात्रै २४ हजार ५०० डलर अर्थात् झन्डै ३२ लाख ६६ हजार नेपाली भुक्तानी गरिएको छ । बिलमा खानेकुराको मूल्य र कूल रकम यूएईको मुद्रा दिराममा दिइएको छ । यो पोष्ट हेरेर निटिजन्सहरु निकै भड्किएका छन् ।

बिलको तस्बिर र भिडियो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । रेष्टुराँ महँगो भनेर बढाइचढाई गरेर भनिएको केहीले बताएका छन् । कमेन्टमा केही युजरले खानेकुराको अत्यत्धिक मूल्यप्रति असन्तुष्टी र रिस व्यक्त गरेका छन् । एक पटक खाना खाँदा १ करोड ४४ लाख रुपैयाँ तिर्नु परेको देखेर धेरै जना भड्किएका थिए । टिपको पैसा हेरेर यसलाई धेरैले पैसाको वर्वादी भनेका छन् । सल्ट बेई खाना पकाउँदा नुन छर्किने आफ्नो अनौठो तरिकाका कारण प्रसिद्ध भएका थिए Sindhuli Saugatसिन्धुली खबर - Sindhuli KhabarHello सिन्धुली

Congrats Team Nepal U19Jay Nepal 🙂 🙂
28/01/2024

Congrats Team Nepal U19

Jay Nepal 🙂 🙂

सिन्धुलीमा अब रुख फस्टाउला जस्तो छसमुदायमा कांग्रेस अभियानका लागि सिन्धुलीमा रायमाझी र पोखरेल खटिएप्रकाशित मिति : शनिबार...
28/01/2024

सिन्धुलीमा अब रुख फस्टाउला जस्तो छ

समुदायमा कांग्रेस अभियानका लागि सिन्धुलीमा रायमाझी र पोखरेल खटिए
प्रकाशित मिति : शनिबार, माघ १३, २०८०
सिन्धुली साैगात संवाददाता

सिन्धुली– नेपाली कांग्रेसले समुदायमा कांग्रेस अभियानका लागि जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएको छ । देशका ७७ जिल्लामध्ये हिमाली १० जिल्ला छाडेर अन्य जिल्लामा अभियानका लागि केन्द्रीय प्रतिनिधि खटाएको कांग्रेसले जनाएको छ । पदाधिकारीहरु भने केन्द्रीय प्रतिनिधिका रुपमा खटिएका छैनन् ।
सिन्धुलीमा नेपाली कांग्रेसका जिल्ला सभापति उपेन्द्र पोखरेल र उमेश जंग रायमाझीलाई पार्टीले खटाएको छ । रायमाझी नेपाल विद्यार्थी संघका पूर्व महामन्त्री
हुनुहुन्छ । जिल्लामा खटिएकाहरुले १५ गतेसम्म पार्टीको आन्तरिक काम गर्नेछन् । १६ गते देशभरका वडाहरुका कार्यक्रम गरेर कांग्रेसले समुदायमा कांग्रेस अभियान सुरु गर्नेछ । त्यसपछि २६ गतेसम्म अभियान अन्तर्गतका विभिन्न कार्यक्रमहरु हुनेछन् । २६ माघमा कांग्रेसका पूर्वसभापति सुशील कोइरालाको स्मृति दिवसमा यो अभियान समाप्त हुने कांग्रेस नेताहरुले बताएका छन् ।
चिसो मौसममा अभियान सञ्चालन गर्न कठिन हुने भन्दै १० वटा हिमाली जिल्लामा भने प्रतिनिधि खटाइएको छैन । ती १० जिल्लामा सोलुखुम्बु, खोटाङ, मनाङ, मुस्ताङ, डोल्पा,जुम्ला, मुगु, हुम्ला, कालीकोट र दैलेख जिल्लामा केन्द्रीय प्रतिनिधि खटिएका छैनन् । सिन्धुली खबर - Sindhuli KhabarSindhuli SaugatHello सिन्धुलीB***n

अब राती नहिडौँ हैसिन्धुलीको एक वडामाा राती हिँड्न रोक !प्रकाशित मिति : बुधबार, माघ १०, २०८० सिन्धुली साैगात संवाददातासिन...
25/01/2024

अब राती नहिडौँ है

सिन्धुलीको एक वडामाा राती हिँड्न रोक !
प्रकाशित मिति : बुधबार, माघ १०, २०८०
सिन्धुली साैगात संवाददाता

