NumburKhabar

हाम्रो बारे
२१ औं शताब्दीको विश्व सूचना तथा सञ्चार प्रविधिमा निर्भर भइरहेको सन्दर्भमा सञ्चार माध्यामलाई प्रभावकारी रुपमा अत्याधुनिक तरिकाले सञ्चालनमा ल्याउनु सान्दर्भिक देखिएकाले समय परिवेश उपयुक्त यो नुम्बुर खबर डटकम पत्रिका सञ्चालनमा ल्याइएको हो । यस अनलाइनमार्फत ग्रामिण विकासलाई अग्रगति प्रदान गर्न जनतालाई सुसूचित गर्दै सही सुचना समयमा उपलब्ध गराउन सदैव प्रयासरत रहेर पत्रकारितालाई मर्या्दित बन

ाउने जमर्काे गरिने छ । सञ्चार माध्यम र सुचनासँग सम्बन्धित सम्पूर्ण कामहरू गर्दै आएको यस नुम्बुर खबर डटकम अनलाईन’ श्री नुम्बुर मिडिया सर्भिस प्रा.लि द्धारा सञ्चालित सञ्चार क्षेत्रमा क्रियाशील रहदै आएको एकमात्र सामुदायिक र विशुद्ध सञ्चार माध्यम हो । यसअघि विभिन्न मिडिय माध्यममार्फत सञ्चार क्षेत्रमा काम गरिरहेको पत्रकारहरु हाल यस नुम्बुर खबर अनलाईन पत्रिकामा विस्तार भई काम गर्ने व्यवसायीक पत्रकारहरुको धर्म निर्वाह गर्ने र जनतालाई स्वच्छ सुचना सुसुचित गर्ने मिडियाको रुपमा स्थापित भएको छ । विगत लामो समयदेखि विशेषगरी सुचनासँग सम्वन्धित सम्पुर्ण कामहरु गर्दै आएको पत्रकारहरु अब यस नुम्बुर खबर डटकम अनलाइनमा संगठित भएर नेपालीहरुको तेस्रो आँखाको रुपमा अगाडी वढाउने हाम्रो लक्ष्य छ । नागरिकको सूचनाको तिर्खा मेट्न ग्रामिण तहका कुना र काप्चामा वस्ने सोझा सिधा नागरिकहरुलाई पनि सुचना सुसुचित गर्ने र प्रविधि मार्फत देश विदेशमा रहेका सम्पुर्ण स्वदेश तथा विदेशीहरुलाई समेत सुचनाको पहुँचभित्र राख्ने हाम्रो पहिलो काम हुनेछ । बदलिदै गएको समयलाई मध्यनजर गर्दै स्थापित यस नुम्बुर खबर अनलाईन डिजिटल पत्रिका प्रविधिको एक पर्यायको रुपमा लिएका छौँ । हाम्रो कलम सधैभरी नागरिकलाई वास्तविक सुचना सम्प्रेषण गर्नेमा केन्द्रित हुनेछ । राष्टियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रका लागि डिजिटल पत्रिका नुम्बुर खबर डटकमले कसैसँग सम्झौता गर्ने छैन । तपाई पाठकहरुको सुझाव, प्रतिक्रिया र सहयोगको अपेक्षा गर्दछौँ । धन्यवाद ।

बागमती प्रदेश रामेछाप जिल्ला अन्तर्गतको उमाकुण्ड गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सफलतापुर...
04/12/2025

बागमती प्रदेश रामेछाप जिल्ला अन्तर्गतको उमाकुण्ड गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ सफलतापुर्बक सम्पन्न भएको छ । यहि मिति २०८२ मंसिर १५ गतेदेखि १७ गतेसम्म उमाकुण्ड गाउँपालिका वडा नं.३ कुबुकाँस्थलीमा सञ्चालन भएको यस प्रतियोगितामा सहभागी ७ वटा विद्यालयहरू मध्ये ११ स्वर्ण ८ रजत ६ कास्य गरी २५ पदक सहित सर्वप्रथम श्री कैलेश्वर माध्यमिक विद्यालय उमाकुण्ड-६ गुप्तेश्वर, १० स्वर्ण ८ रजत १ कास्य गरी १९ पदक सहित सर्वद्वितीय श्री चण्डेश्वरी माध्यमिक विद्यालय उमाकुण्ड ४ प्रीति, ६ स्वर्ण ३ रजत ९ कास्य गरी ८ पदक सहित सर्वतृतीय श्री जनता माध्यमिक विद्यालय उमाकुण्ड-३ कुबुँकास्थली, २ स्वर्ण ४ रजत ३ कास्य गरि ९ पदक सहित सर्वचतुर्थ श्री कास्थेम माध्यमिक विद्यालय उमाकुण्ड-७ भुजी भएको छ । त्यस्तै गरी १ स्वर्ण ४ रजत ९ कास्य गरी १४ पदक सहित सिद्धेश्वर माध्यमिक विद्यालय उमाकुण्ड-२, बाम्ती पाँचौ, २ रजत २ कास्य गरी ४ पदक सहित श्री सरस्वती माध्यमिक विद्यालय उमाकुण्ड-५, प्रिती छैटौं र १ रजत ४ कास्य गरी ५ पदक सहित श्री महालंगुर माध्यमिक विद्यालय उमाकुण्ड-१, गुम्देल साताैं स्थान हुन सफल भएको छ । लगातार तीन पटक विजेता भन्दै श्री चण्डेश्वरी माध्यमिक विद्यालय उमाकुण्ड-४, प्रितिले गतवर्ष रनिङ शिल्ड आफ्नो बनाएको थियोे भने यस पटक भने कडा प्रतिस्पर्धाकाे बाबजुद श्री कैलेश्वर माध्यमिक विद्यालय उमाकुण्ड-६ गुप्तेश्वरले उमाकुण्ड गाउँपालिका स्तरीय छैटौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ जित्न सफल भएको छ । समग्रमा रनिङ शिल्ड विजेता विद्यालयलाई रू. २०,०००/ (बीस हजार), द्वितीय हुने विद्यालयलाई रू. १५,०००/ (प्रन्ध हजार) र तृतीय हुने विद्यालयलाई रू. १०,०००/ (दश हजार) नगद पुरस्कार प्रदान गरिएको छ । त्यस्तै गरी भलिबल तथा कबड्डी खेलमा उत्कृष्ट हुने खेलाडीहरूलाई ट्रफी समेत प्रदान गरिएको छ।

