Ramechhap Daily

Ramechhap Daily This page is linked with the recent activities and some photographies.Guys Please keep supporting us

Happy Asar 15❤️आज असार १५ अर्थात दही चिउरा खाने दिन 😍😋File Photo: Suwarna Ghimire
29/06/2024

Happy Asar 15❤️
आज असार १५ अर्थात दही चिउरा खाने दिन 😍😋

File Photo: Suwarna Ghimire

रामेछाप लिखुतामाकोशी गाउँपालिका वार्ड न 6 खिम्ती केउरीनी विर्तामा काठमाण्डौ जाँदै गरेको बस दुर्घटनामा 5 जना घाइते भएका छ...
28/06/2024

रामेछाप लिखुतामाकोशी गाउँपालिका वार्ड न 6 खिम्ती केउरीनी विर्तामा काठमाण्डौ जाँदै गरेको बस दुर्घटनामा 5 जना घाइते भएका छन्😢 ।सम्पूर्णमा स्वास्थ्य लाभको कामना।
थप विवरण आउन बाँकी।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गराइसके...
20/06/2024

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सहकारी पीडितलाई ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम फिर्ता गराइसकेको बताएका छन् ।
प्रतिनिधिसभा बैठकमा कांग्रेसका सांसद जीवन परियारले सोधेको प्रश्नको जवाफ दिँदै तीन वटा समस्याग्रस्त सहकारीको रकम फिर्ता गराइसकेको बताएका हुन् । उनले सरकार सहकारी क्षेत्रमा देखिएको समस्याबारे सरकार गम्भीर र जानकार पनि रहेको बताए ।

  🥲💔आज बिहान सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ४० जना सवार रहेको ...
20/06/2024

🥲💔
आज बिहान सर्लाहीको बागमती नगरपालिका स्थित रायमाझी चोकमा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ। ४० जना सवार रहेको बस दुर्घटना हुदा बसमा सवार अन्य १७ जना गम्भीर घाइते भएका छन।

हेर्दै आन्दलाग्ने : तिनलाल पार्क मन्थली ❤️😍
19/06/2024

हेर्दै आन्दलाग्ने : तिनलाल पार्क मन्थली ❤️😍

Sad News: जापान एयरलाइन्सको विमान टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्दा आगलागी भएको छ भने उक्त विमानमा रहे...
02/01/2024

Sad News: जापान एयरलाइन्सको विमान टोकियोको हानेदा विमानस्थलको धावनमार्गमा अवतरण गर्दा आगलागी भएको छ भने उक्त विमानमा रहेका ३७९ यात्रु र चालक दलका सदस्यलाई विमानबाट बाहिर निकालिएको छ। 😥

पासपोर्ट बनाउन तिम्रो तिलहरी धितो राखि लिएको ऋण तिर्न सकिन आमा माफ गरिदेउ।🧎🏻💔😥
30/12/2023

पासपोर्ट बनाउन तिम्रो तिलहरी धितो राखि लिएको ऋण तिर्न सकिन आमा माफ गरिदेउ।🧎🏻💔😥

बालिका बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रीकेटर Sandeep Lamichhane को सजाय पुष २५ गते तोकिने भएको छ ।Photo: Keshab Kat...
29/12/2023

बालिका बलात्कारको मुद्दामा दोषी ठहर भएका क्रीकेटर Sandeep Lamichhane को सजाय पुष २५ गते तोकिने भएको छ ।
Photo: Keshab Katwal

चाँदी झै टल्किएको हिमाल सँगै देखिएको सुन्दर तामे डाँडा,रामेछाप❤️🙏Pic : Keymon Ming
29/12/2023

चाँदी झै टल्किएको हिमाल सँगै देखिएको सुन्दर तामे डाँडा,रामेछाप❤️🙏

Pic : Keymon Ming

धरानका स्वतन्त्र मेयर हर्क साम्पांगले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बि...
29/12/2023

धरानका स्वतन्त्र मेयर हर्क साम्पांगले आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएर यलम्बरको तस्बिर राखेका छन!