सिन्धुली– सिन्धुलीको दुधौली नगरपालिका २ मा रातीको समयमा सार्वजनिक स्थलहरुमा जथाभावी हिँडडुल तथा जमघट नगर्न आग्रह गरिएको छ । नागरिकको शान्ति सुरक्षालाई ध्यानमा राख्दै राती ९ बजे पछि सार्बजनिक स्थलहरुमा एक्लै वा सामूहिक रुपमा बिना काम हिँडडुल गर्न रोक लगाइएको वडा नम्बर २ का अध्यक्ष रितेश राउतले जानकारी दिनुभयो ।

रातको समयमा वडाको चोक, चौतारा, सडक, बस्ती, नदि किनारामा होहल्ला गरि अनावश्यक रुपमा मानिसहरु हिँडडुल गर्ने, होहल्ला गर्नुका साथै वडामा चोरी, डकैती, लागुपदार्थ दुब्र्यसनी लगायत अपराधीक क्रियाकलाप बढेपछि रातको समयमा हिडडुल गर्न रोक लगाइएको राउतले बताउनुभयो । अपराधिक क्रियाकलापलाई न्युनिकरण गर्न सुरक्षा निकाय लगायत सरोकारवालाहरुको सर्वदलिय बैठकले उक्त निर्णय गरेको राउतले बताउनुभयो । साथै, सार्वजनिक स्थानमा रातको समयमा होहल्ला वा बिना कुनै कामले हिँडेको देखेमा प्रहरीलाई खबर गर्न राउतले स्थानियसँग आग्रह गर्नुभयो ।
२ नम्बर वडा कार्यालयले वडामा रहेका सम्पूर्ण टोल सुधार संस्थालाई चिठि लेख्दै वडा कार्यालयको निर्णय कार्यन्वयनमा सघाउन अनुरोध गरेको छ ।
Sindhuli Newsसिन्धुली खबर - Sindhuli KhabarSindhuli SaugatHello सिन्धुली
New update

ससुरालिमा के भयो यस्तोससुराली गएका सिन्धुलीका मोक्तानलाई गोली लाग्योप्रकाशित मिति : बुधबार, माघ १०, २०८० सिन्धुली साैगात...
24/01/2024

ससुरालिमा के भयो यस्तो

ससुराली गएका सिन्धुलीका मोक्तानलाई गोली लाग्यो
प्रकाशित मिति : बुधबार, माघ १०, २०८०
सिन्धुली साैगात संवाददाता

सिन्धुली– सोमबार मरिण गाउँपालिका ६ तेल्निका ४५ वर्षीय डिल बहादुर मोक्तानलाई भरुवा गोली लाग्दा घाईते हुनुभएको छ । केहि दिन अघि ससुराली जिल्ला काभ्रेपलान्चोकको तिमालमा पुग्नुभएका मोक्तानलाई सिन्धुली फर्कनेक्रममा गोली लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ससुरालीबाट आफ्नो घर तर्फ आउदैँ गर्दा सालुभन्ज्याङमा भरुवा बन्दुक पड्किएको हो । भरुवा बन्दुकको प्रयोग गरी पासो थापेको ठाउँमा खुट्टा टेकेपछि बन्दुक पड्किएको मोक्तानले प्रहरीलाई बताउनुभएको छ । मोक्तानको दाहिने खुट्टाको गोल गाँठो नजिक चोट लागेको प्रहरीले बताएको छ । मोक्तानलाई प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा ल्याई उपचार गरिरहदा प्रहरीले खबर पाएको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक चिरञ्जिवि दाहालका अनुसार घाइतेलाई अस्पताल ल्याएपछि मात्रै बन्दुक पड्किएको खबर प्रहरीकोमा आएको थियो । उहाँले भन्नुभयो, ‘ खबर प्राप्त हुनासाथ प्रहरी कार्यालय कपिलाकोटबाट प्रहरी टोली घट्नास्थलमा पुगेको थियो । घट्नामा संलग्न एकजना पक्राउ परेका छन् ।’
प्रहरीले भरुवा बन्दुक सहित घट्नामा संलग्न मरिण गाउँपालिका ६ का २७ वर्षीय सुमन लामालाई उनकै घरबाट पक्राउ गरेको डिएसपि दाहालले बताउनुभयो । आरोपितलाई लामालाई पक्राउ गरी सिन्धुली जिल्ला अदालतबाट ५ दिन म्याद थप गरि हातहतियार सम्बन्धी कसुर मुद्दामा आवश्यक अनुसन्धान गरिरहेको डिएसपि दाहालले बताउनुभयो । घाइतेको उपचार धुलिखेलमा भइरहेको समेत उहाँले जानकारी दिनुभयो ।
New update
Sindhuli Saugatसिन्धुली खबर - Sindhuli KhabarHello सिन्धुलीसन्तोष थापा

