Sanukhabar.com

Sanukhabar.com Check out new updates

18/12/2024

वृध आमा बुबालाई किन छोडीदै छन् वृधाश्र्म, घरमै राखे भइगोनी

Send a message to learn more

16/12/2024

लमही–कोहलपुर खण्डमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु

16/12/2024

नेपाल प्रिमियर लिग (एनपीएल)को अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ

केही दृश्य हिजो सम्पन्न भएको  ZONE III लेट रोटारियन सन्तोष स्मृति जोनल राउण्ड रोटा क्विज २०२४-२५
15/12/2024

केही दृश्य हिजो सम्पन्न भएको ZONE III लेट रोटारियन सन्तोष स्मृति जोनल राउण्ड रोटा क्विज २०२४-२५

15/12/2024

बिरगंजमा सम्पन्न भयो ZONE III लेट रोटारियन सन्तोष स्मृति जोनल राउण्ड रोटा क्विज २०२४-२५

केही झलक विवाहा पञ्चमीको
07/12/2024

केही झलक विवाहा पञ्चमीको

07/12/2024

विवाहा पञ्चमीको शुभ साहितमा भित्रीयो बेहुली

07/12/2024

भग्वान श्री राम र माता सिताको विवाहामा नाचे भक्तजनहरू

07/12/2024

विवाहा पञ्चमीको अवसरमा बाले लाख बत्ती

07/12/2024

सन्धर्व विवाह पञ्चमी :‍ गुरूले गरे सन्धयाकालीन आर्ती

07/12/2024

विवाहा पञ्चमीको अवसरमा सिमरा नगरबासीले गरे नगर परिक्रमा

07/12/2024

बाराको सिमरामा देखियो राम र सिता माता , सन्धर्व विवाह पञ्चमी

05/12/2024

विवाह पञ्चमीको सम्पुन्न तयारी पुरा , भोली राम भग्वान र माता सिताको विवाह हुने

05/12/2024

सम्पुर्ण भक्तजनहरूलाई भोली हुने श्री राम भग्वान र माता सिताको विवाह पञ्चमीमा सहभागीहुन अनुरोध : उपाध्यक्ष होम कुमारी थपलीया

सांसद भगबती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मानकाठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्...
05/12/2024

सांसद भगबती चौधरीलाई वर्ल्ड बुक अफ रेकर्डद्वारा लण्डनमा विशेष सम्मान

काठमाडौं । नेपालको लोकतान्त्रिक मूल्य मान्यता र राष्ट्रिय अखण्डताको प्रवद्र्धनमा अतुलनीय योगदान पुर्याएकोमा समाजसेवी तथा आर्थिक सशक्तिकरणकी अभियान्ता सांसद भगबती चौधरी सम्मानीत हुनुभएको छ ।
बेलायतको वर्ल्ड बुक अफ रेकर्डले पूर्वमन्त्री समेत रहनु भएकी सांसद चौधरीलाई बेलायतको हाउस अफ कमन्स, बेलायती संसद वेस्ट मिन्स्टरमा विशेष कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । ‘समाजको उन्नतिको लागि लोकतान्त्रिक मूल्य र राष्ट्रिय अखण्डताको प्रवर्द्धनमा अतूलनीय योगदानको लागि’ सांसद चौधरीलाई सम्मानीत गरिएको बताइएको छ । सांसद चौधरीलाई मंसिर १७ गते (२ डिसेम्बर) मा आयोजित कार्यक्रममा सम्ममानीत गरिएको हो ।
सम्मानीत भएपछि बोल्दै सांसद चौधरीले सामाजिक, आर्थिक क्षेत्र हुँदै राजनीतिमा आउँदा आफुले समाज रुपान्तरण र महिला उत्थानको उद्देश्यमा अग्रसर भएको बताउनु भयो । मुलुकको आर्थिक, सामाजिक, सांस्कृतिक, भौगोलिक विकास र प्रवद्र्धनमा आफु सदैव सक्रिय भएर अगाडी बढ्ने बताउँदै सांसद चौधरीले सम्मानीत हुन पाउँदा गौरवान्तिक भएको बताउनु भयो ।
२०७२ सालको संविधानले सबै खाले विभेदहरुको अन्त्य गरेको भएपनि समाजमा विभेदहरु रहेको जनाउँदै गरिबी, अशिक्षाका कारण सामाजिक, आर्थिक, राजनीतिक असमानता विद्यमान रहेको जिकीर गर्नुभयो । ‘नेपालको नयाँ संविधानले सबै खाले विभेद र असमानतालाई अन्त्य गरेको भएपनि कार्यान्वयनको पाटो कमजोर बन्दा समाजमा अशिक्षा र गरिबीका कारण विभेदहरु छन् । परम्परागत, सांस्कृतिक विभेदहरु छन् । महिलाहरु आर्थिक क्षेत्रमा पछाडी परेका छन् । ती सबै विभेदहरुको अन्त्यको लागि सबैले आआफ्नो स्थानबाट काम गर्नुपर्छ ।’ मन्त्री चौधरीले सम्मान गर्ने संस्था वर्ल्ड बुक अफ रेकर्डलाई धन्यवाद दिँदै आउँदा दिनहरुमा पनि राजनीति र समाजसेवा मार्फत समाजरुपान्तरण र आर्थिक सशक्तिकरणमा लागि रहने बताउनु भयो ।
महिला आर्थिक सशक्तिकरणकी अभियान्ता समेत रहनु भएकी सांसद चौधरीले २०६४ सालको संविधान सभामा विज्ञ सदस्यका रुपमा रहेर संविधान लेखनमा समेत योगदान पुर्याउनु भएको छ । ३० वर्षदेखि लगातार महिला आर्थिक सशक्तिकरण, समाजसेवा गर्दै आइरहनु भएकी चौधरी नेकपा एमालेको केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँले ग्रामिण महिला उत्सुकता विकास मञ्च (फरवार्ड नेपाल) मार्फत गाउँगाउँमा रहेका महिलाहरुलाई सामाजिक, सांस्कृतिक विभेदहरु विरुद्ध सचेतना फैलाउने कार्य गर्दै महिलालाई आर्थिक सशक्तिकरणमा जोड्नु भएको छ ।
उहाँले गरिब, विपन्न र पछाडी परेका महिलाहरुको आर्थिक उन्नतीका लागि फरवार्ड माइक्रोफाइनान्स र फरवार्ड नेपालमार्फत लघुवित्त कार्यक्रम, वित्तीय साक्षरता, सीपमुलक तालिम लगायतमा कााम गर्दै आइरहनु भएको छ । हाल प्रतिनिधि सभा सदस्यका रुपमा संसदमा नेतृ चौधरीले सामाजिक, आर्थिक, वर्गीय विभेद र समतामुलक कानुन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहनु भएको छ ।

Address

Simara
006

Website

Alerts

Be the first to know and let us send you an email when Sanukhabar.com posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share