Birtamode Jhapa

Birtamode Jhapa सूचना तथा प्रसारण विभाग दर्ता नम्बर:४११३
प्रेस काउन्सिल नेपाल दर्ता नम्बर:४१११
9703301616 birtamodejhapa.com office

विर्तामोड नेपालको मेची अञ्चल को झापा जिल्लाको एउटा नगरपालिका हो । यो झापा जिल्लामा अवस्थित एउटा प्रसिद्ध व्यापारिक केन्द्र हो । पूर्व पश्चिम जोडने महेन्द्र राजमार्गमा पर्ने यो बजार झापा जिल्लाको सबैभन्दा महत्वपूर्ण वाणिज्य केन्द्र हो । बिर्तामोडलाई झापाको मुटुपनि भनिन्छ । पहिले अनारमनी गाविसमा रहेको यो व्यापारिक केन्द्र २०७१ जेष्ठ ४ गतेदेखि नगरपालिकामा परिणत भएको हो ।

जय पाथिभरा माता ❣️
12/01/2025

जय पाथिभरा माता ❣️

झापाको बिर्तामोड स्थित तारा नमस्ते बाल ग्रामका बालबालिकालाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ। यस कार्यमा सामाजिक र...
12/01/2025

झापाको बिर्तामोड स्थित तारा नमस्ते बाल ग्रामका बालबालिकालाई जाडोका लागि न्यानो कपडा वितरण गरिएको छ।

यस कार्यमा सामाजिक रूपमा सक्रिय राजु तामांगले बालबालिकालाई कपडा हस्तान्तरण गरेका छन्। साथै, यस कार्यको नेतृत्व किरण गुरुङले गरेका छन्। यो सामाजिक सेवा प्रयास बालबालिकाको जीवनमा केही राहत र खुशी ल्याउने उद्देश्यले गरिएको हो।

फिदिम बजार झिलिमिलि सजावटमा बत्तीहरूसँगै फूल र विरुवाको प्रयोगले थप आकर्षण बढाएको छ। बजारको मुख्य चोक, सडक किनारा, र सार...
12/01/2025

फिदिम बजार झिलिमिलि सजावटमा बत्तीहरूसँगै फूल र विरुवाको प्रयोगले थप आकर्षण बढाएको छ। बजारको मुख्य चोक, सडक किनारा, र सार्वजनिक स्थलहरूमा रंगीन फूलहरूले सिँगारिएको छ, जसले वातावरणलाई प्राकृतिक सौन्दर्य प्रदान गरेको छ !
Pictures: Tikaram Bastola / BJ

झापाको कमल गाउँपालिका ७ नम्बरका कृषक कमल अधिकारीले आफ्नो खेतमा १८ किलो तौल भएको विशाल घर तरुल फलाएका छन्। उक्त तरुल गाउँ...
12/01/2025

झापाको कमल गाउँपालिका ७ नम्बरका कृषक कमल अधिकारीले आफ्नो खेतमा १८ किलो तौल भएको विशाल घर तरुल फलाएका छन्। उक्त तरुल गाउँभर चर्चाको विषय बनेको छ। सामान्यतया तरुलको तौल केही किलो मात्र हुने भए पनि अधिकारीले विशेष प्रकारको जैविक विधि अपनाएर यस्तो ठूलो तरुल उत्पादन गर्न सफल भएका हुन्।

जानकी मन्दिरमा दीप प्रज्जवलन ।भारतको अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा शनिबार जनकपुरधामकाे जानकी मन्दि...
11/01/2025

जानकी मन्दिरमा दीप प्रज्जवलन ।

भारतको अयोध्यास्थित श्रीराम मन्दिरको वार्षिकोत्सवको अवसरमा शनिबार जनकपुरधामकाे जानकी मन्दिरमा एक लाख दीप प्रज्जवलन गरिँदै । तस्बिर : अजयकुमार साह/रासस

ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समिति, ताप्लेजुङको सहयोगमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काफ्लेपाटी क्ष...
11/01/2025

ताप्लेजुङको पाथीभरा क्षेत्र विकास समिति, ताप्लेजुङको सहयोगमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काफ्लेपाटी क्षेत्रमा ६ थान Fix CCTV क्यामेरा जडान गरिएको छ। दर्शनार्थीहरूको सुरक्षा सुनिश्चित गर्न स्थापना गरिएको उक्त CCTV क्यामेराको निगरानी पर्यटक सहायता प्रहरी डेक्सले गर्नेछ। यस पहलले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै पर्यटकहरूको विश्वास बढाउने अपेक्षा गरिएको छ।

11/01/2025

झापाको मेचिनगर नगरपालिका वडा न.-१५ भगवती प्लाई फ्याक्ट्री स्थित ज्यामीरगढीबाट धुलाबारी तर्फ जाने भित्री सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जादैं गरेको कारको ठक्करबाट अप्पु राय पैदल यात्रुको मृत्यु भएको छ !