जिल्ला अस्पताल, सिन्धुलीमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले असोज महिनादेखि तलब नपाएपछि बुधबारदेख...
24/01/2024

जिल्ला अस्पताल, सिन्धुलीमा कार्यरत छात्रवृत्ति करारका चिकित्सक तथा स्वास्थ्यकर्मीले असोज महिनादेखि तलब नपाएपछि बुधबारदेखि काममा नफर्किने भन्दै आन्दोलन गरेका छन् ।
New update
सिन्धुली खबर - Sindhuli KhabarSindhuli SaugatHello सिन्धुलीसन्तोष थापा

कैलालीमा दश किलो सालकसहित दुई जना पक्राउकैलालीमा दश किलो सालकसहित दुई जना पक्राउनेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको ...
20/01/2024

कैलालीमा दश किलो सालकसहित दुई जना पक्राउ

कैलालीमा दश किलो सालकसहित दुई जना पक्राउ
नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको साधा पोसाक टोलीले आज बिशेष सूचनाका आधारमा सालक सहित दुई जना पक्राउ गरेको जनाएको हो ।
कैलालीमा दश किलो सालकसहित दुई जना पक्राउ
धनगढी खबर धनगढी खबर

धनगढी । कैलालीको बर्दगोरिया वडा नम्बर ६ मा सालकसहित दुई जना पक्राउ परेका छन् ।

नेपाल प्रहरी प्रदेश कार्यालय कञ्चनपुरको साधा पोसाक टोलीले आज बिशेष सूचनाका आधारमा सालक सहित दुई जना पक्राउ गरेको जनाएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा प्रेम चौधरी र पर्शुराम चौधरी रहेका छन् ।

पक्राउ परेका व्यक्तिहरुबाट अन्दाजी १० किजो सालक बरामद भएको प्रहरी नायब निरीक्षक सुशील चन्दले बताए ।

मुडाबाट उनीहरुलाई मोटरसाइकल सहित पक्राउ गरिएको उनको भनाई छ ।

दुबै जनालाई प्रहरीले इलाका प्रहरी कार्यालय पठाई थप अनुसन्धान अघि बढाएको छ ।Sindhuli Saugatसिन्धुली खबर - Sindhuli KhabarHello सिन्धुली
New update

सके पैसाले सहयोग गर्नुहोला नसके यो पोस्टलाइ सक्दो शेयर गरेर सहयोगी मनहरु सम्म पुर्याउन सहयोग गर्नुहोला यो नै मानवीय ठूलो...
20/01/2024

सके पैसाले सहयोग गर्नुहोला नसके यो पोस्टलाइ सक्दो शेयर गरेर सहयोगी मनहरु सम्म पुर्याउन सहयोग गर्नुहोला यो नै मानवीय ठूलो धर्म हुनेछ।😭😭😭😭😭
झापा अर्जुनधारा निवासि मनिशा राइको १ बर्षको बालक लडेर पछाडिको मेरुदन्डमा ठूलो चोटलागेर सल्यक्रिया गराउदा धेरै पैसा सकिएर आर्थिक अवस्था कमजोर भएकाले बाबुको उपचारको लागि सक्दो सहयोगको लागि हार्दिक अपिल गर्नुभएकोले सहयोगी मनहरुले सक्दो शेयर तथा सहयोग गर्नुहोला।
दुखत खबर
New update Sindhuli SaugatHello सिन्धुलीसिन्धुली खबर - Sindhuli Khabar

राम बा.बोम्जन बौद्ध होईनन्,अबौद्ध(तैर्थिक) हुन- राम बा.बोम्जनले जुन प्रसिद्धि कमाए,त्यो बौद्ध धर्मको पृष्ठभूमिबाट नै कमा...
19/01/2024