बागमती प्रदेश रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका शिक्षक, कर्मचारी तथा बाल विकास सहजकर्ता स्वास्थ्य उपचार कोष समितिको अध्...
11/07/2025

बागमती प्रदेश रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका शिक्षक, कर्मचारी तथा बाल विकास सहजकर्ता स्वास्थ्य उपचार कोष समितिको अध्यक्ष श्री शेर बहादुर सुनुवारको अध्यक्षतामा बैठक बसी कार्यविधि अनुसार सम्बन्धित शिक्षक, कर्मचारी तथा बाल विकास सहजकर्ताको परिवारलाई नेपाल सरकारले तोकेका गम्भिर प्रकृतिको रोग लागेमा रु. ३,०००००। (तीन लाख) दिने व्यवस्था भएकोमा उमाकुण्ड गाउँपालिका वडा नं ४ स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालय प्रितीमा प्रा.वि. तहमा कार्यरत शिक्षक श्री कल्पना प्रधानको श्रीमान श्री सुरेश श्रेष्ठ र उमाकुण्ड गाउँपालिका वडा नं ३ स्थित श्री जनता माध्यमिक विद्यालय कुबुँकास्थलीमा प्रा.वि. तहमा कार्यरत शिक्षक श्री कमला केसी त्रिपाठीको बुबा श्री प्रेम कुमार केसी मुटुको रोग लागेर उपचारमा रहनु भएकोमा दुवै शिक्षकलाई रु. ३,०००००। (तीन लाख) तथा उमाकुण्ड गाउँपालिका वडा नं १ स्थित श्री उमाकुण्ड आधारभूत विद्यालय पेकरनासमा प्रा.वि तहमा कार्यरत शिक्षक श्री राज कुमार बस्नेत दुघर्टनामा परी देब्रे खुटटा बाँचिएकोमा अस्पातलको सिफारिस र विव्यसको निर्णय प्रतिलिपी अुनसार निज शिक्षकलाई कार्यविधि अनुसार पाउने रु. १,०००००। (एक लाख) रकम सम्बन्धित शिक्षकको व्यक्तिगत खातामा उपलब्ध गराइएको छ।

बागमती प्रदेश रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं.२ बाम्ती भण्डारमा शेष घले र उनको श्रीमती जमुना गुरुङले गरिएको एक...
18/06/2025

बागमती प्रदेश रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं.२ बाम्ती भण्डारमा शेष घले र उनको श्रीमती जमुना गुरुङले गरिएको एक अनुसन्धान मुलक भ्रमण।
Shesh Ghale Jamuna Gurung Melbourne Institute of Technology

21/02/2025

Hi everyone! 🌟 You can support me by sending Stars - they help me earn money to keep making content you love.

Whenever you see the Stars icon, you can send me Stars!

उमाकुण्ड गाउँपालिकामा माघ २२ र २३ गते माद्यामिक विद्यालयहरू तथा तोकिएका खोप केन्द्रहरूमा र २४ गते खोप छुटेकाहरूलाई वडा स...
08/01/2025

उमाकुण्ड गाउँपालिकामा माघ २२ र २३ गते माद्यामिक विद्यालयहरू तथा तोकिएका खोप केन्द्रहरूमा र २४ गते खोप छुटेकाहरूलाई वडा स्तरीय स्वास्थ संस्थाहरूमा खोप लगाउने कार्यक्रम रहेको जानकारी दिनुभयो ।

Numbur Khabar

04/01/2025

रामेछाप आफ्नो गाउँ आफै बनाऊन भन्ने मूल नाराका साथ उमाकुण्ड गाउँपालिका वडा नं २ बाम्ती भण्डारमा रहेको साेतर्मु टा...

04/01/2025

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका बाम्तिभण्डारमा शाखा कार्यालय रहेको लक्ष्मी सनराइज बैंकले आफ्नो सामाजिक .....

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल
02/01/2025

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल

इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबलमा त्रिभुवन आर्मी क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी भएका छन् । बुटवलको रामनग....

रामेछापको बाम्तीभण्डारमा भएको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविले जितेको छ ...
29/11/2024

रामेछापको बाम्तीभण्डारमा भएको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी माविले जितेको छ । १० स्वर्ण सहित चण्डेश्वरी माविले रनिङ शिल्डको उपाधि जितेको हो ।

रामेछाप । बाम्तीभण्डारमा भएको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्डको उपाधि चण्डेश्वरी मावि.....

रामेछापको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आजदेख...
27/11/2024

रामेछापको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आजदेखि सुरु भएको छ।

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका स्तरीय पाँचौ राष्ट्रपति रनिङ शिल्ड अन्तर माध्यमिक विद्यालय स्तरीय खेल....

Address

Ramechhap
3

Alerts

Be the first to know and let us send you an email when NumburKhabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to NumburKhabar:

Share