Taja Patrika

Taja Patrika Nepali Digital Online Newspaper
tajapatrikaa.com
(8)

05/08/2024

४ वर्षमा रुकुम पश्चिममा सवारी दुर्घटनामा ५७ जनाको मृत्यु

भोली साउन २२ गतेदेखि पर्सि २३ गतेसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रद...
05/08/2024

भोली साउन २२ गतेदेखि पर्सि २३ गतेसम्म कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही तथा कर्णाली र मधेस प्रदेशका थोरै स्थानहरुमा ठूलो पानी पर्ने संभावना भएकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ । साथै अति आवश्यक नपरि घरदेखि टाढाको यात्रा नगर्नु हुन आग्रह गर्दछौं।

05/08/2024

थानकोटबाट लागु औषध सहित तीन जना पक्राउ

चन्द्रागिरि नगरपालिका-३ थानकोट खरिबोटबाट अवैध लागूऔषध गाँजा ६ ग्राम र नियन्त्रित लागूऔषध ट्रमाडोल ५८ क्याप्सुल सहित ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा वर्षीय भोला ढकाल, शितल बखती र बुद्ध लो तामाङ रहेका छन् ।

काठमाडौं जाँदै गरेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते, सडक अबरुद्ध ।धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७...
05/08/2024

काठमाडौं जाँदै गरेको माइक्रो बसमाथि रुख ढल्यो, ७ यात्रु घाइते, सडक अबरुद्ध ।

धादिङमा गुडिरहेको माइक्रो बसमाथि रुख खस्दा ७ जना यात्रु घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि गजुरी अस्पताल लगिएको छ ।धादिङबेंसीबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ६५१२ नम्बरको ईभी माइक्रो बस गजुरी–५ जरेखोला नजिक पहिरोमा परेको थियो । पहिरोसँगै रुख ढलेर माइक्रो बसमाथि बजारिएको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार माइक्रो बसमा सवार ७ जना यात्रुहरु घाइते भएका छन् । माइक्रो बसमाथि रुख बजारिएपछि अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको छ ।

आजदेखि सुरु भयो गुँला पर्व - नेवार समुदायले मनाउने गुँला पर्व सोमबारदेखि सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनास...
05/08/2024

आजदेखि सुरु भयो गुँला पर्व

- नेवार समुदायले मनाउने गुँला पर्व सोमबारदेखि सुरु भएको छ । साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ ।

05/08/2024

बङ्गलादेशमा सरकार विरोधी प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ९० पुग्यो

आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा भक्तजनसाउनको तेस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनहरु । त...
05/08/2024

आज बिहानै देखि पशुपतिनाथ मन्दिरमा भक्तजन
साउनको तेस्रो सोमबार बिहान पशुपतिनाथ मन्दिरमा पूजाअर्चना गर्न आएका भक्तजनहरु । तस्बिर रासस

१५ जना नेपाली २ महिना देखि मलेसियामा अलपत्र - काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्...
05/08/2024

१५ जना नेपाली २ महिना देखि मलेसियामा अलपत्र
- काठमाडौंको जेपी ओभरसिजले मासिक ६१ हजार नेपाली रुपैयाँ पारिश्रमिक पाउने आश्वासन दिँदै तीनदेखि चार लाखका दरले असुलेर उडाएको थियो ।

शिक्षकलाई पाटीका झोले हुन् भन्दा , शिक्षामन्त्रीको यस्तो जवाफ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्ष...
05/08/2024

शिक्षकलाई पाटीका झोले हुन् भन्दा , शिक्षामन्त्रीको यस्तो जवाफ

- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षकहरुलाई अनावश्यक लान्छना लगाएर शिक्षामा गुणस्तरीयता पाउन नसकिने बताएकी छन् । आज (आइतबार) कास्कीमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले शिक्षकहरुलाई अनावश्यक लान्छना लगाउने, दलका झोले हुन भन्नेलगायतका गतिविधिहरु रोकिनुपर्ने बताएकी हुन् ।
शिक्षकहरुलाई लान्छना लगाउने भन्दा पनि कसरी विद्यालयप्रति समर्पित गराउन सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने बताएकी हुन् । उनले शिक्षा ऐन विचाराधीन अवस्थामा रहेको बताउँदै यो पारित भएपछि अहिले देखिएका सबै प्रकारको समस्याहरु विस्तारै समाधान हुँदै जाने बताईन् ।

भोटो जात्राको शुभकामना ! !
04/08/2024

भोटो जात्राको शुभकामना ! !