रामेछापको हल्देमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लिखु तामाकोशी गाउँपालिका–४ कोटगाउँका ५७ वर्षीय क...
27/12/2023

रामेछापको हल्देमा आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा लिखु तामाकोशी गाउँपालिका–४ कोटगाउँका ५७ वर्षीय कमलबहादुर तामाङको मृत्यु भएको छ । दर्घटनामा परी गम्भीर घाइते भएका तामाङको सदरमुकाम मन्थलीस्थित रामेछाप सामुदायिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । लिखु तामाकोसी गाउँपालिकाको धोबीबाट मन्थलीतर्फ आउँदै गरेका तामाङ आफैले चलाएको बागमती प्रदेश ०२–०३४ प ४१८० नम्बरको पल्सर मोटरसाइकल अनियन्त्रित भएर दुर्घंटना हुँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख होम बहादुर पराजुलीले जानकारी दिए ।

हरेक सोमबार लाग्ने हाट बजार मन्थली हाटेचउर को रमाइलो दृश्य❤️🙏
25/12/2023

हरेक सोमबार लाग्ने हाट बजार मन्थली हाटेचउर को रमाइलो दृश्य❤️🙏

18/12/2023

Breaking 😥 : रामेछापमा आफ्नै विद्यार्थीलाई बलात्कार प्रयास गर्ने शिक्षक पक्राउ परेका छन् । आफ्नै विद्यार्थीलाई बलात्कारको प्रयास गरेको आरोपमा जिल्लाको लिखुतामाकोशी गाउँपालिका–७ तिल्पुङस्थित नवदर्शन माविका शिक्षक मानबहादुर सार्की सोमबार पक्राउ परेका हुन् ।
कक्षा ९ मा अध्ययनरत एक छात्रालाई गत मङ्सिर २६ गते विद्यालय समयपछि प्रश्न पत्र दिने भन्दै सार्कीले आफ्नै घर नजिकै कोही नभएको पुरानो घरमा लगेर बलात्कार प्रयास गरेको भन्दै आइतबार जिल्ला प्रहरी कार्यालय रामेछापमा जाहेरी परेको थियो । जाहेरीपछि प्रहरीले सार्कीलाई सोमबार पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ । बालिकाले आफूलाई शिक्षक सार्कीले प्रश्न पत्र दिने भनेर फकाएर आफ्नो घरनजिकै रहेको पुरानो घरमा लगेको र संवेदनशील अङ्ग समाई बलात्कार गर्ने प्रयास गरेको भन्दै आइतबार जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायब उपरीक्षक होमबहादुर पराजुलीले बताउनुभयो ।
शिक्षक सार्की गाउँपालिकाले दिएको अनुदानबाट तलब भत्ताबाट पढाउने करारका शिक्षक हुन् । राजनीतिक रूपमा पनि घटनालाई स्थानीय स्तरमा मिलाउन ठुलै चलखेल भएको गुनासो व्यापक आएको थियो ।

AI generated Image of Tribhuwan International Airport.
10/12/2023

AI generated Image of Tribhuwan International Airport.

मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ ।  यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत...
05/12/2023

मन्थली नगरपालिका रामेछाप जिल्लाको सदरमुकाममा अवस्थित छ । यस मन्थली नगरपालिकाले २११.७७ वर्ग किलो मिटर (२११७७ हेक्टर) छेत्रफल ओगटेको छ । यस नगरपालिकाको पूर्वमा रामेछाप नगरपालिका¸पश्चिममा खाँडादेवी र दोरम्बा गाउँपालिका ¸उत्तरमा लिखु तामाकोशी गाउँपालिका र दोलखा जिल्लाको मेलुङ्ग गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लाको गोलञ्जोर गाउँपालिका रेहका छन् । यस नगरपालिकामा खेती योग्य जमिन ७३३६ हेक्टर रहेको छ भने सिंचित क्षेत्र १३५६ हेक्टर रहेको छ । तथापि ५८६९ हेक्टर जमिनमा खेती गरिएको अवस्था छ ।

Pic : Aarnap Karki Photography

मन्थली नगरपालिका

घ्याप्चेको पहिरो सँगै टल्किएका हिमालहरू को सुन्दर दृश्य 🥹❤️🙏    Pic Keymon Ming
04/12/2023

घ्याप्चेको पहिरो सँगै टल्किएका हिमालहरू को सुन्दर दृश्य 🥹❤️🙏


Pic Keymon Ming

यस्तो साथ र हिम्मत देखेर त, भगवान पनि हार खान्छन् होला है !❤️ साचो प्रेम गर्नेहरुलाई यो साथ र हौसला सधैं मिलिरहोस् !🙏
30/11/2023

यस्तो साथ र हिम्मत देखेर त, भगवान पनि हार खान्छन् होला है !❤️
साचो प्रेम गर्नेहरुलाई यो साथ र हौसला सधैं मिलिरहोस् !🙏

झिलिमिलि मन्थली : साच्चै कति सुन्दर छ है हाम्रो मन्थली रामेछाप❤️Pic: Keymon Ming
29/11/2023

झिलिमिलि मन्थली : साच्चै कति सुन्दर छ है हाम्रो मन्थली रामेछाप❤️

Pic: Keymon Ming

Address

Ramechhap

Telephone

+9779863464089

Website

Alerts

Be the first to know and let us send you an email when Ramechhap Daily posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramechhap Daily:

Videos

Share