राम बा.बोम्जन बौद्ध होईनन्,अबौद्ध(तैर्थिक) हुन
- राम बा.बोम्जनले जुन प्रसिद्धि कमाए,त्यो बौद्ध धर्मको पृष्ठभूमिबाट नै कमाए। बौद्धजनले नै उहाँलाई त्यो प्रसिद्धि दिलाए। उहाँले गर्नु भएको जुन तपस्या र तपहरू जे-जे थियो,त्यो सबै बौद्ध विधि अनुसार नै गर्नु भएको थियो। सबैले बौद्ध भिक्षु हो भनी मानि आएको हुन।
बौद्ध धर्ममा विविध छ,विशाल छ,गहन र महान छन्। जो वैज्ञानिक,यथार्थ, अनात्म र लोकोत्तरबादी धर्म हो। बौद्ध धर्म भित्रको जति पनि परम्पराहरू छन्,ती सबैले भगवान बुद्धलाई सर्वोसर्वे मान्छन्। उहाँको स्थान जम्मै भन्दा उच्च हुन्छन् र उहाँलाई नै गुरु मान्छन्। उहाँ भन्दा ठूलो गुरु यो संसारमा कोहि पनि छैन भन्ने मान्यता राखिन्छन्। जापन र चीनमा प्रतिपादन भएको जेन धर्मले पनि भगवान बुद्धलाई महान गुरु र उहाँले प्रतिपादन गरिएको दर्शनलाई नै आधार बनाएर जेन बौद्ध धर्म भनी स्वीकार गरि मानि आएको देखिन्छ।
भगवान बुद्धको उदय भएको २६ सय बर्षा भित्र अनेकन बोधिसत्व र ऋद्धी-सिद्धि प्राप्त गरेका महान-महान महा मानवहरूको उदय भएको देखिन्छन्। उहाँहरू कसैले पनि म शाक्यमुनि बुद्ध भन्दा पनि ठूलो हो भनी दावी गरिएको इतिहास कँही कतै भेटिदैनन्। सबैले बुद्धलाई शीरमा राखेर चरणमा परेको देखिन्छन्।
हामी बौद्ध दर्शनमा चौरसी सिद्धीहरू र अादिबुद्ध अवधारणामा हजारौ बुद्धहरू मान्छौ र ती सिद्धि र बुद्धहरूलाई पनि हामी बुद्ध भन्दा ठूलो भनिदैनन र मान्दैनौं। जो अलौकिक र लोकोत्तरबादी हुनुहुन्थ्यो।
राम बा.बोम्जन एउटा लौकिक व्यक्ति हुन। जसले आफुलाई बुद्ध भन्दा पनि ठूलो र महान भन्ने दाबी गरिएको छन।

आत्मा,महात्मा र परात्मको कुरा गरेर त्यो नै सत्य मार्ग भनिएको पनि देखिन्छन्। उहाँले भनेको मैत्रिय मार्ग के हो? भन्ने कुराहरू समेत प्रस्ट छैन्। त्यसैलाई सत्य मार्ग र गुरु मार्ग भनी भन्नू त मुर्खता हुन।

खुकुरी प्रहारबाट सुनकोशीमा एक महिला गम्भीर घाइते खुकुरी प्रहारबाट सुनकोशीमा एक महिला गम्भीर घाइतेमाघ ५,सिन्धुली/सुनकोशी ...
19/01/2024

खुकुरी प्रहारबाट सुनकोशीमा एक महिला गम्भीर घाइते

खुकुरी प्रहारबाट सुनकोशीमा एक महिला गम्भीर घाइते
माघ ५,सिन्धुली/सुनकोशी गाउँपालिका वडा नम्बर १ बसेरी स्थित लक्ष्मीमाया घिसिङ माथि खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट बसेरीकी ५५ बर्षीया घिसिङ गम्भीर घाइते हुनुभएको छ ।

उहाँलाई सोहि स्थानकी ५५ वर्षीया धनमाया मोक्तानले पानीको धाराको विषयलाई लिएर धारिलो हतियार खुकुरी प्रहार गर्दा घिसिङको टाउको र बायाँ गालामा गहिरो चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक चिरन्जीवी दाहालले जानकारी दिनुभयो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते घिसिङको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने महिलालाई खुकुरी सहित जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ Sindhuli Saugatसिन्धुली खबर - Sindhuli Khabar

Mirrors of Setidevi Temple Mulkot.🙏
19/01/2024

Mirrors of Setidevi Temple Mulkot.🙏

गएको रात बाराको कलैया नगरपालिको गङ्गापुर स्थित द्वावारिका शाह कानुको गोठमा आगलागी आगलागीमा परि लाखौंको गाइ भैंसी चौपायाह...
18/01/2024