झापा विर्तामोड मुस्लिम समुदायका युवाहरुले मनाए पृथ्वी जयन्ती झापाको विर्तामोड - ४ विद्युत प्राधिकरणको अगाडि मुस्लिम समुद...
11/01/2025

झापा विर्तामोड मुस्लिम समुदायका युवाहरुले मनाए पृथ्वी जयन्ती
झापाको विर्तामोड - ४ विद्युत प्राधिकरणको अगाडि मुस्लिम समुदायका युवा नेता अमिर खान पठान नेतृत्वको टोलीले ३०३ औँ पृथ्वी जन्मजयन्ती भव्य रुपमा मनाएको छ।

नेपाल एकीकरणका महानायक पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा उनिहरुले पृथ्वीनारायण शाहको तस्वीरमा माल्यार्पण गर्दै एकआपसमा शुभकामना आदानप्रदान समेत गरेका छन्।

फिदिम बजारमा गाउँका तरुणहरूले माघे संक्रान्तिको तयारीस्वरूप उत्पादनहरू बिक्री गर्न थालेका छन्। माघ १ गतेको विशेष दिन नजि...
11/01/2025

फिदिम बजारमा गाउँका तरुणहरूले माघे संक्रान्तिको तयारीस्वरूप उत्पादनहरू बिक्री गर्न थालेका छन्। माघ १ गतेको विशेष दिन नजिकिँदै गर्दा, शनिबार बजारमा चहलपहल निकै बढेको देखिएको छ।

Pictures; Tikaram bastola / BJ

11/01/2025

फिदिम बजारमा देखिएको गाउका अर्गानिक सामग्री

मिक्लाजुङ पाँचथर निवासी ८० वर्ष उमेरका प्रतिमान विश्वकर्मा ५१ वर्ष पहिलेदेखि चँदारो काम गर्दै  । दारको काठका विभिन्न साम...
10/01/2025

मिक्लाजुङ पाँचथर निवासी ८० वर्ष उमेरका प्रतिमान विश्वकर्मा ५१ वर्ष पहिलेदेखि चँदारो काम गर्दै । दारको काठका विभिन्न सामाग्री बनाउने गरेका छन् ।

10/01/2025

झापाको कन्काई माईमेलाको भव्य तयारि हुदै

झापामा चिसो बढे संगै बिर्तामोडमा सिरक ओढेर स्कुटरमा यात्रा गर्दै एक झापालि !
10/01/2025

झापामा चिसो बढे संगै बिर्तामोडमा सिरक ओढेर स्कुटरमा यात्रा गर्दै एक झापालि !

बाईक हरायाे । कालाे कलरकाे सुपर स्पेन्डर बाईक मे 11 प 7319 आज दिउसाे  १ बजेतिर कनकाई २ धनुषकाेटिधाम मन्दिर परिसरबाट हराई...
10/01/2025

बाईक हरायाे ।
कालाे कलरकाे सुपर स्पेन्डर बाईक मे 11 प 7319 आज दिउसाे १ बजेतिर कनकाई २ धनुषकाेटिधाम मन्दिर परिसरबाट हराईरहेकाे हुदा भेटनुहुने महानुभावले नजिकैको प्रहरि कार्यालय वा निम्न 9806004801मा फाेन गरिदिनुहाेला ।

साधुटारबाट देखिएको सुन्दर हिमालको मनमोहक दृश्य त्यहाँको प्राकृतिक सुन्दरताले सबैको मन जित्छ। सफा निलो आकाश, हिमालको चम...
10/01/2025

साधुटारबाट देखिएको सुन्दर हिमालको मनमोहक दृश्य

त्यहाँको प्राकृतिक सुन्दरताले सबैको मन जित्छ। सफा निलो आकाश, हिमालको चम्किलो सेतो शिखर र हरियालीले भरिएको परिवेशले त्यो ठाउँलाई स्वर्गझैं बनाएको छ। यो दृश्यले साच्चै शान्ति र आनन्द हुन्छ !

तस्बिर : टिकाराम बास्तोला/ birtamodejhapa.com

झापाको बुद्धशान्तिमा आज बिहान हात्ती आएको छ ।
10/01/2025

झापाको बुद्धशान्तिमा आज बिहान हात्ती आएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ ...
09/01/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने ८४ दिनपछि थुनामुक्त भएका छन् । उनलाई रिहा भएलगत्तै पुनः पक्राउ गर्ने तयारीबाट प्रहरी पछि हटेको छ ।

जिल्ला अदालत कास्कीले रविलाई ६५ लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको छ । सो धरौटी बुझाएर रवि रिहा भएको रास्वपा प्रवक्ता मनिष झाले बताए ।

09/01/2025

सहकारी मुद्दामा रवि लामिछानेलाई कास्की अदालत ले धरौटीमा रिहा गर्न आदेश दिएको छ!

Address

Birtamode Jhapa
Ranibirta
57204

Alerts

Be the first to know and let us send you an email when Birtamode Jhapa posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Birtamode Jhapa:

Videos

Share