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदैकाठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज (आइतबार) द...
04/08/2024

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा मनाइँदै

काठमाडौं । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो आज (आइतबार) देखाइने भएको छ ।
- भोटो जात्रालाई करिब आठ सय वर्षअघिसम्म जावलाखेल जात्रा भनिन्थ्यो । जा (भात) वला (छर्ने) भएकाले यसलाई जावलाखेल जात्रा भन्ने गरिएको रातो मच्छिन्द्रनाथको भोटो जात्राको साइत हेर्ने काममा सक्रिय हुँदै आएका नेपाल पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशीले जानकारी दिए। भूत, प्रेतलाई खाना दिन यो जात्रा गरिएको विश्वास छ ।

04/08/2024

काठमाडौं उपत्यकामा आज सार्वजनिक विदा

गृह मन्त्रालयले आज आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

राताे मत्स्येन्द्रनाथको भाेटाे देखाउने दिनका अवसरमा आज सार्वजनिक बिदा दिइएको गृह मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

बबई नदी र  भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सामाग्री निर्माणस्थलड्रोन क्यामराबाट खिचिएको सुर्खेतको भेरीगङ्गा नगर...
04/08/2024

बबई नदी र भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सामाग्री निर्माणस्थल

ड्रोन क्यामराबाट खिचिएको सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ मा बबई नदीले घेरेको हात्तीखाल गाउँमा भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सामाग्री निर्माणस्थल र आसपासको क्षेत्र । तस्बिरः रासस

04/08/2024

आज बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना

आश्मालाई ‘मिस वर्ल्ड नेपाल’ को ताज‘मिस नेपाल वर्ल्ड २०२४’ की विजेता आश्माकुमारी केसीलाई ताज पहिराउँदै गत वर्षकी मिस नेपा...
04/08/2024

आश्मालाई ‘मिस वर्ल्ड नेपाल’ को ताज

‘मिस नेपाल वर्ल्ड २०२४’ की विजेता आश्माकुमारी केसीलाई ताज पहिराउँदै गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधान । शनिबार ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । सुमना केसीले ‘मिस नेपाल अर्थ’ र करुणा रावतले ‘मिस नेपाल इन्टरनेसनल’को उपाधि जितिन् । तस्बिर : रासस

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।बाघको आक्रमणबाट घा...
04/08/2024

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा ‘मर्निङवाक’ गरेको एक व्यक्तिलाई बाघले आक्रमण गरेको छ ।

बाघको आक्रमणबाट घाइते भएको श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

04/08/2024

बाल्यकाल जीवनको एउटा मीठो पल , यस्तो दृश्य देख्दा तपाइको बालापनको कस्तो अनुभव याद आउँछ ?
शुभ बिहानी ❤️🙏

03/08/2024

मीना ढकालको पिडा : ५ महिनादेखि भाडा तिर्न सकेको छैन्। आँपको अचार सबै कुहियो । म एक निर्दोष आमा हुँ?

आठबिसकोटको चिसापानी बजार पहिरोको उच्च जोखिममा, सडक पनि अवरुद्धनिरन्तरको बर्षाको कारण आठविसकोट नगरपालिका - ११ को चिसापानी...
03/08/2024

आठबिसकोटको चिसापानी बजार पहिरोको उच्च जोखिममा, सडक पनि अवरुद्ध

निरन्तरको बर्षाको कारण आठविसकोट नगरपालिका - ११ को चिसापानी बजार पहिरो र बाढीको उच्च जोखिममा रहेको छ ।
माथिल्लो क्षेत्र फारुलाबाट आउने पहिरो, बजार छेउको खोला र बजारमूनि रहेको ठुलीभेरीका कारण बजार र बस्ती नै उच्च जोखिममा रहेको छ ।

03/08/2024

बाढी, पहिरोलगायत मौसमजन्य विपद्मा परी आजसम्म देशभर एक सय ५० जनाको मृत्यु भएको छ ।

७ महिनाको गर्भ बोकेर ओलम्पिकमा: Egyptian fencer Nada Hafez revealed on social media that she competed at the 2024 Olympi...
03/08/2024

७ महिनाको गर्भ बोकेर ओलम्पिकमा: Egyptian fencer Nada Hafez revealed on social media that she competed at the 2024 Olympics while seven months pregnant. 😮🙏

03/08/2024

रुकुम पश्चिमको मुसिकोट नगरपालिका –८ मा पहिरोले गोठ पुर्दा नौ वटा बाख्रा मरेका छन् ।

गएरातीको अविरल बर्षाको कारण गएको पहिरोले स्थानीय लालजित बुढाको गोठ पुरेको थियो । उक्त पहिरोको कारण गोठमा रहेका नौ वटा बाख्रा पुरिएर मरेको वडा अध्यक्ष जय बहादुर थापाले जानकारी दिनुभयो ।

03/08/2024

दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत तुलसीपुरको कालाखोलामा आएको बाढीले गए राति अटोरिक्सा बगाएको छ ।

03/08/2024

रोल्पामा पहिरोले घर पुर्दा हजुरआमा र नातिनीको मृत्यु

रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिनीको मृत्यु भएको छ।

सुनछहारी गाउँपालिका ४ सिउरीमा देउसिंह कामीको घर गएराति १० बजे पहिरोले पुर्दा आमा ७० वर्षीया बुसुना र ४ वर्षीया छोरीको मृत्यु भएको हो

Address

Aathbiskot
Rukumkot

Telephone

+9779841308540

Website

Alerts

Be the first to know and let us send you an email when Taja Patrika posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Taja Patrika:

Videos

Share


Other Media/News Companies in Rukumkot

Show All