गएको रात बाराको कलैया नगरपालिको गङ्गापुर स्थित द्वावारिका शाह कानुको गोठमा आगलागी आगलागीमा परि लाखौंको गाइ भैंसी चौपायाहरुको जलेर मृत्यु।
New update Sindhuli Saugatसिन्धुली खबर - Sindhuli KhabarHello सिन्धुली

18/01/2024

तिम्रो लागी सधै रित्तै बस्न मन छ,
पोखरा विमानस्थल जस्तै ,
आज जस्तै सित्तै रच्न मन छ ,
सरकारको पूर्णविराम मन जस्तै ,
न त तिम्रो सहारा ,
न त म उडाउछु,
तिमी रिन जसरि मार ,
म चिन जसरि डुबाउछु ।
B***n
Jay Nepal 🇳🇵

नक्कली गोल्डेन वाक्क, दिक्क, सिग्नेचर, कुखुरी रम बेच्ने पक्राउप्रहरीको अप्रेसन लिमाः सिन्धुलीका दुईजना पक्राउप्रकाशित मि...
17/01/2024

नक्कली गोल्डेन वाक्क, दिक्क, सिग्नेचर, कुखुरी रम बेच्ने पक्राउ

प्रहरीको अप्रेसन लिमाः सिन्धुलीका दुईजना पक्राउ
प्रकाशित मिति : बुधबार, माघ ३, २०८०
सिन्धुली साैगात संवाददाता

सिन्धुली– नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको ‘अप्रेसन लिमा–३’ मा सिन्धुलीका दुईजनासहित नौँजना पक्राउ परेका छन् । काठमाडौँमा नक्कली मदिरा उत्पादन गरि बेचबिखन गरेको सूचना पाएपछि प्रहरीले ‘अप्रेसन लिमा–३’ नाम दिएर अनुसन्धान गरिरहेको थियो । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधबार दिउँसो पत्रकार सम्मेलन गरी विभिन्न स्वदेशी तथा विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री वितरणमा संलग्न गिरोह पक्राउ परेको जानकारी गराएको छ ।

काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिकास्थित थलीमा डेढ तलाको घर भाडामा लिई उनीहरुले नक्कली मदिरा उत्पादन गरी बजार मूल्य भन्दा कम मूल्यमा बिक्री वितरण गर्ने गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपि) मिलन केसीले जानकारी दिनुभयो । पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ९ का २८ वर्षिया गौरव तामाङ र कमलामाई नगरपालिका वडा नम्बर ७ का ४० वर्षिया लेखविक्रम थापा छन् । तामाङ काठमाडौँको मुलपानीमा बस्दै आएका थिए भने थापा कोटेश्वरमा बस्ने गरेको केसीले बताउनुभयो । त्यस्तै, रामेछापका २८ वर्षिय मनोज खत्री, ३६ वर्षिया विनोदकुमार कार्की, २० वर्षिया मनिष खत्री र २३ वर्षिया महेश खत्री, सिन्धुपाल्चोकका २७ वर्षिय मोहन खड्का र १८ वर्षिया रोशन कार्की र काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाका ३६ वर्षका सुमन नगरकोटीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट नक्कली मदिराको बिक्री वितरणमा प्रयोग हुने गरेको आन्तरिक राजश्व विभागको नक्कली अन्तःशुल्क स्टिकर पनि भारी मात्रामा बरामद गरिएको प्रहरीले जनाएको छ । एसपी केसीले नक्कली मदिराहरु बिक्री वितरण गर्ने ठाउँको पनि अनुसन्धान भइरहेकाले उनीहरुलाई पनि छिट्टै पक्राउ गरी कारबाहीको दायरामा ल्याउने बताउनुभयो ।

प्रहरीले उनीहरुको साथबाट नक्कली खुकुरी रम २८८ बोत्तल लगायत गोल्डेन ओक, फाइटर, सिग्नेचर, ३६५ ब्ल्याकसहित विदेश ब्राण्डका मदिरा पनि बरामद गरेको थियो । पक्राउ नौँजनलाई यसअघि पनि कालो बजार तथा केहि अन्य सामाजिक अपराध तथा सजाय ऐन अन्तरगत कार्वाही गरिएको प्रवक्ता प्रहरी उपरीक्षक (एसपि) केसीले जानकारी दिनुभयो ।Sindhuli Saugatसिन्धुली खबर - Sindhuli Khabar

Address

Sindhuli
Sindhuli
45900

Alerts

Be the first to know and let us send you an email when Santosh official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Santosh official:

Videos

Share



You may also like